सोमवार, साउन २३, २०७९

राष्ट्रिय जनमोर्चाको गठबन्धन दलहरुसँको चुनावमा तालमेलको प्रश्न ठीक वा बेठीक ?

हेमलाल गौतम

चुनावमा तालमेलको प्रश्न र गठबन्धन सरकारमा नरहनुका बिचमा धेरै अन्तर छ ।त्यसमा पनि सरकारमा रहेको होईन समर्थन गरेको मात्रै हो ।यो सरकार बनाउँदा गुण र दोषका आधारमा समर्थन गर्न या बाहिरिन सक्ने नीति अन्तरगतको प्रश्न हो । पहिले ओलीलाई पनि समर्थन दिईएको थियो ,पछि त्यो समर्थन दिंदाको अबस्था ओली सरकारले बचाउन नसके पछि बाहिरिने निर्णय गरेको हो ।

अहिलेको चुनावी तालमेलको प्रश्न पनि संबिधानको रक्षार्थ एक भएका दलहरू बिचमा हुनुपर्छ र प्रतिगमनका बिरूद्ध जुट्नुपर्छ भन्ने नै हो । यो अर्थमा काँग्रेस या माओबादी या अरू पार्टीहरू संग पनि थुप्रै मतभेद छन् ।ती पार्टीहरूलाई हेर्ने
दृष्टीकोणमा परिवर्तन आएर गठबन्धनको चुनावी तालमेल गर्न खोजिएको होईन ।यो त केवल नेपाली जनताको त्याग र बलिदान स्वरूप प्राप्त गरेको गणतान्त्रिक ब्यबस्थाको रक्षार्थ हो ।

यो गणतन्त्र २४० बर्षे शाहवंशिय तानाशाही ब्यबस्थाको अन्त र त्यसको ठाउँमा सिमित प्रकारका भए पनि केही अधिकारहरू नेपाली जनतामा प्रत्याभूत भएको छ ; त्यसको रक्षाको लागि हो ।संसदीय ब्यबस्थामा पनि यो अलि बढी प्रगतीशिल छ भन्ने अर्थमा हो । यो संबिधान बनाउँदा नेपाल र नेपालीको धेरै ठूलो लगानी र खुन ,पसीना मिसिएको छ । ओली सरकारले यो सिमित अधिकार पनि च्यात्न निरन्तर प्रयत्न गर्यो र गरिरहेछ । त्यसबाट बचाउनका लागि नै अहिलेको गठबन्धनको चुनावी तालमेल बनाउने नीति लिएको हो ।

जती खेर सम्म ओलीले राष्ट्रीयता र संबिधान कार्यान्वयनको प्रश्नलाई समाते त्यतीन्जेल ओली सरकारलाई समर्थन रह्यो भने जतीखेर देखि त्यसको अडानबाट लिक छोड्न थाले त्यसपछि त्यो समर्थन फिर्ता लिनु परेको हो । अहिलेको गठबन्धनमा पनि सरकारले एम सी सी पास गरेपछि सरकारको समर्थनबाट पार्टी बाहिरिने निर्णय गर्यो । हाम्रो पार्टीले गुण र दोषका आधारमा द्वन्द्वात्मक भौतिकबादका आधारमा कुनै पनि बिषयको अध्ययन गर्दछ र निश्कर्ष निकाल्छ । यो अर्थमा अहिलेको चुनावी तालमेल गठबन्धनका बिचमा गर्ने नीति लिएको हो ।

