शनिबार, साउन १२, २०८१

“मृत्यु माथी विजयको इच्छा”

खिमराज चालिसे
******************

मृत्यु त निश्चित जिवन चक्रको अन्तिम रुप हो।
जहा भौतिक चेतना समाप्त हुन्छ त्यहि मृत्यु हो।।
चेतना हराएको सास नभए को लास मृत्यु हो।
रंग रस, मोह नभएको निर्जीव शव मृत्यु हो।।

निर्जीव रुप र जीवन को अन्तिम मार्ग मृत्यु हो।
जहा अज्ञात नै अज्ञात हुन्छ त्यहि शव मृत्यु हो।।
लक्ष्य उद्धेश्य विहिन त्यो निर्जीव वस्तु मृत हुन्छ ।
सास फेर्ने लास सरीका मान्छे विचारले मृत हुन्छ।।

म भन्छु जीवन संग टाढा भाग्नु पनि मृत्यु नै हो।
जीवन संघर्ष अस्वीकार गर्नु पनि मृत्यु नै हो।।
मृत्यु केवल प्राण छोडनु मात्र पनि त होइन ।
मृत्यु अचेत सास विहिन लास मात्र नि होइन।।

मृत्यु भनेको विचार पथ भ्रमीत हुनु पनि हो।
मृत्यु सामाजिक आन्दोलन मा निस्कृयता पनि हो।।
मृत्यु त उद्धेश्य विहिन जीवन जीउनु पनि हो।
अर्थ बिना बेरंग जीवन यात्रा पनि मृत्यु नै हो।।

त्यसैले मृत्यु माथी पनि विजय पाउने इच्छा छ।
पैठे जोरी खेल्दै मृत्यु लाई जित्ने दृढ संकल्प छ।।
न डर न त्रास बिंदास जीवन जिउने आसा छ।
मृत्युलाइ हराउदै अझै धेरै नै बाच्ने आसा छ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal