बिहिबार, बैशाख १३, २०८१

हात्ती पाटी पछारिएको र भक्तहरु सति गएको दिन

 

शंकर प्रसाद पोख्रेल

मैले केही धर्मग्रन्थहरुपनी पढेको छु, त्यसको अलबा बिपिको आत्मबृतान्त ,गान्धि,र नेल्सन मन्डेलका किताबहरु हेर्ने जमर्को पनि गरेको थिए, मार्क्सवादी शिक्षा अरु सिक्षा भन्दा  अलिक बढिनै अध्यान गर्ने बानिले होला मार्क्स ,लेलिन ,स्टालिन ,माओ,हुचिमिन्हाका लेख रचना समय मिलेसम्म अध्यान गर्नेबानी छ। तरपनी मैले जति अध्यान गर्नुपर्नेहो त्यति अध्यान गर्न सकिरहेको छैन  अहिलेको  सत्ताराजनिति बजार हल्ला जत हाबा बग्गो त्यतै हंमा हं मिलाउने जमात देखेर  मान्छेहरु बिना अध्यान सामाजिक संजालमा आएको कुरालाइ तर्क बनाउने गर्छन ,त्यसले  हाम्रो समाजलाइ का पुराउछ हेर्न बांकी छ।

अहिले हाम्रो देशको अबस्था अत्यन्तै नाजुक छ, बहुदलीय ब्यबस्थापछि पटक पटक सत्तामा गएका नेपालका ठुला दलहरु विशेष गरेर कांग्रेस एमाले माओबादीहरुलाइ पालैपालो नेपाली जनताहरुले सत्तामा पुराए ।

बहुदलीय ब्यबस्थापोछी नेपालले बिकासमा कोट्ले फेर्छ भनेर नेपाली जनताहरु ढुक्क थिए,नेपालमा बिकास हुनुत परै जाओस पंचायती ब्यबस्थामा छिमेकी देशहरुले स्थापन गर्देका कलकारखाना कांग्रेसको सरकारको पाला बेच्ने काम भयो।
सरकारी उधोगहरुलाइ कौडिको मुल्यमा मध्यरातमा बेचेर खायो गण्डकी ,कोसि ,महाकाली नदि भारतलाइ सुम्पेर नेपालको राष्ट्रियतामाथी कालो धब्बा लाउने काम कांग्रेसले गर्यो ,त्यति मात्र होइन  आज हाम्रो देशको सिमाना भारतले राता रात मिच्ने गरेको छ तर सासक बर्ग हरु बोल्न सक्दैनन? याबत गलल काम गरेर  कांग्रेसले आफ्नो सक्कली अनुहार जनताहरुलाइ देखाएपछि
नेपाली जनताहरुमा बिस्तारै कम्युनिष्ट मोह जाग्न थालेको थियो त्यहिबेला

कम्युनिष्ट नामधारी एमालेले कांग्रेस शीत मिलेर महाकाली भारतलाई बेच्ने काम गर्यो।

२०५१ को मध्याबधी निर्वाचनमा एमालेको अल्पमतको सरकार बन्यो मनमोहन अधिकारिले केही सकारात्मक काम गरे ।पोछी त्यो सरकार ढालियो रप्रपा एमाले कांग्रेस आदि सरकार हरु बन्दै गए तर नेपाली जनताहरुको अबस्थामा कुनै परिवर्तन आएन।

तत्कालीन गिरिजा सरकारले गरेको दमनका कारण रुकुम रोल्पाबाट माओबादी बिद्रोह सुरु भयो सुरुमा सबैलाइ लाग्यो यो दुइचारदिनमा सकिन्छ तर माओबादी बिद्रोहले देशब्यापी आकार लियो ठुला ठुला फौजी आक्रमण गर्यो देश गृहयुद्धको भुमरिमा फस्यो ।,त्यसैको बिचमा राजा बिरेन्द्रको बंश नास गर्नेकाम भयो कस्ले गर्यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन?अर्को चर्चित हत्याकान्ड दासढुङ्गा कान्डमा मारिएका मदन भण्डारी र जिबरात आस्रितको हत्या कस्ले गर्यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन?

एमालेकै राष्ट्रपति र पटक पटक प्रधानमन्त्री हुंदासमेत त्यस बिसयमा छानबिन गरिएन।
तत्कालीन राजा ज्ञानेन्द्रले असंक्षम भन्दै राजनीतिक पाटिहरुलाइ प्रतिबन्ध लगएपछि बिद्रोहि माओबादी र सात राजनीतिक पाटिको बिचमा मिलेर संघर्ष गर्ने निणयपोछी दोस्रो जन आन्दोलन भयो र तत्कालीन राजाले गद्दी छाडे,।

त्यसपछि संविधान सभाको चुनाव भए पहिलोमा माओबादीले अत्याधिक सिट जित्यो तर जातिबादी चिन्तनका कारण संबिधान बन्न सकेन त्यतिबेला माओबादिका नेता कार्यकर्ताहरु उग्र बने अहंकारी बने जनताहरुका काम भन्दापनी आफू बन्नेतिर लागे मुलुकलाइ सिंगापुर बनाउने भासण छाट्दै  हिड्ने प्रचण्ड बाबुरामहरुले देश बिकासमा कुनै नयाँ भिजन ल्याउन साकेनन त्यस कारण  टफुटकाबिचमा माओबादी आन्दोलन अहिले विघटन जस्तै भयो।

एमाले र माओबादी मिलेर कम्युनिष्ट पाटी गठन गरे त्यस्को राम्रै नतिजा आयो बामपंथीहरुको करिब देशमा दुइतिहाइ बहुमत आयो,दुइतिहाइ बहुमत आइसकेपोछी ओलि प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरे जनताहरुको काम गर्नुको सट्टा उनले भारतीय साम्राज्यवादको इसारामा संसद विघटन गरे कम्युनिष्ट पाटी विघटन गरे , र असंवैधानिक कार्य गर्न पुगे ,नेपाली जनताहरुले बामपंथी बिचरालाइ दुइतिहाइको मत दिएर देशको भबिस्य देखीरहेको बेला बामपंथी नेता विशेष गरेर ओलिलेनै त्यसलाई छिन्नभिन्न पार्ने काम गरे ।

 

तत्कालीन नेकपा बिभाजन हुनुमा मुख्य रुपले ओलि जिम्मेवार भएपनी वास्तविक कारण भने प्रचण्ड  ,ओलि,माधब नेपाल झलनाथ खनाल  ,बामदेब गौतम , नारायणकाजी श्रेष्ठ हरु  लागयतका गुट र उपगुटहरुका  आ – आफ्ना व्यक्तिगत सत्ता  स्वार्थ  नै प्रमुख कारण थियो।

त्यसपछि नेपाली जनताहरुले विकल्प खोज्न थालेका हुन पुराना दलहरुबाट नेपाली जनताहरुले बारम्बार पाउने गरेको धोकाले बिकल्प खोजिरहेक थिय , जनताहरु दलहरूको व्यबहारले आजित थिए, त्यसैको बिचमा एकजना नामि पत्रकार रबि लामिछाने एकाएक राजनीतिमा आए,उनले पत्रकार गर्दा नेताहरूलाई जबाफ माग्ने गरेकाथिए,उनको पत्रकारिताले नेपालीहरुको मनमा बस्न सफल भए,एक्कासि उनले साम्राज्यवादको इसारामा पार्टी निर्माण गरे उनको पाटिको नाम र चुनाव चिन्ह अमेरिकी स्वतन्त्र पाटिशीत ठ्याक्कै मिल्छ।

जेसुकै मिलेपनी नेपाली जनताहरुले ठुला दलहरूका विरुद्ध अहिलेको उपचुनावमा बिद्रोह गरे र रबिले अत्यधिक बहुमतले चुनाव जिते। रबिकका पक्षमा परेको मत जनताहरुको बिद्रोहको मत हो । आज देशको अबस्था दिन दुइगुना रात चौगुना चौपट हुँदै गइरहेको छ  नेपालले धान्नै नसक्ने प्रदेश संरचनाका कारण देशको अर्थतन्त्र डामडोल भएको छ। नेपाली जनताहरुको लागि प्रदेश संरचना अहिले गलाको पासो साबित भएको छ।नेपाली जनताहरुले नचाहंदा नचाहदै बिदेसिको  इसरमा चोर बाटो बाट नेपालमा संघीयता नामको  बीसवृक्ष रोप्ने काम भयो ।यो गलत थियो।त्यसो भएको हुंदा यो संघीयतालाई तुरुन्तै खारेज गरेर  जानुपर्ने अहिलेको टड्कारो आवश्यकता छ। देशमा  विद्यार्थीहरुले पढछन तर देशमा रोजगार पाउदैनन ,आजसम्म ठुलादलहरुले सत्ता चलाएर आफ्ना नातागोता दुइचारजना चुल्ठेमुन्द्रे गुन्डाका नाइकेहरु ठेकेदारहरु माफियाहरुलाइ मात्र संरक्षण गरे। त्यो कुरा अब नेपाली जनताहरुलाइ पाच्य हुनेबाला थिएन, त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टमा अहिलेपनी दिनको दुई हजार युबाहरु बिदेश पलायन हुनेगरेकाछन।

देशमा रोजगार न पाएर बिदेसिन बाध्य नेपाली युबा युबतिहरुको दैनिक पाचओटा लास त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भित्रने गर्दछ।

देशको अबस्था र वास्तविक चित्र यस्तो हुंदाहुंदा आफुलाइ ठुला दल बताउने नेताहरु लुट्ने कमाउने तिर लागेपछि सधैभरी नेपाली जनताहरुले उनिहरुको पुच्छर समाएर हिड्ने कुरा भएन त्यसको बिकल्पको रूपमा अहिलेको उपनिर्बाचनमा त्यहांका जनतहरुले बिद्रोह गरेर भोट दिए।

भोट पाएर जितेपछि रबिका समर्थकहरुमा अहंकार देखिएको छ जुन अहंकार हिजको गिरिजा कांग्रेसमा थियो ,माओबादिमा थियो एमालेमा थियो ठ्याक्कै अहिले त्यो अहंकार रबि र उनका सर्मथकमा देखिन थाल्नुले उनिबाट देशले अशा गर्निमात्र होकि भन्ने संका उत्पन्न भएको छ।
युक्रेनको राष्ट्रपतिमामा यस्तै अहंकारका कारण अहिले युद्धको भुमरीमा फसेको छ साम्राज्यवादबाट हातहतियार लिएर रुस विरुद्ध लगातार जाइ लागेकाछन तर देश पुरै अध्यारोमा डुबेको छ।

रबिहरुलाइ पनि कतै साम्राज्यवादले प्रयोग गरेर हाम्रो देशको भु राजनीति माथी गिद्दे नजर लगाइरहेका छैनन ,?प्रस्न उठाउनेठाउँ छ।आज रबि भक्तहरु जसरी फरक बिचार माथी असभ्य भासामा जाइ लाग्नेगरेकाछन यो हाम्रो देशको समाजिक बिसयबस्तुशीत सुहांउदो छैन।

 

राष्ट्रिय स्वतन्त्र पाटिको आधिकारिक एजेन्डा केहो?एमसिसी बारे स्वतन्त्र पाटिको धाराणा  अब स्पष्ट भएको छ किनभने एमसिसिका कट्टर समर्थक डाक्टर स्वडिम वाग्लेलाइ  उपचुनबमा उक्त पाटिले टिकट दिएर सांसद बनाइसकेको अबस्था छ, रास्वपा रबि ,रबिभक्तहरूलाई मेरो प्रस्न छ?

 

राष्ट्रघाती नगरिता बिधेयक बारे तपाईंहरुको धाराणा केहो?एमसिसी ,एसपिपि ,र संघीयता बारे तपाईंहरुको धाराणा केहो स्पष्ट खुल्ने गरि जनताहरु समक्ष कहिले राख्ने?

 

कुनैपनी राजनीतिल पाटिको बिचार हुन्छ रास्वपको वास्तविक राजनीति बिचार अहिलेसम्म जनतहरुको सामु स्पष्ट रूपमा किन आउन सकेको छैन,?

अज अचम्मत के देखियो भने केही महिलाहरुले आफू रबिसित नै सति जाने कुरा बाहिर खुल्ला समाजमा भन्दै हिड्नु अहिलेको एक्काइसौं सताब्दिमा मेल खाने कुरा होत?

मानव समाजमा  राजनीति र बिचारहरु फरक फरक हुन्छन सबैले आ आफ्ना बिचार र राजनीति गर्न छुट हाम्रो संबिधानले दिएको छ , उनका भक्तहरू फासिबादि बाटोमा जान खोज्नुनै रबिलाइ असफल बनाउनुहो।

 

सामाजिक चेत भएको ब्याक्तीहरुले सामाजिक रूपमा आलोचना गर्नु सहि हुन्छ तर असामाजिक र अभ्रद्र व्यबहारले अर्को बिद्रोहको जन्म लिउछ सबैलाइ चेतना भया।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?