सोमवार, भदौ १६, २०८२

सराए नाच

✍️ प्रकाश दाइ

सराए नाच दशैंको बेला पश्चिम नेपालका केहि भागमा नाचिने सांस्कृतीक तथा मनोरन्जनात्मक नाच हो ।
यो गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र यिनै पेरिफेरिका बिभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ ।

यो नाच एकादेशि देखि पुर्णिमाको दिनसम्म नाचिन्छ । कुनै शक्ती पिठमा एकादसिमा नाचिए, अर्कोमा द्वादसीमा र यसै गरि पुर्णिमाको दिनसम्म नाचिन्छ ।

यो नाच एउटा खेल जस्तो पनि हो । पन्चेबाजासहित मन्दिरमा चढाएका चोंवर, खुकुरी, तरबार र खुँडालाई नचाउँदै एकापसमा जोडिएर खेलिने यो नाचमा-
‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ ।

बिजय यात्राको रुपमा लस्करै दुई लाईन बनाएर नाचिने यो नाच- चोँवर, तरबार र खुँडा बोकेर नाच्न सुरु गरेता पनि केहिछिनमा रुमाल वा खालि हात नाचिन्छ ।

यो नाचमा बाजा गाजाको खास महत्व हुन्छ ।

सराएँ सुरु भएदेखी अन्त्य नहुँदा सम्म सनाई आफ्नै सुरमा बजिरहने यो नाचमा बेला बेला बज्ने धन्कुरीले बिशेष रौनक थप्छ ।
नाचको अग्रभागमा हुने दर्शनेहरुले बाजा बजाउँछन् । बिचमा नाच्नेहरु रहने सराए नाचको अन्तिममा आलम छोप्नेहरु र बजाउने हुन्छन । साथै पुजारिले एउटा तरबार छोपेर फुलपाति बोकेकाहरुको अघिल्लितिर उभिएका हुन्छन् ।

भगवतिको मुल मन्दिरबाट सुरु भएको नाच फुलपाती सेलाउने ठाउँ जहाँ अर्को मन्दिर हुन्छ सम्म पुग्दा- घन्टौ सम्म नाच्ने गरिन्छ । भने कतै कतै मन्दिर क्षत्रमा गोलाकार बनाई दिनैभरी नाच्ने गरिन्छ ।

सांस्कृतिक महत्वा बोकेको सराए नाच आफैमा एउटा गौरब हो ।
गाउँ छोडेर शहर, बिदेस पुगेकाहरु पनि दसैमा सराए खेल्नु पर्छ भन्दै गाउँ फर्कने गर्छन् । र जो फर्किन असमर्थ हुन्छन्, उनिहरुले अघिल्ला बर्षका सराए नाचहरु हेरेर रमाइलो मान्छन् ।

यसरी देश बिदेशकाहरुलाई जोड्ने सुत्र सराए नाचलाई जोगाउन, संरक्षण गर्न हामी सबैले सक्दो पहल गर्नुपर्छ ।

पछिल्लो समय बाजागाजाहरु पुराना हुँदै जाँदा बाजाहरुको सङ्ख्यामा कटौति हुँदै गएको पाईन्छ । कुनै बेला दर्जनौँ बाजा, तिन चार थान सनाई, तिन चार थान धन्कुरी, दर्जनौ झेलीहरु बजाएर नाचिने सराए नाच पछिल्लो समय जगेडा बाजाहरुले गुजारा चलाउँदै आएको देख्न सकिन्छ ।

यसलाई फेरि पुरानै अबस्थामा फर्काउनको लागी, सराए नाचलाई लोप हुनबाट बचाउनको लागी हामी युवाहरुले सोच्नु पर्ने देखिन्छ ।

हामि आर्थिक रुपमा सम्पन्न हुँदै जाँदा अर्कोपट्टि सराए जस्ता नाचहरु लोप हुँदै गए भने,
सँस्कृती, रिवाज र परम्परा बिनाको समाज कस्तो रहला ?

आजको दिनमा यो प्रश्न हलुका लाग्ला तर कालन्तरमा हामी रित्तिदै जाँदा, यसले उत्तर भेटाउन सक्नेछैनौ ।
बेला बितेपछी गरिने प्रयासले हामिलाई सकारात्मक रिजल्ट दिनेछैन ।
त्यो बेला नया पुस्ताले सराए के हो भन्न थाल्नेछन । बाउहरु सराए बचाउँ भन्दै हिँड्दै गर्दा छोराछोरीहरु मोबाईल समाएर कुना पस्नेछन् ।

समाज,
संस्कृती, रिवाज र परम्परा रहेमात्रै जिवन्त रहन्छ । मान्छेलाई मान्छेसँग जोड्ने भनेकै चाडहरुले हो । यि चिजहरुलाई बेवास्ता गर्दै जाँदा मान्छे एकलकाटे हुन्छ । पुग्दो रुप्पे भएको मान्छेसँग सामाजिक सम्पति छैन भने उ संसारकै गरिब हो ।
घरभित्र रहेको आर्थिकले खास अर्थ राख्दैन । यदि राख्थ्यो त, सराएँको दिन शहर या बिदेश भएको धनाड्यहरु गाउँबाट कतिबेला कसले सराएँ उकाल्छ भनेर पर्खि बस्दैन्थ्यो । सन्जालमा आउने नाच, साथिभाई र गाउँको बातावरण देखेर एक्लै रुँदैन्थ्यो । सुस्केरा हाल्दैन्थ्यो ।

यसैले,
आजै सोच्नुपर्ने बेला आएको छ । साँस्कृतिक बिचलनलाई रोक्नुपर्ने बेला आएको छ ।

अचेल ,
बर्षदिन पछी दुई दिनलाई गाउँ पुगेका युवाहरु मेरिज नारेर बस्न थालेकाछन् । उनिहरु सांस्कृतिक झाँकिहरुमा उपस्थित भएकाहरुलाई हेलाले हेर्छन् । हाँस्छन ।
त्यस्ता रोगीहरुलाई, भोलि उनिहरुका सन्तानले सोध्न सक्ने सम्भावित प्रश्नले हान्नुपर्ने बेला भएको छ ।

चुप्प लागेर नबसौँ । आफ्नो संस्कृती बचाउनको लागी पहल गरौँ । सहभागी बनौँ । सहभागी बनाउँ ।
यदि छैनन बाजागाजाहरु भने, अभियान चलाएर किनौ ।
भागबन्डामा अल्झिएको सरकारलाई संस्कृति बारे सोच्ने फुर्सद छैन । उसैले गर्च भनेर चुप नबसौँ, गर्दैन । सके गरौँ । नसके सक्नेहरुलाई गर्न हौसला प्रदान गरौँ ।

हाम्रो संस्कृती हामिले बचाउने हो, अर्को आउँदैन ।

आधुनिकताले बिभिन्न बहानमा रिवाजहरु निल्दै गएको छ । गरिबि माथी धर्म परिवर्तनले जित्तै गएको छ । ‘लाज’ मा अहमता मिसिएको छ ।

यि कुराहरुलाई हाम्रो संस्कृतिको नजिक पर्न दिनुहुन्न ।

यसैले,
समाज र संस्कृतीलाई जोगाउन के गर्नुपर्ने हो गरौँ । हाम्रो रिवाजमा रहेका बिकारलाई हटाउँदै सबै अट्न सक्ने असल समाज बनाउन- हातेमालो गरौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?