शुक्रबार, बैशाख १४, २०८१

ईमान जमान

लिल बहादुर केसी

म सानो छंदा घर मुनीको ठूला पाटामा साउने कोदो रोप्ने भनी येनकेन दश जना खेतारी खोज्नु भएको थियो आमाले। खनेर मेलो बनाउनेमान्छेको आवश्यकता थियो। दश जना कोदो रोप्ने खेतारीलाई तीन जना खन्ने मान्छेले मेलो बनाउनु पर्थ्यो। तीन जना मध्ये दुई जनाबाली घरे (उहांहरुलाई घर परिवार कै सदस्य ठानिन्थ्यो) सुजी दाई र फलामका भांडा बनाउने विश्वकर्मा दाईलाई भनिएको थियो।उहांहरु समय मैं आउनु भो। तेश्रो मेलो खन्ने र बनाउने भिर्थोकतिरको दाई आउनु भएन। कोदो रोप्ने रोपार सबै आउनु भो। दिदीले अर्नीबनाउनु पर्ने, बाबाले मकैका पात लाछ्नु पर्ने, आमाले घरको सर्वपक्षीय जिम्मेवारी लिई डींगा, डांगरलाई घांसपात हेर्नु पर्ने, कोदाको बीऊकाढ्नु पर्ने आदिले गर्दा म काममा नदाइएको छोरों भए पनि कोदाको मेलो खन्ने वाध्यता म माथी आइलाग्यो। वाध्यताले मैले जवर्जस्तउर्जा निकाली मेलो खन्ने काम सकि नसकी गरें। सांझ थकाइले लखतरान भएं, थकानले राती अवेरसम्म निद्रा लागेन। योजना अनुसारकाम सम्पन्न भएकोले बाबा आमाले मैले लिएको ज़िम्मेवारी कुशलतापूर्वक पुरा गरेको हुनाले मेरो बारम्बार प्रशंसा त गर्नु भो तर भिर्थोकेदाईलाई बैमान ठान्नु भो। दुई चार दिन विते पछी फेरी ती भिर्थोके दाई के कामले हाम्रो घरमा आउनु भयो, त्यो बेला मेरो बाबा आमाबाटइमान जमान नभएको मान्छे भनी निकै झपाराई खानु भो।

खेत एक डेढ घन्टा टाढा थियो। हाम्रो बस्ती भन्दा टाढा भएकोले खेतको काम परेमा अपर्झट मजदूर खोज्न संभव थिएन। खेतकोरोपाईंमा खोजेका अर्मा पर्मा वा ज्यालादारी मजदूर कोहि काम गर्न नआई धोका दिएमा त्यो भन्दा ठूलो धोका केहि हुन्नथ्यो किन भनेखेत टाढा भएकोले रोपाईं एकै दिनमा गर्नु पर्ने हुन्थ्यो। एक साल खेतको आली लगाउन भनेर बचन दिएका किमुखर्कका दाई आएनन्।सधै भरी हाम्रो परिवारको नजीक हुने दाईलाई के पर्यो रोपाईंको दिन नआएकोले कम्ता दुख भएन। एक दुई हप्ता पछी उनी पनि हाम्रोघरमा आउंदा ईमान जमान नभएको मान्छे भनी बाबाको निकै भनाई खाए।

साहिंली सुजीनी आमा एउटा हिंउदमा थांग्ना टाल्न र सिलाउन आउनु पर्ने थियो, उहांले भोली आउंछु भनी आमालाई बचन दिनुभएको रे तर त्यो दिन आउनु भएन। यता आमाले उहांलाई समेत खाना पकाएर बस्नु भएको, खाना त्यसै रह्यो अरु काम गर्ने मेसो पनिपरेन ठूलो धोका भो। आमाले भन्नु भो ईमान जमान नभए पछी यस्तै हो यिनीहरुको विश्वास लाग्दैन।

यी माथीका वास्तविक घटनाहरु जस्तै हाम्रो ग्रामीण समाजका ईमान जमान नराखेका थुप्रै उदाहरणहरु मैले देखे भोगेको हुं।साहुको पैसा ऋण लिई श्रीपन्चमीमा तिर्नेछु भनी कवुलीयत गरे पनि सांवा व्याज केहि तिर्न नसक्दा साहुहरुले ऋण तिर्न नसक्ने डाम्मिकी(मलाई यस्को अर्थ अहिले सम्म थाहा छैन) भनेको सुनेको हुं।फुसको छानो एकै दिन छाउनु पर्दा भनेको कामदार घर छाउन नआएकोमाईमान जमानको पक्का नभएको बैमान मान्छे भनेको पनि सुनेको हुं। गाऊंमा म सानो हुंदा धेरै जसो बैमान भनी कहलिनेहरुमा सबै भन्दाबढि लुगा सिलाउने दमाई हुन्थे कारण के थियो भने गरिवी र अभावले दशैं तिहार र मेला पर्वमा मात्र लुगा सिकाउनु पर्दा उनीहरुको घरमाकपडा दुकानमा जस्तै लुगाको खात हुन्थ्यो त्यसैले भनेको समयमा काम सम्पन्न गर्न संभव थिएन। टेलरहरु जस्तै चुनारा, डकर्मी, सिकर्मीर डोका डाला बुन्ने कालीगढहरुले पनि बैमानको विशेषण सुन्नु पर्थ्यो। हामीले ग्रामीण जीवनमा यस्तो छट्टुपनालाई ईमान जमाननराखेको भन्ने गर्थ्यौं। ईमान जमानलाई अर्को शव्दमा नैतिकता र अंग्रेजीमा मोरालिटी भन्छन् क्यारे।

विश्व कम्यूनिस्ट आन्दोलनको इतिहासमा लेनिन र माओको आंखामा वर्न्सटिन, काउत्स्की, ट्राटस्की, ख्रुस्चेभ, व्रेझ्नेभ, ल्यूसाओचीर देंग सियायो पिंगले दर्शनको ईमान जमान राखेनन्। मार्क्स एंगेल्सको दृष्टिमा लुइ व्लैंक, प्रुधो, ल्वेन्स्क्यू, लासाल र बाकुनिनहरुलेमार्क्सवादी सिद्धांतमा ईमान जमान राखेनन्।

रुसी समाजवादी क्रान्तिका महान नेता क लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनबाद विरोधी संघर्षका जुझारू योद्धा, सोभियत संघका तत्कालीन राष्ट्रपति , सोभियत समाजवादका निर्माता, दोश्रो विश्व युद्धमा साम्राज्यवाद, नाजीवाद र फांसीवादलाईघुंडा टिकाउन सफल क स्टैलिनलाई ख्रुस्चेभको नेतृत्वहीन आफ्नै पार्टीका साथीहरुले षड्यन्त्र गरी हत्या गरेको भनी उनका छोराभासिलीले चिच्याई चिच्याई पार्टी नेतृत्वमा ईमान जमान नभएको बताएका थिएं त्यो कति सत्य हो इतिहासले पुष्टि गर्ला।

दक्षिण पूर्व एसियामा अमेरिकाले नै गोप्य समर्थन दिएर उत्तर कोरियालाई बचाइराखेको छ शंका छ। यस्ले उत्तर कोरीयाकोडरत्रास देखाएर अमेरिकाले दक्षिण कोरिया र जापानमा मनग्य हतियार बेच्छ। चीनलाई देखाएर ताइवानलाई सकेसम्म महंगा हतियारबेच्दछ। अमेरिकाले चिनियाँ भूत जापानलाई पनि देखाउँछ। उसैले उचाल्छ चीनलाई अनि ताइवान, भारत तथा जापानलाई तर्साईहतियार बेच्छ। मध्यपूर्व क्षेत्रको इरानलाई देखाएर इजरायल तथा अरब क्षेत्रमा मनग्य हतियार बेच्छ अमेरिका। अहिले सिरियालाई पनिमध्यपूर्वको भूत बनाएको छ, अमेरिकाले। इरानी भूत लगाउँदा अनि झारफुक गर्दा गर्दा राष्ट्रपति सद्दाम हुसेन मारिए, इराक खरानी भयो।त्यही भोगाइ लिवियाले पायो। कर्नेल गद्दाफी मारिए। अनि युरोपको भूत रुसलाई बनाएको छ अमेरिकाले। यो भूतलाई रोक्न छेक्न नाटोसैनिक गठबन्धन समेत बनायो। युरोपको सुरक्षा अमेरिकाले लियो। अनि मज्जाले अमेरिकी हातहतियार बेचियो यो महादेशमा। यी सबैगतिविधिहरु “वसुदेव कुटुम्वकम” को दृष्टिले ईमानलाई रद्दिको टोकरीमा मिल्काएका अन्तर्राष्ट्रीय जगतका तथ्य हुन्।

पूँजीवादीहरुले जनताको सत्ता, जनताको निम्ति र जनताद्वारा सन्चालन हुने राजनीतिको व्याख्या गरे। प्रजातन्त्र, लोकतन्त्र रगणतन्त्रको दुहाई दिए तर सर्वसाधारण जनता सत्तामा जान पाएनन् जनता प्रति बेईमान गरे।

नेपालको संविधानमा सबै प्रकारका विभेदको अन्त्य, सबैलाई आवास, रोजगारी, दलितलाई एकपटक जग्गा र घर ,राज्यका हरेकनिकायमा समानुपातिक समावेशी सहभागिता र आमाको नामबाट नागरिकता आदि भनियो तर राज्यले यसलाई व्यवहारमा लागु नगर्नुअर्को बेइमानी हो। रोजगारी नपाएर लाखौं युवा विदेशिन बाध्य छन् । सरकारकै तथ्यांकअनुसार करिब १५ लाख परिवार भूमिहीन छन् ।त्यसमध्ये १० लाख त दलितमात्रै छन् । नदी र सडक किनार तथा आरक्षको वन फाँडेर आश्रय लिएका हजारौं परिवार जोखिम जीवनजिउन बाध्य छन् । संविधानले ती नागरिकलाई पनि अधिकार दिएको छ । तर त्यसको कार्यान्वयनमा उही ठूला/ठालू र राजनीतिकदलका नेताको जालसाजी चलेकै छ ।

शासन सत्तामा ईमान जमान हराएको धेरै भो। झुक्काएर भाई भारदारहरुलाई एकै ठाउंमा बोलाई कोंच तथा भन्डारखाल परिवहनगर्नु पनि बेइमानी नै हो। राजकीय सेनाको भरमा बांचेको दरवारको परिवारलाई गोली दागेर राजा वीरेन्द्रको वंश नास गर्नु र मारिनेहरुलाईनै हत्यारा घोषित गर्नु कहांसम्मको बेइमानी हो? मदन भन्डारीको हत्या गरी सत्य तथ्य पत्ता लगाउने कोशिश गर्नु बेइमानीको अर्कोअध्याय हो।

राजनीतिमा त झन् ईमान जमान हराएको छ। चुनावको बेला समृद्ध र सुखी नेपालीका नारा देखिन्छन् कार्यान्वयन हुंदैनन्।नेपालका कुनै पनि पार्टीको इतिहास पल्टाउंदा नेताहरुमा ईमान हराएको महशुस हुन्छ। नेपाली कांग्रेसको गर्भिलो इतिहासमामातृकाहरुले ईमान बेचे। गणेशमान र कृष्ण प्रसाद भट्टराई माथी गिरीजाहरुले ईमान बेचे। सुशिल कोइरालाहरुको विरोध गर्ने सन्दर्भमासेर बहादुरहरुले ईमान बेचे। कम्यूनिस्ट आन्दोलनमा केशर जंग रायमाझीहरुले ईमान बेचे। झापा विद्रोह गर्नेहरुले जनवादी क्रान्ति गर्छौंभनी जनता झुक्काए। माओवादी पार्टीले पनि जनवाद ल्याउने भनी जनतालाई उक्सायो पूँजीवादी गणतन्त्रमै अडियो। एमाले रमाओवादीको पार्टी एकता भयो। प्रधानमंत्री आधा आधा कार्यकाल चलाउने भनी केपी र प्रचन्डको बीच सहमति भयो। केपीले ईमानजमान राखेनन्। अन्ततः पार्टी फुट्यो। चुनावमा गठबंधन हुन्छ तर सहमतिको विरुद्ध पार्टीहरुले ठाउं ठाउंमा ईमान बेचिरहेका हुन्छन्।राजतन्त्र फाल्न आन्दोलन गर्छन् फेरी राजावादीहरुसंग साँठगाँठ गर्छन्। स्वतन्त्र परराष्ट्र नीतिको वकालत गर्छन् राती राती सामन्तगोयलहरुसंग के के सहमति गर्छन्। राष्ट्रियताको कुरा घाटी तानी तानीकन गर्छन् एमसिसि जस्ता राष्ट्रघाती संझौता गर्छन् र राष्ट्र नैधरापमा पार्ने नागरिकता विधेयक पास गर्छन्। प्रदेशको राजधानी एक ठाउं राख्ने भन्छन् पार्टीको ह्विप जारी गरी अर्को ठाउं सार्छन्।पेट्रोलियम पदार्थमा मूल्य समायोजन भनी अन्तर्राष्ट्रीय बजारमा मूल्य वृद्धि हुंदा नेपालमा मूल्य बढाउंछन् तर घटेको बेला मूल्यघटाउंदैनन्। अर्थतन्त्रका तीन खम्बा भन्छन् बैंकहरुले व्याज बढ़ाई नीजी क्षेत्रलाई धरायसी बनाएका छन्। क्लाइन्टलाई थाहै नदिई व्याजबढाएका छन्। राष्ट्र बैंकले बैंकको पहुंच सर्वसाधारण जनतासम्म पुर्याउने भन्छ, नेपालका तीस जना ठूला उद्योगपति र व्यापारीले बैंकरित्याई विदेशमा लगानी गरेको कुरा सुनिन्छ । महंगी नियन्त्रण भएको मिथ्यांक निकालिन्छ बजार भाउ आकाशिएर गरीवको पहुंच बाहिरगएको छ। उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात वृद्धि र आयात विस्थापन गर्ने कुरा गरिन्छ कार्यान्वयन गरिंदैन।

न्याय क्षेत्र, अख़्तियार र अन्य थुप्रै संवैधानिक निकायहरुमा ईमान जमान छैन। सर्वसाधारण जनता न्यायको पहुंचमा छैनन्।सामाजिक सुरक्षाकोप्रत्याभूति दिलाउने भनिन्छ महिला, वाल वालिका, वृद्धहरुको जीउ ज्यानको सुरक्षा छैन। यी सबै राज्य, राजनैतिकपार्टी र नेतृत्व पंक्तिबाट जनता प्रति गरिएका बेईमानीहरु हुन्। ईमान बेची बेइमान खरिद गर्नेहरुका यस्तो सूची लामो बन्छ।

शिक्षा र स्वास्थ्य क्षेत्रवाद पनि ईमान हराएको छ। विश्वविद्यालय सेवा आयोगमा बेइमानी हुन्छ। पार्टटाइम शिक्षकलाई करारबनाउंदा बेइमानी हुन्छ । स्थायी बनाउने क्रममा पनि ईमान राखिंदैन। शिक्षकहरुले विश्वविद्यालयों तलब खान्छन् राजनीति गर्छन् रपढाउंदैनन् । विद्यार्थीहरु जसरी पनि प्रमाणपत्र लिने दाउमा छन्। ज्ञान लिने र दिने दुबै कुरामा इमान्दारीता छैन, नैतिकता छैन। स्वास्थ्यक्षेत्री पनि बेइमान भइरहेको कुरा अंघी पछी त आइरहन्थे पेन्डामिकको बेला छर्लंग भयो इमान रहेन।

हिंजो आज जनताहरुमा पनि ईमान हराउंदै गएको छ। राज्य , राजनैतिक पार्टी र नेताहरुबाट बार बार ईमान जमान बेचेको र बेइमानीखरिद गरेकोले चुनावको बेला ठूला पार्टीको जुलुसमा जाने, पैसा लिने, मासु भात खाने, गाडीमा पेट्रोल हाल्ने तर चुनावको दिन अर्कैपार्टीलाई भोट दिने चल्न चलाएका छन्। के यो ज़माना बेइमानहरुको हो र? के फेरी ईमान जमान फर्केर आउंदैन? के हामीले भन्ने गरेकोमोरालीटी हामीबाट टाढा गएको हो?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?