शनिबार, साउन १२, २०८१

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र हाम्रा प्रतिवद्दता “

बिन बहादुर रेग्मी

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत स्थित नेपालीहरुको साझा लोकप्रिय विशाल एक बिशुद्ध सामाजिक संगठन हो भन्दाभन्दै पनि यो एक देशभक्त आमूल परिवर्तनकारी सचेत बौद्धिक व्यक्तित्वहरुको लौह अनुशासित दस्ता हो। त्यसकारणले पनि मूल प्रवाहले हरेक तह र समितिमा हुने गर्ने निर्णयको राष्ट्रिय र ऐतिहासिक महत्व हुने गर्छ। भारतका गाउँ शहर गल्ली गल्लीमा जम्मू कश्मीर देखि कन्याकुमारी , गुजरातको कच्छ भुज देखि असम बंगालको बगर सम्म नेपाली माथि हुने अन्याय अत्याचार, कुटपिट, बलात्कार जस्ता जघन्य अपराधलाई मूल प्रवाहले आफ्नो ठाउँमा नजिकबाट समस्या हल गर्ने प्रयत्न गर्दै आएको लामो इतिहास छ। जहाँ समाज संगठन राम्रो छ त्यहाँका मानिसहरूले सुरक्षित महसुस गरेका छन र अविभावक पाएका छन। विपतको घडीमा नेपालीहरुलाई आई पर्ने बेसाहारा अलपत्र परेका बेखर्ची असहाय मानिसहरूको लागि सक्दो सहयोग गर्नु दैनिकी नै बनेको छ। साँच्चै भन्ने हो भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासी शोषित पीडित नेपालीहरुको लागि विश्वविद्यालय हो भन्दा फरक पर्दैन।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सांगठनिक संरचना पाँच इकाईमा बाँडिएको विधानमा उल्लेख छ।
(०१) केन्द्रीय समिति (केन्द्रीय परिषद)
(०२) क्षत्रिय समिति
(०३) नगर समिति
(०४) एरिया समिति
(०५) टोल समिति

दिनांक 2जुलाई 2023 मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन र सुरत नगर समितिको संयुक्त आयोजनामा भर्खरै सफल र सम्पन्न पश्चिम भारत क्षत्रिय सम्मेलन संदेश सभा र नगर भेला घोषणा सभा तथा महिला नगर प्यानल घोषणा सभा भव्य र शानदार रूपमा हुन गइरहेको छ। जसमा रक्तिम सांस्कृतिक परिवारको बेजोड प्रस्तुती रहने अपील सार्वजनिक भएको पनि छ। हामी त्यतिबेला केही प्रतिबद्धता गर्नेछौं। जसमा एकता समाज भित्रका साथीहरु सधैं तत्पर रहनेछन्। विरोधीले भनेको जस्तो कोही हिरो बन्न, अर्काको छोरी श्रीमती माथि गलत नजर लगाउन, नाफा र घाटाको व्यापार गर्न आउनेहरूलाई कुनै ठाउ छैन। यहाँ केवल समाज सेवाको लागि तपाईंको स्वागत गरिन्छ। हामी तपाईहरुको घर दैलोमा पुगेर दैनिकी समस्या संग एकाकार हुने प्रयत्न गर्नेछौं। सबै सबैलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनी गोलबन्द गर्नेछौं, नबुझेका लाई बुझाउने छौं, बुझेर पनि बुझ पचाउने मुर्खहरुलाई पनि भेटेर सम्झाउने प्रयास गर्नेछौं। मुर्खहरु बुझ्दैनन्  सम्झिदैनन्  त्यो पनि थाहाँ छ तर हामी कोसिस गरिरहन्छौं।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal