शनिबार, मंसिर १७, २०७९

मतदानस्थल अनिवार्य अपाङ्गता मैत्री हुन आवस्यक छ

दिपा देबकोटा
लोकतन्त्रको सुन्धरता भनेकै आवधिक निर्वाचन हो। निर्वाचन बाटनै नागरिकले आफ्नोलागी असल जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गर्दछन। निर्वाचन प्रणालीलाई अपाङ्गतामैत्री बनाउन सरकार पुर्ण रुपले प्रतिबद्धहुन जरुरी छ।

साथै अपाङ्गता संग संबंधित संघसस्था, नागरिक समाज,मानवअधिकार कर्मी लगाएत विभिन्न तह र तप्काबाट अपाङ्गता भएका ब्यक्ति तथा सबै मानवमैत्री निर्वाचन प्रणाली अबलम्बन गर्नका लागि प्रभावकारी पहल गरौको खाचो छ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिदै छ, अबको केहि दिनमै हाम्रो मत खसाल्ने दिन आउदैछ। यसरी चुनाव नजिकिदै गर्दा म अत्यन्तै खुसि छु ,आफुले रोजेको जनप्रतिनिधिलाई चुन्ने अवसर प्राप्त गर्न पाउदा म हर्षले गदगद छु, अबको पाँच वर्षसम्म जनताको काम गर्नका लागि जनप्रतिनिधि आउदैछन्, जसलाई हामीलेनै चुनेर पठाउदैछौँ । हामीले खसालेको मतबाटनै उनिहरु बिजयी हुनेछन्।

म आशा गर्द्छु जो जो उम्मेदवारहरुर निर्वाचित भएर आउनेछ्न ति सबै जनताको मन मुटुमा बसेर सबैकालागी हितहुने कामगरि समाजमा एउटा नयाँ प्रस्तुति देखाई समाजलाई राम्रो दिशा तर्फ लैजान महत्त्वपूर्ण भुमिका हुनेछ भन्नेमा म पुर्णतया बिश्वास गर्दछु।
चुनाव हाम्रो घर दैलोमा आईरहदा मत खसाल्ने दिन नजिकिदै गर्दा म मतदानस्थल सम्म सहजै गएर आफ्नो मत खसाल्न पाउछु कि पाउदैन होला भन्ने कुरामा अलि अन्योल छु।
के मैले मत खसाल्ने मतदान स्थल अपाङ्गता मैत्री होला त?
सम्बन्धित निकायलाई म सजिलैसंग मतदानस्थल सम्म पुगेर भोटखसाल्न पाउने ब्यवस्थाको ग्यारेन्टीगर्न आग्रह गर्दछु।
कुनैपनी ब्यक्ति राज्यको एक नागरिक भएको हैसियतले उसले राजनितीक हकअधिकार प्राप्त गर्दछ। उसलेपनि अरुलेसरह राजनीतिक रुपमा हरेक प्रक्रियामा समाबेशहुन पाउनुपर्दछ। तर दुःखको कुरा अपाङ्गता भएका ब्यक्तिहरु अपाङ्गता भएकै कारण राजनीतिक अवसर र सहभागीताबाट बन्चित हुनुपरेको अवस्था अझै बिधामान छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मतदान स्थलहरु अपाङ्गता मैत्री हुन आवस्यक छ। किनकी अपाङ्गता भएका ब्यक्तिहरुले पनि आफ्नो मताधिकारको प्रयोग आफैले गर्न पाउनु पर्दछ। हरेक नागरिकको नैसर्गिक अधिकारहो। तसर्थ मतदान स्थलहरु अनिवार्य रुपमा अपाङ्गता मैत्री हुन आवस्यक छ।
अन्य ब्यक्तिहरु जस्तै अपाङ्गता भएका ब्यक्तिहरु पनी आफ्नो मताधिकारको प्रयोग गर्न सक्षम छन। त्यसैले उनिहरुलाई आफ्नो मताधिकारबाट कोहि कतैबाट बन्चित नगाराउने वातावरणको श्रीजना गरौँ ।
घरपरिवारको सदस्य वा निर्वाचन अधिकृतले मैले भने अनुसार भोट हालिदिन सहयोग गर्छन् भन्ने कुरामा म विस्वस्त छैन । तेसैले पनि मेरो भोटको सहि सदुपयोग गर्नको लागि मतदान स्थल अपाङ्गता मैत्री हुन आवस्यक छ।
अपाङ्गता मैत्री मतदान स्थल बनाउदा अपाङ्गता भएका व्यक्तीहरूले मात्र नभई, सुत्केरी, गर्भवती महिला, जेष्ठनागरिक, दीर्घरोगी तथा हालसालै दूर्घटनामा परेका तथा बिरामी व्यक्तीहरूलाई पनि जान सजिलो हुनेछ।

त्यसैले यस्ता क्रियाकलापहरुमा सरकार नै जिम्मेवार भएर यस्ता संबेदनसिल पक्षहरूमा ध्यानाकर्षण गरि नीति नियमनै बनाएर प्रभावकारी कार्यान्वयन गर्न सकेमा परिवर्तन पक्कै पनि संभव छ। राज्यले चाहेको खण्डमा मतदान स्थललाई अपाङ्गतामैत्री बनाउनु कुनै ठुलो योजना हैन मात्रै मतदान स्थलको भैतिक डिजाइनलाई सहज गरिदिय पुग्ने कुरा न हो,
किन हामी हाम्रो दिमागले गर्न सक्ने कुरालाई पनि परिवर्तन गर्न सक्दैनौं आखिर अवस्था नै त परिवर्तन गर्नुपर्ने हो।
तसर्थ सबैले आ – आफ्नो ठाउँबाट मतदान स्थल लाई अपाङ्गतामैत्री बनाउन सहयोग गरौं।
नजिकिदै गरेको मंसिर ४ को निर्वाचनको दिनमा अपाङ्गता भएका ब्यक्तिहरुलाई घरबाट मतदानस्थल तथा मतदानस्थल बाट घरसम्म ल्याउन, लैजान तथा मतदानको समयमा आवश्यक सहयोग गर्न सबै राजनीतिकदल, स्थानीय सरकार र सरोकारवाला निकायहरुले आफ्नो तर्फबाट सक्दो सहयोग तथा पहल गरौं। अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मान गर्ने बानिको बिकास सबैतहबाट सुरुवात गरौँ ।
लेखक दिपा देबकोटा अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?