बिहिबार, भदौ १९, २०८२

छैठौं वर्षमा प्रवेशसंगै गौमुखी गाउँपालिका बासिमा शुभकामना:- न्यौपाने

ठुलाबेसी २७ फाल्गुन,प्युठान।
गौमुखी गाउँपालिकाकाे स्थापना २०७३ साल फागुन २७ गते भयको थियो। अाजबाट पालिकाले स्थापना भएको  पाँच वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेकोछ। गाँउपालिका स्थापना दिवसको सन्दर्भमा पालिका बासी सबै महानुभावहरुमा हार्दिक सुभकामना।
परिचय:-
प्यूठानमा रहेका साविक अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट गा.बि.स. र लिवाङको वार्ड नं १ देखी ६  मिलायर गौमुखी गाउँपालिका स्थापना भयको थियो।

यस पालिकाको नामाकरण प्यूठानको दोश्रो प्रयटकिय स्थल तथा झिमरुक नदीको उदगम स्थान गौमुखी(गाईकोमुख आकृतिबाट पानि निस्कने मुहान)को नामबाट नामाकरण गरिएको हो।यस पालिकामा आबद्ध अर्खा, राजाबारा, र पुजा गाउँ २०३२ साल माघ भन्दा अघि बाग्लुङ जिल्लामा पर्दथे।

गौमुखी गाउँपालिका १३९.०४ वर्ग किलोमिटर (५३.६८वर्ग माईल) क्षेत्रफलमा फैलिएको छ।सात वटा वडा,पन्ध्र जना कार्यपालिका सदस्य र ३७ गाँउसभासद रहने गरी राजनैतीक बिभाजन गरिएको छ। हाल पाँच हजार एक सय घरधुरी र २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २६ हजार रहेको छ। समुद्र सतह देखी न्यूनतम १०६१ मीटर उचाइको कोइराफाँट र अधिकतम ३२७८ मिटर उचाइको  ठुलीनाङ्गी लेक यस पालिकाको सर्वोच्च स्थानमा रहको छ।

पानीको लागि धनी मानिने यस पालिकाको अधिकांश भू-भाग माहाभारत पहाडी श्रृङ्खलामा अवस्थीत रहेको छ। गाढा रातो,सेतो, फिकारातो, र गुलाबी गरी चार रङ्गका लालीगुराँस फुल्ने यहाँका अग्ला पहाडहरूमा हिउँद महिनामा हिउँले ढाकेर पहाडको रङ्ग नै  सेताम्य बनाइदिन्छ। पालिकामा जातिगत आबादी हेर्दा क्रमस: जनजाती,दलित,क्षेत्री,सन्यासी,ठकुरी र बाहुनहरूको बसोबास रहेको देखिन्छ।

मुख्य प्रयटकिय स्थालहरू:-

गौमुखी, झाक्रीढुङ्गा, बाइसमुल झरना, नाङ्गी, दुईबहिनी, तामाखानी, दहबासे, रानी ताल,कैलाश दह,दिहाल्नाचौर, गोद्रे चौर, फापर छर्ने चौर,तामाङ गुम्बा,(अर्खा) पोखरा थाम चौर (रजबारा) रुपाचौर , सुपा देउराली (खुङ)आदी रहेका छन।
रजबारा, खरा र अर्खाका घना जनजाति घर र बस्तीहरु। बाग्लीबाङ, जारगाउँ, ढाँडखानी, अर्खाडाँडागाँउका कठिनाई संग जुधिरहेका दलित  बस्तीहरू ज्यादै मौलीक लाग्दछन्। खुङ्को ठकुरी संस्कृति, थनिकाको तामाङ संस्कृति, बग्लीबाङको दलित संस्कृति, नारीकोटको पुरीहरुका घर र संस्कृति विशेष आकर्षक लाग्दछन। रजाबाराका खेलाडीको खेल प्रतिको प्रेम, लिबाङका अथक परिश्रमी किसान, नारीकोटको फाँटको सुन्दरता यहाँको वैभव जस्तो लाग्दछ।

अर्थतन्त्र र अाय स्रोत:-
यहाँको अर्थतन्त्र कृषिमा आधारित रहेको छ। “लगानी भन्दा उठानी कम” ऋणात्मक उत्पादन रहेको  कृषि पेशामा विभिन्न अन्नखेती, पशुपालन, फलफूल खेतीका अलवा ज्याला मजदुरी,वैदेशिक रोजगार, सरकारी जागीर, विकास बजेट आदी रहेका छन। सारांशमा यहाँको आयश्रोत कमजोर र गरीबी उन्मुख छ।

मेला तथा चाडपर्वहरु:
गौमुखी मेला, भुमे पुजा, कुल पुजा/देउलीहरु, अर्खाको लाटा नाँच, दसैँको मेला, तीज, दसैँ, तिहार, देउसीभैलो, देउराली पुजा, फागु र बुद्ध पूर्णिमा,जेठासी पुन्यु ,जेठ २० को मेला,लोसार आदि रहेका छन।
शिक्षा:-
कक्षा १२ सम्म पढाई हुने यस पालिकाका  ४५ वटा विद्यालयमा ९ हजार वढी  बिद्यार्थी अध्यनरत रहेका छन्। कक्षा १२ सम्म जाँदा बिद्यार्थी टिकाउ दर १७.२ प्रतिसतको चिन्ताजनक आँकडा रहेको छ। मौजूदा माध्यमिक विद्यालयहरुमा कक्षा ११ र १२ संचालन गर्नुको साथै स्नातक तहको क्याम्पसको आबस्यकता बढ्दै गएको देखिन्छ।
प्राकृतिक प्रकोप:-
उच्च पहाडी भूभागको कारण प्राकृतिक प्रकोपको रूपमा यहाँ बाढी, पहिरो, चट्याङ, हावाहुरी असिना,हिउँ आदि रहेका छन। यसबाट जिउज्यान र खेतीपातीमा बर्सेनि क्षति व्योहर्नु पर्दछ।
#मुख्य समस्याहरु:-
विकट  र कठिन बस्तीहरू, बसाई सराई, आयस्रोतको अभाब, ग्रामीण गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणाली, आकासे खेती, ऋणात्मक कृषि उत्पादन,सिंचाईको अभाब,  कमजोर शैक्षिक गुणस्तर,अशिक्षा, पढाई पुरा नगरी बिचमै छोड्ने समस्या, अस्पताल,क्यम्पसको अभाव, कच्ची असुरक्षित सडकहरु, गुणस्तरहिन निर्माण, सरकारी बजेटमा अपारदर्शिता ,भ्रष्टाचार,राजनैतिक पूर्वाग्रह, रक्सी जुवाको कुलत, ढौटाल्ललिने आदी रहेका छन।
#संभावना:-
कृषी क्षेत्रको आधुनिककरण र बजारीकरण।
कृषी क्षेत्रमा सिंचाईको ब्यबस्था।
विद्यालयहरुको सुधार र क्याम्पस स्थापना।
प्युठान-बाग्लुङ सडकको निर्माण।
सडकहरुको स्तर वृद्धि र विस्तार ।
पालिका स्तरिय अस्पताल निर्माण।
गौमुखी-नौबहिनि संरक्षित बनको सही कार्यान्यन।
मौजूदा पर्यटन क्षेत्रको सौन्दर्यकरण त्यहाँ पुग्ने पहुँच मार्गको निर्माण र प्रचार प्रसार।
सहकारी संस्थाहरूको एकिकृत सञ्चालन।
सामुदायिक वनको सही सञ्चालन र नियमन
गाउँपालिका केन्द्रको समुचित विकास।
बजारहरूको आधुनिकीकरण।
झिमरुक नदी नियन्त्रण।
स्थानिय उत्पादनमा जोड।
सुशासन ,पारदर्शिता र मितव्ययिता।

समाजसेवा र आदर्श नगरीक:-
*कामरेड खगुलाल गुरुङ: उनको जन्म रजबाराको खरा डिहिमा १९७५ भाद्र २५ गते भयको थियो।नेपालको  वामपन्थी राजनीतिमा सात दशक लामो सकृय राजनीति गरेका कामरेड खगुलाल गुरुङको राष्ट्रिय स्तरको परिचय स्थापित नाम हो।उनको  १०४ वर्षको उमेरमा २०७८
असौज ३गते निधन भयको थियो।

*धिर्जबहादुर अर्गेजा घर्ती मगर १९३८ सालमा  रजबाराको फल्लेबासमा जन्मिएका थिए। उनी भारतीय फौजमा सुबेदार भयर रिटायर भय पछी आफ्नो गाउँ फर्किए।उनले झिमरुक खोलामै पहिलो पटक सिरुङ खोलामा वि सं १९८५ मा ब्यक्तिगत खर्चमा साङले पुल बनाएका थिए। जसलाइ “छम” भनिन्थ्यो।गोरखपुरबाट फलामको पाता र रोल्पाको जेलबाङबाट कच्चा फलाम बोकाए महिनौ आरन चलाएर साङले पुल र सिँढी बनाएका थिय।  समाजसेवी धिर्ज बहादुर अर्गेजाको १९८८ मा मृत्यू भयको थियो।

*टेक बहादुर सुनार  २००० साल पुसमा लिवाङको बाँझाखर्कमा जन्मीएका थिय । उनी भारतीय फौजमा भर्ती भएको चार बर्ष नहुँदै दुर्घटनामा परी दाहिने खुट्टा भाँच्चिएर नचल्ने भयो। पल्टनले पेन्सन दिएन, घर पठाइदियो। त्यसपछी उनि गाउँ फर्किएर लूलो खुट्टा घसार्दै बिद्यार्थी जम्मा गरेर पढाउन सुरु गरे। उनले पुजाको गोठाटी, खलाचौर, लैसरा ,जारगाँउ र अन्तमा लिवाङकाे घोप्टेमा  बिद्यार्थीहरु पढाए। उनले सुरू गरेका प्रारंभिक  विद्यालयहरु आजकाल गतिमान रुपमा संचालित छन। उनले विद्यार्थीको घरघर गएर मागेर खाने र विद्यार्थीले उठाएर दिएको दस बीस रुपियाँ लिने गर्दथे। उनले यसरी शारीरिक रुपमा अशक्त भए पनि खुट्टा लतार्दै र घिर्सदै १९ बर्ष भन्दा लामो समय सम्म आदर्श शिक्षक टेक बहादुरकाे २०५१ सालमा निधन भएको थियो।

गाउँपालिकाको गतिविधी:-
२०७३ सालमा गाउँपालिका स्थापना भएपछि स्थानीय विकास निर्माणमा केही सहजता उत्पन्न भयको छ। गाउँपालिका सञ्चालनको सिकाइ अनुभव संगाल्दै २०७४ असारमा भयको  स्थानिय निर्बाचन पछि बाटोघाटो, स्वास्थ्य सेवा, खरको छाना हटाउन कर्कट पाता वितरण, वार्ड भवनहरूको निर्माण र केही विद्यालय भवनहरू समेत निर्माण भयका छन्। गएको पाँच वर्षमा गाउँपालिकालाइ  दुर्इ अरब भन्दा बढी बजेट प्राप्त भयको थियो।

आर्थिक पारदर्शिता र वित्तीय शासन बिना कुनै संस्था सफल हुन सक्दैन। स्थानीय शासन संचालन ऐन अनुसार न्यूनतम रूपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई ०७७ भाद्र पछि यस पालिकामा गरिएको छैन।हरेक चौमासिक अवधि बितेको १५ दिन भित्र गाउँपालिका र वार्डले सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यहाँ रहेका वार्डहरुले त गत पाँच वर्षमा एकपटक सम्म सार्वजानिक सुनुवाई गर्न चाहेनन्। यसरी ऐन नियम मिचेर मनपरी शासन संचालन गर्नु हुँदैन।

आर्थिक वर्ष २०७६-७७ मा महालेखा परीक्षकले आलोचना गरेका केही गम्भीर विषयमा हाम्रो ध्यान जानु आवश्यक छ। जस्तै एक आर्थिक बर्षको खाना खर्च १८लाख ८९ हजार। अनुगमन खर्च १८लाख ७२हजार । इन्धन खर्च१४ लाख।आर्थिक सहायता १३लाख ५८ हजार। मर्मत खर्च अाठ लाख। आ. ब. ०७६-७७ मा कृषी क्षेत्रमा विनियोजित एक करोड भन्दा बढी बजेटको गा. पा. ले रकमान्तर गराउँदा  किसानहरू निरास भएका थिए। ०७७-७८ सम्म गाउँपालिकाको बेरुजु ३ करोड ९७ लाख रहेको छ। चालु खर्च ५१ प्रतिसत र विकाश बजेट ३२ प्रतिसतमा सिमित रहेको छ। गाउँपालिका अस्पताल भबनको  ठेक्का बिना आर्थिक प्रतिस्पर्धा सेटिङमा दिएको बिषय अझै बिबादित बनिरहेको छ।
अन्य पालिकाहरुले प्रशासनीक भवन निर्माण गरेर नयाँ भवनबाट कार्यसम्पादन गरिसकेको अवस्थामा यस पालिकाले भबनको सुरुवात सम्म गर्न सकेन। कृषि,सिक्षा र पशुपालनको क्षेत्रमा न्युन बजेट अर्को समस्या बनेको छ।

अन्त्यमा
यहाँ बिद्यमान कठिन जिबनयापन , ग्रामिण गरीबी, बेरोजगारी, पछ्यौटेपन, अशिक्षा,  अन्धविश्वास,प्रतिकूल भूगोल हाम्रा साझा समस्या हुन्।गौमुखी गाउँपालिकाको विकाश र उन्नयनमा हामी सबैको साझा प्रयास रहनु आबस्यक छ। यहाँ शासन गर्नेहरुले विकासको सवालमा सबैलाई सहभागी बनाउदै सुशासन र मितव्ययीतालाइ आफ्नो अभिन्न अङ्ग बनाएर लैजानु जरुरी छ।
गाउँपालिका स्थापना दिवशलाइ साझा रुपमा मनाउन सक्नेछौं।
लेखक:- प्युठान ठुलाबेसीका समाजसेवी ज्ञमुराम न्यौपाने हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?