शनिबार, साउन १२, २०८१

गठबन्धनमा इमान्दारीताको खडेरी र राष्ट्रिय जनमोर्चाको विरुद्ध प्युठानमा फैलाइएको भ्रम

 

शंकर प्रसाद पोख्रेल

देशको राजनीति आगामी  मंसिर चारमा हुने  संघीय र प्रदेश चुनाव वरिपरि केन्द्रित छ।

राष्ट्रिय राजनीतिमा पांच राजनीति  पाटिले  चुनावी गठबन्धन  गर्न भनेर सिट बाडफाड  संयोजन समिती नै बनाएर  दिनदिनै बार्ता गरिरहेकाछन ,भने उता प्रमुख प्रतिपक्षी दल एमालेलेपनी राप्रपा लगायतसित चुनावी तालमेल गर्नेभएकाछन।

 

यसरी  देशको राजनीति दुई धुर्वमा केन्द्रित हुंदैगर्दा कतिपय स्वतन्त्र उम्मेद्बारहरुको पनि चर्चा र परिचर्चा हुनेगरेको छ।

गणतन्त्र आएको यतिका बर्ष भैसक्दापनी देश  र जनताका समस्याहरु  पहिले जस्तो थिए अहिलेपनी उस्तै छ्न जनताहरुको परिलो उस्तै छन जनताहरुको अवस्था पनि उस्तै छ  , देशको आर्थिक अबस्था  झनपोछी झन नाजुक हुदैगैरहेको छ वैदेशिक रिण बढेको बढे छ। ब्यापार घाटा दिनानुदिन बढ्दै छ,नेपालले निर्यात गर्ने भनेको युवासक्ती बाहेक अरु शून्य जस्तै छ, भने आयत खुर्सानी देखि जनैसमेत हुन थालेको सरकारी तथ्यांकले वताएको छ।

राष्ट्रिय जनमोर्चाले सुरुदेखिनै बिरोध गर्दै आइरहेको संघीयता खारेज नगरे देश छिट्टै नै आर्थिक रूपमा टाट पल्टने बिज्ञहरुको राय छ।  संघीयता नेपाली जनताहरुको लागि गलोपासो बनेको छ भने राजनीतिक पाटिहरुकोलागी थुक्नु न निल्नुभएको छ।

देशका विभिन्न समस्या सामधान गर्न भनेर  पहिले भएको  संसदीय चुनावमा  नेपाली जनताहरुले बामपंथीहरुलाइ करिब दुई तिहाई बहुमत दिएका थिए सत्ता चलाएर देश बिकास गर्नुको  सट्टा आपसी कलह सत्ता लुछाचुडिमा संविधाननै धरापमा पारेर तत्कालीन   प्रधानमन्त्री  केपि ओलिले दुई दुई पटक संसद विघटन गरे ,त्यसलाइ अदालतले गलत ठरायो र फैसला संबिधान बोमोजिम आयो,प्रतिगमनलाइ रोक्न भनेर पांच दल बिच गठबन्धन बन्यो जस्ले गर्दा  केन्द्र सरकार देखि सात ओटै प्रदेसमा ओलि सत्ताबिहिन हुन पुगे, भने यता ओलिको प्रतिगामी यात्रालाइ रोक्न भनेर गरिएको पाच दलिय गठबन्धनले खासै जनताका कामहरु गर्न सकेन राष्ट्रघाती एमसिसी  सरकार पक्ष र प्रतिपक्ष दुबैको मिलोमतोमा पास गर्नेकाम भयो, त्यतिमात्र होइन सत्तापक्ष प्रतिपक्षकै मिलेमतोमा राष्ट्रघाती नागरिता विद्यक पास गर्ने काम भयो राष्ट्रघाती नागरिताको बिरोधमा राष्ट्रिय जनमोर्चा र नेमोकिपा मात्र उभिए । राष्ट्रपतिले नागरिता विद्ययक फिर्ता गर्नु सकारात्मक कदम थियो तर सरकारले जस्ताको त्यस्तै अगाडि बढाउने कुरा नलायकिपन र प्रभुको सेवानै थियो ।

राष्ट्रिघाती  एमसिसी पास गरेपछि पांच  दलिय गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चाले गठबन्धन बाट बाहिरियको घोषणा गर्यो।  सत्ता गठबन्धन वाट बाहिरियपनी प्रतिगामी खतरा कायम रहेको भन्दै राष्ट्रिय जनमोर्चाले पाच दलसंग चुनावी तालमेल गर्ने नीति कायम राख्यो ।लगत्तै स्थानीय चुनाव भयो स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाले इमान्दारीकासाथ  तालमेल भएका ठाउमा पांच दलका उम्मेद्बारहरुलाइ जितायो चुनावी  तालमेल भएको ठाउमा  ,उनिहरुका विरुद्ध उम्मेद्बारी देशभरी कतैपनी दिएन,तर यता पांच दल भित्र बाट भने राष्ट्रिय जनमोर्चाका पकड भएका कतिपय स्थानीय तहहरुमा कतै एमाले शीत मिलेर राष्ट्रिय जनमोर्चालाई हराउने काम भयो भने कतिपय तह र वडाहरुमा स्वतन्त्र उम्मेद्बारी दिएर राष्ट्रिय जनमोर्चालाई नै हराउने काम भयो खास गरेर प्युठानमा माओबादी केन्द्रले योजनाबद्ध रूपमा  कतिपय स्थानीय तहमा गठबन्धन विरुद्ध उम्मेद्बारी दियो। यो चुनाव भन्दापहिलेपनी प्युठानको बरौलामा भएको उप निर्वाचनमा राष्ट्रिय जनमोर्चासितको तालमेल विरुद्ध तत्कालीन नेकपा राष्ट्रिय जनमोर्चासितको तालमेललाइ केन्द्रिय तहबाट नै उलंघन गर्ने काम भएको थियो।

यस्ताखाले राजनीति बैमानी जालझेल तिकडममा उनिहरु   धेरैनै  अगाडि छन ।ईमानदार रूपमा भन्नैपर्छ ,प्युठानको सन्द्रभमा कांग्रेस ,एमाले, माओबादी ,तिनैदल मसाल र राष्ट्रिय जनमोर्चा विरुद्ध नै देखिन्छन ।उनिहरुले एकातिर प्युठानमा मसालको जनआधारा खस्केको कुरा गर्छन अर्कातिर तिनैदलहरुले राष्ट्रिय जनमोर्चा विरुद्ध प्रहार गर्छन ।यो बताइरहनपर्ने कुरा होइनकी राष्ट्रिय जनमोर्चाले जहिलेपनी देश र जनताका मुद्दाहरुलाइ सर्बोपरी राखेर कार्यनिती बनाउनेगर्छ जस्ले गर्दा कथित ठुला पाटी भनाउंदाहरुको मुटुमा ढ्याङ्रो बज्ने गर्छ।

सवाल प्युठानको मात्र होइन स्थानीय तहको चुनावमा माओबादिले गुल्मीको कालीगण्डकीमा राष्ट्रिय जनमोर्चा विरुद्ध एमाले शीत तालमेल गर्यो ,माओबादी नेर्तित्वलाइ हामिले प्रस्न सोध्नैपर्छ आफ्नै घोसित नीति विरुद्ध जाने कुरा कहाँको ईमानदातिता हो?

फेरि अहिले संघिय र प्रदेश स्तरको चुनाव मंसिर चार गते घोषणा भएको छ  ,कुनै राजनीतिक दुर्घटना नभए त्यो चुनावमा पाच दलिय गठबन्धन बन्ने लगभग निश्चित देखिएको छ ,यद्यपि राष्ट्रिय जनमोर्चाले सम्माजनक तालमेल न भए एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ,। राष्ट्रिय राजनीतिमा तालमेल भए राष्ट्रिय जनमोर्चाको जनआधारा भएको जिल्ला प्युठान र बागलुङ दाबी गर्नु स्वभाबिक नै हो ।प्युठान र बागलुङमा कुन शक्ति पहिलो ,दोर्सो ,तेस्रो ,चौथो भन्ने कुरा आगामी चुनावमा हुने समानुपातिक मतले निर्धारण गर्नेछ।कतिपय मसाल बिरोधिहरुले प्युठानमा मसाल चौथो भनेर हल्ला पिटिरहेकाछन तर त्यो वास्तविकता होइन प्राबिधिक कारणले प्युठानको झिमरुक राष्ट्रिय जनमोर्चाले गुमाए त पनि गौमुखिमा राष्ट्रिय जनमोर्चए एक्लै एमाले बराबर मत लिएको छ ऐरावती ,स्वर्गद्वारी ,मल्लरानीमा  पकड अहिलेपनी राष्ट्रिय  जनमोर्चाकै छ भने प्युठान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको राम्रो मत छ नौबहिनिमा सम्मानजनक उपस्थित छ भने मान्डवी र सरुमारानिमा राष्ट्रिय जनमोर्चाको संगठन कमजोर भएतापनी परिचालित संगठन छ।

कुनै बिरोधि शक्तिले  घोषणा गरेकै आधारमा प्युठानमा राष्ट्रिय जनमोर्चा कमजोर भएको होइन ,यद्यपि राष्ट्रिय जनमोर्चाले प्युठानमा  सांगठन परिचालनलाई भने अलि ध्यान  दिनुपर्ने देखिन्छ।

 

राष्ट्रिय जनमोर्चा विरुद्ध हुने घोसित अघोषित मोर्चाबन्दी विरुद्ध राष्ट्रिय जनमोर्चाले देशब्यापी रूपमा चिर्नसक्नुपर्छ।

त्यसकोलागि चुनाव केन्द्रीत मात्र न भएर जाली फटहा, शोषक ,छोटे सामन्तहरु ,बडे तस्करहरु, कालाबजरियाहरु, मिटरब्याजीहरु, भ्रष्टाचारिहरु, बलत्कारिहरु, राष्ट्रघातिहरु ,मानव तस्कहरु ?शैक्षिक माफियाहरु,मेडिकल माफियहरु,भु माफियाहरुलाइ जनताहरुको रोहवरमा जनताहरुकै साथमा जनकारबाही गर्दै जानू अहिलेको आबस्यकता देखिन्छ।

अहिलेको दलाल संसदिय ब्यबस्थाले जनताहरुको काम नगरेको स्पष्ट छ ,त्यसकारण पराप्त उपलब्धिहरुको रक्षा गर्दै ,नयाँ जनबादी क्रान्तिको आधार तिब्र रूपमा पार्दैजानुनै देश र जनताको हितमा हुनेछ र राष्ट्रिय जनमोर्चाले त्यसो गर्दैपनी आइरहेको छ।

कतिपय धुर मसाल बिरोधि सक्तिहरले राष्ट्रिय जनमोर्चालाई संसदीय चुनावमा हराएर मसाल सक्ने कसम खाएकाछन ,पहिलो कुराता स्पष्ट केहोभने एक दुई सिट जित्दैमा मसाल बढ्ने र एक दुई सिट हार्दैमा मसाल सकिने कुरा हुन्न। जुन दिन सम्म मसाल र राष्ट्रिय जनमोर्चाको नीति सिद्धान्त ठिक हुन्छ मसाल रहिरहन्छ त्यसकारण कसैले मसाल सक्नी कसम खानु त्यो उनिहरुकालागी आत्मरती मात्र हो।

राष्ट्रिय जनमोर्चा चुनावी रणनितिमा पक्कै कमजोर छ किनभने अहिलेको चुनावि खेल र दलाल संसदीय ब्यबस्थानै फोहोरी छ यो व्यवस्थामा ठेकेदार, भ्रष्टाचारि घुसखोरी,तस्कर  डन र गुन्डाहरुले पैसोको खोलो बगाएर चुनाव जित्ने ब्यबस्था हो ।हामिले नेपाली जनताको राजनीतिक रूपमा चेतना स्तर माथी न उठाएसम्म फटाहरुले पैसा रक्सी मासु र गुन्डाहरुको प्रयोग गरेर चुनाव जित्ने गर्छन।

यो ब्यबस्था नबदलेसम्म सर्बहरा सुकुम्बासी किसान मजदुर, युबा ,विद्यार्थी हरुको अवस्था बदल्न सकिन्न जन आन्दोलन द्वारा पराप्त  उपलब्धि हरुलाइ रक्षा गर्दै ब्यबस्था बदल्ने बाटो राष्ट्रिय जनमोर्चाले लिएको छ। त्यो बाटोमा हामी सबै नेतृत्व तहदेखी कार्यकर्ता लेवल र समर्थक हरु एकढिक्का भएर लाग्नु अहिलेको आवश्यकता हो।

मंसिरमा चुनाव हुदैछ त्यो चुनावमा राष्ट्रिय जनमोर्चालाई हराउन देसि बिदेसी सक्तिहरु अहिलेदेखिनै लाइपरेकाछन ,त्यसकारण हार या जित जेभएतापनी हामिहरु एकजुट भएर अगाडि बढ्नु अहिलेको आबस्यकता हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal