शुक्रबार, चैत्र १६, २०८०

राजनेता कि वैचारिक स्खलन?

बिन बहादुर रेग्मी, प्यूठानी हाल सुरुत

तपाईं कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ?? स्वदेश मा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ हुनुहुन्छ स्वस्थ मस्त रहनुहोला। धेरै दिन सम्म म हजुरहरुको सामु कुनै लेख रचना प्रस्तुत गर्न सकेको थिएन। कामको व्यस्तता र स्वास्थ्यमा सामान्य तकलीफ यस्तै यस्तै केही कारणले समय मिलाएर लेख रचना तयार गर्न सकेन, यसो त म कुनै पत्रकार लेखक होइन, राजनीति गर्ने नेता झन हुँदै होइन। मेरो लेखन पेशा नहुँदा नहुँदै पनि यसो समय मिलाएर मनमा खेलेका आफूले देखेका भोगेका र सिकेका जिउँदा कुरालाई आफ्नै शब्द शैलीमा अति लोकप्रिय मित्र शंकर पोख्रेल ज्यू को अनलाईन झिम्रुक पोस्ट मा प्रकाशित गर्दा धेरै जनाले पढिदिनु भयो, लाइक कमेन्ट शेयर को वर्षात गर्दिनु भयो। म जस्तो सर्वसाधारण व्यक्तिको लागि शुभ चिन्तक पाठकज्यूहरुको यति धेरै मायाँ पाउँदा निकै हर्षित छु। कतार मलेसिया जापान कोरिया लगायत बाट केही आत्मिय मनहरुको चाहना बिन बहादुर रेग्मी प्यूठानीको लेख लाई झिम्रुक पोस्ट मा ठाउँ दिन परो भन्ने आवाजलाई मैले महसुस गरेको छु। मैंले मेरो समस्याको कारण बताई सकें। झिम्रुक पोस्ट हामी सबैको साझा आवाज हो। दुखी गरीब सर्वहारा वर्गको आवाज हो। निमुखा जनतालाई बुझाउने आवाज हो। अर्को शब्दमा भन्नुपर्दा झिम्रुक पोस्ट गरिखाने वर्गका लागि साझा आवाज हो। आउनुहोस साझा आवाजमा यहाँहरु सबैलाई स्वागत छ। झिम्रुक पोस्ट विचारमुलक अनलाईन हो त्यसैले त चुनाव जितेका चाणक्य वा धन बल र राज्यशक्तिको भरमा चुनाव जितेका धर्तीका बोझ लाई ठाउँ दिएन। नेपालका कयौ पत्र पत्रिका इलेक्ट्रोनिक मिडिया ले चुनाव जितेका ति मुर्खहरु लाई हिरो बनाउने असफल प्रयत्न गरिरहें। यसो त भारतमा केजरीवालको जितको लागि अहम भूमिका निभाउने मीडिया नै थिए। उनि सँग नीति सिदान्त अनुभव केही पनि थिएन। वि जे पि र कांग्रेसलाई भ्रष्टाचार दलाल जनविरोधी भन्दै अन्ना हजारे को लोकपाल बिल सँगै राजनैतिक चुनावी मैदानमा उत्रिएका थिए, आज हेर्नुहोस् त अन्ना हजारे को लोकपाल बिल कता हरायो, कांग्रेस र वि जे पि भ्रष्टाचारी भन्थे आजकल चुइँक्क बोल्दैनन्। फ्री वाईफाई, फ्री टिकट, बिजुली फ्री, पानी फ्री, रासन फ्री को राजनिती गर्दैछन्। विचार नीति सिदान्त नहुँदा त्यस्तो हुन्छ। अल्ली पहिला तेलगुदेशम भन्ने पार्टीले दुई रूपैयाँ किलो गहुँ दिने प्रचार गरेर चुनाव जितेको थियो। नेपालमा पनि झण्डै झण्डै केही पार्टी र मिडियाको भूमिका उस्तै उस्तै छ।

हेर्नुहोस न एमालेले र उसका आसेपासे मिडियाले के पि ओली लाई राजनेता को रूपमा देखाउँदै छन, उता रवि लामिछाने लाई भगवान मान्दैछन्, प्रचण्डलाई र देउवालाई उनका समर्थक र आसेपासेले मूर्ति बनाएर पुज्न थालिसके। हेर्नुहोस त के आजको आबस्यकता त्यही हो त? समाजमा जातिय क्षेत्रिय लिङ्गीय वर्गीय विभेदले जरा गाडेको छ, बेरोजगारी गरिबी ले बाँच्न गार्हो छ। महंगी भ्रष्टाचारी दलाली मौलाएको छ। हिंसा हत्या बलात्कार शोषण दमन विकृति विसंगती उपहार को रूपमा जनतालाई मिलेको छ। के रविलाई भगवान बनाएर यी समस्या समाधान होलान? के पि ओली लाई राजनेता बनाएर होला त? प्रचण्ड देउवाको पूजा गरेर मुक्ति मिल्ला त??? मिल्दैन हुँदैन पाइँदैन किनकी यिनीहरूका समर्थक अन्धभक्त झोलेहरू लाई थाहै छैन देश राजनैतिक नीति सिदान्तले आमूल परिवर्तन हुन्छ। मैंले पहिलै भनी सके तेलगुदेशम पार्टीले दुई रूपैयाँ किलो गहुँ दियो तर समस्या समाधान भएन। केजरीवालले फ्री फ्री फ्री भने तर जनताका मूल समस्या ज्युँ का त्यूँ रहें, हो यहाँ पनि हुने त्यही हो रवि लामिछाने लाई थाहा छैन र उनकै नाककै अगाडि काठमाडौ कै मुटुमा बिहान चार बजे देखि पासपोर्टको लाइन? छिटो काम हुने भन्दै पाँच हजार दस हजार माग्दै घुमिरहन्छन दलालहरु, के रविका अन्धभक्त झोलेहरुलाई थाहाँ छैन र? के तिनीहरू रबैकै मान्छे त होइनन, नत्र किन जोगाउँछौं भगवान बनेर पनि। मेरो कुरो रवि लामिछाने र उनका समर्थक को विरोध होइन। नीति सिदान्त बिनाको राजनीति दुई दिन को घामछाँया मात्रै हो, सत्ता र शक्तिमा टिकिरहन विभिन्न प्रकारका हाथकण्डा तौर तरिका अपनाउन सक्छन् तर जनताका समस्या ज्यू का त्यु रहने छन् किनकि आमूल परिवर्तनको राजनीति यिनीहरू सँग छैन। प्रचण्ड देउवा ओली दात फुक्लिएका बुढो बाघ हुन राजनैतिक वैचारिक स्खलन ले उनीहरूलाई बाँच्नको लागि सस्तो लोकप्रियताको हावा राजनीति गर्न बाध्य छन। वैचारिक स्खलन भएका दल व्यक्ति र उनका अन्धभक्त लाई बोकेर हिड्ने मीडिया पत्रिका अनलाईन दलाल हुन, उनको पित पत्रकारिता ले समाज दशकौ सम्म यस्तै अन्धकारमा रोमली रहने छ। यो सन्दर्भमा झिम्रुक पोस्ट सजक र जागरुक भएको पाइन्छ। झिम्रुक पोस्ट ले कसैलाइ कहिलै भगवान मानेन। भगवान मान्ने अन्धभक्त झोलेहरूलाई ठाउँ दिएन। नेपालमा भएको धार्मिक सांस्कृतिक हमला, दलाल पुँजीपति वर्गको नोकरशाही सञ्जाल को घेरामा बन्दी बनेको नेपाल सरकारले स्वतन्त्र निर्णय लिन सक्दैन।

यसको विरोधमा जनताको आवाज बनेर तपाईं हामीलाई भेट गराउने झिम्रुक पोस्ट लाई हार्दिक धन्यवाद छ, मेरो विचार लेखनशैली मन पराएर लाइक कमेन्ट शेयर गर्नुहुने समस्त आत्मिय मनहरुको लागि मेरो अन्तर्मन देखि अभिनन्दन कोटी कोटी प्रणाम गर्दछु। नयाँ सन्दर्भ सामग्रीहरू हरु सहित लगातार भेट हुने वाचा गर्दछु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal