शुक्रबार, बैशाख ७, २०८१

सकृय युवा पुस्ता र युवा विद्यार्थीकाे राजनीति क्षेत्रमा महत्वपूर्ण भुमिका

आकाश  विस्वकर्मा

शिक्षा नै मानव जीवनकाे एक अभिन्न अङ्ग हाे ।अन्धाे समाजलाई एउटा उज्यालो प्रकाश् छरिदिने महत्त्वपूर्ण वाहक तत्त्व हाे मान्छे जतिसुकै ठुलाे डाक्टर पाईलट इन्जिनियर किन नहाेस तर यसको मुल श्रोत भनेकै शिक्षा हाे ,नकारात्मक पक्षलाई पन्छाउदै सकारात्मक पक्षकाे कदर गर्दै अशिक्षित नागरिकलाई शिक्षित बनाउदै शिक्षाकाे ज्याेति छरिदिनु नै यसकाे मुल कार्य र मुख्य उदेश्य हाे ,समाजमा रहेका अन्य ,अत्याचार ,शाेषण, दमन, कुसंस्कार ,विसङ्गति, हिङ्सा, कुरिति, समाजलाई रुपान्तरण सिङ्गो समाज अथवा मानव जगतलाई मुक्ति गर्नकाे लागि आधारभूत रूपमा चाहिने भनेको नै शिक्षा हाे ।समान्ति पुजीवादी कुरिति र विसङ्गति विरुद्धको संर्घषलाई सचेत ढंगले अगाडि बढाउनु श्रम शाेषण बाल शाेषण महिला शाेषण जस्ता अन्य शाेषण अन्त्य गर्न महत्त्वपूर्ण भुमिका रहेकाे हुन्छ ।शिक्षाले कहिल्यै पनि न जातिय रुपमा हेर्छ त न धनी गरिव विच हेर्छ सबैलाई बराबरी र समानता रुपमा शिक्षा प्रदान गर्नु नै शिक्षाकाे मुल पक्ष हाे तर पनि हाम्रो समाजमा हुदा खाने र हुने खानेहरुकाे विचमा शिक्षा प्राप्त गर्ने सवालमा जटिल समस्याको गहिराे खाडल रहेकाे छ।

वास्तवमा भन्ने हाे भने शिक्षा र राजनीति एकै सिक्काकाे दुईवटा पाटा जस्तै हुन ,। वितिसकेकाे समय नेपाली राजनीति क्षेत्रमा सकृय युवा पुस्ता र विद्यार्थी युवा संस्कार भन्दा धेरै गुट र उपगुट द्वारा दिक्षीत छ,आफ्नै नजिकका आफन्त आफ्नै व्यक्तिगत स्वार्थ र नातावाद जातिबाद हेर्न ठिक्क छ त्यसैले देशकाे विकास र भविष्य सङ्कट र धरापमा छ,मातृ भुमि देश बेचेरै धनी भईन्छ भन्ने भ्रम फैलिरहेकाे छ, महिला दलित र अल्पसंख्यमाथि हुने हिंसा भष्टचार जस्ता घटना घटिरहेका छन, त्यसैले ८० वर्ष काटेकाे वा हाप सेन्चुरि काटेकाे वृद्धले देश वैज्ञानिक ढङ्ग प्राणाली बाट विकास गर्छ भनेर हामी युवा विद्यार्थी पुस्ताले आशा विश्वास र भराेसा नगरेकै राम्रो , युवा नेतृत्वले नै असल समाज र राष्ट्र निर्माणमा अतुलनीय सदैव महत्त्वपूर्ण भुमिका रहेकाे हुन्छ

त्यसकारण राजनीति नै सबैभन्दा समस्या समाधानको एक मात्र विकल्प हाे ,सबै समस्या समधानकाे लागि लगि सबै भन्दा पहिला युवा विद्यार्थीहरु नै राजनीति क्षेत्रमा जुट्नु आवश्यक छ।आफै खांउ आफै लगाउ भन्ने व्यक्तिगत स्वार्थलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्न सक्न पर्छ । राजनिती क्षेत्रमा लागेर पार्टिगत रुपमा पार्टि कै झन्डा बाेकेर हिड्नै पर्छ भन्ने छैन पार्टिकै नारा लगाई गुनगान गाउदै हिड्नु पर्छ भन्ने छैन ,तर राजनीतिक क्षेत्रलाई अङ्गाल्दै सभ्य समाजको निमार्ण गर्दै अन्य अत्याचार विरुद्धकाे आवाज उठाउनु , गलत चिजकाे भण्डाफाेर विराेध गर्नु सान्तवादि शाेषणकाे अन्त्य गरि असल छिमेक ,समाज र राष्ट्रकाे निर्माण गर्दै सभ्य पहिचान दिनु नै राष्ट्रिय प्रेमी युवा विद्यार्थीकाे अनिवार्य कार्य हाे ।
भविष्यको नेपाल कस्ताे बनाउने भन्ने विषयमा कल्पना गर्नकाे लागि पनि राजनीतिकाे अति अनिवार्य आबश्यक छ, औपचारिक हाेस या अनाैपचारिक ढंगले शिक्षा आर्जन गरेता पनि विद्यार्थी जिवनमा राजनितीक संघर्ष लड्न जरुरी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?