सोमवार, साउन २३, २०७९

अमलाचौरको विगत र वर्तमान

कृष्ण अधिकारी

यो लेख अमलाचौर वार्डको पहलमा प्रकाशित भएको अमलाचौर दर्पणलाई तयार पारिएको थियो र त्यसमा प्रकाशित भएको छ।त्यसकालागि प्रकाशन समिति र वार्ड कार्यालय अमलाचौरलाई धेरै धन्यवाद ।त्यस लेखमा ईतिहासको एउटा शिर्षक छुटाईएछ,त्यो कसैप्रति अाग्रहपूर्ण थिएन,त्यसो नगरेको भए हुने भन्ने लागेको छ।उक्त शर्षक चार मुखियाली परिवार भन्ने थियो।अन्य शिर्षक दर्पणमा प्रकाशित छ।यो छैन।
अमलाचौरको विगत र वर्तमान :-
सर्व प्रथम अमलाचौर वार्डको तर्फबाट वार्ड स्तरीय गतिविधि,तथ्याँक,विभिन्न बौध्दिक व्यक्तिहरूका अालेख,अनुभवहरू समेटेर प्रकाशन हुन लागेको अवगत हुँदा निकै खुशि लागेको छ।अागामि दिनहरुलाई यो महत्वपूर्ण कोसेली हुने विश्वास लिईएको छ।यो महत्वपूर्ण प्रकाशनमा मेरा पनि कही अनुभवहरुलाई स्थान दिनेगरी सम्पादक मण्डलबाट लेखको अपेक्षा गर्नु भएको छ,पौराणिककाल देखिनै अमलाचौर अस्तित्वमा थियो भन्नेकुरा यसको सिरनमा रहेको कोट(पुराना राजा-रजौटाहरुको अवशेष) बाट स्पस्ट हुन्छ।खोजविन गर्ने हो भने केही इतिहास पाइन सक्छ।त्यो गहिराइमा गएर अनुसन्धान गर्ने अाफुसँग तत्काल त्यस्तो सामर्थ्यता नभएपनि यो प्रकाशनले त्याहा सम्म पुग्न कसै न कसैलाई प्रेरणा मिल्नेछ।र अमलाचौरको गहिराइको यथार्तता अझ थाहा लाग्ने छ,जसले यहाँको इतिहास को दस्तावेजिकरणलाई मद्दत पुग्ने छ। मैले याहाँ अाफुले सुनेका र अाफ्नै अनुभवका केही पक्षहरुलाई प्रस्तुत गर्ने छू।
परिचय:-
अमलाचौर जिल्ला सदरमुकाम बाग्लुँग देखि लगभग १६ कि.मि.दक्षिणमा छ।यो २०७२ सालमा राज्य पुनसँरचना अगाडि पँचायतकालमा गाउँ पँचायत र बहुलीय व्यवस्था पछि छुट्टै गाउँ विकास समितिका रुपमा अस्तित्वमा थियो।२०७३ सालमा सँघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाललाई ७४४ स्थानीय तहमा विभाजन गरेपछि अमलाचौर हाल बागलुँग नगरपालिका अन्तरगतको १२ नम्बर वडा पर्न गएकोछ।पूर्वमा कालिगण्डकी,पश्चिममा पाउजाकोट-भकुण्डे-रायडाँडा,उत्तरमा धापाखोला-पैयुँपाटा-नारायणस्थान र दक्षिणमा जुम्लिखोला-कुश्मी-रायडाँडा रहेको छ।यो समुद्री सतह देखि ११०० मि.को उचाइमा रहेको छ।यहाँको कुल मतदाता सँख्या ६७४२ र घर धुरी सँख्या करीब १३०० छ।
जातिगत अाधारमा पहिलोमा ब्रम्हण,दोश्रो सार्की,तेश्रो कामी,चौथो क्षेत्री-ठकुरी रपाँचौमा दमाईं रहेका छन्।त्यस्तै मुसलमान,गाइने र माझी यहाँका विशष अन्य जातिका रुपमा रहेका छन्।मुसलमानका लागि छुट्टै मस्जिद निर्माण भएको छ भने अन्य सबैका लागि वार्डको शिरमा रहेको भैरवस्थान महत्वपूर्ण धार्मिक स्थल हो।
राजनीति :
राणाकालका समयमा अमलाचौरको राजनीतिक चेतना त्यति उल्लेख्य देखिँदैन।स्थानीय मुखिया-सामन्तहरूको अापसि मामन्य मनमुटाव बाहेक गम्भिर राजनीतिक घटनाहरु भएको देखिँदैन।यसकालमा विश्वस्तरमा प्रथम विश्व युद्द,रुसी क्रान्ति,द्वूतीय विश्व युद्द,छिमेकि देशहरु भारतमा स्वतन्त्रता अान्दोलन र चीनमा जनवादी क्रान्ति समपन्न भएका थिए।यी घटनाक्रम सँग अमलाचौरवासी को कति परिचित थियो वा कसैलाई केही थाहा भएन,त्यसखालका तथ्याङ्क पनि यसमा समावेश हुन पाए सुनमा सुगन्धै हुने थियो।
त्योबेला पनि बृटिश सेनामा भर्ती भएर युद्द अनुभव गरेका पक्कै केही व्यक्ति थिए,अहिले पुराना बृटिश पेन्सेन खानेहरुबाट थाहा लाग्छ।त्यस्तै उतिबेला अध्यायनका लागि भारत जाने चलन थियो कोही गएका थिए वा थिएनन्,उनीहरु यहाँ अाएर प्रजातान्त्रिक राजनीतिक गतिविधिमा भूमिका ह्रयो,रहेन अहिले केही अाधार देखिँदैन।२००७ साल पछि सामाजिक सुधारको अान्दोलन स्वरुप छिमेकी वार्ड पैुयुपाटामा हेमराज पौडेलले हलो जोतेका थिए ।पण्डित ले हलो जोतेको भनेर समाजमा उनको ठूलो अालोचना भएको भनाई छ।त्यहिँ अास-पासमा अमलाचौरमा पनि त्यस्तै केही सामाजिक सूधारका काम भएको बुझिन्छ।२००७ साल पछि यहाँ नेपाली काँग्रेसको सामान्य प्रभाव बढ्दै गएको बुझन्छ।२०१५ सालको निर्वाचनमा अमलाचौर ७३ नम्बर क्षेत्र अन्तर्गत परेको थियो।यहाँबाट गोरखा परिषद(भरतशँसेरको पार्टी ) का उम्मेदवारले चुनाव जितेका थिए।अमलाचौरबाट कुन-कुन पार्टी का उम्मेदवारले कति मत प्रप्त गरेका थिए,उतिबेलाको तथ्याँकले थाहा होला।
२०२१ सालमा नेपाल कम्युनिष्ट पार्टी बाग्लुँगको स्थापना भएको थियो। चित्र बहादुर के.सी स्थापना कालका नेता थिए।बागलुँगमा कम्युनिष्ट पार्टीको गठन पछि क्रमशः अमलाचौरमा पनि कम्युनिष्ट गतिविधि शुरु भएको देखिन्छ।नारायणस्थानमा रुद्र पौडेल,अमलाचौरमा दीननाथ शर्मा,भूमिश्वर पौडेल,तेजेन्द्र ढकाल अादि कम्युनिष्ट पार्टीको नजिकमा अाएर काम गर्दै अाएका थिए।
चार मूखियाली परिवार:-
राणाकालमा अहिले जस्तो मालपोत कार्यालयहरु थिएनन् र जग्गा जमिनको व्यवस्थित नापी नक्सा पनि थिएन।अत:उनीहरुले स्थानीय ठूला-बडा सामन्तलाई मुखिया नियुक्ति गर्दथे।र यीनिहरु मार्फत जग्गाको अनुमानका अाधारमा जनताबाट तिरो(कर)उठाउने चलन थियो।अमलाचौरमा चक्रपाणी पाठक,हरि प्रसाद पाध्याय,कलाधर अधिकारी र दुर्गा बहादु खत्री गरी प्रमुख चार मुखियाली चलन २०२८/२०२९ साल सम्म पनि कायम थियो।र यहाँको राजनीतिक गतिवधिमा उनीहरुको विशेष चासो रहने गर्दथ्यो।२०१७ सालमा राजा महेन्द्रले नेपाली काँग्रेशको सरकारलाई अपदस्त गरिसकेपछि अमलाचौरको राजनीतिमा तीब्र ध्रुवीकरण भएको पाइन्छ।उतीबेलाका दूई पँचेहरु,अोमकार प्रसाद गौचन र तेजेन्द्र बहादुर खड्काको गुट लडाईमा अमलाचौर नराम्रो सँग फसियो। त्यसैको परिणाम स्वरुप २०२९ सालमा भिमनाथ शर्माको हत्या भयो।यो त्यति बेलाको गम्भिर घटना थियो।यही घटनाका कारणले सिँगो बलेवा क्षेत्रनै अास-पासका जिल्लाहरुमा धेरै बदनामित भयो।यसमा हरि प्रसाद परिवारका एक सदस्यको मृत्यु भएको थियो भने,अन्य तीन मूखियाली परिवारका केही सदस्यहरु घटनाका अारोपित भएर अावधिक जेल सजाऐँ पाएर मुक्त भएका थिए।यो अमलाचौरको इतिहासको नराम्रो धटना थियो।
राजनीतिक धर-पकड:
अमलाचौरमा २०३५/०३६ साल देखिनै वामपँथी गतिविधि तीब्र बन्दै गएको थियो।तयसैको प्रभाव स्वरुप पँचायत व्यवस्था विरुद्द पर्चा छर्ने,वालपेन्टिँग गर्ने,गोप्य भेला बैठकहरु गर्ने अादिको नेतृत्व बलेवाभरीमा अमलाचौरले नै गर्ने गरेको थियो।यहाँको गतिविधि देखि पँचायती प्रशासकहरु अँचलाधिश,सिडियो र पँचेहरु पनि शशँकित थिए।तयसै क्रममा २०४३ सालमा डाँड डिल्ली प्रसादको विवहा सृजना चपगाई सँग प्रगतिशील कार्यक्रम गरेर सम्पन्न भएको थियो।रातको समयमा जिल्लाका विभन्न ठाउँका १०० जना व्यक्तिहरू भन्दा बढिको एक्कासि उपस्थिति अाफैमा मिलिटेन्ट कार्यशैली थियो। चाम्टारको चौतारो(हालको डाँडको चौतारो)मा सम्पन्न उक्त कार्यक्रम बाग्लुँग दक्षिण भेककै ठूलो प्रगतिशील कार्यक्रम थियो।यो कार्यक्रमको प्रचार भुसको अागो झै फैलियो।पँचेहरुले गाई काटेर खाए भनेर हल्ला गरे।प्रशासनले यहीँ कार्यक्रमको निहुँमा धर-पकड शुरु गर्यो।प्रेम बहादुर खत्रीले ६ महिना सम्म जेल बस्नु पर्यो। बेधनीधि पौडेल, रेशम ढकाल लगायतले तारेख बोक्नु पर्यो।कृष्ण अधिकारी(म अाफै),मित्र पौडेल र चित्र सापकोटा नौ दिन सम्म बाग्लुँग जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेर छुटेका थिए।सार्वजनिक मूद्दा,धरपकड गरेर तर्साउन खोजेपनि कम्युनिष्टको नेतृत्वमा अमलाचौरमा पँचायती व्यवस्था विरुद्दका गतिविधि झन तीब्र हुँदै गए।
प्रत्येक दशैमा कोट र भैरव स्थानमा ठूलो मेला लाग्थ्यो,र अहिले पनि त्यसको निरन्तरता कायम छ।२०४५ सालको कोट-भैरवस्थान मेलाको अवसर पारेर अ.ने.रा.स्व.वि.यु(छैठौ)का नाममा कोटमा प्रगतिशिल साँस्कृतिक कार्यक्रम गर्ने योजना दवेन्द्र पौडेल,कृष्ण अधिकारी र रेशम ढकालले भारतको गोरखपुरमा गरेर अाएका थिए।त्यही योजना अनुसार सम्बन्धित सबैलाई खबर गरेर दशैँको नवमीका दिन कोटमा साँस्कृतिक कार्यक्रमको शुरु भयो।शुरुको स्वागत गित सम्पन्न नहुँदै प्रहरीले हस्तक्षेप गर्न शुरु गर्यो।प्रहरी र अायोजकका बीचमा झडप भयो।जनताले विध्यार्थीलाई साथ दिएपछि पुलिसहरु घाईते हुँदै भागा-भाग भए।प्रहरी थपबल सहित पुन:अाउने अनुमान गर्दै अायोजकले कार्यक्रम स्थगित गरेर घर-घर गए।करीब दुई घण्टा पछि प्रहरी थपबल सहित कृष्ण अधिकारीको घर घेरा हाल्न पुगे,झण्डैले उनी कुसलतापूर्वक फुत्किए र चर्को कुटाईबाट जोगिए।देवेन्द्र पौडेल र रेशम ढकालको पनि घर घेरा हाल्छ भन्ने भए पछि तीनै जना तत्काल फरार भए,र पछि भूमिगत भए।दीननाथ शर्मा २०४३ देखि नै भूमिगत थिए।बहुदलीय व्यवस्थाको अागमन पछि मात्र चारै जना खुला भएका थिए। पछि कोट काण्डका नामले यो घटना निकै चर्चित ह्रयो।
उक्त घटनामा अमलाचौर,कुश्मिसेरा र दमेकका गरी ३१ जनालाई धर-पकड र मूद्दा चलाएको थियो।अमलाचौरबाट हेमराज अधिकारी,धर्मा ढकाल,रवी पौडेल,दीननाथ(सरँगी)र प्रेम जैसीलाई २/४ दिनमै गरफतार गरेर केही समय यातना दिएर छोडेको थियो।देवेन्द्र पौडेल,कृष्ण अधिकारी,रेशम ढकाल र नन्दा पौडेल फरार सुचिमै रहे।दीर्घ बहादुर हमाल,बल बहादुर शाही,ईश्वर पौडेल,भूमिश्वर शर्मा,बाबुराम पौडेल,हिरा पौडेल,शान्ति पौडेल,र शारदा पौडेलले पछि गिरफ्तारी दिएर रु-५००/७५० का दरले धरौटी रकम जम्मा गरेर छुटेका थिए।यो काण्डले बग्लुँग दक्षिण भेकमा जनस्तर सम्म पनि पँचायत व्यवस्था विरुद्द ठूलो जनअाक्रोस भित्र-भत्रै सल्कँदै गयो।र त्यस भेक का विभिन्न ठाउँहरुमा पँचायत व्यवस्था विरुद्द निरन्तर कार्यक्रम अगाडि बढि नै रहे।अन्त:त २०४६ साल चैत्र २६ गते राती पँचायती व्यवस्थाको अन्त्य भएको घोषणा गरियो।यसरी पँचायती व्यवस्था विरुद्दको लडाईमा अमलाचौरको पनि भुमिका रहेको मान्न सकिन्छ।
बहुदल र गणतन्त्र पछिको राजनीतिक अवस्था:
अमलाचौर बाग्लुँग जिल्लाभरी नै बढी राजनीतिक खिचातानी हुने ठाउँ हो।पहिला यो वामपँथी कार्यकर्ता उत्पादनको एउटा केन्द्र नै मानिन्थ्यो।त्यसैको प्रभावले गर्दा पनि अहिले एउटै वार्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने ३/३ जना साँसद छन्।र अन्य पनि जिल्ला र केन्द्रीय स्तरका महत्वपूर्ण नेताहरु छन्।बहुदलको तत्काल पछि यहाँ नेकपा(मसाल)महत्वपूर्ण शक्तिमा थियो।र उसैको नेतृत्वमा तेजेन्द्र ढकाललाई अध्यक्ष बनाएर नकपा(मसाल)र एमाले मिलेर २०४९को चुनाव जितेका थिए।२०५४ मा चुनाव त्रीपक्षीय तनावपर्ण भयो।काँग्रेसले जित्ने सम्भावना भनिएको चुनाव पछि एक पक्षले मतपत्र च्यातिदिएर चुनाव स्थगित भयो।अर्को पल्टको निर्वाचनमा नेकपा-एमाले र नेपाली काँग्रेश मिलेर एमालेका खगेश्वर पाठकको नेतत्वमा चुनाव जितेका थिए।पछि नेकपा (मसाल)मा टुट-फुट भयो,यही कत्ताबाट माअोवादी पनि यहाँ अस्तित्वमा अायो।२०५२ सालबाट माअोवादीले”जनयुद्द” शुरु गरे र २० वर्ष सम्म चुनावनै हुन सकेन।गणतन्त्र स्थापना पछि सँघीय सँरचना अन्तरगतको २०७४को वार्ड स्तरीय चुनावमा पुन: माअोवादी,नेकपा(मसाल)सम्बन्धित राजमो र एमाले मिलेर तत्कालिन एमालेका उम्मेदवार गुरुदत्त पाठकको नतृत्वमा चुनाव जितेका छन्।
हाल दुई पार्टी मिलेर नेकपा बने पछि केही मतको तलमाथि भए पनि अझै पनि यहाँ विशेषत:तीन पार्टीहरु राष्ट्रिय जनमोर्चा,नेकपा र नेपाली काँग्रेशको उत्तिकै अस्तित्व देखिन्छ।यी बाहेक राप्रप र राजपाले सामन्य सँगठनात्मक सँपर्क स्थापित गरे पनि भूमिकामा त्यति देखिँदैनन्।अहिले विगतमा जसरी यी राजनीतिक पार्टीहरु बीचमा त्यति तिक्तता देखिँदैन।र पनि विकासका कामहरुमा यी पार्टीहरु मिलेर जति काम हुनु पर्ने हो त्यति नभएको यहाँका वार्डवासीहरुको जनगुनासो छ।
अर्थतन्त्र:
अमाचौरको वार्डको अर्थतन्त्रको मूल अाधार कृषि नै हो।तर यहाँको कृषि व्यवसाय पिछडिएको,परम्परागत र निर्वाहमूखि छ। पशुपालन,कुखुरापालन,फलफुल खेति तरकारी खेति र अन्य नगदेबालिको प्रचुर मात्रमा सँभावना भए पनि शिक्षित युवा यतातर्फ अाकर्षित हुने वातावरण तयार हुन सकेको छैन।सिँचाईको सुविधा नहुनु, विउ-विजन,प्राविधिक ज्ञान,मलखाद र योग्य प्राविधिकको अभाव रहनु साथै बजारको पनि राम्रो सुविधा नहुनुले व्यवसायीक र अाधुनिक कृषिको यहाँ थालनी हुन सकेको छैन।कृषि श्रम प्रतिको समाजको हेलाको दृष्टिकोणले गर्दा पनि युवाहरुको यता तर्फ अाकर्षण बढेको छैन।केही सहकारी मार्फत टाकुरी,अमलाचौर र सरँगीमा दुध सँकलन केन्द्र स्थापना हुनु,बासकोटमा शिक्षित युवा लीला पौडेलको पहलमा कोट-भैरब गाई फार्म,ढकालथरमा लामो समय विदेसिएका युवा मुकन्द ढकाल ले गाई फार्म सँचालन गर्नु,डिल बहादुर खत्री र जीवन खत्री को पहलमा खत्री टोलमा महुरी पालन र महुरी घार उतपादन हुनु,खत्रीटोलमै बाबुराम खत्रीले बाख्रा पालन सँचालन गर्नु,तेजेन्द्र-राजेन्द्र र हरी हमालको सँयुक्त पहलमा खौरमा बाख्रा र कुखुरा फार्म सँचालनमा अाउनु,नारायणस्थानका केही युवाहरुको पहलमा चासो कृषि समूह मार्फत सयेँलामा सामुदायीक कागति खेतिको शुरुवात हुनु यहाको व्यसायीक कृषि क्षेत्रका केही सकरात्मक पहल हुन।यीनिहरुलाई प्रोत्साहन गर्दै वार्डले बाली उत्पादन जोन छुट्टाएर,वयवस्थित कृषि उपज सँकलन केन्द्र मार्फत बजारिकरण गर्ने गरी तरकारी ,फलफुल मसलाजन्य उत्पादन-लसुन,प्याज,बेसार,अदुवा,टिमुर खेतिलाई प्रेरित गर्ने हो भने यहा अाधुनिक कृषि खेतिको राम्रो सँभावना छ।बसाई-सराईले धेरै खेति योग्य जमिन बाँजो हुन थालेका छन्।यीनलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने बारे पनि ध्यान पुग्नु जरुरी छ।निर्माणाधिन कालिगण्डकी कोरिडोरले यहाँको उत्पादनलाई बजारको प्रचुर सँभावना देखिएकाले पनि वार्डले व्यवसायीक उत्पादनलाई सहजिकरण गर्न सके यहाँको कृषि अायमा गुणात्मक वृद्दि हुने छ।
वैदेशिक रोजगारी यहाँको अर्थतन्त्रको दोश्रो महत्वपूर्ण अाधार हो।यहाँका अधिकाँस युवा जनशक्ति भारत,मलेशिया,कतार,खाडि मुलुक हुँदै युरोप,अमेरिका जापान,अष्ट्रेलिया,कोरिया जस्ता विकसित राष्ट्र सम्म छरिएर रहेका छन्।उनीहरुको श्रम बेचेर कमाइ गरेको पैसाको एक हस्सा रेमिटेन्सका रुपमा यहाँ अाउने गरेको छ।जुन यहाँको अर्थतन्त्र को अर्को श्रोत हो।तर यसरी अाउने पैसा बसाइँ -सराई,घर-घडेरी जोड्न र सामन्य खर्चमै खर्च भैरहेको देखिन्छ।यसलाई उत्पादन क्षेत्रमा लगाउन सके यहाँको अर्थतन्त्रलाई राम्रो टेवा पुग्ने थियो।
सूनका गहना बनाउने काम,हसिया,कुटो-कोदालो बनाउने पेसा,डालो,थुन्से बनाउने काम,सिलाई,गायन,चुरा व्यपार अादि यहाँका पुर्खौली व्यवसाय हुन।जसले धेरै थोरै यहाँको अर्थतन्त्रलाई सहयोग पुर्याएको छ।यी पूर्खौली पेशाहरु अाज क्रमशः लोप हुँदै गैरहेकाले यीनलाई सँरक्षणको खाँचो छ।वन पैदावार,त्यससँग सम्बन्धित फर्निचर उध्योग,स्थानीय स्तरमा हुने व्यापारले पनि यहाँको अार्थिक क्षेत्रलाई मद्दत गरेको छ।
यस वार्डबाट अर्थतनत्रको क्षेत्रमा सिखर व्यक्तिका रुपमा चन्द्र ढकाल पुग्नुलाई एउटा प्रेरणादायी व्यक्तित्व मान्न सकिन्छ।हाल उनी नेपालका रोजगारदाता मध्यका महत्वपूर्ण व्यकति मानिन्छन। एउटा निम्न मध्यम परिवारमा जन्मेर र कतिपय बेला अार्थिक कम्जोर अवस्थाका कारणले अपहेलना पनि सहेर यहाँ सम्म अाइपुग्नु सामान्य कुरा थिएन। मेहनत,लगनशिलता र अाफ्नो कर्म प्रति इमानदारिता प्रस्तुत गर्न सकियो भने निकै कमजोर धरातलबाट पनि देश भित्रै रहेर ठूलो प्रगति गर्न सकिन्छ भन्ने उदाहरण हाम्रै वार्डवासी बन्न पुगेकाछन्।यो यस वार्डको अार्थिक क्षेत्रको सकरात्मक पाटो हो।
विकास पूर्वाधार :
बहुदलीय व्यवस्था पछि सब भन्दा धेरै विकास भएको क्षेत्र यातायतको हो।४० वर्ष अगाडि मोटर चढ्नका लागि दुई दिनको बाटो हिड्न पर्ने यहाँका जनताहरुको अाज सबैका घर-घरै मोटर बाटो पुग्न नसके पनि लगभग सबैका टोलमा मोटर गुड्ने बाटो पुगेको छ। जस्तो ठाउँमा पनि मोटर बाटो चाहियो भन्ने जिद्दिईले गर्दा क्षतिको मुल्याँकन नगरी डोजर जोत्ने कार्यले गर्दा बर्खामा बाढी र पहिरोको जोखिम भने बढेको छ।त्यस्ता जोखिमयुक्त ठाउँहरुको मुल्याँकन गर्दै बाटाहरुको समयमै सुधार गर्नु पर्ने देखन्छ।केन्द्रिय योजना अन्तर्गतनै माढुँगा-भैरवस्थान,सरँगि कोरिडोरबाट भैरवस्था सम्मको सडक योजनाले वार्डको पूर्व पश्चिम छिचोलेको छ।यो सम्पन्न भएर सँचालनमा अाउन अझै समय लाग्ने देखिए पनि वार्डको विकासमा यसले ठूलो गुन लगाउने छ।मुस्ताँग,कोरला-सूनौली कोरिडोरले पूछार भागबाट, मालढुँगा-कुश्मिसेरा एडिबीको बाटो,मालढुँगा-पैयुँपाटा हुँदै अमलाचौरको बाटोले मध्य भाग बाट र माढुँगा-सुनडाँडा-बुकेनी हुँदै भँडारा सम्मको बाटोले माथिल्लो भागबाट अमलाचौरको उत्तर-दक्षिण छिचोलेको छ।यसरी यातायत पूर्वाधारमा अमलाचौर सम्पन्न देखिन्छ।
खाने पानी यहाँको वर्षौ देखिको समस्या बनेको छ।खाने पानीका लागि वर्षेनी लाखौ रुपैयाँ खर्च भएर पनि अझै झण्डै ३० प्रतिशत घर-परिवार वयवस्थित खाने पानिको सूविधाबाट बँचित हुनु लज्जाको विषय बनेको छ।ढवार्डलाई पुग्ने गरी नजिकै कैयौ खानेपानीका श्रोतहरू छन्।यी सबैलाई वार्डको सम्पत्तिका रुपमा एकिकृत योजना भित्र समाहित गरेर व्यवस्थित योजना बनाई पानी वितरण गर्ने हो भने सबैलाई एक घर एक धारो पुग्ने थियो।विगतको सथानीय निर्वाचनको घोषणा पत्रमा यो कुरा उल्लेख गरिए पनि यस तर्फ सामन्य पहल सम्म नहुनु दु:खद पक्ष हो।अाज होस वा भोली यसो नगरीकन यहाँ खाने पानीको समस्या कहिल्यै व्यवस्थित हल हुँदैन।पानीका लागि पाइप चाहियो भनेर अाउनेहरुलाई खुसी पार्न एक-एकलाई एक-दुई कोयल पाईप दिए पनि त्यो पाईपलाई घर-घर लगेर कर्कलो झुण्डाएर सूकाए झै पाईप त झुण्डिएलान पानीको समस्या वर्षेनी ज्यूँका त्यही रहने छ।वार्डको नेतृत्वमा अाउनेहरुले यो कुरा गम्भिर रुपमा लिनेछन्।खाने पानी ब्यवस्थि हुँदासाथ घर-घरमा सामन्य तरकारी खेती अाफै उत्पादन गर्न मद्दत पुग्छ र कृषि अायमा पनि वृद्दि हुन्छ।
वार्डको सिँचाई सुविधा हिउँद- वर्षा दुवै मौसमलाई पुग्ने सम्भावना देखिँदैन।दुवै मौसममा हुनेगरी धापेखोला-सरँगी कुलोबाट केही सम्भावना भए पनि व्यवस्थित हुन सकेको छैन।लिफ्टिँग सूविधाबाट तल्लो सरँगी राम्रो सम्भावना भएको ठाउँ हो। वर्षे सिँचाईका लागि धापेखोला-मेहलबोट(कामी अारन)महत्वपूर्ण कुलो हो।कामका लागि खाध्यान्न अन्तर्गत २०५४ तिर कच्ची कुलो निर्माण भएको पनि हो,तर अाज यसको डोब सम्म पनि छैन।रातामाटा सम्म पुर्याउने गरी २०३७ सालमै धापेखोला-रातामाटा कुलो शुरू भएको हो,अाज सम्म पनि त्यो कुलोले रातामाटा छिचोलेको छैन।हालै मात्र धापेखोला-वडडाँडा-गहतेरा ढलान कुलो निर्माण भएको छ।तर त्यसको राम्ररी प्रयोगमा नअाउँदै रेख-देख नहुँदा बिग्रने हो कि भन्ने चिन्ता छ।यी ठूला वर्षे कुला सम्पन्न गर्न सक्ने हो भने धान उत्पादन बृद्दि हुने विश्वास छ। यसका साथै सानो बजेटबाट सँभव हुने सिँचाई योजनाहरुलाई उपभोक्ता स्वयमले वार्डको पनि सहयोगमा ढलान गरेर व्यवस्थित गर्न सकिन्छ।अाज विकास सम्बन्धि दृष्टिकोण अाम जनमानसको अाश्रित खालको छ।सम्पूर्ण कार्य राज्य वा दातृ निकायले नै गरिदिनु पर्छ,भन्नेखालको जनताको सोचाई बदलिनु पर्छ।उपभोक्ताको लगानी,उसको भूमिका र पहल भयो भने मात्र निर्माण भएका योजनाको रेख-देख,स्यार सँहार र दिगो रहन सक्छन्
पर्यटन विकासको सम्भावना :
सडक पूर्वाधारका हिसाबले वर्ड सम्पन्न देखिए पनि,यी सडकको निर्माण सम्पन्न नभई पर्यटक अाउन त्यती सजिलो छैन।पर्यटकलाई व्यवस्थित सडकको सुविधा अनिवार्य हन्छ।अाजभोलि पनि सडक सँजालमा भैरवस्थान जोडिएपछि कच्चि सडक नै भएपनि धार्मिक अास्थाका कारणले दिन-दिनै भैरवस्थान अाउने पर्यटकको सँख्यामा उल्लेख्य बृद्दि भएको छ।यहाँ छिमेकी जिल्लाका बाहेक अाजकल टाढा-टाढाबाट पनि धार्मिक पर्यटक अाउने गरेकाछन्। कुश्मा-कैयाको अग्लो र लामो पुल,निकट भविष्यमै सँचालनमा अाउन लागेको कुश्मा-बलेवा नेपाने जोडिएको नेपालको सब भन्दा अग्लो र सँसारकै दोस्रो अग्लो बेन्जि जम्प, साथमै रहेको विश्वकै अग्लो र नेपालको एक मात्र तारमा खेलिने स्काई साइकलिँग(Sky cycling),का कारण हजारौ देशी-विदेशी पर्यटक यहाँ अाउने सँभावना छ।यहाँ अाएका पर्यटकका लागि भैरवस्थान,कोट घर,पाउजाकोट नजिकै रहेको मुलाबारि कम अाकर्षक ठाउँ छैनन्।अझ त्याहाँबाट देखिने पूर्व पट्टिका हिमश्रँखला पहाडको काखमा बसेका दर्जनौ गाउँहरु कम मनमोहक लाग्ने छैनन्।त्यस्तै पहरेको डाँडोबाट प्याराग्लाइडिँगको परिक्षण उडान सफल भएको छ।यसै वर्ष गण्डकी प्रदेश सरकारले पहरेमा प्याराग्लाइडिँग विकासका लागि २० लाख बजेट छुट्टाएको छ।जसले पर्यटकीय सँभावनालाई अझ बल पुगेको छ।
अमलाचौरको शिरमा रहेका यी ठाउँ मात्र होइन,यसैको पुछारमा रहेको जैमिनिघाट धार्मिक पर्यटकका लागि उत्तिकै महतवपूर्ण स्थल हो।ईसा भन्दा ३००० वर्ष पहिले पूर्वमिमाँसाास्त्रका प्रणेता,प्रख्यात वेद व्यासका शिष्य जैमिनि ऋषिले कालीगण्डकीको तिरमा रहेको देव शिला र शँख शिलाका बीचमा बसेर ज्ञान समाधि गरेका थिए।हजारौ वर्ष पहिलेको यो ऐतिहाँसिक स्थल प्रचार-प्रशारको अभावले अाज पछाडि परेको छ।यसको सँरक्षण,प्रचार-प्रशार गर्ने हो भने यो धार्मिक पर्यटकको महत्वपूर्ण केन्द्र बन्नेछ।पँचायत कालमा जैमिनिघाट अमलाचौर अन्तर्गत थियो।हाल कुश्मी वार्ड पर्छ।अाज यसैको नामबाट जैमिनि नगर पालिका बनेको छ।बन्दै गरेको सडकले पूर्णता पायो भने लामो पुल,बेन्जि जम्प,स्काई साइकलिँग,जैमिनिघाट,कोट-भैरव,पाउजाकोट, प्याराग्लाइडिँग,मुलाबारी,भकुण्डे होम स्टे र बाग्लुँग बजार एउटै चक्रपथ भित्र पर्न अाउने भएका ले अमलाचौर पनि पर्यटन गन्तब्यको महतवपूर्ण स्थल हुने छ।
शिक्षा र स्वास्थ्य:
शिक्ष र स्वास्थ्य दुवै मानिसका अाधारभूत अावस्यकता हुन।स्वास्थ्यका हिसाबले यो वार्डको मध्य भागमा एउटा स्वास्थ्य केन्द्र छ।भौतिक सूविधाका हिसाबले तुलनात्मकरुपले हाललाई ठिकै रहे पनि,स्वास्थ्य उपचारका हिसाबले विश्वासनीयता अझै कायम हुन सकेको छैन्।यहाँ भएको जनशक्तिलाई राम्रो व्यवस्थापन गरेर भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने वातावरण बनाउन जरुरी देखिन्छ।यहाँ भौगोलिक हिसाबले अझ दुईवटा उपस्वास्थ्य चौकीको अावश्यकता देखिन्छ।एउटा तल्लो भेकमा र एउटा उपल्लो भेकमा।वैदेशिक रोजगारीमा गएका दाजु-भाईहरुको पहलमा यस वार्डलाई एक ऐँबुलेन्स खरिद गरिएको छ।त्यसको व्यवस्थापन र हिसाब-किताबमा पारदर्शीता नहँदा नियमित सूचारु हुन नसक्नु द:खद पक्ष हो।
यस वार्डमा पढ्न लेख्न सक्नेका हिसाबले साक्षेरता दर ६० प्रतिसत रहेको मानिएको छ।यस हिसाबले शिक्षाको साक्षरता दर निकै बढाउन पर्ने देखन्छ।यहाँ एक पृथ्वी उच्च मा.वि.अमलाचौर,एक लक्ष्मी नारायण अाधारभूत विध्यालय,सरँगी।सरस्वति प्रा.वि.टाकुरी,जनचेतना प्रा.वि.कँडेनी,जगन्नाथ प्रा.वि.जर्नाथे,बुद्द दातृ प्रा.वि.लौसिवट,भैरव प्रा.वि.बुकेनी र कोट भैरब प्रा.वि.कामीचौतारा गरी अाठ सँस्थागत र एक नीजि गरी नौवटा विध्यलय यस वार्डमा सँचालित छन्।हालका गैर अावसीय नेपाली सँघका महासचिव तथा पृथ्वी उ.मा.वि.का पूर्व विध्यार्थी हेमराज शर्माको अगुवाईमा पूर्व विध्यार्थी समाज मार्फत अमलाचौरको शैक्षिक सुधारका लागि देखाएको तत्परता प्रशँसनीय छ। साथै व्यवसायी चन्द्र ढकाल र पृथ्वी उ.मा.वि.का पूर्व विध्यार्थी हेमराज ढकालको लगानिमा अाफ्ना बाबाको स्मृतिमा उच्च मा.वि.को पक्कि विशाल भवन निर्माण हुनु विध्यालय भौतिक पूर्वाधारका लागि महत्वपूर्ण उपलब्धि हो।विध्यालय जसरी भौतिक र शैक्षिक पूर्वाधारले सम्पन्न भबएको छ,त्यसैगरी शैक्षिक गुणस्तर बृद्दि गर्न सक्ने चुनौती यहाँको व्यवस्थापन र प्रबुध्द वर्गको काँधमा अाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal