सोमवार, भदौ १६, २०८२

गालि गरेर क्रान्तिकारी भैइन्छ र?

 

– बिन बहादुर रेग्मी, सुरत

केही समय देखि फेसबुक सामाजिक सञ्जालमा र केही अनलाईन खबर, प्रिन्ट मीडियामा नेकपा मसालको नेतृत्व लाई लक्षित गरी पार्टी विरुद्ध तथानाम गालि गलौच आरोप लगाएर कमेन्ट पोस्ट र लामा लामा लेखहरु आइरहेका छन। त्यो निम्न स्तरको भूमिकामा मसाल बिरुद्ध लागि पर्नेमा हाँक सबैभन्दा अगाडि छ। त्यही हांकले जे लेख्छ, जे भन्छ त्यसैलाई आधार मानेर विभिन्न अनलाईन र फेसबूक सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मसाल बिरुद्ध जाई लाग्न तँछाड मछाड गर्दै पोस्ट कमेन्ट गरिरहेका छन। मानौं त्यसो गरेर क्रान्तिकारी कम्युनिस्ट भईन्छ। मसालको बिरुद्ध कविता लेखेर क्रान्तिकारी भईंदैन, मसालको बिरुद्ध फेसबुकमा पोस्ट कमेन्ट गरेर क्रान्तिकारी भइँदैन। हिजो तपाईंहरू हुँदाको मसाल हो। नीति सिदान्त विचार कार्यक्रम मा कुनै बदलाव आएको त छैन। एक दुई जना कारबाहीमा परेका र पार्टी कारबाहीको दायरामा नबसेका अराजक गतिविधि मा संलग्न तत्वहरूको पछि लागेर केही इमान्दार राम्रा साथीहरु ले पनि बाटो बिराउनु भएको छ। ति इमान्दार साथीहरूलाई थाहा छ राष्ट्रिय जनमोर्चा लाई सरकारी जनमोर्चा भन्नु गलत हो। चुनावमा भाग लिने र नराम्ररी पराजित भएर रन्थनिएको झोँकमा सरकारी जनमोर्चा भन्न मिल्छ र? प्रतिगमनको बिरुद्ध मात्रै गठबन्धनमा सामेल भएको छ, आफ्ना एजेण्डाहरु एम सि सि सम्झौताको बिरुद्ध, नागरिकता विधेयक खारेज को कुरा, संघीयताको विरुद्ध आन्दोलन जारी छ। कथित विद्रोह गरे भन्नेहरुले पनि यहि नारा उठाई रहेका छन। के तिनीहरू पनि सरकारी भए त? कि राजावादी भए? हामीले त्यसो भनेका छैनौं। तिनीहरू सरकारी हुन कि प्राइभेट हुन हामि त्यता जान चाहँदैनौं। उनीहरूले पार्टीलाई पुर्याएको नोक्सानी र उनीहरूको गतिविधि देखेर तथ्यको आधारमा विश्लेषण गरेर मात्रै हामीले फुट परस्त अराजक तत्वहरू भन्ने गरेका छौं। हो हुन त अराजकतावादी तत्वहरुबाट मान सम्मान आदर सत्कार वा राजनैतिक संस्कार को के आशा गर्नु र, हामीले त्यही रूपमा बुझेका छौं र तिनीहरूको गतिविधिलाई नियाली रहेका छौं। अति क्रान्तिकारी हुने चक्करमा गाली गलौच को गफाडी टोली बनिसकेको देखि रहेका छौं।
धेरै साथीहरु आफ्नो मूल घरमा वापस हुनु भइसकेको छ। आशा गर्दछौँ अरु साथीहरु पनि आत्मालोचना गरेर आफ्नो मूल घरमा फर्किनुस् स्वागत गर्न आतुर छौं।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?