आफू बदलिन, बदल्न ,जान्नको लागि अध्ययनको आवश्यकता किन छ?
झिमरुक पोस्ट
शनिबार, अशोज १, २०७९
दुर्गानाथ खरेल
आफूलाई सरोकार भएको विषयमा व्यक्तिले अध्ययन गर्दछ । अध्ययन गर्दा त्यो वस्तुमा भएका कमजोरी थाहा पाउन सकिन्छ । ती कमजोरी हटाउन सक्ने गरी अध्ययन गर्न जरुरी हुन्छ ।
हामी समाजमा रहन्छौँ । समाजको एउटा सदस्यको हैसियतमा हाम्रा गतिविधि अगाडि बढिरहेका हुन्छन् ।
समाजको अध्ययन एउटा जटिल प्रकृया हो । समाजमा धनी, गरिब, मध्यम वर्गसमेतका मात्रै होइन† विभिन्न जातजाति, जनजाति मात्रै पनि होइन; धर्म, सम्प्रदाय, परम्परा, संस्कृति, भाषा, उमेर, लिङ्ग आदि फरक फरक अवस्थाका मान्छे आपसमा मिलेर, जुधेर आआफ्नो अस्तित्व कायम गरेका हुन्छन् । पेसा व्यवसायको हिसाबले पनि समाजमा फरक अस्तित्व कायम भएको हुन्छ । राज्यसत्तामा संलग्न भएर शासन सञ्चालन गर्ने अथवा शासनसत्ताभन्दा बाहिर रहेर अस्तित्व धानिरहेको अवस्थाका कारणले समेत समाजमा फरक अस्तित्वमध्ये एउटाको प्रतिनिधिसमेत भएर व्यक्ति समाजमा रहेको हुन्छ ।
समाजका पुँजीजीवीको विश्व दृष्टिकोण पुँजीजीवी त हुने नै भयो तर श्रमजीवीको विश्व दृष्टिकोण पनि पुँजीजीवीकै जस्तो भएको हुनाले वर्तमान व्यवस्थाको आयु लामो भएको हो ।
यी सबै विभिन्नताभित्र रहेर समाजको अध्ययन गर्नुपर्यो भने सबैभन्दा पहिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको हिसाबले फरक ढङ्गले जीविका चलाएका समाजका सदस्य तथा समाजको वर्तमान अवस्थामा चलेको उत्पादन प्रणाली र त्यसमा संलग्न जनताको जीवन स्तर विषयलाई छुट्याएर श्रमजीवी अथवा पुँजीजीवी गरी दुई विपरीत कित्तामा वर्गीकरण गरेर अध्ययन सुरु गरेपछि श्रमजीवीको र पुँजीजीवीको विश्व दृष्टिकोणमा जनुपर्छ ।
समाजका पुँजीजीवीको विश्व दृष्टिकोण पुँजजीवि त हुने नै भयो तर श्रमजीवीको विश्व दृष्टिकोण पनि पुँजीजीवीकै जस्तो भएको हुनाले वर्तमान व्यवस्थाको आयु लामो भएको हो ।
पुँजीजीवी त्यो हो, जसले आफू काम गर्दैन, पुँजीको बलले आफ्ना कर्मचारी लगाएर नाफा बढाउने काम गर्छ । श्रमजीवी त्यो हो, जसले आफ्नै श्रम खर्च गरेर जीवनका आवश्यकता पूरा गर्छ । यिनीहरू विरोधी वर्गका मान्छे हुन् तर विश्व दृष्टिकोण समान हुन्छ । त्यो हो– शोषण बढाउने, नाफा बढाउने र आफूले गर्ने श्रम कटौति गरी श्रमजीवीबाट आफ्नो सम्पन्नता कायम गर्ने । दुवै पक्षको समाज विश्व दृष्टिकोणानुसार काम अगाडि बढ्दैन । एउटा पक्षको नाफा बढ्दै जान्छ, अर्काे पक्षको नाफा घट्दै जान्छ । यस्तो हुनुको कारण श्रमजीवी वर्गको उद्देश्य बदल्नुपर्छ । नत्र भने जीवनको बुढेसकालमा आफू पछुताउनुपर्छ । पछिल्लो पुस्ताले धिक्कार्छन् ।
उद्देश्य किन बदल्ने र बदलेर के बनाउने भन्ने विषय लामो अध्ययन र छलफलको विषय हो । तैपनि हामीले साधारण किसिमले मनन गर्नुपर्ने कुरा मान्छेको उद्देश्य मान्छेलाई शोषण गर्ने हुनुहुन्न । मान्छे मान्छेबिच माया, प्रेम र सद्भाव कायम हुनुपर्दछ र कायम राख्नुपर्छ । हाम्रा घटीभन्दा घटी आवश्यकता श्रम गरेर पूरा गर्नुपर्छ† समय बचाउनुपर्छ र सामूहिक स्वार्थको काममा खर्च गर्नुपर्छ । सामूहिक स्वार्थ वर्गका स्वार्थ हुन् । आफू पनि त्यो वर्गको पार्टीमा समावेश भएर एउटा सदस्यको हैसियतमा जिम्मा पूरा गर्नुपर्छ । त्यस्तो पार्टी बनिबनाउ रूपमा छैन भने आफू पनि समावेश भएर बनाउनुपर्छ ।
विश्व दृष्टिकोण बनाउँदा अथवा बदल्दा सत्यको पक्ष लिने र भ्रमको पर्दाफास गर्ने गर्नुपर्छ तर सत्य कुन हो र भ्रम के हो ? पत्ता लगाउने काम पनि सजिलो छैन । सत्यलाई भ्रमको जालोले छेकेको हुन्छ । भ्रमलाई हटाएर मात्र सत्य पत्ता लगाउने गर्नुपर्छ ।
सत्य पनि सापेक्ष र निरपेक्ष गरी दुई भागका हुन्छ । सापेक्ष सत्य अर्काेसँग तुलना गरेर हुने सत्य हो । त्यसबाट अगाडि बढ्दै गएर निरपेक्ष सत्यसम्म पुग्नुपर्छ । निरपेक्ष सत्य तुलना गर्नुनपर्ने सत्य हो । त्यसका लागि गहिरो अध्ययन र व्यावहारिक प्रयोगबाट अगाडि गएर मात्र सम्भव हुन्छ ।
हामीले सत्य पत्ता लगाउन बहुमत र अल्पमतको समेत प्रयोग गर्नुपर्छ । बहुमतले मानेको सत्य र अल्पमतले मानेको सत्य भन्ने पनि सापेक्ष कुरा नै हुन् । बहुमतको निर्णयलाइ वास्ता नगर्दा समाजमा अराजकता पैदा हुन्छ ।
कतिपय अवस्थामा सत्य अझै विभाजित हुन्छ; जस्तै : पूर्वमा देखिने सूर्य सत्य हो अथवा पश्चिममा देखिने सूर्य सत्य हो । यस्तो विवादित सत्यको निश्चित गर्न आफैले समय निश्चित गर्नुपर्छ । बिहानको समयमा पूर्वमा सूर्य हुने सत्य हो र साँझको समयमा पश्चिममा देखिने सूर्य सत्य हो ।
यसरी नै हामीले सत्य पत्ता लगाउन बहुमत र अल्पमतको समेत प्रयोग गर्नुपर्छ । बहुमतले मानेको सत्य र अल्पमतले मानेको सत्य भन्ने पनि सापेक्ष कुरा नै हुन् । बहुमतको निर्णयलाइ वास्ता नगर्दा समाजमा अराजकता पैदा हुन्छ । बहुमतले सधैँ सत्यको पक्ष लिन्छ भन्ने पनि सही होइन तर अल्मत पक्षले आफूले समाजलाई बदलेर सत्यलाई बहुमत हुने अवस्थामा पुर्याउनसमेत आफ्नो उद्देश्य निश्चित गर्न जरुरी हुन्छ । धेरै वैज्ञानिकका आविष्कार सत्य हुँदाहुँदै पनि बहुमतका शासकले दिएको सजाय ब्यहोरेर मृत्युवरण गरे पनि मृत्युपश्चात मात्र सत्य सावित भएका उदाहरण छन् । त्यसको कारण अल्पमत भएर नै हो । त्यसैले सत्य सावित गर्न समाज परिवर्तन गर्नुपर्ने अवस्थामा भूमिगत भएरसमेत काम गर्न सक्नुपर्छ ।
भूमिगत हुने भनेको नदेखिने अवस्थामा हुने भनेको हो; जस्तो : गर्भावस्थामा बच्चा देखिन्न । उसका अङ्ग–प्रत्यङ्ग पूरा विकसित भई जमिनमा रहेर बाँच्न सक्ने अवस्थामा नपुग्दासम्म बच्चा आमाको पेटमा गर्भावस्थामा रहेर पूर्णता प्राप्त गरेपछि मात्र बच्चा जन्मन्छ ।
वर्तमान व्यवस्थाको संविधान र कम्युनिस्ट पार्टीको संविधान परस्पर विरोधी संविधान भएकाले कम्युनिस्ट पार्टी भूमिगत रहेको हुन्छ । जनताको आन्दोलनले वर्तमान राज्यसत्तालाई हराएपछि अथवा जनताले आफ्नो विरोधी राज्यसत्तालाई ध्वस्त पारेर आफ्नो राज्यसत्ता स्थापना हुन सक्ने गरी तयारी पूरा गरेपछि मात्र कम्युनिस्ट पार्टीलाई खुला गराउँछन् । त्यसकारण वर्तमान शासन प्रणालीमा आमूल परिवर्तन गर्न कम्युनिस्ट पार्टी भूमिगत भएको हो । त्यो पनि जनताको राजनैतिक चेतना स्तर उठाउन अथवा बदल्न भूमिगत भई काम गरिरहने कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने राजनैतिक पार्टी हो । जनताको राजनैतिक चेतना स्तर उच्च बनाउन हरदम प्रयत्न नगर्ने कम्युनिस्ट पार्टी नाम मात्रको कम्युनिस्ट पार्टी हो ।
अध्ययन गर्ने बुझ्नलाई हो । बुझ्ने बदल्नलाई हो । बदल्ने पहिलेभन्दा सजिलो, धेरै उत्पादन गर्ने र वितरण पनि व्यवस्थित बनाउन अथवा बदल्नलाई नै हो । राजनीति गर्ने समाज बदल्नलाई हो । त्यसका लागि पहिले बुझ्नुपर्छ । अध्ययन गर्नुपर्छ ।
धनबहादुर नाम राखेर धनी नभइने, बलबहादुर नाम राखेर बलियो नभइने जस्तै कम्युनिस्ट पार्टी नाम राखेर जनताको पक्षमा काम नगर्ने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन । दुईचार जना बहादुरको प्रयत्नबाट जनतालाई आमूल परिवर्तनको स्तरसम्म पुर्याउन नसकिने भए पनि जनताको पक्षमा काम गर्ने नेता–कार्यकर्ताको उच्च महत्त्व हुन्छ । जनतालाई इतिहासको निर्माता बनाउन कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको उच्च महत्त्व हुन्छ तर खट्न, टिक्न भने सजिलो पक्कै पनि हुन्न ।
अध्ययन गर्ने बुझ्नलाई हो । बुझ्ने बदल्नलाई हो । बदल्ने पहिलेभन्दा सजिलो, धेरै उत्पादन गर्ने र वितरण पनि व्यवस्थित बनाउन अथवा बदल्नलाई नै हो । राजनीति गर्ने समाज बदल्नलाई हो । त्यसका लागि पहिले बुझ्नुपर्छ । अध्ययन गर्नुपर्छ । कमजोरी पत्ता लगाउनुपर्छ । सुधारेर र आमूल परिवर्तन गरेर समाज व्यवस्थित बनाउनुपर्छ ।
जनता पार्टीका कार्यक्रममा सहभागी नहुने कारण उनीहरूको राजनैतिक चेतना स्तर न्यून भएकाले हो । कम्युनिस्टको प्रयत्न जनतालाई आफै थाहा पाउने बनाउने हो । कुन राजनैतिक पार्टी सही हो र कुन राजनैतिक पार्टी सही होइन ? आफै छुट्याउन सक्ने भए भने जनताले त्यो राजनैतिक पार्टीलाई सहयोग र समर्थन गर्दछन्† आन्दोलनमा सहभागी हुन्छन् र पार्टी जनतामा स्थापित भएपछि आन्दोलित जनताकै बलले राज्यसत्तामा आमूल परिवर्तन सम्भव र सफल हुन्छ ।
अध्ययन गर्ने र बदल्ने काम निरन्तर गरिरहने काम हो । महङ्गी, भ्रष्टाचार, अनियमितता शोषण, शासक र शासितको जीवनशैलीमा भिन्नता, सङ्घसंस्थामा पक्षपात आदि सबै बेथितिको जनताले मूल्याङ्कन गरिरहेकै हुन्छन् । शोषण सहन सक्ने क्षमता जतिसुकै बढाए पनि आखिरमा जनता आफैले बेथितिको अन्त्य गर्न कस्सिन्छन्, तब मात्र क्रान्ति सफल हुन्छ ।
क्रान्ति कसैको रहरले सम्पन्न हुने चिज होइन तर नभई नछाड्ने र अवश्यम्भावी पनि हो । रोक्न सक्ने सबै तागतलाई छुट्याउने पनि क्रान्ति नै हो । राणाहरूले आफ्नो शासन नजिकै अन्त्य हुन लागेको महसुस गरेको भए सहिद बनाउने थिएनन् । राजाले आफै शासनसत्ताबाट हात धुन पुगिन्छ भन्ने महसुस गरेका भए जनताको शासन खोस्ने थिएनन् । त्यसैले बेथिति रोक्ने तागत जनताबाहेक कसैमा छैन ।
जतिसुकै प्रयत्न गरे पनि समाजमा शोषण र अन्याय बढाउने कामको केन्द्रमा सम्पन्न वर्गका शासक नै छन् । उनीहरूसँग अधिकारै अधिकार एकत्रित गरेका छन् । विपन्न वर्गसँग कर्तव्य थुपारिदिएका छन् । यिनै कर्तव्यको चाङबाट सङ्घर्ष गर्ने कर्तव्य रोज्न बाध्य बनाउँछन् ।
डाक्टरले उपचार पद्धति बदल्छ; इन्जिनियरले घरको डिजाइन बदल्छ; कृषिविज्ञले खेतीको पद्धति बदल्छ; राजनैतिक नेताले समाज बदल्छ किनभने उनीहरूले वर्तमानमा भइरहेका पद्धतिको अध्ययन गरेका हुन्छन्† कमजोरी पत्ता लगाएका हुन्छन् र बदल्ने तरिकासमेत अध्ययन र व्यावहारिक प्रयोबाट थाहा पाएका हुन्छन् । त्यसकारण अध्ययन गर्ने बदल्नलाई नै हो ।
समाजमा वर्ग छन् । परस्पर विरोधी वर्ग एकर्का विरुद्ध सङ्घर्ष गरिरहेका छन् । सम्पन्न वर्गले शोषण सहन सक्ने क्षमताको विकास गराएर र सङ्गठित हुनबाट रोकेर शासन सञ्चालन गरिरहेका छन् । जतिसुकै प्रयत्न गरे पनि समाजमा शोषण र अन्याय बढाउने कामको केन्द्रमा सम्पन्न वर्गका शासक नै छन् । उनीहरूसँग अधिकारै अधिकार एकत्रित गरेका छन् । विपन्न वर्गसँग कर्तव्य थुपारिदिएका छन् । यिनै कर्तव्यको चाङबाट सङ्घर्ष गर्ने कर्तव्य रोज्न बाध्य बनाउँछन् ।
सङ्घर्ष गर्न सङ्गठन चाहिन्छ । जतिसुकै प्रतिभाशाली भए पनि एक्लैको मिहिनेतले केही हुन्न । सङ्गठित हुन पहिला सिद्धान्त चाहिन्छ । त्यसपछि राजनीतिक कार्यक्रम चाहिन्छ । तेस्रो महत्त्वको चिज सङ्गठन हो । पहिलेका दुईओटा पक्षको महत्त्वमाथि ध्यान नदिइकन तेस्रो महत्त्वको सङ्गठनमा महत्त्व दिँदा दर्जनौँ कम्युनिस्ट पार्टी भएका छन् ।
सैद्धान्तिक, राजनीतिक सङ्घर्ष गर्नुभन्दा साङ्गठनिक सङ्घर्ष गर्न सजिलो हुने दुईओटा कारण छन् । एउटा– आफ्नो अवसरवादी स्वार्थ पूरा गर्ने र यो काम धेरैले गर्ने र गर्न कस्सिने कारण जनताको राजनैतिक चेतनास्तर कम छ । सही र गलत छुट्याउने कसीमा घोट्न सक्दैनन् । दोस्रो सिद्धान्त र राजनीतिक लाइन सही बनाउन धेरै अध्ययन गर्नुपर्छ । त्यो अप्ठेरो काम हो । सजिलो काम रोज्दै गर्दा अवसरको उपयोग गर्ने दलदलमा भासिन्छन् ।
अवसरको उपयोग गर्ने व्यक्तिहरू समाजमा धेरै छन् । आफू ठुलो मान्छे भएको अभिनय गर्छन् । नेता भएको अभिनय गर्छन् र अरू धरैलाई आफ्नो अनुयायी बनाएको नाटक गर्छन् तर त्यो नाटक मात्र भएको व्यवहारले प्रमाणित गर्छ ।
उत्पादनका साधन व्यक्तिको नाममा दर्ता गर्ने नियम बनाएको छ । त्यसले गर्दा आफ्ना निम्नतम आवश्यकता पूरा गर्न प्रकृतिसित मात्र होइन, सम्पत्तिवाला व्यक्ति विरुद्ध सङ्घर्ष गर्नुपर्ने बनाएको छ ।
परम्पराले कायम राखेको व्यक्तिवाद सबैभन्दा ठुलो कमजोरी हो । आफूलाई योग्यताको धनी, धनसम्पत्तिको धनी, मानमर्यादाको धनि, अरूभन्दा उच्च भएको आदि आदि सोचाइ समाजमा प्रचलित भएका कमजोरी हुन् । प्रत्येक व्यक्ति आफू उच्च भएको सोचाइ राख्न सक्छ तर व्यक्तिवादी व्यवस्थाले गर्दा अरूलाई कायम पार्न नाफा कमाउने चलन चलाएको छ ।

जसले सङ्घर्ष गर्छ, उसको अस्तित्व रहन्छ । जसले सम्झौता गर्छ, ऊ सधैँ मातहतमा रहनुपर्छ । सङ्घर्ष गर्ने अस्त्विको रक्षा गर्नलाई हो । सम्झौता सशर्त हुन्छ; क्षणिक हुन्छ; समावेशी हुन्छ; समाजमा सन्तुलन कायम गर्नका लागि हुन्छ तर सङ्घर्ष निरपेक्ष हुन्छ । त्यसैले हरेक समय नयाँ सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्छ । सङ्घर्ष गर्ने बदल्नलाई, बदलिनलाई र नयाँ सन्तुलन कायम गर्नलाई आवश्यक चरित्र हो । त्यसैले हरेक व्यक्तिले सङ्घर्ष गर्न सिक्नुपर्छ र सक्नुपर्छ । नत्र भने आफ्नो, सङ्गठनको र आफ्नो वर्गको अस्तित्व सङ्कटमा पर्दछ ।