बिहिबार, बैशाख १३, २०८१

क्रान्ति का नक्कली ठेकेदार हरु

रबि पाैडेल ,पाण्डेचरि
विश्व काे कम्युनिस्ट अान्दोलन रक्षात्मक अाबस्थामा रहेकाे बेला नेपाल जस्तो मुलुक मा कम्युनिस्ट काे राम्रो जनमत थियाे र छ ।२००६ सालमा कम्युनिस्ट पार्टी काे स्थापना भएको हिसाब ले पनि समग्र कम्युनिस्ट अान्दोलन काे इतिहास ७२ बर्ष पूरा गरि ७३ बर्षमा प्रवेश हुदै छ ।

यति लामो इतिहास बाेकेकाे नेपाल काे कम्युनिस्ट अान्दोलन टुटफुट,छिन्नभिन्न र बिभाजन ले ग्रसित छ ।नेपाल काे कम्युनिस्ट अान्दोलन दक्षिणपन्थी भड्काव र उघ्रबामपंथि भड्काव बाट पनि ग्रसित छ ।कम्युनिस्ट पार्टी भित्र खास गरि निति र सिद्धान्त मा भन्दा पनि ब्यक्तिगत अाराेप र प्रत्यारोप ले नेपाल काे कम्युनिस्ट अान्दोलन दुर्गन्धित भएको महशुस हुन्छ ।

सानातिना बिवाद मा पार्टी बिभाजन गर्ने गुटबन्दी गर्ने र अन्त्यमा पार्टी छाेडेर जाने कुनै नाैलाे कुरा भएन ! पुंजिगत स्वार्थ ,पद र लाेभकाे भकारि भर्न कम्युनिस्ट भनिएका र सङ्घर्षमा याेगदान समेत दिएका कतिपय साथिहरु काे पार्टी परित्याग पनि कम चर्चा काे बिषय बनेन ।

खास गरि नेपाल काे कम्युनिस्ट अान्दोलन मा हजारौं नेता कार्यकर्ता नेकपा मसाल का महामन्त्री माेहनबिक्रम सिंह द्वार प्रशिक्षित छन ।साथै माेहनबिक्रमकाे स्कुलिङ बाट राजनीति मा प्रगति र उन्नति गरेका धेरै साथिहरु ले क्रान्ति काे ठेक्का लिन्छन ।यस्ता ठेकेदार हरु अहिले सम्म धेरै निस्के तर कुरा मा ! प्रचण्ड ,बाबुराम देखि हजारौं यस्ता साथिहरु छन ।सबै ले अाफ्नाे स्वार्थ मा क्रान्ति का कुरा गर्दछन ।माअाेबादि कथित  जनयुद्ध पनि मुठीभर ब्यक्ति हरुकाे स्वार्थ मा परिणत भयाे ।माअाेबादि गतिविधि सञ्चालन गरेदेखि उत्पन्न परिस्थिति र त्यसभित्र का छापामार हरुकाे ,नेता र कार्यकर्ता हरुकाे अबस्थाले सबै कुरा उदाङ्गाे पारिदिएकाे छ ।जनबादि क्रान्ति काे नाममा भएको याे धाेका हाे ।

यस्ता क्रान्ति का ठेकेदार हरु नेपाल मा च्याउ उम्रे झै उम्रने गरेका छन ।अन्य सबै बामपंथी र कम्युनिस्ट हरु मध्य नेकपा मसाल सहि बस्तुस्थिति काे सहि विश्लेषण गर्ने पार्टी हाे ।साथै मजदुर बर्गकाे अाषाकाे केन्द्र पनि नेकपा मसाल नै हाे ।साथै नेकपा मसाल नै सक्कली क्रान्ति काे ठेकेदार हाे ।

बहुदलीय ब्यबस्थामा चुनाव काे उपयोग ले उ क्रान्तिकारी नहुने हाेईन ।संसदीय ब्यबस्थालाई जनताको माझ सम्म पुर्याउन पनि संसदीय थलाे कार्यनीतिक रुपमा उपयोग गर्ने चलन छ ।संसदीय चुनाव काे उपयोग ले क्रान्तिकारी हरुलाइ अरु धेरै ज्ञान दिएकाे छ ।संसदीय ब्यबस्था फाेहाेरि खेल हाे भन्दाभन्दै पनि फाेहाेर बाट जाेगिने उपाय भस्टाचार र लुट बाट अाफु बच्नु हाे ।क्रान्तिकारी हरु यसबाट बच्दै अाएका छन ।

अहिले फेरि कतिपय क्रान्ति का ठेकेदार हरुले नेकपा मसाल कार्यनैतिक रुपनै संसदीय भाष मा फस्याे भनेर चिच्याईरहेका छन ।तर याे भनिरहदा अाफुहरुले पनि चुनाव कार्यनीतिक रुपमा उपयोग गर्ने नीति अघि सारेका छन ।एउटा हिडेकाे बाटो लाई गालि गर्दै अाफु पनि फेरि त्यही बाटो हिड्ने याे अनाैठाे क्रान्तिकारीता छरपस्ट भएको छ ।

मसाल नेतृत्व लाई र नेकपा मसाल लाई संसदीय दलदलमा फसेको र क्रान्ति नहुने ,त्यो पार्टी ले क्रान्ति गर्दैन भनेर भ्रम सिर्जना गरेर कार्यकर्ताहरु मा एक प्रकार काे निराश पैदा गराउने काम हुदै अाएकाे छ ।नेकपा मसाल लाई बदनाम गर्दै हिडेका केही क्रान्तिकारी ठेकेदार हरुले खालि भ्रम मात्रै छरेका छैनन ।ती कार्यकर्ता हरु भड्काउने काम गरेका छन ।यसकारण ती कार्यकर्ता निरास हुदै तितरबितर भएको अबस्था छ ।नेकपा मसाल  लाई क्रान्तिकारी नदेखेर माअाेबादि वा एमाले मा जानू मृत्युु तुल्य हाे ।ती पार्टीहरु अब क्रान्तिकारी रहेनन ।तर क्रान्तिकारी छवि भएको नेकपा मसाल लाई क्रान्तिकारी नदेख्नु दुखदायि क्षेण हाे ।हाेलान कैयन कमिकमजाेरि र गल्ती हरु छन हाेला तर नेकपा मसाल क्रान्तिकारी पार्टी हाेईन भन्नू गलत हाे । माअाेबादि का हाल का व्यवहार ,एमाले का गितिबिधि र नीति क्रान्तिकारी देख्ने साथिहरुले मसाल लाई क्रान्तिकारी नदेख्नु स्वाभाविकै हाे ।

अहिले समन्वय समिति का साथिहरु फेरि क्रान्ति का ठेकेदार बन्दै हुनुहुन्छ ।नीति र कार्यक्रम मा कुनै फरक देखिदैन ।तर एउटा लहर र पुराण भने तयार पार्नु भएको छ ।गालि पुराण हाँक मा प्रकाशित प्राय सबै लेखहरु माेहनबिक्रम सिंह र नेकपा मसाल लाई नै गालि गरेर लेख तयार पारिएका छन ।अब यसरी गालि पुराण काे माध्यम बाट क्रान्ति सफल हुने उहाँ हरुकाे दावि छ ।

हाँक खासमा नेकपा मसाल कै हाे ।तर केही षड्यन्त्र पुर्वक हाँक अपहरण भएको हाे ।डाँकु शैलिमा र सुनियोजित तरिकाले ।हाँक अाजभाेलि हाँक जस्तो छैन ।सामान्य भन्दा सामान्य मानिसहरू ले पनि ठाउँ पाउछन् बाैद्विक ब्यक्ति हरु भन्दा बढि ।हुन त सामान्य ब्यक्ति हरुलाई पनि पत्रिका ले स्थान दिनु पर्छ ।तर लेख रचना समय सान्दर्भिक पनि हुनुपर्छ ।तर हाँक मा नेकपा मसाल र माेहनबिक्रम लाई गालि अाराेप लगाएर कसैले केही लेखे पछि हाँक ले छापिदिन्छ  त्यसकारण समन्वय समिति का साथिहरु मात्रै क्रान्ति का ठेकेदार रहेनन ? हाँक पनि क्रान्ति काे ठेकेदार बनेकाे छ गालि पुराण काे माध्यम बाट ।यसरी अब उहाँ हरुले अब छिट्टै नयाँ जनबादि ब्यबस्थाकाे घाेषणा गर्दै हुनुहुन्छ !

मानाै यति लामाे इतिहास मा त क्रान्ति सफल हुन सकेन ।नेपाल काे कम्युनिस्ट अान्दोलन क्षतबिक्षत हुनु  नेताहरू मा देखिएकाे घमण्ड ,रिस राग र कुण्ठा ले गर्दा क्रान्ति एकीकृत हुन सकेन बितेका ७३ बर्ष मा केही अान्दोलन काे भरमा भए का उपलब्धि लाई नै क्रान्ति मानेका छन ।उपलब्धि उपलब्धि नै हुन्छ ती देश र जनताको पक्षमा न्यून छन ।तर क्रान्ति देश र जनताको पक्षमा बढि हुन्छ ।तर अहिलेसम्म हुन सकेन ।यतिका बर्ष क्रान्ति का नाममा भएका अान्दोलन र त्याग बेकार साबित हुदै छन ।भने जीवन काे उत्तरार्ध सम्म क्रान्ति काे नाममा काम गरेर केही र सानाे बिषय मा पार्टी बिभाजन गर्न हिड्ने साथिहरु ले क्रान्ति गर्छन भनेर सपना नदेखे कै राम्रो ।बास्तबिकता एकातिर छ भ्रम र जाल अर्कोतिर हुन्छ ।नेकपा मसाल बाट अलग्गै बसेर वा गएर क्रान्ति हुन्छ भन्ने कुरा नपत्याए हुन्छ ।नीति कार्यक्रम एकातिर ,बिराेध अर्कोतिर ।बुझेर पनि बुझ पचाएर क्रान्ति सम्भब छैन ।

देशको अबस्था एकातिर कमजोर बनेको छ साम्राज्यवादी हरुकाे बिगबिगी छ ।देश बिदेशी काे कृडा स्थल बनेकाे छ ।अर्कोतिर जनता का समस्या जहां काे तहिं मात्रै हाेईन झन बिकराल बनेका छन ।स्वास्थ्य ,शिक्षा  देखि दैनिक उपभाेग्य सामाग्री महङ्गो भएको छ ।राेजगारिकाे ब्यबस्था छैन ।सरकार मा गएका हरु बिदेशी काे पांउ माेलेर रिण माग्छन ।देश रिणमा चलेकाे छ ।प्रत्येक नेपालीको टाउको मा ४० हजार रिणकाे भारि अहिलेसम्म का सरकारले बाेकाएका छन ।त्यतातिर ध्यान दिने हाे र देशकाे सिमा जाेगाउने हाे भने ।सबै मिलेर काम गर्नुपर्नेछ ।

एकातिर सरकार सञ्चालन काे बागडोर समालेका ठुला दलहरु साम्राज्यवादी हरुका खेलाैना भए का छन ।अर्कोतिर पस्चिमा मुलुक हरुले नेपाल मा शान्ति खलवलाउन चाहन्छ ।नेपाल काे धर्ति मा बिदेशी नीति र बिदेशी शैली स्थापना गर्न चाहन्छ ।पस्चिमाहरु र अमेरिकि साम्राज्यवादी हरु साथै भारतीय साम्राज्यवादी हरुले नेपाल काे रास्टिय अस्मिता माथि हैकम ,जवरस्त र अड्डा जमाउदै जाने याेजना मा छन ।याे कुरा नेपाल का हरेक राजनीति दल लाई थाहा नै छ ।तर पैसाको लाेभमा सङघियता जस्ताे घातक प्रणाली अपनाउने देखि कृस्चियन धर्म घुसाउने र अनुदान काे नाम जपेर यमसिसि जस्तो घातक परियोजना पास गर्ने सम्म का खेल सञ्चालन भएका छन ।यसले एकातिर खुला सिमाना र अर्कोतिर खुकुलो नागरिकता प्रणाली का कारणले पनि देश निकट भबिस्यमा सिक्किम वा अफगानिस्तान बन्ने निस्चित देखिन्छ ।तर यसमा जनाएको बिराेध र अान्दोलन ले कतिपय निर्णय हरु सरकारले वापिसि गरेको पनि इतिहास छ तर सङघिय प्रणाली  र यमसिसि परियाेजना पुर्ण रुपमा खारेज हुन सकेन भने देश नै नरहने सम्भावना छ ।तर क्रान्ति का ठेकेदार हरुकाे जनमत त्यतातिर निर्णायक बन्न सकिरहेको छैन ।यस्तो स्थिति मा यिनै सवालहरुमा बहस र छलफल चलाउने र एकीकृत अान्दोलन गर्ने बेलामा कथित समन्वय समिति का साथिहरुले  खालि नेकपा मसाल र उसको नेतृत्व काे नेराघेरामा रहेर ब्याख्या ,विश्लेषण,गालि र अाराेपहरु लगाउन निकै धेरै समय खर्च गरेको पाईन्छ ।

अाफु सँग छुट्टै भिजन र कार्यप्रणालि काे अभाव का कारण यस्तो स्थिति अाउनु स्वाभाविक मान्न सकिन्छ ।तर नियत बस गरिने षड्यन्त्र हरु ले दुरगामि परिणाम ल्याउन सक्छ ।नेकपा मसाल माथि छलछाम काे नीति ,राजनीति गर्दा अाफुहरु काे हैसियत नै बिर्सेर फुक्का भएको अनुभव हुदै छ ।यसले कुनै पनि परिणाम मा राम्रो नतिजा अाउदैन ।

अाज कार्यकर्ता हरुमा बैमनस्यता उत्पन्न गराउने ।निरास पार्ने र कार्यकर्ताहरु तितरबितर पार्ने काम भएको छ ।याे गलत तरिका हाे ।कसैलाई चित्त नबुझेर पार्टीको परिवर्तन गर्छ भने त्यो त्यसको अधिकार हाे ।तर नियत बस चुइटाउने  र फुटाउने काम निकै हानिकारक हाे ।अबिलम्ब याे कार्य राेक्नुपर्छ ।यदि नराेकियमा समयले साफ गर्ने निस्चत छ ।याे कुरा क्रान्ति का नक्कली ठेकेदार हरुले राम्ररी बुझ्न जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?