
ज्ञामुराम न्यौपाने
हरेक समाजमा अा-आफ्नै प्रकारका चाडपर्व, मेला, जात्रा र रामहरु हुने गर्दछन। यिनीहरुलाई संक्षेपमा मेलापर्व भनौं।मेलापर्वले समुहिकता र खुसियालीको संदेश दिन्छन्।आपसी मेलमिलाप र सहकार्यको धारणा विकास गराउँछन्।मेला,चाडपर्व हाम्रा अमूल्य संस्कृतीहरु हून। कुनैपनि संस्कृती स्थापित हुनकोलागि लामाे कालखण्ड पार गर्नुपर्दछ। कूनै पनि मेलापर्व स्थापनाको समय अनुशार ऐतिहासिक वा प्रागएेतिहासिक चेतना स्तरको बिम्ब मानिन्छन। जस्तो तिज, दसैं, तिहार, रमजान, गाईजात्रा, देवालीहरु।यिनीहरूको सुरुवात सताब्दीयौं पहिले देखी हुँदै आएका हुनु पर्दछ।
द्वन्द्ववाद अनुसार हरेक वस्तुमा अन्तरनिहित हुने दुई पक्ष जस्तै चाडपर्वका पनि दुई पक्ष हुने गर्दछन। सकारात्मक पक्ष र नकारात्मक पक्ष (जो सुधार गर्नु पर्ने हुन्छ)। अरु वस्तु जस्तै परम्परा र संस्कृति पनि गतिशील हुने गर्दछन्।परम्पराको नाममा कुनैपनि संस्कृती र चाडपर्वहरु हुबहु अवस्थामा चलाउन सम्भव हुँदैन।त्यसमा सांस्कृतिक मुल्य र परिवर्तित चेतना अनुसार सुधार गरिरहनु पर्दछ।अन्धविश्वासको पक्षलाई कम गर्दै जाने र प्रगतिशील पक्षलाई प्रवद्र्धन गर्दै जाने गर्नु आवस्यक रहन्छ।
मेलाहरुको उचीत व्यवस्थापन:
कूनै पनि जात्रा, मेलाहरुको निश्चित सांस्कृतिक मूल्य,मुख्य आकर्षणको पक्षको र सामूहिक उपस्थिति रहन्छ। कतिपय मेलाहरुमा हजारौँ मानिसहरूको सहभागिता पनि हुन सक्छ। जस्तै देवालीहरु, विभिन्न कोटहरुमा लाग्ने दसैंको अष्ठमीमेला, गौमुखी,स्वर्गद्वारी र ऐरावतीमेला, पशुपतिजात्रा, कुम्भमेला अादि। जात्रा/मेला व्यवस्थापनका मूख्य दुई पक्ष रहन्छ।
१- मुल संस्कृती (पुजारी,पुजाअर्चना, बाजागाजा, नाचगान) को व्यवस्थापन।
२- जात्रा,मेलापर्बहरुमा सहभागी हुने दर्शक सहभागीहरु र प्रचार प्रसारको व्यवस्थापन।
हाम्रा मेला पर्वहरूको उचित व्यवस्थापन नहुनाको कारण मेलापर्वहरु नसा र भीडभाडमा परिणत हुँदै गएका छन्।
कतिपयले संस्कृतिकलाई अन्धविश्वास ठानेर पर्गेल्ने र कतिपयले संस्कृतिलाई आफसेआफ चलिआएको परम्परा भनेर व्यवस्थापनमा ध्यानै नदिने समस्या देखिएकाे छ। स्थानिय तहहरुले पनी विकास भनेको भैतिक विकासलाई मात्र सम्झने तर सांस्कृतिक थलो र संस्कृतिको उचित व्यवस्थापनमा ध्यान नदिने गरेको पाइन्छ। स्थानिय जनसमुदायले पनि मेलापर्बहरुमा गएर केवल हेर्ने मात्र गर्ने तर राम्रो व्यस्थापन सृजनागर्ने बारे ध्यान नदिएको देखिन्छ।
हाम्रा हरेक मेलापर्व, जात्रा, रामहरूको उचीत व्यस्थापनको लागि समितिहरू गठन गरेर त्यसका विभिन्न आयामहरुको राम्रो पुर्व तयारी गरेर आकर्षणपूर्ण र सभ्य सुरक्षित मेला संचालन गरौं। असल व्यवस्थापनले हाम्रो संस्कृतीमा स्तरियता थपिनुको साथै पर्यटन प्रवद्र्धन र जीवनलाई खुसि प्रदान गर्ने छ।
#अन्यथा हाम्रा अधिकांश मेलापर्व भद्दा भीडभाड, अव्यवस्थापन, र कुलतको केन्द्रमा परिणत हुँदै जाने र हामी त्यसका रमिते मात्र हुनेछौ।