शनिबार, साउन १२, २०८१

सपना देख्नु त राम्रै हो!

सुरेशकुमार पान्डे!
मानिशले भुतुक्कै निदाएर रातीमा सपना देख्छन,निन्द्रा खुल्छ अनि सबै बिलाउँछ।तर जस्ले दिउसमा सपना देख्छन उनिहरुलाई रात्रीमा निन्द्रा लाग्दैन।बरु अबेरा सम्म त्यो सपनालाई साकार पार्ने रुप-रेखा तैयार पर्ने गर्छन।उनिहरुमा एउटा जज्बा हुँन्छ चिन्तन हुन्छ अनि त्यो उनिहरुले देखेको सपना सार्थक पनि हुन्छ।मानिशलाई चिन्ताले होईन चिन्तनले अगाडि बढाउँछ।चिन्ता र चिन्तनमा फरक छ “चिन्ता त्यो हो जस्लाई हामिले काम असफल भयपछि गर्ने गर्छौ तर चिन्तन कामलाई सफल गर्ने उदेश्यले गरिन्छ।जस्ले सपना देख्छ दिउसमा उस्ले योजना पनि बनाउँछ उ सँग बिजन हुँन्छ।राजनीति दुरदर्शियता हुन्छ।
अहिले राजनीति धरातलमा सबै एक प्रकारले चिन्तित छन उनिहरु सरकारमा जान चिन्तितछन।तर सरकारमा गएर के गर्ने त्यो बिजन भने कसैमा भेट्टिन्न।जस्तै २०५२सालमा बन्दुक पड्काउँनेहरुले कस्लाई मार्ने कस्को हितमा भन्ने बारे अनभिज्ञा देखिन्थे ठिक त्यस्तै धेरैजसो राजनीतिक पार्टीहरुछन।
जब देश भित्र राणाको साशन थियो त्यो बेला काग्रेसले पनि समाजवादी सपना देख्ने गरे त्यो मात्रै होईन उनिहरुले सस्त्रशंघर्ष गर्ने निर्णय पनि वैराङ्गिय सम्मेलनमा गरेका थिए।त्यो बेला सबै राज नीतिक पार्टीहरुको मुख्य उदेश्य एउटै थियो।राणाको साशनको अनत्य त्यसकारण राणा लाई फाल्ने एउटा मिलन केन्द्र बन्यो र त्यो सफल भयो।
अब जब बहुदल आयो राजनीतिक पार्टी हरु सँग सत्ता कस्ले हत्थाउँने त्यो प्रदिशप्रधा हुँन थाल्यो असलमा मुख्य उदेश्यनै सरकारमा जाने हुँदा एकले आर्काको खुट्टा तान्न थालियो।र प्रजातान्त्रिक शक्तिहरुको आपसी फुटको फाईदा उठाएर निरंकूश राजतन्त्र ले राणाहरुको डोब खेद्यो।
जब राजा निरंकूश बन्दै गए फेरी जनतन्त्रको पक्षमा आन्दोलन हुँनथाल्यो र राज तन्त्र बिरुद्धमा जनमत तैयार भयो परिणाम राजतन्त्रको अनत्य भयो।हाम्रो बिचमा लालचले गर्दा एकता हुँन नसकेको हो भन्ने कुरा जग जाएर छ।
घरमा जब बच्चा भोक लाग्यो भनेर रुन्छ आमाले उस्लाई रोटी दिन्छिन अनि बच्चाले जब रोटी छोप्छ सितनको लागि रुन्छ।उस्को श्रीमानले भन्छ त्यो बच्चा किन रोयो?रोटी मागेको थियो अनि रोटी दिएँ अब उस्ले सितन माग्छ!भनेर भन्छे यो सुनेर श्रीमानले भन्छ त्यो रोटी खोस।उस्ले रोटी खोस्छे त्यो बच्चा अब फेरी रोटीको लागि रुन्छ।त्यहि प्रकारको ब्यबहार देशमा साशक हरुले गर्दै आएकाछन।पहिलो पल्टको जन आन्दोलन पछि तुरुन्तै सम्बिधान सभाको निर्वाचन गराईदिएको भए देश अहिले राम्रो हालतमा हुनेथियो तर आपसको लालच र राजनीतिक अदुरदर्शियताले देशलाई आर्को पल्ट उही अबस्थामा पुरायो जुन अबस्थामा उनिहरुले शंघर्ष गरेर फालेका थिए।जब देशमा फेरी निरङ्कुसताले आहाल भयो बल्ल राजनीतिक पार्टीहरुलाई होश आयो।अनि ठिक उनिहरुको दिमाखमा सम्बिधान सभा हुँनै पर्ने रैछ भन्ने कुराले घर गय्रो र सबै पार्टीको मिलन केन्द्र सम्बिधान सभा भयो।त्यसैले हम्बिधान सभाको निर्वाचन र सम्बिधान निर्माण हुँन सक्यो।
देशमा पटक पटक शंघर्ष अनि पटक पटक धोखा झेल्दै आएका जनताहरुले देश भित्र शान्ति सु-ब्यबस्था चाहान्छन।तर राजनीतिक पार्टीहरुको गैर जिम्मेदारी रबैया र दलाल मानसिकताले उनिहरु बिचमा एकता हुन सक्दैन।कैहिले कसो भयपनि त्यो नीतिगत हुँदैन बरु ब्याक्तिगत वा गुट गत स्वार्थमा आधारीत हुन्छ।बिस्तारै त्यो पनि बिख्रिन्छ।जो अहिले देशको संसद बिघटन सम्म पुग्यो र अहिले सर्वोच्चको निर्णय पछि जुन अबस्था श्रृजित भएकोछ त्यो पनि आफैमा एउटा अनौठो प्रकारको समिकरणको स्थितिछ।जस्ले पनि आफुनै प्रधान मन्त्रि बन्ने सपना देखि रहेकाछन।उनिहरु मध्य कसैले पनि राष्ट्रीयता जनतन्त्र र जन जीवीकाको लागि कुनै सरोकार राख्दैनन् मात्र सत्तामा पुग्ने खेलो भयकोछ।आखिर सत्तामा गएर के गर्ने हो?बिदेशको दलाली,असमान सन्धि र सम्झौता साम्राज्यावादको कटपुतली बनेर कमिसन खाने?आखिर त्यही त गर्ने होला ।जो हामिले अहिले सम्मका सरकारहरु बाट उनिहरुको कृयाकलाप बाट देख्दै र भोग्दै आएका छौँ।
देशको उन्नती प्रगतिका लागि राजनीतिक पार्टीहरु अगाडि बढ्नुको सट्टा केवल सत्तालाई दुर्पयोग गर्दै आलो-पालोको सत्ता स्वाद लिन तल्लिन छन।
अहिले पनि देशले दुरगतीको सामना गर्दै आएकोछ।
कसैले पनि समाजवादी भन्न छाड्दैन।उस्तै हाम्रो देशको चुनाव आयोग छ जस्ले जस्को बलियो लठ्ठो छ उसैलाई भैँशी फुकाएर अगाडि लगाई दिन्छ।रिषीराम कटेलको एउटै उधारणले पनि चुनाव आयोगको राम्रैगरी पोल गोलेकोछ।यस्तो आयोग बाट देशका जनताले कसरी भर पर्ने?हामिलाई चुनाव आयोगको बारेमा अबिस्वास लाग्न थाल्यो।
जे हौश अहिले देश भरीनै सपना देख्नेहरुको कमिछैन तर सपना मात्रै देखेर पनि साहाकार हुँदैन।त्यसको लागि ब्यापक तैयारी गर्नु पर्छ।हामिलाई थाहाछ जस्को सुकै सरकार बने पनि अहिलेको यो अबस्थामा जनताका समस्या हल हुनेकुरैछैन।देशलाई बिदेशीको रणभूमी बन्नबाट जोगाउँन सकेभने त्यो नै ठुलो उपलब्दी हुँनेछ।तर सरकारमा जानेहरुले बिदेशीको सुपारी खाएर एमसीसी जस्ता राष्ट्र घाती शंझौताहरु अगाडि सारौनन् भन्ने कुनै ज्ञारन्टी भने छैन।जनता जागा बसेपछी त्यो समस्यालाई आउँन बाट रोक्न सकिन्छ।तर नेताहरुको भरमा छोड्नु भनेको चोरलाई चाबी दिनुनै हुनेछ।अहिले देशको बिकाश बारे कतै कुरा उठ्दैन,बिदेशी अतिक्रमणको बारेमा कसैले एक शब्द बोल्दैन,बिदेशमा परिश्रमगरेर जीवन यापन गरेकाहरुको बारेमा कोई बोल्दैन।देशका जनता बिमार परेभने भारत लिएर जानुपर्छ।सदरमुकाम मा एउटा राम्रो उपचार हुनसक्ने नागरिक अस्पत्ताल समेत छैन।धागि नेताहरुले गफ लगाउँछन रेलका पानि जहाजका अनि लडाउँछन जनतालाई।कहिले जातियतामा कहिले संघियतामा त कहिले क्षेत्रियतामा दुःख लाग्छ यो देशको अबस्था र हाम्रा हात्थिपार्टीका नेता हरुको ब्यबहार देखेर।फेरी पनि जनताले सपना देखि रहेकाछन आमूल परिवर्तनको।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal