मङ्लबार, भदौ १७, २०८२

“वर्गिय सोच र सङ्गठनात्मक जिम्मेवारी ” एक स्मरण

– बिन बहादुर रेग्मी, सुरत

गरिबी र दुःख को पहाडले थिचिएर हुर्किएको बालापनमा अन्याय र अत्याचार को विरुद्ध बिद्रोही भावना विस्फोट हुँदोरहेछ। त्यही बिद्रोही भावना सँगै अखिल छैठौं को विद्यार्थी आन्दोलनमा आकर्षित गर्यो, त्यतिबेला प्यूठानको साविकको ४९ ओटै गाविस मा विद्यार्थी राजनीति बोकेर हिँड्ने मौका मिल्यो, मैंले पहिलै भनिसके गरिबी र दुःख को पहाडले थिचिएको म घरको आटो खाएर क्याम्पस पढनु सम्भव थिएन, क्याम्पस पढन त्यतिबेला टाढा जानु पर्थ्यो। नोकरी जागिर खान पाउने कुरै थिएन, जिल्लामा अखिलको मान्छे भनेर नाम गइसकेको हुँदोरहेछ। बाँच्नको लागि केही गर्नु त थियो म पनि घर छोडेर प्रदेश जाने हजारौं को भीडमा सामेल भए। आमूल परिवर्तन वर्गसंघर्ष विद्यार्थी राजनीति लाई बिट मार्दै सिमाना काटेर मुग्लान पुगे, हिड्ने बेलामा साथीहरु संग भेट गर्न पनि पाइन। घरको आटो खाएर क्याम्पस पढन सम्भव पनि थिएन। त्यती बेला क्याम्पस पढन टाढा जानु पर्थ्यो। म पनि पेट पाल्न कै लागि वर्गिय सोंच बोकेर मुग्लान पुगे। त्यही वर्गिय सोंचले हुनसक्छ बडोदरा नगर समिति तत्कालीन अखिल भारत नेपाली एकता समाज को नगर समिति मा चयन भए। त्यहाँ पनि धेरै टिक्न सकेन, काम र माम खोज्दै सुरत पुगें। सुरत पुग्दा म 21 वर्षको भइसकेको रहेछु, जुँगाका पातला पातला रेखी बसिसकेका थिएँ, संगठन बनाउने रहर थियो, 1996 फरवरी 7 मा भेला गरेर सुरत नगर समिति को समाचार दिल्ली पठाएँ। पत्रिका “नेपाली एकता” मासिक मगाएर बाड्न थालेँ। सायद अपरिपक्वता वा संगठनात्मक सम्बन्धी जानकारी को कमीले हुनसक्छ मैंले मेरो नाम बिन बहादुर रेग्मी लेखिन। सूरतमा विक्रम सर्वहारा को हो? नगर समिति गठन गरिसक्यो, तिमीहरूले के हेरी रहेका छौं? क्षेत्रिय समितिमा हलचल पैदा भएछ। क्षेत्रबाट रावल जी आउँनु भयो, किन नाम लुकाएको भनेर हकार्नु भयो। नगर भेला गर्दा क्षेत्रिय समिति वा केन्द्रिय समिति बाट विशेष उपस्थिति गराएर वैधानिकता दिन बाँकी छ, संगठन निर्माण भइसकेको छ भन्नुभयो।उता सुरत मिनिबजार मा पनि हैदराबाद बाट पदम बिके आएर नगर समिति गठन गरेको समाचार दिल्ली पुगेछ। यो खबरले झन क्षेत्रमा तहल्का नै मच्चिएछ। मिनीबजार बाट पदम बिके ले पनि पत्रिका मगाउनु भएछ। त्यतिबेला सबै काम कुरा चिट्ठी बाटै हुन्थ्यो, अहिलेको जस्तो इन्टरनेट फेसबूक थिएन। दिल्लीबाट नेपाली एकता मासिक पत्रिकाको लेटर प्याड मा धनपति शर्मा ले हस्ताक्षर गरेको चिठ्ठी ल्याएर पदम जि विक्रम सर्वहारा उर्फ बिन बहादुर रेग्मी लाई खोज्दै आउँनु भयो। म मशिनमा काम गरेको कालो मैलो भएर कोठामा बसेको थिए। “विक्रम सर्वहारा सर कहाँ हुनुहुन्छ, उहाँलाई भेटन आएको” मै सँग भन्नु भयो, म एक छिन चुप लागे, यो ठाउँमा यति आदर सम्मान गर्ने सर भनेर बोलाउने मान्छे पहिलो पटक भेटेको थिएँ। मैंले एक छिन बस्नुस् बनेर थालमा चावल केलाउन थालेँ। उहाँ आत्तिनु भएछ की क्या हो छिटो बोलाउनुस् भन्नु भयो, मैंले पनि भनिदिएँ म नै हो “विक्रम सर्वहारा”।
पहिलै किन नभनेको भनेर हास्नु भयो। पहिलो भेटमा धेरै मीठा मीठा कुरा भए, म पनि बरोडा नगर स्तरको र पदम बिके जि हैदराबाद मा एरिया स्तरको हुनाले त्यही भेट मा क्षेत्रिय स्तरको साथी बोलाएर संयुक्त नगर भेला गर्ने निधो गर्यौ। त्यही तयारी तीव्र पार्दै 14 मार्च 1999 मा सुरत प्रथम नगर भेला शानदार रूपमा सफल सम्पन्न पार्यौ। आज त्यही नगर समिति झाँगिएर चार ओटा नगर समिति मा विस्तार विकास भएको छ। मुद्धा विभाग छ, रक्तिम सांस्कृतिक विभाग छ, महिला विभाग छ, सुरत स्थित प्रवासी नेपालीहरुको लागि अविभावक बनेको छ यो कलम चलाउँदा सम्म….
नोट:- (लेखक,मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?