बिहिबार, भदौ १९, २०८२

एकता संघर्ष एकता, संघर्ष एकता संघर्षलाई कसरी बुझ्ने?

जनक पौडेल ,विगत देखि नै ने.क.पा. (मसाल) को विश्लेषण जे थियो त्यहि रहेको विभिन्न सामग्री अध्यान गर्दा बुझिन्छ युगको सन्दर्भ मा होस् वा मित्र शक्ति र दुश्मन शक्तिलाई हेर्ने दृष्ट्रिकोणमा, आधार भुत मूल्य मान्यतामा विचलन आएको देखिदैन। युग परिबर्तन होईन देशको ब्यवस्थामा निश्चितरुपमा परिबर्तन भएको छ। पञ्चायती निरंकूशताको स्थानमा बहुदलिय ब्यवस्था आयो। बहुदलिय ब्यवस्था भन्दा तुलनात्मक रुपले प्रगतिशिल गणतन्त्र धर्मनिपेक्षता समानुपातिक समावेशी सहितको संविधान जारी भएको छ। यहि ब्यवस्था बाट पनि जनताहरुका न्यूनतम् समस्या सम्बोधन गर्न सकिन्थ्यो शासक हरुका सत्ता स्वार्थ नीति र सत्ताको निम्ती विदेशी संगको गठजोड र दलाली प्रवृतिले जनताहरुको अबस्थामा निश्चित रुपमा परिबर्तन हुन सकेन, भष्ट्रचारी महङ्गि वेरोजगारी कालोबजारी बलत्कार व्याप्त छ। बरु देश अरु विदेशीको किडास्थल बन्न पुगेको छ। राष्टिय स्वाधिनताको रक्षा जटिल बन्दै आएको छ। त्यसको अर्थ यो होईन कि ब्यवस्थामा परिबर्तन भएको छैन। तर शासकहरुका भष्ट्र मनोविज्ञान र असक्षमताका कारण देशले दुर्दशा भोग्दै आएको छ अबस्था ज्युका त्यू छ। त्यसकारण समस्या छन् यो ब्यबस्था ले आम समस्या समाधान गर्न सक्दैन वा सबै परिपुर्ती हुने भए, पार्टीको न्यूनतम् कार्यक्रम जनबादी क्रान्ती र अधिकतम् कार्यक्रम समाजबाद साम्यबाद निश्चित गरिएको हुन्नथ्यो। अर्को कुरा पनि स्पष्ट छ कि केही मित्रहरुले (मसाल) को निति जानि बुझिकन भ्रमित गर्न दुस्साहस् गर्नु भएको छ। विगतमा कार्यनिति सवालमा पार्टी ले काँग्रेस संग पनि सहकार्य गर्दै आएको थियो । तर वहाँ हरु पनि संगै हुनुहुन्थ्यो। कहिल्यै विरोध गर्नु भएन। बरु निश्चित गरिएका नीति र निर्णय बिपरित अन्य स्थानमा मतदान गर्न लगाईयो। यस बाट पनि स्पष्ट हुन्छ कि वहाँ हरु पार्टी र नेतृत्व प्रति कति पुर्वग्राही हुनुहुन्छ। यहाँ युग पनि परिबर्तन भएको छैन। मित्र शक्तिलाई हेर्ने दृष्ट्रिकोणमा पनि वदलाव आएको छैन। तर निश्चित रुपमा देशको राजनिति परिस्थिति अनुरुप कार्यनिति सवालमा सहकार्य, विरोध हुँदै आएको छ। अहिले पनि भएको त्यहि हो। वाँकी रह्रो काँग्रेस संग चुनावी सहकार्य गरे बापत समस्या, वा काग्रेस पिछलग्गु भयो। काग्रेस संग सहकार्य गर्नु देशको राष्ट्रिय परिस्थितिको उपज हो। एमसीसी लाई समर्थन गरेको ठहरियो। त्यो हास्यस्पद कुरा हो। एमसीसीको विरुद्ध राजमो पहिल्यै देखि खारेजीको पक्षमा रहेको तत्कालिन गठबन्धन दलका शिर्ष नेताहरु का सार्वजानिक भिडियो अभिलेखिकरण हेर्न सकिन्छ। गलतको विरोध सहिको समर्थन, नराम्रो भित्र केही राम्रो भए पनि समर्थन गर्नु राम्रो भित्र केही नराम्रो भए पनि विरोध गर्नु द्वन्द्वबादी दृष्ट्रिकोण संगत हुन्न र ? राष्ट्रिय राजनिति ईशूमा हिजो पनि सहकार्य भएको थियो। अहिले पनि राजमो ले काँग्रेस संग मात्र होईन एकीकृत समाजबादी माअोबादी केन्द्र संग पनि सहकार्य गरेको छ। ती पार्टी हरु लाई वहाँ हरु ले हेर्ने दृष्ट्रिकोण के हो? स्पष्ट पारेको देखिन्न। अर्को पक्षमा पनि गम्भीर ध्यान आकर्षण भएको छ। वहाँ हरुका लेख विचार हरु ले अोलिका पछिल्ला कदम बारे सामान्य विरोध गरे पनि त्यस बारे नतमस्तक हुन पुग्नु भएको छ। अोलिको प्रतिगमनकारी कदमको विरोध लाई अस्विकार गर्नु हुन्छ। स्मरणीय होस् कि तत्कालिन नेकपा को सरकार लाई पार्टी ले समर्थन गर्दा वहाँ हरुको खरो विरोध थियो। प्रतिकृयाबादी कित्तामा राख्नु पर्नेमा जोड दिनु हुन्थ्यो । अर्को पक्ष पनि यहाँ उजागर गर्न आवाश्यकता छ। (मसाल) ले चुनाव देखि चुनाव संम भाग लिएको कारण दक्षिणपंथी को आरोप लगाउनु हुन्छ। तर वहाँहरुको आन्दोलनको स्वरुप र कार्यनिति सवालमा (मसाल) को नीति भन्दा फरक हुनुहुन्न र अन्तत: वहाँ हरु पनि चुनाव लाई उपयोग गर्ने नितिमा आई पुग्नु भएको छ। फलस्वरुप कि त वहाँ हरुमा मार्क्सबादी लेनिनबादी वा एकता संघर्ष एकता, संघर्ष एकता संघर्ष लाई बुझ्ने द्वन्द्वात्मक दृष्टिकोण मा समस्या छ वा विरोधको लागि विरोध गर्ने मनोविज्ञान ले काम गरेको छ। ती सबै कुराको भविश्य ले नै पुष्टि गर्ने छ।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?