मङ्लबार, भदौ १०, २०८२

निर्वाचनमा पांच दलिय गठबन्धन को आबस्यकता किन?

खुमा अधिकारी                                          अहिले पनि कम्युनिस्ट जनमत धेरै छ।०७४ सालको निर्वाचनमा हाम्रो पार्टी रास्टिय जनमोर्चाको राजनैतिक बिचार बमोजिम बाम गठबन्धन निर्माण गरेर सघ र प्रदेशको
निर्वाचन मा सहभागी भैयो,फलस्वरुप जनताले गठबन्धन लाई दुई तिहाई नजिक पुर्याएर र केपि ओलिको नेतृत्वमा सरकार गठन भयो। संसदमा  आफ्ना नीति ,कार्यक्रम लागू गर्न ,बजेट पास गर्न वा ऐतिहासिक महत्वका निर्णय गर्न सहज भयो।प्रमुख प्रतिपक्षबाट सदन अबरुद्द भएन र सरकार निर्बिबाद रुपमा चल्ने स्थिती बन्यो । निर्वाचन पछि एमाले र मावबादी एकता भै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को निर्माण भयो।केपि ओलिको सरकार ले नागरिता बिधेक ,एमसिसी सम्झैता सदन मा पेस गर्यो।यसका अतिरिक्त सरकार सन्चालनका सन्दर्भमा पार्टिको अनुसासन र निर्णय ओलि न मान्ने स्थिती सृजना भयो।पार्टी भित्रको यो बिबाद उत्क्रसमा पुग्दै गर्दा नेकपाले प्रधानमन्त्री लाई कन्ट्रोल गर्ने र अबिस्वास को प्रस्थाव समेत लाने तयारी गर्यो।यो अबस्थामा पार्टिको बिबाद ,सत्तालिप्सा र भागबन्डा न मिल्दा केपि ओलि ले जननिर्वाचित प्रतिनिधि सभा असबैधानिक तवले बिघटन गरायो।यो कार्यका बिरुद्द हाम्रो पार्टी लगाएत नेका ,मधेशिदल ,स्वयम् तत्कालिन प्रधानमन्त्री कोदल समेत आन्दोलित भयो।कानुन ब्यबसायी अदालत सम्म पुगे र अदालतले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापित गर्यो।यति हुदा ओलिले सबैधानिक आयोगहरुमा आफ्ना सहयोगी अध्यादेश मार्फत नियुक्ति गरेका थिए। उनी अधिनायकबादी भैसकेका थिए।यस्तो अबस्थामा प्रतिनिधि सभामा अबिस्वास को प्रस्थाव दर्ता भयो र ओलिले बिस्वासको मत प्राप्त गर्न सकेनन ,यस्तो अबस्थामा उनले राजिनमा दिएर मार्ग प्रस्तुत गर्नु पर्ने हुन्थ्यो तर पुन; प्रतिनिधि सभा बिघटन गराई छ महिना भित्र निर्वाचनको मिति समेत घोषणा गरे।फेरि यो बिसय कानुन ब्यबसायी र प्रतिनिधि सभाको बहुमत सदस्यहरु स शरीर उपस्थित भै अदालतको ढोकामा पुगे र सबैधानिक ईजलासको लामो बहस पछि प्रतिनिधि सभा पुन; स्थापित भयो। यी सबै कुराले केपि ओलि गणतन्त्र ,धर्मनिरपेक्षता र सबिधानको हत्यार देखिए ।ओलिका गतिबिधिले प्रतिगमन को खतरा देखियो। मुलुक मा ०७२ को संविधान बचाउन,गणतन्त्र रक्षा गर्न र प्रतिगमन हुन न दिन केही समयको लागि पाच दलिय गठबन्धन बन्यो।केपि ओलिको पछिल्लो गतिबिधी भारतिय साम्राज्यवादिको सहयोग मा भएको देखिन्छ।जन्म का आधारमा नागरिता लिएका सन्तानहरुलाइ बसजको नागरिता दिने,कालापानी नक्सामा समाबेस भै सकेपछी पाठ्यक्रम मा चुच्चे नक्सा राख्न रोक्ने,पसुपतिमा धार्निको हिसावले सुन चढाउने,चितवन मा मन्दिर निर्माण आदि कार्य मोदि सङ र राजाबादी सङ को साटगाठ मै भएको छ ,यसले गणतन्त्र कमजोर गर्ने र हिन्दु धर्मको नाम मा फेरि राजाबादी आउने कुरा हो। आज प्रतिगमनका यिनै कदम रोक्न हामिले गठबन्धन मा जोड दिएका छौ।मंसिरको निर्वाचनमा भाग लिन केपि ओलिले राजाबादी ,साम्प्रदायिक ,जातिय र साम्राज्यबादिको इसारामा चक्ने झन्डै नै दल सङ तालमेल गरेर जाने पुरै तयारी गरेका छन।यी सबै तथ्यहरुले नेकपा एमाले र उस्को नेतृत्व केपि ओलि प्रतिगमन निम्त्याउने प्रयास मै देखिन्छ।रास्टिय जनमोर्चा सघियताको बिरुद्द,रास्टघाती नागरिता बिधेक र एमसिसी सम्झौताको बिरुद्द सदन र सडक मा छ ।हाम्रो यो आन्दोलन सधै जारी रहने छ तथापी आजको आबस्यकता गणतन्त्र बचाउने,रास्टियता जोगाउने र प्रतिगनम परास्थ गर्ने नै हो। हामिले कार्यगत एकताको सिद्धान्त अनुशार साझा मुद्दा मिल्दा सम्म दुस्मन शक्ति सङ नि एकता गर्ने नीति अनुरुप अगाडि बढनु पर्छ।त्यसै कारण प्रतिगमन को सम्भावना कायमै रहेको ले त्यसैलाई प्ररास्थ गर्न अहिले कार्यगत एकताको नीति बमोजिम जानू पर्ने कुरा उपयुुक्त ठानिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?