रह्यो प्रश्न फरक पार्टीको फरक चिन्हमा भोट कसरी राख्ने भन्ने । यसमा कुनै पनि पार्टीका कुनै पनि कार्यकर्ता र समर्थकहरूले सहज लिएका छैनन् । त्यो हाम्रा लागि पनि सत्य हो । तर बिगतमा पनि त्यस प्रकारका चुनावी तालमेल हुँदै आएका छन् । तसर्थ यसलाई त्यही गुण र दोषका आधारमा हेरिनु पर्दछ ।
यति नै कारणले पार्टी दक्षिणपन्थी भाषमा गयो भन्नेहरू पनि छन् । त्यसमा पनि हाम्रै पार्टीबाट निश्कासित र बाहिरिएका “महान क्रान्तीकारी “मित्रहरू । के अहिले वहाँहरूले लिएको नीति बिशुद्ध क्रान्तीकारी छ भन्न सक्नुहुन्छ त ? वहाँहरूनै होईन पुनर्त्थानबादी रा प्र पा संगै संयुक्त कार्यक्रम गर्ने । वहाँ हरू पनि चुनावका लागि लालयित भएर आउनु । चुनावमा भागलिनु ।क्रान्तीकारी लफ्फाजी दिएर दक्षिणपन्थी बाटो त बरू वहाँहरूले समात्नु भएको छ ।

पार्टीले दक्षिण पन्थी लाईन लिएको भए के भो त क्रान्तीकारीहरूलाई ? त्यसले त वहाँहरूलाई क्रान्तीको नेतृत्व गर्न झनै सहज होला नी । तपाईहरूले क्रान्तीको नेतृत्व गरेर देखाउनु होस् । यो चुनावको चक्करमा नफस्नुहोस् । तपाईहरूले सहि नेतृत्व गर्नु भयो भने तपाईहरूको पछाडी जनता स्वत आउने छ । किन तल्लो तहमा झरेर नेताहरूलाई गाली गलौजमा उत्रिनुपर्यो र ?तपाईहरूले राम्रो गर्दै जाँदा र हाम्रो पार्टीले दक्षिण पन्थी लाईन लिएकै रहेछ भन्ने कामले प्रमाणित गरेर देखाउन सक्नुभयो भने जीवनको उत्तरार्ध सम्म पनि तपाईहरूलाई नै साथ दिने साथीहरूको कमी हुनेछैन ।हामी त्यो आन्दोलनमा आफै आईपुग्नेछौं । तर तपाईहरूको अहिलेको गती हेर्दा त्यस्तो एक अंश पनि देखिदैन ।यो मामिलामा मैले हार्नुपरोस् तपाईहरूके जीत होओस् ,शुभकामना ।

रह्यो माओबादी र अरूपार्टीसंगको सम्बन्ध । त्यो स्पष्टै छ उनीहरू क्रान्तीको नाराबाट सेलाईसकेका पार्टी हुन् । उनीहरूको अन्तिम अस्त्र नै यहि ब्यबस्था हो । यति ठूलो शैद्धान्तिक अन्तर छ उनीहरू र हाम्रो पार्टीमा । तैपनि दीर्घकालीन लक्ष्यमा पुग्नका लागि पनि तत्कालिन रूपमा प्राप्त अधिकारहरूको रक्षा र प्रयोग गर्दै जाने नीति सहि नीति हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ । त्यसैले कम्तिमा राजतन्त्र भन्दा गणतन्त्र ठीक भनेर नै यो संबिधानको रक्षार्थ एक हुनुपरेको हो ।
काँग्रेसको चरित्र र दृष्टीकोण अनि शिद्धान्त नबुझेर काँग्रेससंग चुनावी एकता गर्न खोजेको होईन यो त आबश्यकताको शिद्धान्तका आधारमा प्राथमिकतामा परेको मात्रै हो । भोलीका दिनमा एक्लै या संयुक्त कार्यक्रम अहिलेको भन्दा फरक पनि हुन सक्छ ।

चिनमा माओले पनि चिनिया क्रान्तिका दुश्मनसँग एकता गरेर राष्ट्रीयता बचाएको र पछि उसैमाथि प्रहार गरेर नयाँ जनबादी ब्यबस्था सफल पारेको ईतिहास पनि हाम्रा सामु छ त । के त्यसो गर्नु माओका लागि गलत थियो भनेर भन्न सकिन्छ र ?त्यो त्यतीखेरको आबश्यकता थियो र त्यसै गरे । त्यही नै त्यो परिवेशमा सत्य प्रमाणित भयो ।बरू गल्ती त चिनीया सर्वहारा सांस्कृतिक क्रान्ती पुरा गर्न नसक्नुमा रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal