सुरेश थापा
हरेक कम्युनिस्ट कार्यकर्तामा क्रान्तिकारी उत्साह हुनु आवश्यक छ । त्यसले मात्र लगातार र सक्रियताका साथ पार्टी र सङ्घर्षमा भाग लिन, क्रान्ति र जीवनका लागि परसम्म हेर्न, दृढता र बलिदानको भावनालाई कायम राख्न सम्भव हुने छ ।
कतिपय कार्यकर्ताहरूले सिद्धान्तत: माक्र्सवादी–लेनिनवादी दर्शन र राजनीति अपनाए पनि उनीहरूमा त्यो क्रान्तिकारी उत्साह हुँदैन । परिणाम यो हुन्छ कि उनीहरूमा क्रान्तिप्रति निराशा, पलायन, निष्कृयता वा प्रतिक्रान्तिकारी भावना विकास हुँदै जान्छ । अन्तत: उनीहरूले पहिले अपनाएको माक्र्सवादी–लेनिनवादी दर्शन छोड्दै जान्छन् । कतिपय त प्रतिकृयावादी कित्तामा समेत सामेल हुन पुग्दछन् ।
क्रान्तिकारी उत्साह कसरी पैदा हुन्छ ? यसलाई निरन्तरता दिन कसरी सम्भव छ ? यो महत्त्त्वपूर्ण प्रश्न हो । यो सबै धेरै हदसम्म हामीले अपनाएको दृष्टिकोणमा निर्भर रहन्छ । सही दृष्टिकोणका आधारमा मात्र व्यक्ति, समाज, आन्दोलन, क्रान्ति, जीवन र जगत्सम्बन्धी वा अन्य कैयौँ प्रश्नबारे सही समझदारीमा पुग्न सकिन्छ । विषय वा घटनाबारे सही समझदारीको अभावमा क्रान्तिकारी उत्साह पैदा हुन सक्दैन । यसरी क्रान्तिकारी उत्साहसँग सही दृष्टिकोणको निर्माणले महत्त्त्वपूर्ण स्थान राख्दछ । त्यो सही दृष्टिकोण भनेको द्वन्दात्मक भौतिकवादी दृष्टिकोण हो अथवा सर्वहारा विश्वदृष्टिकोण हो ।
सर्वहारा दृष्टिकोण कमजोर हुँदै जान्छ वा पुँजीवादी दृष्टिकोण हावी हुदै जान्छ, निष्कृयता, पलायन वा निराशा बढ्दै जान्छ । क्रान्ति “टाढा” को विषय बन्न पुग्दछ । समाज, जीवन र क्रान्तिप्रति निराशा बढ्न थाल्छ ।
हामी जति सर्वहारा दृष्टिकोण अपनाउँदै जान्छौँ, क्रान्तिकारी उत्साह बढेर जान्छ । त्यसको ठिक विपरीत सर्वहारा दृष्टिकोण कमजोर हुँदै जान्छ वा पुँजीवादी दृष्टिकोण हावी हुदै जान्छ, निष्कृयता, पलायन वा निराशा बढ्दै जान्छ । क्रान्ति “टाढा” को विषय बन्न पुग्दछ । समाज, जीवन र क्रान्तिप्रति निराशा बढ्न थाल्छ । त्यसैले गलत दृष्टिकोणलाई परित्याग गर्ने र सही दृष्टिकोणलाई अपनाउने सवालमा अत्यन्त गम्भीर हुनुपर्दछ ।
सही दृष्टिकोण निर्माण एकैपटकको प्रयत्नबाट भने सम्भव हुन सक्दैन । त्यसका लागि बारम्बारको प्रयत्न आवश्यक छ । यहाँनेर के कुरामा ध्यान जानु आवश्यक छ भने एकपटक सही दृष्टिकोण अपनाइएको आधारमा त्यो दृष्टिकोण सधैँ कायम रहिरहन्छ र हाम्रा निष्कर्ष पनि सही रहिरहन्छन् भन्ने सोचाइ सही होइन । परिस्थितिमा आउने परिवर्तनले दृष्टिकोणमा पनि परिवर्तन ल्याउँछ र हाम्रा निष्कर्ष पनि परिवर्तन हुँदै जान्छन् । त्यसैले व्यवहार र विचारका क्षेत्रमा देखा पर्ने गैरसर्वहारा दृष्टिकोणका विरुद्ध लगातार र दृढतापूर्वक सङ्घर्ष गर्नुपर्दछ । यसलाई माक्र्सवादीहरूले “निरन्तर क्रान्ति” को रूपमा व्याख्या गर्ने गरेका छन् ।
क्रान्तिकारी उत्साहका लागि निम्नपुँजीवादी विचारबाट मुक्त हुनुपर्दछ । निम्नपुँजीवादी विचारको आधारमा भनेको व्यक्तिवाद हो । यो यस्तो प्रवृत्ति हो, जसमा सङ्गठनमा लगनशीलता र अनुशासनमा दृढताको अभाव हुन्छ । यसले क्रान्तिको हितलाई भन्दा व्यक्तिगत स्वार्थ र महत्त्त्वाकाङ्क्षालाई माथि राखेर सोच्ने गर्दछ । निम्नपुँजीवादी तत्त्वहरू आफ्नो स्वार्थमा बाधा नपर्ने अवस्थासम्म सक्रिय हुन्छन् तर सुरुमा जति सक्रियता, जोस, उत्साह र वीरताको प्रदर्शन गरेतापनि जब स्वार्थमा बाधा पर्न थाल्दछ, उनीहरू निस्क्रिय र पलायन हुन थाल्दछन् । जति निम्नपुँजीवादी दृष्टिकोण हाबी हुँदै जान्छ, त्यो क्रमले तीव्रता पाउँछ । व्यक्तिगत जीवन र पारिवारिक स्वार्थ प्रधान बन्न जान्छ, पलायन र गद्दारीको बाटो रोज्न पुग्दछन् । यसका विपरीत जति सर्वहारा दृष्टिकोणको विकास हुँदै जान्छ, त्यहाँ सक्रियता, जोस बढ्दै जान्छ । क्रान्तिकारी उत्साह पनि माथि हुन्छ ।
निम्नपुँजीवादी चिन्तन गैरमाक्र्सवादी विचारधारा हो । निष्कर्षमा यो पुँजीवादी विचार हो । सङ्गठन र अनुशासनको क्षेत्रमा यो अराजकतावादको रूपमा प्रकट हुन्छ । यस प्रकारको चिन्तनका कारणले गर्दा जीवन, जगत्, वर्गसङ्घर्ष वा क्रान्तिको बारेमा सही दृष्टिकोण अपनाउन उनीहरूका लागि सम्भव हुँदैन । उनीहरू क्रान्ति लामो र जटिल प्रक्रिया हो भन्ने कुरा बुझ्न सक्दैनन् । त्यही क्रान्तिप्रतिको शीध्र सफलताको चाहनाले “वामपन्थी” दुस्साहसवादको जन्म दिन्छ । यो वास्तवमा क्रान्तिप्रतिको निराशा, कुण्ठा, महत्त्वाकाङ्क्षा र क्रान्तिकारी अधैर्यताको परिणाम हो । “वामपन्थी” दुस्साहसवाद अन्तत: दक्षिणपन्थी अवसरवादमा पतन हुन पुग्दछ । त्यसैले निम्नपुँजीवादी अराजकतावादको विरुद्ध दृढतापूर्वक सङ्घर्षको नीति अपनाउनु पर्दछ ।
यदि दृष्टिकोण मजबुत छ भने जतिसुकै प्रतिक्रान्तिकारी वातावरण भए पनि वा कठिन अवस्थामा पनि क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।
क्रान्तिकारी उत्साहका लागि क्रान्तिकारी वातावरणले पनि आफ्नै महत्त्व राख्दछ । क्रान्तिकारी वातावरणले क्रान्तिकारी विचार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय: भेला, सम्मेलन, प्रशिक्षण वा आन्दोलनका बिचमा बढी सक्रिय हुने, जिम्मेवारी बढी लिन प्रयत्न गर्ने गरेको पाइन्छ किनभने त्यो अवस्थामा क्रान्तिप्रतिको विश्वास बढेको हुन्छ । यसको विपरीत घरपरिवार, सम्पत्ति, विरोधी शक्तिहरूको बाहुल्यता, रूढिवादी धर्म संस्कृतिको बिचमा हुँदा त्यो उत्साह त्यही रूपमा रहिरहेको पाइँदैन । त्यो घटेको महसुस हुन्छ । त्यसबाट के प्रष्ट हुन्छ भने क्रान्तिकारी वातावरणमा क्रान्तिकारी उत्साह बढेको हुन्छ र प्रतिक्रान्तिकारी वातावरणमा त्यो घट्न पुग्दछ । त्यसैले सधैँ आफूलाई क्रान्तिकारी वातावरणमा राख्ने लगातार प्रयत्न गर्नुपर्दछ । माक्र्सवादी–लेनिनवादी दर्शन, साहित्य, क्रान्तिकारी व्यक्तित्वको जीवनीको अध्ययन गरेर, जनवादी गीतसङ्गीत सुनेर, बढीभन्दा बढी जनताको बिचमा पुगेर पनि हामी त्यो वातावरण बनाउन सक्छौँ तर मुख्य कुरा सर्वहारा विश्वदृष्टिकोणको निर्माण नै हो । ऐतिहासिक द्वन्दात्मक भौतिकवादको गहिरो अध्ययनबाट नै सर्वहारा दृष्टिकोण निर्माण हुन्छ । यदि दृष्टिकोण मजबुत छ भने जतिसुकै प्रतिक्रान्तिकारी वातावरण भए पनि वा कठिन अवस्थामा पनि क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।
प्राय: कार्यकर्ताहरूले आफ्ना अगाडि देखा परेका “यथार्थ” बाट विचार निर्माण गरेको पाइन्छ । त्यो “यथार्थ” हामीले सोचे जस्तो, हामीले चाहे जस्तो छैन । त्यो निराशावादी छ । त्यसले क्रान्तिकारी उत्साह पैदा गर्दैन । ठुलो, शक्तिशाली पार्टी, सशक्त क्रान्तिकारी आन्दोलन, क्रान्ति, नयाँ जनवाद, समाजवाद हाम्रा चाहना हुन् तर त्यसको ठिक विपरीत पार्टीमा फुट, विभाजन, पलायन, निष्क्रियता, दुस्मनशक्तिहरूको बाहुल्यता आदिले क्रान्तिकारी शक्तिहरू एकदम कमजोर अवस्थामा छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा छ । रुस, चीन जस्ता समाजवादी देश पुँजीवादमा पतन भएका छन् । साम्राज्यवादी, पुँजीवादी शक्तिहरू कैयौँ गुणा बलिया भएका छन् । यी हाम्रा अगाडिका “यथार्थ” हुन् । यस प्रकारको “यथार्थ” को सीमाभित्र हामीले सोचाइ बनाउन थाल्यौँ भने त्यसले हामीमा कुनै प्रकारको क्रान्तिकारी उत्साह पैदा गराउने छैन बरु निष्क्रिय, पलायन र निराशावादी मात्र बनाउने छ ।
पार्टीभित्र देखा पर्ने फुट, विभाजन पनि यस प्रकारको परिस्थिति निर्माणका लागि धेरै जिम्मेवार छ । वास्तवमा हामीले फुट, विभाजन भनेतापनि त्यो फुट र विभाजन नभएर क्रान्ति र परिवर्ततप्रतिको निराशा हो । त्यो पलायन हो । यस प्रकारको चिन्तनको सिकार सामान्य कार्यकर्ता मात्र होइन, पार्टी, आन्दोलन र जनताले विश्वास गरेका, लामो आन्दोलनको पृष्ठभूमि बोकेका नेताहरूसमेत हुने गरेका तथ्य हाम्रासामु रहेका छन् । त्यस प्रकारको तथ्यका पछाडिको वास्तविकतालाई सही ढङ्गले बुझ्न नसक्दा तल्ला र पछिल्ला पिँढीका कार्यकर्तामा थप निराशा पैदा हुने वा पार्टी र क्रान्तिका लागि जीवन होम्ने सवालमा हिच्किचाहट पैदा हुने गरेको देखिन्छ ।
क्रान्तिकारी उत्साहलाई कायम राख्न हामीले हाम्रा अगाडिको “यथार्थ” भन्दा माथि उठेर देश, काल, परिस्थितिलाई हेर्न सक्नुपर्दछ । समाजका घट्ना, परिस्थितिलाई उनीहरूमा अन्तर्निहित अपरिहार्य परिवर्तनको नियमसँग जोडेर हेर्न सक्नुपर्दछ ।
त्यस प्रकारको अवस्थामा क्रान्तिकारी उत्साहलाई कायम राख्न हामीले हाम्रा अगाडिको “यथार्थ” भन्दा माथि उठेर देश, काल, परिस्थितिलाई हेर्न सक्नुपर्दछ । समाजका घट्ना, परिस्थितिलाई उनीहरूमा अन्तर्निहित अपरिहार्य परिवर्तनको नियमसँग जोडेर हेर्न सक्नुपर्दछ । त्यसरी मात्र हामीले क्रान्तिकारी उत्साह कायम राख्न सक्ने छौँ ।
यसरी जब हामीले आफ्ना अगाडिको “यथार्थ” भन्दा माथि उठेर टाढा र अगाडि हेर्न थाल्दछौँ, त्यहाँ हामीले क्रान्तिकारी उत्साह पहिलेको भन्दा कैयौँ गुणा बढेको पाउँछौँ किनभने हामीले त्यहाँ “आजको दुनियाँभरि र स्वयम् हाम्रो देशको कठिन र प्रतिकूल स्थितिका बाबजुद क्रान्तिका असीम सम्भावनालाई हाम्रा अगाडि उभिएको देख्ने छौँ; दुनियाँका महाशक्तिको दबदबा र वैभवका ठाउँमा उनीहरूका चिहान देख्ने छौँ† हाम्रो आजको कमजोर पार्टी र टुटेफुटेको कम्युनिस्ट आन्दोलनका ठाउँमा क्रान्तिकारी सङ्घर्षका ज्वारभाटालाई देख्ने छौँ† विश्वमा करोडौँकरोड मिहिनेतकस जनतालाई क्रान्तिको काममा अगाडि बढिरहेको देख्ने छौँ । आज स्वयम् पार्टीभित्र पनि काफी प्रभाव जमाएका प्रतिक्रियावादी, पुँजीवादी, निम्नपुँजीवादी र रूढिवादी सोचाइका ठाउँमा महान् सर्वहारा सांस्कृतिक आन्दोलन सफल भएको देख्ने छौँ” (मोहनविक्रम सिंह, चार दशक, भाग १, पृष्ठ ५५१) ।
निम्नपुँजीवादी तत्त्वमा पनि क्रान्तिकारी उत्साह पाइन्छ । उनीहरूमा पनि उच्च प्रकारको त्याग, बलिदान र वीरताको प्रदर्शनका उदाहरण कैयौँ पाइन्छन्, जसका कारण आन्दोलनमा केही सफलता प्राप्त हुन्छन् वा जनताको समर्थन प्राप्त हुन्छ तर उनीहरूको क्रान्तिसम्बन्धी धारणा अवैज्ञानिक र निम्नपुँजीवादी अराजकतावादी सिद्धान्तमा आधारित भएकाले तिनीहरूबाट क्रान्तिलाई होइन, प्रतिक्रान्तिलाई नै बढी फाइदा पुग्दछ । उनीहरूले आन्दोलनमा प्राप्त गरेका सफलता वा जनसमर्थन पनि अस्थायी मात्र हुन पुग्दछ र ती छिट्टै हराएर जान्छन् । निम्नपुँजीवादी तत्त्वमा पाइने क्रान्तिकारिपन लेनिनको भनाइबाट अरू प्रष्ट हुन सकिन्छ । निम्नपुँजीवादी क्रान्तिकारिपन लेनिनका शब्दमा “टुटपुँजिया सम्पत्ति, साना गृहस्थीको क्रान्तिकारिपन” हो ।
यस प्रकारको क्रान्तिकारिपनको चर्चा गर्दै लेनिन लेख्दछन् : “यो क्रान्तिकारीपनको सीमासम्म त सजिलै पुग्दछ तर लगन, सङ्गठन, अनुशासन, दृढताको परिचय दिन सक्दैनन् ।… सबैलाई थाहा भएको कुरा हो कि यस्तो क्रान्तिकारिपन कति अस्थिर, कति निष्फल हुन्छ र कति छिटो त्यो …उदासिनता, मृगमरिचिका र यहाँसम्म कि एक न एक पुँजीवादी सनकप्रति घोर आकर्षणमा बदलिन सक्छ । यसरी उग्रवामपन्थी क्रान्तिकारिपन बाहिरबाट हेर्दा जतिसुकै क्रान्तिकारी देखिए पनि भित्रबाट खोक्रो हुन्छ । निम्नपुँजीवादी क्रान्तिवाद माक्र्सवादी–लेनिनवादी विरोधी धारा हो” (मोहनविक्रम सिंह, उग्रवामपन्थी विचारधाराको खण्डन, पृष्ठ ३४) ।
निम्नपुँजीवादी क्रान्तिकारिपन लेनिनका शब्दमा “टुटपुँजिया सम्पत्ति, साना गृहस्थीको क्रान्तिकारिपन” हो ।
यसरी यहाँ चर्चा गर्न खोजिएको क्रान्तिकारी उत्साह र निम्नपुँजीवादी तत्त्वहरूमा पाइने उत्साह मौलिक रूपमै भिन्नता रहेको छ । क्रान्तिकारी उत्साहको सैद्धान्तिक आधार भनेको माक्र्सवाद–लेनिनवाद हो भने निम्नपुँजीवादी उत्साहको सैद्धान्तिक आधार भनेको अराजकतावाद हो । पहिलोले क्रान्तिकारी आन्दोलनको हितमा काम गर्दछ भने दोस्रोले प्रतिक्रान्तिको भूमिका निर्वाह गर्दछ । त्यसैले क्रान्तिकारी उत्साह भएर मात्र पुग्दैन, त्यो सधैँ सही दर्शन, सिद्धान्त, राजनीति र क्रान्तिसम्बन्धी सही प्रस्थापनामाथि आधारित हुनुपर्दछ । त्यो भनेको माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराको गहिरो अध्ययन हो । क्रान्ति र परिवर्ततप्रतिको सही बुझाइ हो । द्वन्दात्मक भौतिकवादप्रतिको सही समझदारी हो । त्यो भयो भने क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।