शनिबार, साउन १२, २०८१

संगठन पुनर्निर्माणको सन्दर्भ:-

ईन्द्रमणी पाण्डे

अखिल छैठौं नेपाली वामपन्थी बिधार्थी आन्दोलनको एऊटा नेता सङ्गठनको रुपमा रहेको छ । यसको नेतृत्वमा नेपालमा थुप्रै विधार्थी आन्दोलनहरु भए र सोही बिधार्थी आन्दोलन को राप र टाप को चम्किलो प्रकाशले नेपालको ईतिहासमा विभिन्न

देशमा भइरहेको कठिन राजनीतिक अबस्था र विभिन्न सामन्तवादको चक्रब्यूहमा परेको नेपाली स्वाधीनताको रक्षाको निम्ति अखिल( छैठौं)को एतिहासिक भुमिका साच्चिकै गर्व गर्न लायक छ । यति हुँदाहुँदै पनि हामीले बिशाल प्रकारको सङ्गठन निर्माण र ब्यबस्थित गर्न सकेको अवस्था छैन ।

सङ्गठनको गौरवपूर्ण इतिहास यसको क्रान्तिकारी चरित्रको वारेमा आम विधार्थी तथा जनमानसलाई थाहा नहुने कुरा भएन ।तर अब यो सङ्गठनलाई अझ बढी परिमार्जित परिस्कृत र समयसापेक्ष रुपमा विधार्थीको मनभावनालाई कदर गर्ने गरी अगाडी बढाऊन जरुरी छ । साच्चिकै बर्तमान अबस्थामा हामी
यसका नेता तथा कार्यकर्ताहरुले अखिल (छैठौं)को जुन मुल्य मान्यता र आदर्श हो । सो अनुरुप अगाडि बढ्न सकेको अबस्था छैन। सङ्गठन निर्माण र परिचालन ब्यबस्थित रुपमा गर्न सकेको अबस्था छैन ,यसो हुनुमा स्वयम हामी नै जिम्मेवार छौ ।सबै जिम्मेवार लिन बाट हामी बन्चित हुन सक्दौनौ। तर हामीले हामी भित्र बाट आफ्नो गल्ती र कमजोरीलाई आत्म समिक्षा गरेर अगाडि बढ्न जरुरी छ। अखिल (छैठौं)को नेतृत्वमा रहेका कतिपय हामी नै

न त सङ्गठन निर्माण गर्न सक्ने क्षमता राख्दछौं । नत हाम्रो सैद्धान्तिक आधार नै बलियो बनाएका छौ । केवल औपचारिकता मात्र सिमित हुने । अध्ययन र सङ्गठनात्मक कार्य कमजोर हुदै गर्दा हामी स्वभाविक रुपले बुर्जुवा भनेर घोषणा गरेका सङ्गठनहरूको सिको गरिरहेका छौ । एकातिर बिधार्थी राजनीति कमजोर भइरहेको छ भने अर्को तिर अवसरवादी सङ्गठनहरूले एकथरी सचेत विधार्थी पनी आफ्नो कब्जामा पारेको अवस्था छ । यो अबस्थामा हामी नेतृत्व गर्ने साथीहरुले विचारप्रबाह गर्न नसक्दा हाम्रो आन्दोलन कति कमजोर भइरहेको छ । त्यो मुल्याङ्कन गर्नु पर्ने आवश्यकता बढी देखिएको छ

यो बिषयमा हामी अखिल छैठौं को नेतृत्व तहमा रहेका कमरेडहरु बढी सचेत र जिम्मेवार बन्नुपर्छ । अन्यथा अखिल( छैठौं )को ईतिहास क्रान्तिकारी थियो रे भन्ने चर्चा हुने अवस्था समेत आउला भन्न नसकिने कुनै आधार छैन । मुख्य रुपमा सैदान्तिक र राजनीतिक रुपमा समेत अखिल (छैठौं)का नेता कार्यकर्ता अत्यन्तै बलियो रुपमा रहेको र सम्झौताहीन संघर्षको विरासत बोकेको सुनौलो विगत आज कतै मेटिन लागेको त होईन यो गम्भीर रुपमा लिनुपर्ने बाध्यता देखिएको छ । र यसलाई बचाउनको लागी हामीले चुनौति पुर्ण बर्तमान तथा सुन्दर भबिष्यको निम्ति कयौ त्याग र बलिदान समेत दिनुपर्छ । परिवर्तित राज्यको संरचना र ब्यबस्थाको फेरबदलले स्वभाविक रुपमा जनताको भावना वैज्ञानिक आवश्यकता र अन्य थुप्रै महत्वकांक्षाहरु बढेर जान्छन् । पुरानो स्वरुपका कयौ तरिकाहरु काम नलाग्ने र भुट्टे बनेका हुन्छन् ।यसकारण पूराना शैलीहरु आवश्यकता अनुशार परिमार्जित गर्नु आवश्यक छ।

सङ्गठन के का लागि केवल सङ्गठनका लागी सङ्गठन अथवा परिवर्तनका लागि सङ्गठन यो हामीले गम्भीर रुपमा बुझ्नुपर्ने पक्ष हो । अझ महत्वपूर्ण कुरा त केछ भने पछिल्लो समयमा हामी कुनै भेला वा सम्मेलनमा मात्र सङ्गठन निर्माणको चासो ब्यक्त गर्ने अरुबेला मतलव नगर्ने ब्यक्तीगत महत्वकांक्षा बढी राख्ने पदलोलुपता अवशबादी चरित्र निर्माण गर्ने र सिमित स्वार्थ लिएर नेतृत्वमा पुग्ने र आफ्नो अनुकुल सङ्गठन चलाऊने र आफ्नो अन्धभक्तहरुलाई मात्र सङ्गठनमा नेतृत्व तहमा लिने ,काम केही नगर्ने तर साङ्गठनिक काम भनेर खाली औपचारिकता पूरा गर्न मात्र समाजमा गरिने काजकिरिया तथा श्राद्ध जस्तो सस्तो लोकप्रियतामा रमाउने काम स्वयं हामी जस्ता नेता कार्यकर्ता बाट हुदै आएको छ । यसले हाम्रो सङ्गठनको औचित्य माथी नै पश्न खडा गर्ने गरेको छ । यसकारण हामी सङ्गठन लाई साच्चिकै दरिलो बनाऊने र युगसापेक्ष परिवर्तन गर्दै ब्यबस्थित प्रकाले अगाडि बढाउन सकेनौ भने हाम्रो अस्तित्व आफैमा मेटिने र आन्तरिक कलहमा नै समाप्त हुने अबस्था आऊने छ । पछिल्लो पुस्ताले पनी सोही सिको गरे भने अबस्था त्यो भन्दा धेरै पर गइसकेको हुने छ । हामी सङ्गठन निर्माण गर्न सक्ने छैनौ ।

अखिल( छैठौं )को सङ्गठन समाप्त हुनु भनेको गरिब बर्गका विधार्थी हरुको ऊच्च प्रकारको वैज्ञानिक र ब्यबहारिक शिक्षा प्राप्त गर्ने र आफ्नो बर्तमान अबस्थाको मुक्तिको सपना चकनाचुर हुँनु हो ।यसकारण हामी गणेश प्रबृत्ति होईन स्वाभिमानी बनौ । एकलकाटे होईन आलोचनात्मक चेतको विकास गरौ । सङ्गठन केवल सङ्गठन को लागि होईन परिवर्तनको लागी पुननिर्माण गर्न गर्न तिर ध्यान लगाऔँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal