
रबि पाैडेल ,पाण्डेचरि ,सरकार ले आगमि बैसाख ३० गते २०७९ मा स्थानीय चुनाव काे मिति घाेषणा गरेको छ।चुनाव हुनु लाेकतान्त्रिक पद्धति अनुसार ठिक पनि हाे ।चुनाव बाट जनता ले अाफ्नाे हक काे प्रयोग गरेर अाफुले चाहेको ब्यक्ति चुन्न पाउँछन् ।साथै प्रजातान्त्रिक ब्यबस्था भएको हुदा अाफु चुनिने अधिकार पनि हुन्छ ।चुन्न र चुनिन पाउने अधिकार भएको हुनाले बहुदलीय ब्यबस्था मा प्रजातान्त्रिक हकअधिकार र लाेकतन्त्र उपयोग गर्न नेपाली जनता ले पाएका छन ।
चुनाव लाई धेरै जसाे पार्टी ले सबै थाेक सम्झने गरेका छन बहुदलीय ब्यबस्थाकाे यति लामो इतिहास मा चुनाव मागि खाने भाडाे बनाउदै राजनीतिक दलका नेताहरू ले चुनाव मा झुट्टा अास्वासन दिने र जितेर गईसकेपछि जनताको पक्षमा र रास्टकाे पक्षमा काम गर्नु काे सट्टा अाफु र अाफ्नाे काे लागि कमाउने थलाे बनाएका छन ।रास्ट प्रति काे माया कम जनता प्रति बिस्वासघात गर्दै रास्टिय सम्पत्तिको दुरुपयोग भएको छ ।जितेर गएका सांसदहरू जनता प्रति उत्तरदायी कम देखिएको ले जनता मा निरासा पनि छाएको छ ।चुनाव मा राजनीतिक भागबन्डा नगर्ने हाे र जनता ले कसैको दवाव मा नपरेर भाेट दिने हाे भने असल र राम्रा मानिस ले जित्न सक्छन ।यदि राम्रा मानिसको हातमा देशको बागडोर गयाे भने देशमा परिवर्तन हुन समय लाग्दैन तर अहिलेसम्म रास्ट प्रतिकाे जिम्मेवार ब्यक्ति काे हातमा जनता ले चापि दिन सकेनन बिडम्बना देशको अार्थिक अबस्था निकै कमजोर हुदै गएको छ ।शिक्षा र स्वास्थ्य मा बिकास हुन सकेको छैन ।देशको प्रशासनिक समयन्त्र नै खस्किएको छ ।सिमा समस्या ,बिदेश नीति ,नागरिकता प्रणाली देखि सबै क्षेत्र मा बिदेशी काे हस्तक्षेप छ ।सरकार रिण मागेर ,अरुकाे अासिर्वाद लिएर सरकार चलाउछन ।सक्षम र दुरदर्शि नेता जनता ले चुन्न नसक्दा देशमा राेजगारि काे ब्यबस्था छैन ।यसमा जनताको पनि कमजोरी छ ।
चुनाव जितेर जाने र लुटतन्त्र मच्चाउने त्यो पनि मिलिभगत ,संस्थाग रुपमै कमिशनतन्त्र चलाउने ।गरिव मजदुरहरु काे पक्षमा कहिलै पनि याेजना नबनाउने ! सरकार बदलिरहने ,अान्दोलन भईरहने तर जनताका समस्या समाधान नहुने ! यसकाे मुख्य कारण हाे जनता ले सहि ब्यक्ति र पार्टी लाई चुन्न नसक्नु नै हाे ।
अन्य मुलुक मा जस्तो स्थिति नेपाल मा छैन ।चुनाव मा भाग लिने धेरै पार्टी हरु छन ।जनता ले सधैं ठुला पार्टी हरु हेर्ने र त्यहि पार्टी लाई भाेट दिने गरेर पटकपटक सत्तामा पुर्याएका छन ।तर साना पार्टी हरुलाइ नेपाली जनता ले चिन्न सकेनन ।धेरै युवा बर्गहरु राजनीति बुझ नभएको कारण चुनाव मा जुन पार्टी ले रक्सि मासु र भात खान दिन्छ ।त्यतै जिन्दावाद का नारा लगाउने गरेको पाईन्छ ।यसकारण ती नेताहरू ले सजिलै धनराशि खर्च गरेर चुनाव जित्ने गरेका छन ।अब युवाहरू ले साेच बदल्नु पर्छ ।हात्ती पार्टी हरुले देश लाई बिदेशी काे रिण मा डुवाएकाे बुझ्न सक्नुपर्छ ।तिनै हात्ती पार्टी हुन जसले पटकपटक सरकार मा गएर बिदेशि सँग लम्पसार परेर बिकास काे नाममा रिण माग्दछन । तर त्यो पैसाले बिकास हुदैन ।मिलेर खाने गरेका छन ।याे कुरा अब छर्लङ्ग भएको छ ।तर युवाहरू ले याे कुरा बुझ्नुपर्छ ।पार्टी मा पनि सहि नेतृत्व चाहिन्छ ।भने सरकार मा पनि सहि नेतृत्व हुनुपर्छ ।सहि नेतृत्व चुन्न सके पार्टी र देश दुवै सहि दिशामा अगाडि बढ्छ ।र देशको बिकास हुन्छ ।
देश मा कतिपय कम्युनिस्ट पार्टी छन ।जसले चुनाव लाई कार्यनीति काे रुपमा कहिले बहिस्कार र कहिले उपयोग गर्ने गरेका छन ।जसमध्ये नेकपा मसाल काे बैधानिक माेर्चा रास्टिय जनमाेर्चा हाे ।२०४८ साल मा बहिस्कार गरेको माेर्चा ले त्यसपछि लगातार संसदीय चुनाव वा स्थानीय चुनाव काे उपयोग गर्दै अाएकाे छ ।नेपाल मा अरु पार्टी हरुकाे तुलना मा रास्टिय जनमाेर्चा निकै सानो दल हाे ।तर यसको राजनीति निकै अाेजनदार छ ।रास्टिय जनमाेर्चा सहि राजनीति दल हाे ।यसको नीति तथा कार्यक्रम सधैं देश र जनताको पक्षमा छ ।
विगत का दिनहरु मा बाग्लुङ र प्युठान जस्ता जिल्ला हरु मा राजमाे काे बर्चस्व थियाे ।पाँच पाँच जना सांसद हरु ले जितेका थिए ।तर अहिले त्यो सङ्ख्या पनि घटेको छ । पुंजिबादि साेच निम्नवर्गिय साेचाई का कारण साथिहरु ईमानदार बन्न सकेनन् ।अाफैले गरेका बाचा हरु ताेडिदिए ती साथिहरुले ! राजनीति लाईन ठिक हुदाहुदै नाफा र घाटा काे हिसाब गर्दा याे स्थिति अाएकाे हाे ।अाफ्ना बाचा र बन्दनहरु ताेड्नु जनताको बिस्वास मा घात गर्नु बेईमानि हाे ।ती साथिहरु ले राजनीति बेईमान गरे र पार्टी छाेडे ।त्यसकारण पार्टी काे बिराशद कमजोर भयाे ।यदि ती साथिहरु मा इमानदारीता थियाे भने पार्टी छाेडृर जाने थिएनन ।याे धेरै पटक भयाे ।र अाज र भाेलि पनि हुन्छ ।तर नीति सिद्धान्त मा राजमाे कहिलै बिचलित छैन ।र हुनुपनि हुदैन ।
अरु पार्टी का उमेदवार र राजमाे का उमेदवार मा फरक छ ।देशमा राजमाेले जितेका कतिपय पालिका हरु र वडा हरु मा राम्रो काम भएको छ ।त्यहाँ भस्टाचार भएको छैन ।राजमाे ले भस्टाचार हुन दिदैन ।तर त्यहीँ पालिका हरुमा अन्य पार्टी का उमेदवार ले जितेको ठाउँ मा भस्टाचार हुने ।बेरुजु हुने ।अादि हुने गरेकाे पाईन्छ ।त्यसकारण नेपाली जनता ले राजमाे लाई भाेट दिन जरुरी छ रास्टघातिहरु लाई भाेट दिएर अाफ्नाे अधिकार खेर नफाल्नुस ।सच्चा र देश भक्त पार्टी राजमाे लाई भाेट दिनु अाबस्यक छ ।
राजमाेले विदेश स्थित नेपाली हरु लाई पनि चुनाव मा भाग लिने र उमेदवार बन्न सक्ने कानुनको माग गरेकाे पनि लामाे समय भएको छ ।प्रवासी नेपाली हरुकाे मताधिकार काे प्रस्न गम्भीर भएको छ ।सर्वोच्च ले समेत प्रवासिएका नेपाली हरु लाई मताधिकार काे ब्यबस्था गर्न मन्त्री परिशद लाई निर्देश दिइसकेको छ ।तर राजनीतिक दलका नेताहरू पुर्वाग्रहि काे कारण त्यो ब्यबस्था हुन सकेको छैन ।किन कि प्रवास मा जनमाेर्चा समर्थक काे लहर छ भन्ने कुरा सबै पार्टी हरुलाई थाहा छ ।यदि याे ब्यबस्था वा याे अधिकार प्रवाशि नेपाली हरुलाइ दिईयाे भने अाफ्नाे राज ढल्ने पिर छ ती पार्टी हरुलाइ प्रवास का सचेत नागरिक हरुले यदि सम्पुर्ण रुपमा भाेट दिन पाए भने राज्य पल्टिन सक्छ ।त्यसकारण मताधिकार काे प्रस्न सरकार ले गम्भीर रुपमा लिएको छैन ।तर हामीलाई थाहा छ ।एक दिन याे माग हामीले पूरा गर्ने छाै ।
हजारौं हजार नेपाली भारत मा छाै ।एकै ठाउमा अाठ जना ,दस जना देखि असी नब्बे जना ले डिउटि गर्नु पर्छ ।चुनाव मा जान सबै नेपाली हरलाई प्रवास काे भुमि बाट सम्भब छैन ।सबै लाई छुट्टि मिल्दैन ।हामीले अार्थिक र नैतिक रुपमा सहयोग गर्दै अाएका छाै ।तर भाैतिक रुपमा चुनाव मा उपस्थित हुन निकै कठिन छ ।त्यसकारण जाे जाे साथिहरु ले छुट्टि मिलाउन सक्नुहुन्छ अाजै देखि तयारि गर्नु पर्दछ ।अाफ्नाे गाउँ मा गएर अमुल्य भाेट दिनु पर्दछ ।हामीले दिएको भाेट अहिलेसम्म खेर गएकाे छैन ।किन कि जुन प्रतिनिधि हामीले चयन गरेर पठाउछाै तिनिहरु बाट कुनै रास्टघात भएको छैन ।भस्टाचार भएको छैन ।त्यसकारण रास्टिय जनमाेर्चा लाई दिएको भाेट खेर जांदैन ।सहि ठाउँ मा सदुपयोग हुन्छ ।
भर्खरै भारत मा अखिल भारत स्तरिय अाठाै अखिल भारत सम्मेलन सफल भएको छ ।सम्मेलमा उपस्थित जनसहभागिता ले प्रस्ट पारेको छ कि भारत मा हाम्रो सङगठन कति सक्तिशालि छ भनेर ।दिल्ली हरियाणा राज्य काे फरिदाबाद मा फेब्रुअरी २७,२८ र मार्च १ गते २०२२ मा ,सम्मेलन मा पनि स्थानीय चुनाव सम्बन्धि चर्चा परिचर्चा गरिएको थियाे ।दिल्ली फरिदाबाद काे प्रहरी प्रशासन ,स्थानीय जनता हरु सम्मेलन मा उपस्थित जनसहभागिता ले दङ्गदास परेका छन भने नेपाल काे राज्य ब्यबस्था थर्कमान भएको छ ।साथै सङगठन बाट भागेका वा भाग्न खाेजेका साथिहरु थर्कमान भए का छन ।उनिहरुकाे साताे गएकाे छ ।यसरी याे शक्ति हामीले स्थानीय चुनाव मा भाैतिक रुपमा उपस्थित गराउन सक्ने भए अति उत्तम हुने थियाे ।तर त्यो सम्भव छैन ।तर केही सङ्ख्या मा साथिहरु स्थानीय चुनाब मा जाने कुरामा कुनै शंका छैन ।
त्यसकारण अहिले पनि रास्टिय जनमाेर्चाले स्थानीय चनाव काे उपयोग गर्ने जानकारी अाएकाे छ ।त्यसकारण हजारौं सङ्ख्या मा बैशाख तीस गते गिलास चिन्ह मा मतदान गर्न गाउँ फर्कनु पर्छ ।जान नसक्ने साथिहरुले अार्थिक र नैतिक रुपमा राजमाे लाई सहयोग गर्नुपर्छ ।सम्पुर्ण नेपाली जनता ले एकपटक राजमाे लाई भाेट दिनु पर्ने बेला अाएकाे छ ।रणनीतिक उदेस्य क्रान्ति काे लक्ष्य निर्धारण गर्न ।देशमा हुने अन्याय अत्याचार ,महङगि र भस्टाचार राेक्न रास्टिय जनमाेर्चा का उमेदवार लाई जिताउ । बैसाख ३० गते हुने स्थानिय निर्वाचन सफल पाराै ।