आइतवार, अशोज ९, २०७९

के के हुन दलबदलका कारणहरु ? 

खगेन्द्र छन्त्याल

व्यक्तिका बिबिध सपना हुन्छन  ति सपनाहरु मध्य कुनै कुनै सपना एकल पहलमा पुरा हुन् नसक्ने खालका हुन्छन । त्यस्ता सपना पुरा गर्नको निम्ति सामुहिक पहलको आवस्यकता हुन्छ ।समाज,देश र संसार बदल्ने सपना अर्थात टाउकाले टेकेर उल्टो हिडिरहेको समाजलाई खुट्टाले टेकाएर सुल्टो कुदाउने सपना एकल पहल बात सम्भव हुदैन । त्यसका निम्ति सामुहिक पहलको आवस्यकता पर्दछ । अतः सपना मिल्नेहरू एकापसमा जोदिन्छ्न र सपना पुरा गर्नको निम्ति योजना बनाउछन । उनीहरुको कैयौ योजनाहरु मध्य मुख्य हो आफ्ना सपना सम्म पुग्ने साधन निर्माण हो ठिक यहिनेर मान्छेहरुको सामुहिक सपना पुरा गर्ने साधनका रुपमा जन्मन्छन विभिन्न संस्थाहरु त्यसभित्र नै पर्दछन राजनैतिक दलहरु ।

भनिन्छ बिपी कोईरालाको एउटा शुन्दर सपना थियो । उनको सपना हो “हरेक नेपाली किसानको चार बिघा जमिन होस् र उ संग एक हल गोरु पनि ”  । यसैलाई मुख्य कडी बनायर बीपीले प्रजातान्त्रिक समाजवादको व्याख्या गरेको पाईन्छ ।बीपीको सपनामा सहमतहुनेहरु वा बीपीको जस्तै सपना देख्नेहरु मिलेर त्यो सपना सम्म पुग्ने साधनको रुपमा ’कंग्रेस’ को स्थापना भयो ।बिपी लगायतको सपना साध्य र कांग्रेस साधन हो ।सपना सम्म पुग्नको निम्ति साधन निर्माण वा प्रयोग गरिन्छ । सपनाको यात्रामा जव  साधनमा खरावी देखिन्छ , जव साधनले गडबड गर्दछ तव पहिलो कुरा त्यही साधनको मर्मतमा  लागिन्छ

जव साधन निकम्मा भैसकेको र त्यसले साध्य सम्म पु–याउने कुनै सम्भावना देखिदैन तव अर्को साधनको ब्यबस्थापन गरिन्छ तसर्थ साध्य प्रधान र साधन गौण हो  राजनैतिक दलहरु गौण चिज हुन्  ति दल गठन गर्ने तथा ति दलहरुमा समाहित भएका नेता,कार्यकर्ताहरुको देश,समाज र संसार बदल्ने सपना प्रधान कुरा हो ।

साध्यले  ब्यबस्थापन गर्ने चिज हो साधन । त्यसकारण साधन सधै साध्यको अधिनस्थ हुनुपर्ने हो !  तर कहिलेकाही त्यस्तो हुदैन र साधनको अधिनमा  साध्य हुन्छ ! जव साधनको अधिनमा साध्य हुन्छ तव साध्य र साधन बिच अन्तरविरोध  पैदा हुन्छ  ! जव  त्याहा अन्तरविरोध पैदा हुन्छ तव यात्रामा गतिरोध हुन्छ ।

दल र दलका सदस्य बिच द्वन्दात्मक सम्बन्ध आवस्यक हुन्छ । दलका आम सदस्यहरुको बिचार,भावना र सपनालाई दलले सम्बोधन गरेर दलको नीति निर्माण हुनुपर्दछ । त्यसरी निर्माण भएको नीतिको आधारमा दलका सवै  सदस्यहरु दलको अधिनमा हुनुपर्दछ । यसको अर्थ हो दलका आम सदस्यहरुको सपनाको अधिनमा दल र दलको अधिनमा दलका सवै सदस्य
दलका सदस्यहरुलाई परिचालन गर्नको निम्ति एकाएक आकाश वाट बर्सेको वा धर्ति वाट उब्जेको चिज होईन दल  संसार बदल्ने सपना पुरा गर्नकानिम्ति दलका सदस्यहरुले दल निर्माण गर्ने हो ।दल सामन्तको विर्ता जस्तो बन्नुहुदैन । त्यसकारण आम सदस्यहरुको भावना,सपना र योजनामा दल चल्नुपर्दछ ।दलका बैठक,भेला र सम्मेलनहरु औपचारिकता पुरा गर्ने माध्यम मात्र हुनुहुदैन । हरेक बैठक,भेला र सम्मेलनहरुमा दलका हरेक सदस्यले ढक फुकाएर,छाती खोलेर ढुक्क संग आफ्नाकुरा राख्न पाउनुपर्दछ ।

पार्टी (दल) र पात्रमा  देखिएका  गलत प्रवृतिका बिरुद्ध  तल देखि माथि सम्म लड्ने अधिकार हरेक दलका सदस्यलाई सुरक्षित हुनुपर्दछ । गलत प्रवृतिका बिरुद्ध विधिसम्मत ढंगले आवाज उठाउने ,उजुरी गर्ने असहमति जाहेर गर्ने र असन्तुस्टी व्यक्त गर्ने दलका  सदस्यहरुको असहमति र असन्तुस्तिका वारेमा दलमा बहस छलफल चलाउने र सम्बोधन गर्ने गर्नुपर्दछ । त्यसप्रति उदासिन बन्ने । बेवास्ता  गर्ने र उल्टो दलका त्यस्ता सदस्यहरु माथि बिबिध बहानामा कारवाहीको डण्डा चलाउने हो भने दल र  दलका सदस्यका सपना बिच अन्तर्विरोध पैदा हुन्छ । यो अन्तरविरोधले सपनाका यात्रीहरुको महान यात्रामा गतिरोध शिर्जना गर्दछ । यस्तो अवस्थामा अन्तत सपनाका यात्रीहरु साधन बदलेर पनि यात्रा जारि राख्न बाध्य हुन्छन ।

निश्चय नै सपनाका यात्रीहरुले प्रयोग गरेको साधन बदल्नु पर्ने बिबिध बाध्यता हुनसक्दछन ।

माथि चर्चा गरीय झँ  पहिलो  साधन निकम्मा हुनु ! दोस्रो  यात्री स्वयंको आफ्नो सपना वाट बिचलन  र स्खलन हुनु । तेस्रो  यात्रीहरुको सपनाको बिकास हुनु हो । शुन्दर सपना देखेर त्यसलाई प्राप्त गर्न हिडेका सपनाका यात्रीहरु सवै गन्तव्यमा पुग्न सक्दैनन्  । त्यो लामो र कठिन यात्रामा कैयौ यात्रीहरु बिचमा थाक्ने र भाग्ने गर्दछन ।अवस्य त्यो वेला पनि कतिपय सपनाका यात्रीहरुले आफु अनुकुलको साधनको खोजीका निम्ति प्रयोग गरिराखेको साधन बदली गर्दछन । डा केशरजंग रायमाझी,शैलेन्द्र कुमार उपाध्य,कमलराज रेग्मी लगायत कैयौ मान्छेहरु कुनैदिन खुंखार कम्युनिस्ट नेता थिए ।तर पंचायती शासनकालमा उनीहरु यात्रामा टिक्न सकेनन । आफ्ना सपना वाट उनीहरु बिचलित र स्खलित भए । उनीहरुले आफ्नो साधन बदले  र पंचायती घोडा चढे ।
त्यस्तै यात्राको क्रममै कतिपय सपनाका यात्रीहरुको सपनाको बिकास  हुनेगर्दछ । उनीहरुले पहिले भन्दा  अझै माथि र झन्  शुन्दर सपना देख्छन र त्याहा सम्म पुग्न चाहन्छन ।

त्यो वेला पहिलेको सपना प्राप्तिको निम्ति प्रयोग गरेको साधन अयोग्य हुनसक्दछ । अवस्य त्यो वेला पनि सपनाका यात्रीहरुले उपयुक्त साधनको खोजीमा प्रयोग गरिराखेको साधन  बदल्न सक्दछन ।  कुनैदिन नेपालमा कम्युनिस्ट पार्टी नै थिएन । त्यतिवेला श्रमजीवी वर्गको सपना बिधमान बुर्जुवा पार्टीहरुले नै पुरा गर्दछ भन्ने सवै श्रमजीविहरुलाई  लाग्दथ्यो र उनीहरु बुर्जुवा पार्टीको सदस्य बन्दथे । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना पश्चात पनि निर्मल लामा,मोहन बिक्रम सिंह लगायत कैयौ नेपालको घगदान कम्युनिस्ट नेताहरु  उहिले नेपाली कांग्रेसको सदस्य थिए ।

नेपाली कांग्रेसमा काम गर्दै जानेक्रममा  उक्त पार्टीको लक्ष उद्देस्य भन्दा वहाहरुको सपनाको बिकास धेरै माथि पुग्यो । अव वहाहरुको सपना प्राप्तिको निम्ति कांग्रेस वाट सम्भव देखियन ।त्यसकारण वहाहरुले कांग्रेस परित्याग गरेर कम्युनिस्ट पार्टीमा लाग्नुभयो र कम्युनिस्ट पार्टीको अत्यन्तै सम्मानित नेता बन्नुभयो ।दलबदलवारे हामीले माथि चर्चा गरेका कुराहरु सैद्दान्तिक हुन् । त्यसबाहेक कतिपय ब्यबहारिक कारणले पनि कैयौ मान्छेहरु दलबदल  गर्न बाध्य हुन्छन ! कुनै दिन मात्रिका प्रसाद कोईराला पनि कांग्रेसको नेता थिए तर उनले कांग्रेस त्यागे ।त्यसको  कारण थियो आफ्नै भाई बिपी कोईराला संगको व्यक्तिगत टक्कर ! त्यस्तै कांग्रेसले लौह पुरुष उपनाम र सर्वमान्य उपाधि दिएका गणेशमान शिंहले जीवनको पछिल्लो चरणमा कांग्रेस त्याग्नुभयो । कांग्रेस त्याग्नुको कारणवारे उहाले भन्नुहुन्थ्यो “उपाधि चाहि सर्वमान्य तर कसैले पनि आफुलाई नमान्ने” नै मैले  यो निर्णय गर्नुको कारण हो । यससम्बन्धी अध्यन गर्नेहरु भन्छन गिरिजा प्रसाद कोईराला संगको टक्कर र कोईराला पक्ष वाट बारम्बारको अपमान नै वहाले कांग्रेस परित्याग गर्नुको मुख्य कारण हो । कांग्रेसमा मात्र होईन देशका लगभग सवै पार्टीमा बिनाकुनै सैद्दान्तिक राजनैतिक मतभेद यहि कारणले अर्थात पटक पटक अपमानित र अपहेलित हुनुको कारणले  आफै जन्मायको,हुर्कायको  दल परित्याग गर्ने सयौ होईन हजारौ छन ।
अर्कोकुरा अवसरका पारखीहरुले दलबदल गरिरहन्छन  उनीहरुलाई दलबदल सम्बन्धि कुनै सैद्दान्तिक,राजनैतिक नजिरको अर्थ हुदैन ! जहा जसरि जुनसुकै समयमा अवसर प्रात हुन्छ त्याहा समर्पित हुनु नै अवसरवादीहरुको धर्म हो ।

शुभलाभको निम्ति संसदीय राजनीतिमा २४ घन्टामा दलबदल गरेको घटना कुनै अनौठो मानिदैन । संसदीय लाभ र अवसरका निम्ति प्राय बुर्जुवा  दलहरुमा देखिने यसप्रकारको घृणित गतिबिधि कम्युनिस्ट  पार्टीहरुमा  पनि देखिनु पक्कै बिडम्बना हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?