शनिबार, मंसिर १७, २०७९

स्थानीय चुनाव र प्रतिगामिसित मिलेर गठबन्धन भित्रकै दलबाट राष्ट्रिय जनमोर्चा माथि प्रहार

 

शंकर प्रसाद पोख्रेल

अहिले यतिबेला देश स्थानीय तहको चुनावी माहोलमा तातेको छ। हिमाल देखि तराई सम्म गाउँ देखि सहर जताततै राजनीतिक पाटिका दलहरूका झन्डाहरु भरिभराउ छन। माइकिङ घरदैलो आदिका कारण चुनावी माहोल ह्वात्तै बढेको छ।

स्थानीय चुनावमा देशका प्रमुख पाटिहरु कांग्रेस एमाले माओबादी लगायतका पाटिहरु आ आफ्नो टिम सहित चुनावी मैदानमा होमिएकाछन। देशको तत्कालीन राजनीतिक अवस्था नाजुक छ। संघीयताका कारण देश आर्थिक रुपमा टाटा पल्टिदै गएको छ, करिब दुइतिहाइको सरकार केपि ओलिले चलाउन न सकेर दुई दुई पटक संसद भंग गरेपछि देशको राजनीति माहोल दुई कित्तामा उभिएको छ,एउटा संसद र संबिधान जतिबेलापनी मिच्न सकिन्छ भन्ने पक्ष र अर्को संसद र संविधान कानुन अनुसार चल्नुपर्छ भन्ने पक्ष ,ओलिले नेतृत्व गरेको एमाले अहिलेपनी संसद र संबिधान आफ्नो भनाइ अनुसार चल्नुपर्छ भन्नेपक्षमा छन भने एमाले बाट बिद्रोह गरेका नेता कार्यकर्ता लगायत माओबादी मधेसबादी दल र राष्ट्रिय जनमोर्चा संबिधान अनुसार संसद चलाउनुपर्छ भन्ने पक्षमा छन।
जस्का कारण पांच दलिय गठबन्धन बन्यो ,त्यो पांच दलिय गठबन्धन पनि सुरुमा राष्ट्रिय जनमोर्चाकै अगुवाईमा बनेको हो ।

स्थानीय चुनाबमा प्रतिगामी शक्तिलाइ परास्त गर्निभनेर पांच दलिए गठबन्धन बनाएर चुनावमा जान दलहरु तयार भए जस्को कारण ६०% स्थानीय तहहरुमा पांच दलिए गठबन्धन हुन सक्यो। त्यो कति सफल हुने हो कति असफल हुने हो आगमी परिणामले बताउने छ।

अहिलेको स्थानीय तहको चुनाव गठबन्धन दलहरु मिलेर लड्ने कुरा गरिरहंदा महानगर उपमहानगरमा दलहरुले मेयर र उपमेयर भागबन्डा गरेर टुङ्गो लगाए तर पांच दलिय गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चालाई त्यसमा उपक्षा गरियो ,जहाँकि गण्डकी प्रदेशमा कांग्रेस र माओबादिको सरकार बनाउन सहयोग गर्दा राष्ट्रिय जनमोर्चाले एक जना प्रत्यक्ष चुनाव जितेका संसदलाई पाटिले भनेको न मान्दा कारबाही गर्नुपर्यो।

लुम्बिनीमा पनि राष्ट्रिय जनमोर्चाकै सहयोगको कारण माओबादि कांग्रेसको सरकार टिकेको अवस्था हो।

त्यतिमात्र होइन आफैले प्रतिगामी घोषणा गरेको एमाले शीत मिलेर माओबादिले राष्ट्रिय जनमोर्चाको प्रभाव रहेको केही गाउंपालिकामा राष्ट्रिय जनमोर्चालाई हराउन टुप्पिदेखी पैतलासम्मको बल प्रयोग गरेको छ। उदाहरणसहित भन्नू प्रदा प्युठानको झिमरुक गाउंपालिका र गुल्मिको कालीगण्डकी गाउंपालिकामा माओबादिले घोशीत रुपमै एमाले शीत मसाल विरुद्ध चुनावी तालमेल गरेको छ।

गठबन्धन दलहरु निणय भनेको सके मिलेर जाने न सके मैत्रीपुर्ण चुनावी प्रतिस्पर्धा गर्ने रहेको थियो,त्यसैको कारण प्युठानको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लडेको छ,ती गाउंपालिकाहरुमा कांग्रेस माओबादीहरुको गठबन्धन बनेको छ , राष्ट्रिय जनमोर्चालाई एक्लाइएको छ, ती ठाउंमापनी एमालेहरुले राष्ट्रिय जनमोर्चा शीत तालमेल गर्न खोजेका थिए तर राष्ट्रिय जनमोर्चाले आफ्नो ईमानदारितालाइ कायम राख्दै चुनाव एक्लै लडेको छ।

एकातिर राष्ट्रिय जनमोर्चाले प्रतिगमन विरुद्धको आन्दोलनलाई मजबुत बनाउन गठबन्धनमा जोड दिएको छ भने अर्को तिर गठबन्धनकै दलभित्रबार एमाले शीत मिलेर राष्ट्रिय जनमोर्चालाई चुनावमा हराउन ठूलो जोड गरिएको छ ,यस्तो बिरोधाभाष नीति का कारण गठबन्धन दलहरुको नैतिकतामा खडेरि पर्न पुगेको छ।

देशब्यापी रूपमा गठबन्धनका ठुला पाटिहरुले राष्ट्रिय जनमोर्चालाई उपक्षा गर्न पुगेकाछन उनिहरुले महानगर छोडिदिनुस दिएनन उपमहानगरको उपमेयर समेत दिन तयार रहेनन बल्लतल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको उपमेयरमा सहमती गरेकाछन गठबन्धन दलहरुले राष्ट्रिय जनमोर्चालाई धेरै जिल्लाहरुमा पुरै उपक्षा गरेकाछन उपक्षा गर्नुको कारण के हो भने राष्ट्रिय जनमोर्चाको जनमत न भएर होइन कि राष्ट्रिय जनमोर्चाले प्रतिगामी सक्तिहरुसित एमाले राप्रपा शीत चुनावी तालमेल हुन्न भन्नी वक्तव्य निकाल्दा जनमोर्चाको ईमानदारितामाथी टेकेर धेरै जिल्लाहरुमा राष्ट्रिय जनमोर्चालाई स्थानीय तहको चुनावमा पाखा लगाउने काम भएको छ।

कतिपय ठाउंहरुमा गठबन्धनका दलहरुसित राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको छ,ती तालमेल भएका ठाउहरुमा कत्तिको ईमानदार भएर राष्ट्रिय जनमोर्चालाई भोट दिन्छन त्यो हेर्न बांकी छ। नैतिकताको खडेरी परेकोबेला संका उपसंका हुनु स्वाभाविक हो।राष्ट्रिय जनमोर्चाले ईमानदारिताका साथ भोट हालेको इतिहास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?