बिहिबार, बैशाख १३, २०८१

चुनावी मौसम र भोट गणित

– बिन बहादुर रेग्मी, प्यूठानी
प्रजातन्त्र ,जनतन्त्र, लोकतन्त्र हुने मुलुकमा जनताको एक भोटको ठूलो महत्व हुन्छ। कस्ता मान्छेलाई कुल राजनैतिक दललाई जिताएर सत्ताको कुर्चिमा पुर्याउँने भन्ने निर्णय पनि त्यही एक भोट बाट फैसला हुन्छ। गरिबी ,बेरोजगारी, महंगी ,हत्या,हिँसा ,कालाबजारी, भ्रष्टाचार , जस्ता शब्दहरु चुनावी मुद्दा बनेका हुन्छन्। विकास र समृद्धिको को कुरा पनि चुनावी मुद्दा हुने गरेका छन। चुनाव लडन र जित्नकै लागि वर्खाका च्याउँ झैँ दल र उम्मेदवार बनेका हुन्छन्। हामीले भर्खर भारतको यूपी पंजाब को चुनाव हेर्यौं, विभिन्न प्रकारका निजी प्रलोभन देखाएर चुनाव लडेका थिए, महिलाहरुलाई प्रत्येक महिना नगद दिने, बसमा यात्रा फ्री, घरमा रोटी बनाउने लोरी पिर्का फ्री, यस्तै यस्तै… बिजुली पानी फ्री, लेपटप कम्प्युटर फ्री,….. यो भन्दा पहिला पनि आंध्र प्रदेशको टेलगुदेशम पार्टीले दुई रुपये किलो गहुँ दिने चुनावी नारा बनाएर चुनाव जितेको थियो। शिलभासा दादर नगर हवेली को चुनावमा भोट हाल्न जाने मतदातालाई पाँच सय पाँच सय बाँडेका थिए, चुनावमा भोट माग्न अनेकौं हथकण्डा साम दाम दण्ड भेद अपनाउने गर्छन। आगामी नेपाली स्थानिय चुनाव मा पनि सेम त्यही कुरा हुनेछ, विगतको चुनावमा हामीले हेरिसकेका छौं। माओवादीका मान्छे आएर हतियारको ध्वाँस देखाएर भोट मागेका थिए, एमालेका मान्छेहरूले बृद्धभत्ता को कागज बनाई दिएको कुरा गरेर भोट मागेका थिए, कांग्रेसका मान्छेले धामी झाक्री घर घरमा लगेर बीमारी परे पछि बाई बोक्सि लागे पछि बोलाउनु पर्ला नि भन्दै डर धम्कीले भोट मागेका थिए, रातीमा कहाँ कसको घरमा के कुरा गर्छन करेसाको खोपाको चरबाट चियो चर्चो गर्नेहरू पनि थिए। बाटो छेक्ने सांघातिक हमला गर्ने मतदातालाई प्रभावित पार्ने खालका नीच र घटिया खेल खेलेका थिए।
नेपालमा चुनाव लडने दल समुह पार्टीहरूलाई तीन प्रकारले विभाजन गरिएको छ। जसमा (01) बुर्जुवा वर्गको हितमा काम गर्ने दलहरु।
(02) पुरानै निरंकुश राज्य व्यवस्था फर्काउन चाहने पुनरुत्थानवादी तत्वहरू।
(03) समानता र सामाजिक न्यायको लागि आवाज उठाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी।
अब यिनीहरू बारे केही संक्षेपमा चर्चा गरौं।
(01) बुर्जुवा वर्गको हितमा काम गर्ने दलहरु:- यिनीहरू चुनावी रणनीति बनाउन र जनतालाई झुक्याउन निकै सिपालु हुन्छन्। सत्ता र शक्तिको भरपूर दुरुपयोग गर्छन। दलाल पूँजीपति सँग चुनावी खर्च लिन्छन। गत चुनावमा एन सी एल को करोडौं रुपैयाँ खर्च गरेर चुनाव जितेको कुरा सार्वजनिक भएको थियो, यस्ता सार्वजनिक नभएका कयौ सयौ पैंसा चुनावी खर्च काे लागि लिन्छन र चुनाव जित्छन्। रक्सी मासु पैंसा को खोलो बगाएर, नोकरी लगाइदिने लालच देखाएर कयौ यस्ता हथकण्डा अपनाएर चुनाव लड्छन् र जित्छन्। जसमा माओवादी एमाले कांग्रेस एस समाजवादी लगायत पर्छन। यिनीहरूलाई सत्तामा कसरी पुग्ने ध्यान त्यसैमा केन्द्रित हुन्छ। राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा यिनीहरूलाई कुनै मतलब हुँदैन। हेर्नुहोस न संघीयता जनताको माग थिएन, 2036 सालमा,2046 सालमा यहाँ तक कि 2062/63 को जनआन्दोलनमा समेत संघीयताको माग उठेन, विदेशी शक्तिकेन्द्रको ईशारामा संघीयता लागू गरे जुन देश र जनताको हितमा छैन भन्ने कुरा दिन दिनै छर्लङ्ग हुँदैछ। संघीयता आएँ पछि देश सिंगापुर हुन्छ, मालामाल हुन्छ, सुखी र सम्पन्न हुन्छ, गरिबको थालमा पाकेको तातो तातो दाल भात आफै खस्छ भन्नेहरु यिनै हुन् आज मुलुक विश्वको सबैभन्दा गरीब देशको सूचीमा परेको छ, जनताले विरोध गर्दा गर्दै पनि एम सी सी घातक छ भन्ने थाहा हुँदा हुँदै पनि पास गरेरै छाडे। यी नालाएकहरु लाई भोट माग्न लाज सरम छैन, शिक्षित र जागरुक भनिने कतिपय बुद्धिजीवी भनाउँदाहरूको निजी व्यक्तिगत स्वार्थ पुरा गर्न यी राष्ट्रघाती दल र समूहलाई प्रचार प्रसार गर्ने ब्वाँसाहरुलाई बेलैमा नचिन्ने हो भने कुनै दिन विश्व मानचित्रबाट सदाको लागि देशको नाम नै मेटिन सक्छ, समय छँदै सम्पूर्ण मतदाता लाई जागरुक हुन जरुरी छ, कतै ढिलो नहोस, देश नै नरहे के को राजनीति गरौंला र? तसर्थ: यिनी देशद्रोही गद्दारहरुलाई भोट नदिन आग्रह गर्दछु।
(02) पुरानै निरंकुश राज्य व्यवस्था फर्काउन चाहने पुनरुत्थानवादी तत्वहरू:- चुनावको बेला हाम्रो गाउँघर सहरमा प्रजातन्त्र र बहुदलीय व्यवस्था को असफलताको कुरा गरेर हिन्दू धर्मको नाममा, राजावादी तत्वहरू भोट माग्न आउने गरेका छन, जनताले रगतको खोलो बगाएर ल्याएको वाक स्वतन्त्रता छिन्न चाहन्छन्। गाई हलो चुनाव चिन्ह ल्याएर आउने तत्वहरू देखि साबधान रहन अनुरोध गर्दछु।
(03) समानता र सामाजिक न्यायका लागि जनताको हितमा काम गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी:- नेपालमा अहिलेको विद्यमान राज्य व्यवस्था गरीब किसान मजदुरको हितमा छैन, सर्वहारा वर्गको अधिनायकत्व सुनौलो भविष्य निर्माण गर्ने दीर्घकालीन लक्ष उद्देश्य बोकेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा मसाल मात्रै हो, मार्क्सवाद लेनिनवाद माओविचारधारा लाई पथ प्रदर्शक सिदान्त मान्दै चुनावलाई कार्यनीतिक उपयोग गर्न पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा चुनाव चिन्ह गिलास सहित चुनावी मैदानमा उत्रिएको छ। संघीयता खारेज गर्नु पर्छ भन्ने आवाज उठाउने पार्टी यही हो, एम सी सी घातक छ खारेज गर्नु पर्छ भन्ने आवाज उठाउने पार्टी पनि यही हो। पार्टीले चुनावी खर्च दलाल पूँजीपति सँग लिदैन बरु चुनाव सफल सम्पन्न पार्न जनताबाट आर्थिक सहयोग उठाउँछ, जनताको हितमा जनताकै पैंसा उपयोग गर्छ। विचार र सिदान्त कार्यक्रम को आधारमा भोट माग्ने राष्ट्रिय जनमोर्चा का उम्मेदवार लाई साथ सहयोग गरौं, गिलासमा भोट हालौ। राष्ट्रियता जनतन्त्र जनजीविकाको लागि आफ्नो अमूल्य मत प्रयोग गरौँ। सच्चा नागरिकको परिचय दियर देश जोगाऔँ।

(लेखक:- मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?