शनिबार, साउन १२, २०८१

आखिर कसरी चल्छ यो देश ?

दिवश राज पौडेल , काठमाडौं

हरक दिन जस्तै गरी साँझको 8 बस्नै लाग्दा नेपाल खबर सुन्छु भनेर विस्तारमा पल्टिएको थियो एकैछिनमा यतिबेला साँझको ८ बज्यो भन्दै खबरको धुन बज्न थाल्यो , त्यो धुन सुन्ना साथ मनमा एउटा प्रश्न उत्पन्न भयो आखिर कसरी चल्छ यो देश ? यत्तिकैमा मुख्य खबर सुरु भयो ,
“प्रधानमन्त्री ओलि र माधव नेपाल विचको तिक्तता झनै पेचिलो बन्दै”
“प्रचण्ड र जसपा नेता विच सत्ता समीकरणको बाटो खोज्ने सहमति”
“नेपाली काँग्रेस भित्रै सत्ता समीकरणका विषयमा दुइ धार”
यति सुन्ने पछि दिक्क लाग्यो र मुबाइलबाट एरफोन झिकेर कुना तिर मिल्कादिए , दिक्क नलागोस पनि कसरी यहि सत्ता समीकरण, पार्टी विवाद, सहमति असहमति जस्ता खबरहरु सुन्दै मेरो जीवनको एक चौथाई भाग सकिसकेको छ। अनि त्यही प्रश्नको उत्तर खोज्दै सोंच्न थाले

हामी व्यवारिक शिक्षाको माग गरिरहँदा मैल पढेको र व्यवारमा देखेको राजनीतिमा किन यति धेरै फरक ? के मैले पढेको “देश र जनताको हक र हितका लागि उनीहरु माथी गरिने वा बनाइने शासन वा निति नै राजनीति हो ” भन्ने गलत व्याख्या हो त ?? यदि होइन भने मैले हरेक दिन आँखा खुल्ना साथ सुन्ने कायकैरणमा जनताको हितको निमित्त वैठक बस्यो भनेर किन भन्दैन ? कि समाचार संपादकहरुले यस्ताकुरालाई समय नदिएका हुन त ? यो मेरो व्यक्तिगत प्रश्न हुँदै होइन । मेरो हजुरबुबा जिन्दगी बुझेर संसार छोडेर जाने बेला सम्म नेपाली राजनीतिको वास्तविक अर्थ बुझ्न गर्नु सक्नु भएन । मेरो विचारसँग असहमत हुने थुप्रै ठाउँ होलान तर एक पटक छातिमा हात राखेर भन्नुहोस त तपाईं अनि मैले बनाएका प्रतिनिधिहरुको केन्द्रिय कमिटी ,स्थाइ कमिटी , मन्त्री परिषद या आरु कुनै पनि वैठको मुख्य एजेन्डा जनताका समस्य भन्ने देख्नु भएको छ ?

एकजना मान्य ज्युको भनाइ याद आयो नाम उल्लेख नगरौं ” म पहिलो संविधान सभाव देखी निरन्तर संसद छु र पार्टी , सरकार हुँदै प्रतिपक्ष तगाएतका हरेका तत्कामा बस्ने अवसर मिल्यो , धेरै वैठकहरुमा समेल भए तर आज सम्म सत्ता र शक्ति बाहेका विषयमा छलफल भएको मेरो मस्तिष्कलाई याद छैन” त्यसो भए यो देश चल्छ चाहिँ कसरी ?? यथार्थमा यहाँ देश चलेकै छैन चलेको छ त केवल राजनीति , एक वर्षमा ४ वटा पुल बन्छ ४-५ किमि बाटो बाटो बन्छ अझ धेरै भयो भने २-४ ओटा सार्वजनिक सौचालय भन्छ अनि केहि नपाए पछि त्यही कुरालाइ आफ्नो पालामा भएको प्रगति भन्न भ्यउँछन र उद्घाटन गर्दै हिँड्न भ्याइनभ्याई हुन्छ । २-३ ओटा शौचालय बनाउन र उद्घाटन कै प्र.म बनाएका हुन त जनताले ? एक जान वरिष्ठ पत्रकार प्रेम बानियाले भनेको याद आयो “२६ वर्ष अगाडि पनि एक दर्जन कै दबददा थियो आहिले पनि तिनै एक दर्जनको हालिबुहाली छ”
यो देशको स्थिती फर्ने बेल्चाहरु आजसम्म कसैले चलाएकै छैन चलाएको छ त सत्ता र शक्तिका कुर्सीहरु , त्यसैले कहिले काँही यस्ता व्यस्त नेतृत्वहरुलाइ हेर्छु अनि सोंच्छु साँच्चै भगवानले नै चालाएका छन यो देश ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal