
– बिन बहादुर रेग्मी, प्यूठानी
यतिबेला नेपालमा पुजीवादी बुर्जुवा प्रजातन्त्र पनि आएको छैन, हामीले देखिरहेको शासन सत्ता र शासकहरु नेपाली जनताले भोट दिएर छानेर पठाएको जस्तो लाग्छ तर सत्य त्यो होइन, सत्य के हो त? चुनावको बेला हुने रक्सी मासु पैंसा प्रलोभन डर त्रास षड्यन्त्र तमासा हेरेँ पछि बुझ्न सजिलो हुन्छ। विगतमा एउटा मेयर जित्न दस करोड खर्च गर्नु पर्छ भनेर प्रचण्ड बोलेको भिडियो सार्वजनिक भएको छ, त्यही चुनाव कै लागि एन सी एल को करोडौं रुपैयाँ खर्च भएको कुरा नयाँ कुरा होइन, चुनाव लडन र जित्न दलाल पुँजीपति वर्ग, उद्योगपति व्यापारी ले ठूलो आर्थिक धनराशि खर्च गर्ने रहेछन भन्ने कुरा पुष्टि हुन्छ। अब भन्नुस् नीति सिदान्त विचार कार्यक्रम र देश जनता राष्ट्र राष्ट्रियता को कुरा गरेर चुनाव जित्न सकिएला र? सकिदैन। तिनै जालझेल षड्यन्त्रमा सिपालु साम दाम दण्ड भेद अपनाउने चुनावी रणनीतिका चाणक्यहरुले चुनाव जित्छन र सत्ता मा पुग्छन। उनीहरूलाई जसले पैंसा पेले जसले चुनाव जिताएँ तिनीहरू कै इशारामा चल्ने गर्छन। आफ्नो नीति सिदान्त विचार कार्यक्रम को आधारमा चुनाव जितेका पार्टीका नेता वा स्वतन्त्र उमेदवार ले त केबल विरोध गर्ने वा राष्ट्रघाती सन्धि सम्झौता विद्येयक को विपक्षमा मतदान गर्ने र हामी देश र जनताका पक्षमा छौं भन्ने जानकारी गराउने मात्रै हो। अंक गणित को खेलमा सत्ताको कुर्चीको ओरिपरी विदेशी दलालहरुको हालीमुहाली छ। हेर्नुहोस राष्ट्रघाती नागरिकता विधेयक लाई नाटकीय ढंगबाट पास गराएर छाडे। हामी सबैले देखि सक्यौँ, सधैं झैं राष्ट्रिय जनमोर्चा को एक मत आजको राष्ट्रघाती नागरिकता विधेयक को बिरुद्धमा देखियो। जनताले कुरो बुझ्ने देख्ने अवसर त पाए। राष्ट्रिय जनमोर्चा देश र जनताको हितमा, जनताको बीचमा रहेको एक मात्र सच्चा देशभक्त पार्टी हो। चुनाव जित्न र सत्ता सञ्चालनको बहुमत पुर्याउन सम्भव छैन किनकी मैले पहिलै भनी सकें, चुनाव त तिनीहरूले जित्छन् जसले करोडौं रुपैयाँ खर्च गर्छन। हामी त पार्टी संगठन समर्थकले दिने अमूल्य मत लाई सम्मान गर्दै आफ्नो राजनैतिक दिशा तय गर्ने हो। सम्भव भए सम्म चुनावी तालमेल गठबंधन गरेर जित्ने प्रयत्न गर्ने हो। राष्ट्रघाती एम सि सि सम्झौता नागरिकता विद्येयक को विरोधमा राष्ट्रिय जनमोर्चा उभियो यो ऐतिहासिक महत्व को कुरा हो। यो कुरामा जागरण क्लबका मान्छेहरूको टाउको किन दुखेको होला? यिनीहरूलाई छटपटी किन भएको होला? राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा न्यायिक लडाइँमा जनताको हितमा जनताको बीचमा हुँदा पनि किन विरोध गर्छन। राष्ट्रिय जनमोर्चा ले ठीक गर्यो भन्न किन सक्दैनन? विरोध त कांग्रेस माओवादी को गर्नु पर्ने होइन र? राष्ट्रिय जनमोर्चा ले त कांग्रेस माओवादीको विरोध गरेको छ, यिनीहरू गद्दार हुन भनेको छ। राष्ट्रघाती सन्धि सम्झौता विद्येयक का बिरुद्ध राष्ट्रिय जनमोर्चा सदनमा एक्लै उभिएको छ, सडकमा आन्दोलित छ। यो गलत भयो भन्न पनि सकेका छैनन, यस्तो दयनिय राजनैतिक हालतमा पुग्नु दुर्भाग्यको कुरा हो। फुटपरस्त अराजक तत्वहरूको टाउको दुखेको किन होला? जहाँ तक कांग्रेस संगको चुनावी तालमेल गठबंधन को कुरा छ, हिजो के पि ओली सरकारलाई समर्थन गर्दा पनि विरोध गरेका थिए, समर्थन फिर्ता लिँदा पनि विरोध गरेका थिए, त्यही सिलसिला जारी छ, यतिबेला पनि प्रतिगमन इतर गठबंधन सरकार लाई समर्थन गर्दा विरोध गरिरहेका छन, पटक पटक कांग्रेस कांग्रेस भनिरहेका छन यो सरकार कांग्रेसको सरकार होइन गठबन्धनको सरकार हो, सरकारको गलत नीति र कामको राष्ट्रिय जनमोर्चा ले समर्थन गर्दैन। यो कुरा त गठबन्धनका सबै घटक दललाई राम्ररी थाहाँ छ। राष्ट्रिय जनमोर्चा प्रतिगमनको बिरुद्ध मात्रै गठबन्धनमा सामेल छ। संघीयताको विरोध, एम सी सी को बिरुद्ध, नागरिकता विधेयक को बिरुद्ध राष्ट्रिय जनमोर्चाको मत गठबंधनको भन्दा भिन्न छ। अब भन्नुस यत्ति कुरा पनि यि फुटपरस्त तत्वहरूलाई थाहा नहोला र? के राजमो गठबंधन देखि बाहिरिए पछि फुट परस्ततत्वहरू को विरोध खतम हुने हो? निश्चित रूपमा होइन हिजो के पि ओली सरकारलाई समर्थन गर्दा पनि विरोध, समर्थन फिर्ता लिँदा पनि विरोध गरेका थिए, यसपाली पनि गठबंधन मा सामेल हुँदा पनि विरोध पछि कुनै पनि बेला राजमो गठबंधन बाट बाहिरिने निर्णय गर्यो भने पनि विरोध गर्ने छन। चुनाव पनि यिनीहरू मसालको विरोध गरेर लडेका थिए, जनताले देखाई दिए। विरोध गलत थियो भनेर। चुनावी हार सहन नसकेर उनीहरूकै शब्दमा आफ्नो पार्टीको नाम समेत राख्न नसकेर राजनैतिक दिवालीया को कारण टाउको दुखेको छ यिनीहरूलाई। जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ, त्यो दुखेको टाउकोको कुनै उपचार छैन। शीघ्र स्वास्थ्य लाभको कामना।
नोट:- लेखक (मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनु हुन्छ।)