शुक्रबार, चैत्र १६, २०८०

नचिनेका रत्न पार्कका चार वुज्रुक र आस्था परिवर्तन

लिल बहादुर केसी

मैले सुनेको थिएं पाल्पाका कमल राज रेग्मी नेपाल कम्युनिस्ट पार्टीका केन्दिय सदस्य अत्यन्त होनहार क्रान्तिकारी थिएं रे।जब उनी पाल्पा जेलमा लामो समय नजरवन्दमा बसे उनको घरको आर्थिक स्थिति अत्यन्त कमजोर भयो रे।उहांसंगै पाल्पा जेलमा बसेको मोहन विक्रम जी नेपालको बामपन्थी आन्दोलनमा वृद्धावस्थामा अझै सक्रिय भए पनि उहांसंग पार्टीमा काम गर्दा मैले कमलराज रेग्मीको विग्रेको आर्थिक अवस्था र उहांको पन्चायती व्यवस्थामा आत्मसमर्पण बारे गहिरो रुपमा सोध्ने अनुकूल मिलेको छैन।
राजा वीरेन्द्रका भाई धीरेन्न्द्र अली व्यवशायी, अवैध काम गर्ने, दरवारको सत्ता चलाउन आफ्ना दाजु र सारा संयन्त्र हुंदा हुंदै पनि डिफेक्टोको भूमिका खेल्ने प्रयत्न गर्ने गर्थे।राजा बीरेन्द्र, रानी ऐश्वर्य र दरवारलाई धीरेन्द्रको गतिविधि मन परेको थिएन। धीरेन्द्रको कुरा दरवारले नसुन्ने भए पछि उनले एउटा अत्यन्त चलाख र दरवारलाई रिझाई आफ्नो अनुकूल बनाउन सक्ने पात्र भेंटाए जुन पात्रलाई दरवारले इन्कार गर्न सक्दैनथ्यो। ती थिएं शरद चन्द शाह। अधिराज कुमार धीरेन्द्रको योजना बमोजिम उनलाई राष्ट्रिय खेलकूद परिषदको अध्यक्ष बनाइयो।
दलविहीन पञ्चायती व्यवस्थाको उत्तरार्द्धमा चर्चामा आएको शब्द थियो, ‘भूमिगत गिरोह’ । त्यहि कथित भूमिगत गिरोहको नाइके धीरेन्द्र थिए।त्यस्को परिचालन शरद चन्द शाहले गर्थे। अन्चलाधिस कसलाई बनाउने, राजदूत कस्लाई बनाउने, कस्लाई कहाँ मनोनित गर्ने आदि सबै कामहरुमा त्यहि गिरोहको चासो हुन्थ्यो। त्यो गिरोहले गर्ने गतिविधिको विरोधमा लेख्ने पत्रीका साप्ताहिक मन्च थियो। त्यसका अतिथि सम्पादक पदम ठकुराठी थिए।त्यही पत्रिकाले त्यो शब्दलाई राजनीतिमा स्थापित गराएको थियो । त्यो पत्रिका, जसले दरबारभित्रका भूमिगत गिरोहका संरक्षक र तिनबाट संरक्षित सहरका शक्तिशाली समूहका कानुनी र अवैध क्रियाकलापको रहस्यात्मक सूचना दिन्थ्यो । त्यही कारण छोटो अवधिमा चर्चाको शिखरमा पुग्न सफल पनि भयो ।साप्ताहिक मन्चले भूमिगत गिरोहको विरोधमा लेखिरहने भएकोले यो पत्रीका उनीहरुको लागि आंखाको कसिंगर बन्यो।पत्रीका बन्द गराउन त्यो गिरोहले पत्रकारको हत्या योजना बनायो।त्यहि शरद चन्द शाहको निर्देशनमा पत्रकार पदम ठकुराठीलाई गोली हानियो। राष्ट्रीय स्तरको स्थापित पत्रकारको सम्पादकलाई गोली हाने पछी धीरेन्द्र र शरद शाहहरुले देशलाई थप निरंकुसता तर्फ धकेल्दैछन भन्ने जो कसैले पनि अनुमान गर्थे।यसरी देश प्रजातन्त्र पक्षधरकोलागि भयानक प्रतिकूलता तर्फ गइरहेको थियो।यो घटना वि सं २०४१ साल पुष ४ गतेको कुरा हो।
