शुक्रबार, असार १, २०८१

ढोक्सा, छिर्की र मूर्ख चील

लिल बहादुर केसी

अहिले नेपालमा संघीय र प्रादेशिक निर्वाचन भएको छ। विगतमा नेकपाको करिव दुई तिहाईको सरकार भए पनि ओलीले संविधानविपरित दुई पटक संसदको विघटन गरे पछी नेकपा तीन भागमा विभाजित भयो। ओलीको संसद विघटनको कदम संविधान विपरितभएकोले ओली र नेकपा एमालेलाई प्रतिगमनकारी शक्ति भनी पांच पार्टीहरुको गठवन्धनबाट सरकार बनाइयो। उक्त गठवन्धन मार्फतचुनावमा ओलीको प्रतिगमनको विरुद्धको मोर्चालाई मतदान गर्न जनतालाई आह्वान गरियो र यो पनि भनियो कि यो गठवन्धन अबकोपन्ध्र वर्ष सम्म हामीले टिकाउंछौं।
उता ओली सरकारको संसद विघटनको कदम असम्वैधानिक हो भनी ओली विरुदधको सरकार गठन गर्न आदेश दिने सर्वोच्चअदालतलाई नेकपा एमालेले विरोध गर्यो र सर्वोच्च अदालतले गरेको फैसला वमोजिम बनेको सरकारलाई परमादेशी सरकार भनीआरोप लगायो। यहि अवस्था हटाउन नेकपा एमालेले आफ्नो पार्टीलाई स्पष्ट बहुमत दिलाउन उसले जनता सामु मतको याचना गर्यो।यस प्रकार देश पुरै दुई ध्रुवमा ध्रुविकरण भयो।
२०७९ साल मंसिर चार गते आम निर्वाचन सम्पन्न भयो। चुनावमा दुई थरी गठवन्धन देखिए। एउटा गठवन्धन नेका, नेकपा समाजवादी, राजमो लगायतका केहि क्षेत्रीय पार्टी र अर्को गठवन्धन नेकपा एमाले, जनमत पार्टी, राप्रपा लगायतका केहि क्षेत्रीय पार्टी। उनीहरुलेचुनावमा जनता सामु गरेको दावी वमोजिम दुई वटै ध्रुवमा रहेका पार्टीहरुले दुई तिहाई त के स्पष्ट बहुमत समेत ल्याउन सकेनन्।फलतःनेपालको संविधान वमोजिम सरकार निर्माण गर्न नेपालको संविधान-२०७२ वमोजिम धारा ७६ का विभिन्न उपधाराहरु आकर्षित हुनेभए।
चुनावको परिणामले नेकालाई नेपाली संसदमा सबै भन्दा ठूलो पार्टीको रुपमा स्थापित गर्यो।नेकाका सहयात्री अर्थात गठवन्धनकासहयात्री दलहरुको संसदमा भएको कमजोर उपस्थितिले नेकालाई उत्साहित बनायो। उसले गठवन्धनका साना पार्टीहरुले पनि विगतमानेकाको सरकार गठन गर्दा दिएको योगदानको इतिहास भुल्यो । नेकपा माओवादीका नेता प्रचन्ड युद्धबाट शान्ति प्रकियामा आएकोलेउनले घरेलु तथा वाह्य दुनियांबाट आफूलाई सुरक्षित गर्नु परेको वाध्यताले गर्दा आफू देशको शक्तिशाली पदमा बसेर मात्र आफू सुरक्षितहुने निस्कर्ष निकाले। सोहि अनुरुप उनले आफ्नो प्रधानमंत्रीको दावीलाई बटम लाइन बनाई वालुवाटार र केपी ओली निवासमा संपर्ककाद्वेध चालहरु चल्न थाले ।
देउवासंग चरम असन्तुष्ट बनेको नेकाको शेखर पक्ष र स्टन्ट मात्र देखाएर चर्चामा आउन खोज्ने नेकाका गगन, विश्व प्रकाश तथा चन्द्रभन्डारी समेतका परिणाम नआउने अडानका कारण समेतले देउवाले प्रधानमंत्रीको पद सजीलैसंग प्रचन्डलाई दिन चाहेनन्।परिणामस्वरूप ओलीले पुरानो कांग्रेस सहितको गठवन्धन भित्र रहेको अन्तरविरोधमा स्पेस देखें र चतुरता प्रदर्शन गरी प्रचन्डलाई प्रधानमंत्रीबनाइ हाले। यसरी २०७७ को पौष ५ देखि चलिरहेको दुई ध्रुवीय राजनीति एका एक तासको घर झैं गर्लम्म ढल्यो। स्थानीय र प्रदेशतथा संघीय निर्वाचनमा यी पार्टीहरुले जनतामा जांदा जे बोलेर मत मागेका थिएं यो कदमले उनीहरुले जनता सामु गरेका बाचालाई मूल्यहिन बनाई दिए। आजको यो कदमले मात्र होइन, अवसरवादीहरुले विगतका कैयौं दशक देखि जनतालाई कसरी गुमराहमा पारी सत्तास्वार्थ पुरा गरेका हुन्छन् भन्ने कुराको थप पुष्ट्याईं उनीहरुले एक अर्कालाई लगाएका प्रतिगमन र परमादेशका विशेषणहरुबाट गरिदिए।वास्तवमा उनीहरुले एक अर्कालाई लगाएका ती आरोपहरु कति सत्य थिए आउंदा दिनहरुमा उनीहरुले गर्ने क्रियाकलापले अझ स्पष्टपार्दै जानेछ।
प्रधानमन्त्रीले विश्वासको मत संसदबाट लिंदा ओलीले १६८ जना सांसदको मात्र शुद्ध मत प्रचन्डले प्राप्त गर्लान भन्ने सोंचेका थिए।यस्तो भएको अवस्थामा ठूलो पार्टी भनेर घोंक्रो फुल्याएको नेकालाई खुच्चींग गर्ने दाउमा ओली थिए तर छलछामका कुशल खेलाडी सेरबहादुरले ओलीको उक्त चाहानालाई धरासायी बनाइदिए । यसरी प्रचन्डले नेका समेतको मत प्राप्त गरी संसदको ९८% मत पाईविश्वासको मत लिए। यो अवस्थामा नेपालको संविधान-२०७२ लाई यिनीहरुले आफ्नो पकेट मनी जस्तो बनाइदिए। एउटा मान्छेलेआफूसंग भएको पैसा जसरी राम्रो वा नराम्रो काममा खर्च गर्न सक्छ त्यसै गरी यिनीहरुले यो संविधानलाई आफ्नो अनुकूल प्रयोग गरेजसले नेपालको संविधानलाई आम तीन करोड नेपालीको साझा मूल क़ानून भैकन पनि त्यस्को भावनालाई कुल्चिन पुगे। संसदीयव्यवस्थामा बहुमतको सरकार र बलीयो प्रतिपक्षको संसदीय आम मान्यताको खिल्ली उड़ाए। सभामुख र उपसभामुखको निर्वाचन गरे, सभामुखले सरकार समर्थन गर्ने दललाई प्रमुख प्रतिपक्ष भनी घोषणा गरे। न त नेकाले सरकारलाई समर्थन गर्दा पनि प्रमुख प्रतिपक्षआफ्नो पार्टीलाई बनाउनु पर्छ भन्ने दावी गर्न लाज मान्यो न त राजनीतिक पार्टीबाट मुक्त भई सभामुखको कुर्सीमा बसेकाले सरकारसमर्थन गर्ने दललाई प्रमुख प्रतिपक्ष बनाउन हुन्न भने कुरामा लाज माने। यसरी नेपाली राजनीतिमा हात्ती पार्टीहरुले आफ्ना नग्नक्रियाकलापहरु देखाउंदै गए।
ओसो रजनीसले एक ठाउंमा एउटा रोचक उदाहरण दिएर भनेका छन्। एउटा विचारक दिन भरी कार्यक्रममा व्यस्त भई घर फर्कंदै थियो।बाटोमा हिंड्दा उस्को साथीले विचारकलाई दुई वटा चीज दियो। एउटा पोकोमा उस्ले एउटा हातमा मासु दियो, अर्को हातमा उस्ले सानोपुस्तक दियो। विचारक बाटोमा हिंड्दा हिंड्दै गर्दा एउटा चीलले उसको हातको मासु खोसेर लग्यो। विचारकले पुस्तकको केही अंश पढे। त्यो पुस्तकमा मासु पकाउने विधि लेखिएको थियो। विचारकलाई त्यो मूर्ख चीलले मासु लगेको पश्चाताप भएन । बरु ती विचारकलेसन्तोष लिंदै भने, “ कस्तो मूर्ख चील रहेछ मासु पकाउने विधि संवन्धि पुस्तक मेरो हातमा छ। त्यसले मेरो हातको मासु लगेर के गर्नसक्छ ?”
हो यसै गरी पुरानो गठवन्धनका सहयात्री मध्ये विचारकको रुपमा चित्र बहादुर के सी मात्र बने। अरु नेपालको राजनीतिमा मूल्य विहीनमूर्ख चील जस्तै बने। हो चीललाई मासु पकाउने विधि चाहिंदैन। उस्लाई मासु भए पुग्छ।त्यहि मासुको पोकाको पछी गठवन्धन भित्रकोठूलो दल नेका समेत लाग्यो । अव राष्ट्रपतिको चुनावमा समेत आफ्नो उमेदवार प्रस्तुत गर्दैछ। रवीको गृहमंत्रीबाट बहिर्गमन पछी नेकालेसमेत गृहमंत्री दिएमा सत्तामा सहभागी हुने जस्तो निर्लज्ज कुरा गर्दैछ। अहिलेको नेपालको राजनैतिक अवस्था यहि रुपमा देखिएको छ; जस्लाई विधि र पद्धति चाहिंदैन। सत्ता चाहिएको छ, त्यस्को लागि मूलाधार भनिएको राजनीतिले नेतालाई त्यतै तर्फ डोर्याएको छ। योपरिस्थिति देश र जनताको लागि अत्यन्त दुखद हो।
प्रधानमंत्री प्रचन्डले संसदबाट विश्वासको मत लिने बेला ओली रोष्ट्रमबाट बोल्दा उनको आकृतिले नैराश्यता प्रदर्शन गरेको थियो। त्योबेला उनले रोष्ट्रमबाट सांसदहरुलाई विशेषतः नेकालाई इंगित गर्दै भनेका थिए, “सोझै हिसाबले नेकाले सरकारलाई विश्वांसको मतदिएको हो भने हामीलाई केहि भन्नु छैन तर ढोक्सा थापी माछो बल्झाउने षडयन्त्र हो भने हामीले त्यो योजना सफल हुन दिने छैनौ।” ओलीले यो वाक्यांश बोले पछी कर्णालीमा धेरै पानी बगिसकेको छ। संसदको सभामुख र उपसभामुखको चुनावको परिणामले वाह्यरुपमा अहिलेको माओवादी एमालेको गठवन्धन अप टु डेट देखिए पनि भित्र भित्र मनहरु कुंडिएका छन्। गठवन्धन हुंदा जे सुकै सर्तस्वीकार गरेर पनि प्रधानमंत्रीको पद हुत्याउनु पर्छ भन्ने प्रचन्डलाई यो कुरा पनि थाहा छ कि ओली पक्षको राष्ट्रपति बन्दा उनी मात्र केवलओलीको पपेट बन्ने छन्। त्यसैले उनले राष्ट्रपतिको पदमा विगतको सहमति बमोजिम एमालेलाई सहजै स्वीकार गर्ने स्थिति देखिंदैन।प्रचन्डलाई विगतले के सिकाएको छ भने ओलीले राष्ट्रपति आफ्नो एस मेन बनाउने छन् त्यो बेला विगतमा जस्तै राष्ट्रपतिले संविधानकुल्चेर भए पनि एमालेको स्वार्थ अनुकूल काम गर्ने छन्।
ठिक यहि वेला विधि र पद्धति अनुसार सरकार चलाउनु पर्छ भनेर अरुलाई सिकाउने गुरु बनी एका-एक राजनैतिक भूमरी सिकाउने रवीलामिछानेको गृहमंत्रीको पद गए पछी सरकारको गृहमन्त्री पद प्रचन्डले आफ्नो हातमा लिएका छन्। देशको कानूनको वर्खिलाप गर्ने पार्टीर त्यसका नेतालाई एमालेले समर्थन गरे पनि प्रचन्डले सहजै उक्त पद हस्तान्तरण गर्ने पक्षमा छैनन् र गर्नु पनि हुंदैन । यस्तो विषमपरिस्थितिमा अहिले एउटा पार्टीले अर्को पार्टीलाई छिर्की हान्ने काम मात्र भएको छ। राष्ट्र, राष्ट्रीयता र जन जीविकाका सवालहरुमापार्टीहरु मौन छन्। यहाँ कुर्सी दौड़, ढोक्सा थाप्ने काम र मासुको पोका च्यात्ने काम मात्र भैरहेको छ। यस्तो विडम्वना पूर्ण राजनीति वालाजनीति कति सम्म हेर्नु र भोग्नु पर्ने हो, एक दिन समयले यस्को व्यवस्थापन कसरी गर्ने हो त्यो भने हेर्न बाँकी नै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?