हुन पनि रत्न पार्क र भूगोल पार्कमा सबै भन्दा बढि विक्ने पत्रीका दुइ वटा थिए। ती पत्रीकाहरु साप्ताहिक विमर्श र साप्ताहिक मन्च थिए।देशमा अब के होला भन्ने चासो जताततै व्याप्त थियो। यस्को मूल कारण दरवार भित्र व्यापक फुट थियो।२०३६ सालको जनमत संग्रहमा निर्दलीय पन्चायतको जीत भए पछी सूर्य बहादुर थापाले त्यस्को सबै श्रेय लिन चाहान्थे।एकातिर उनले दरवारलाई आफू अनुकूल घुमाउन चाहान्थे, अर्कोतिर भूमिगत गिरोहले। रानी ऐश्वर्याले पनि दरवारलाई आफ्नो अनुकूल घुमाउन चाहान्थिन।यी सबै जानाकारीको श्रोत उक्त दुई पत्रीका थिएं। धीरेन्द्रका त्यस्तै गतिविधि सहन नसकि त्यस्को १/२ वर्ष पछी नै दरबारबाट उनको अधिराज कुमारको पद खोसी सबै सुविधाहरुबाट वन्चित गरिएको थियो।
अहिलेको अवस्था त फरक होला एक समय काठमांडूका रत्न पार्क र भूगोल पार्क यस्ता स्थानहरु मानिन्थे जहां देशका वुद्धिजीविहरु, राजनीतिज्ञहरु, व्यूरोक्य्रट्सहरु र योजनाविदहरु जम्मा भई आफ्ना योजना, विगतका अनुभव साटासाट गर्थे। यहि रत्न पार्क र भूगोल पार्कले थुप्रै मानिसहरुको जीवनको मोड़ अर्को दिशा तर्फ घुमाइदिएको पाइन्थ्यो। मलाई भूगोल पार्कमा दैनिक गई सांझको ५ बजे देखि ७ बजे सम्म बसी देशको स्थिति वुझ्नु पर्छ भनी प्रेरणा दिने व्यक्ति सूर्य बहादुर सेन वली हुनुहुन्थ्यो।
एक दिन किर्तिपुरबाट शहर घुम्न गएको थिएं।दिनभर शहरमा पैदल घुमी थाकेको अवस्थामा रत्न पार्कमा ५०/ पैसाको याक चुरोट किनी दुबोमा बसी थकाइ मारेको थिएं, त्यहि वेला चार जना दौरा सुरुवाल लगाएका वुज्रुकहरु मेरो छेउंमा बसी राजनैतिक गफ छाँट्न लाग्नु भो। अपरिचित व्यक्तित्वहरु भएकोले मैले उहांहरुका कुराहरु सुन्न मात्र सकें प्रतिवाद तथा प्रश्न गर्ने ठाऊं थिएन। उहांहरु मध्ये एक जनाले कुरा निकाल्नु भो, “राजा महेन्द्रले त्यसै पन्चायती व्यवस्था लागु गरेका होइनन्, २०१५ सालमा आम चुनाव भई कांग्रेसको सरकार आए पछी पार्टी र नेताहरुमा घमन्ड बढ्यो, नेताहरुले कार्यकर्ताहरुलाई नियन्त्रण गर्न सकेनन्, अराजकता बढ्दै गयो, नेताको नजीकका कार्यकर्ताहरुले शक्तिको दुरुपयोग गरे, सामान्य किसानको घरमा जुलुस गै खाना माग्ने नदिएमा लुट्ने, खोरको बाख्रा कुखुरा जबर्जस्त काटी खाइदिने, जनताका बीचको घरायसी अन्तरविरोध श्रृजना गरिदिने, शक्तिको वरिपरी घुम्ने कार्यकर्ताले यती सम्म गरे कि राज्य र पार्टीका दुष्मन होइन आफ्ना पुस्तौं देखिका दुष्मन( घर खेतको आंठो किल्ला, कुलों पानीको झगड़ा र यस्तै यस्तै कारणले भएका दुष्मन) माथी वर्वर दमन र कार्यवाही गरे, यती सम्म कि आफ्नो दुष्मन महिलाको स्तन काटेर समेत मारेको महेन्द्रले थाहा पाएकोले पन्चायती व्यवस्था लागु गरेका थिए। पन्चायतको विरुद्ध कम्यूनिस्ट पार्टीमा लागि अत्यन्त सक्रिय नेता मध्ये एउटा कमल राज रेग्मी हुन्।धेरै वर्ष पार्टीमा काम गर्दा गर्दै उनी पाल्पा जेलमा नजरवन्दमा परे उनको घरको स्थिति अत्यन्त नाजुक हुन पुग्यो।देशमा धेरै वौद्धिक र राजनैतिक श्रृजनशिलता भएका व्यक्ति पन्चायत इत्तर थिए। रेग्मीको त्यहि गरिवीको मौका छोपी पन्चायती दरवारीया शक्तिहरुले उनको श्रीमतीलाई हात लिई प्रलोभन देखाए।त्यहि प्रलोभनमा परी आफ्नो सानो बच्चा काखमा बोक्दै दिन दिनै पाल्पा जेलमा आफ्नो श्रीमान कमल राज रेग्मीलाई भेट्ने र अत्यन्त रुने गर्थिन। उनको यस्तो अवस्था देखेर कमल राज रेग्मी तथा जेलमा भएका संपूर्ण कैदी र राजनैतिक बन्दीहरु समेत भावुक हुन्थे। कमल राज रेग्मीलाई ठूलो प्रलोभन देखाई आत्म समर्पण गराउने भित्री दरवारीया शक्तिहरु को को थिएं थाहा भएन तर देखिएको बाह्य पाटो उनको विग्रिएको पारिवारिक अवस्था नै हो। उनको श्रृजनशिलताको दरवारले उपयोग गर्नु पर्ने भएकोले उनलाई रिहा गर्यो । उनले पन्चायती व्यवस्था सामु आत्म समर्पण गरे।त्यसपछि पन्चायतलाई सघाउन ‘गाउं फर्क राष्ट्रिय अभियान ‘ को थेसिस लेखेका थिएं।ती चार जना वुज्रुकहरुले थपे; दरवारले शरद चन्द शाहहरुलाई समय मैं नियन्त्रण गरेन भने यो पन्चायती व्यवस्था पनि असफल हुन्छ।” यी चार वुज्रुकको कुरा मेरो मानस पटलमा अहिले सम्म पनि घुमिरहन्छन्।
पन्चायतकालमा पन्चायत विरोधी राजनीति गर्दा कठिन संघर्ष गर्नु पर्ने, परिवारबाट टाढा रहनु पर्ने, पार्टीले दिएको सिमित रकमको आधारमा बांच्नु पर्ने, संगठन निर्माण गरी लेवी उठाई पार्टीलाई वुझाउनु पर्ने, आन्दोलनमा ज्यानको रिस्क लिनु पर्ने तथा जेल नेल आदि भोग्नु पर्ने कारणले घर व्यवहार अस्त-व्यस्त भै आस्था नै परिवर्तन गर्ने नेताहरुको लामो सूची तयार गर्न सकिन्छ।अझ माओवा दी युद्धकालका साथीहरुका दुखका अनुभव सुन्दा निकै भावुक भइन्छ। यिनै दुखहरु भोगी आएको परिवर्तन पनि टिकाउन हम्मे हम्मे परेको छ।
२०४६ सालको परिवर्तन कैयन पन्चहरु कांग्रेस र एमालेमा लागे।पन्चायत फाल्न अहोरात खट्ने पुराना इमान्दार कांग्रेसहरु पछी परे। यसरी कट्टर पन्चबाट राजनीति परिवर्तन गर्ने मध्येका एक थिएं मंगल प्रसाद गुप्ता।आफ्नै अघाडी मंगल प्रसादको चुरी फुरी मन नपरेका इमान्दार कांग्रेसका नेता( उनको नाम अहिले मलाई स्मरण भएन) ले कपिलवस्तु तौलिहवाको विशाल आम सभामा भनेका थिए;
“खुन वगाया कांग्रेस कम्यूनिस्ट ने नेता बने मंगल गुप्ता???”।मलाइ थाहा छैन उनी हो कि फरक मान्छे हुन एउटा मंगल गुप्ताले नेकपा एमालेबाट चुनावको टिकट भने पाएछन्। अहिले घरको दुखले होइन अवसरवादका कारणले दिन प्रति दिन आस्थाका धरोहरहरु पल्टी रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal