सोमवार, बैशाख ३१, २०८१

सत्ता र कुर्चिको खेलमा रुमलिएको राजनीति

 

भनिन्छ, साध्य सही छ भने जुुनसुकै साधनद्वारा पनि लक्ष्यमा पुुग्न सकिन्छ । राजनीतिलाई त झन नीतिको पनि नीति अर्थात् मूल नीति भनिन्छ । राजनीति ठीक तरिकाले सञ्चालन हुुन सक्यो भने मात्र अन्य नीति स्वतः लयमा आउँछन् । यसका लागि साध्य किटान हुनुपर्छ । तर, हाम्रो राजनीतिको साध्य के हो ? समाजलाई, राष्ट्रलाई कता लैजाने हो ? कुनै लक्ष्य छैन । नेत्रविहीनले हात्ती छामेजस्तै एउटा दलले सरकार बनाउँदा एउटा लक्ष्य, अर्को दलको सरकार आउँदा अर्कै लक्ष्य हुुने गरेको छ । यहाँसम्म कि देशको अर्थनीति, सुरक्षा संयन्त्र र परराष्ट्र मामिलामा समेत मतैक्य छैन । साझा अवधारणा बनाउन सकेका छैनन् । दलैपच्छिेका नीतिका कारण देश परदेशीका लागि खेल्ने ग्राउन्ड बन्न गएको छ ।

टिक्ने, टिकाउने मात्र
राजनीतिको उद्देश्य नै कसरी सत्तामा जाने र बढी समयसम्म टिक्ने भन्ने देखिन्छ । यसका लागि दलैपिच्छेका नीति देखिने गरेको पाइन्छ । टाढा किन जाने ? केही समयअघि भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री पुुष्पकमल दाहल प्रचण्डको भारत भ्रमण र त्यसको उपलब्धिलाई लिएर गरिएको फरकफरक व्याख्यालाई हेर्न सकिन्छ । सत्तापक्ष भ्रमण निकै सकारात्मक भएको र दुुई देशबीच सम्बन्ध थप सुुदृढ भएको टिप्पणी गर्छ भने प्रतिपक्षी दल राष्ट्रवादले घुँडा टेकेको, नेपालको अपमान भएको भनी आलोचना गरेका छन् । सार्वभौम संसद्मासमेत भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरेको पाइयो । परराष्ट्र मामलामा पनि यो हदसम्मको राजनीति कति सान्दर्भिक होला ? विचारणीय छ ।

यतिबेला पनि सदाझैं राजनीतिको ’round सत्ता घुमेको छ । सत्ताबाहिर बसेका कसरी सत्तामा जाने भन्ने विषयमा केन्द्रित छन् भने सत्तामा रहेका सत्ताको आयु कसरी लम्ब्याउने भन्ने धुनमा छन् । बजेट पारितकै सन्दर्भमा सत्ता समीकरण फेरबदलसम्बन्धी तातो बहस यसैको ज्वलन्त उदाहरण हो । सत्तामा रहेको नेकपा समाजवादीले समेत यही बजेटलाई स्वीकारेर पक्षमा मतदान गर्न नसकिने भनी सदनमा भाषण गरेपछि वेटिङ् सरकारका रूपमा रहेको प्रमुख प्रतिपक्षसहित सत्ताबाहिरका अन्य घटक अब सरकारको समीकरण फेरिने र आफूहरू सत्तामा जान पाइने आशामा मुख मिठाएर बसेको देखियो ।

यता बजेटको विपक्षमा मततदान गर्दा सत्ता गुम्ने भयले पहिला विपक्षमा जाने बताएका नेकपा समाजवादीका सांसद रोजेन्द्र पाण्डेलगायतले पनि अन्ततः बजेटको पक्षमा मतदान गरे । केही दिनअघि उनले सदनमा ‘सरकार छाड्न परे परोस् यो विभेदकारी बजेटका लागि पक्षमा मतदान गर्न सकिँदैन’ भनी दिएको अभव्यक्ति र बजेट पारित भइसकेपछि उनै पाण्डेले सदनमा ‘माफ गर्नुहोला, बजेटको विपक्षीमा मतदान गरेर प्रतिपक्षी दलको इच्छा पूरा गर्न सकिएन’ भनेर दिएको अर्को अभिव्यक्तिबीच खै कहाँ मिलेको छ संगति ? यसरी उही परिस्थितिमा एउटा सांसदले भिन्नभिन्न अभिव्यक्ति दिनुको अन्तर्य सत्ता स्वार्थबाहेक अर्को के हुन सक्छ ? यसो त पाण्डे मात्र होइनन्, धेरै सांसद र स्वयं वेटिङ सरकारका रूपमा बसेको प्रमुख प्रतिपक्षी दलसमामेत सत्ता आरोहणको आत्तुरता प्रस्टै देख्न सकिन्छ ।

हाम्रा सांसदहरूमा राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्ने हैसियत आउने कहिले ?

अघिल्लो साता पारित भएको आर्थिक वर्ष २०८०-८१ को बजेट र त्यसमा भएको छलफललाई हेर्दा सत्तामा भएका एकाध अपवाद छाडेर बजेटलाई राम्रै राम्रो देख्नु र प्रतिपक्षी बजेटमा केही पनि राम्रो पक्ष नदेख्नुका पछाडिको एक मात्र कारण सत्ता मात्र हो । दुुवैथरीको दृष्टिदोषको अन्तर्य सत्तामोह नै हो । यो अवस्थालाई विवेक बन्दकमा रहेको अवस्था सिवाय अरू के भन्न सकिन्छ ? हाम्रा सांसदहरूमा राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्ने हैसियत आउने कहिले ? सत्तारूढ दलकै एकघटक नेकपा समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रतिनिधिसभामा बोल्दै ‘सरकारबाट हट्नुपरे हटौंला यथास्थितिमा यो बजेट पास हुन दिदैनांै’ भनेर आफ्नो मन्तव्य राखे ।

धेरै राजेन्द्र पाण्डेहरू बजेटमा सुधारको गुञ्जायस देखेर पनि सत्ता मोहका कारण बोल्न सकेनन् । बोले पनि पाण्डेका झैं बोली फेरे । अडान लिएनन् । प्रतिपक्षी हुनुका कारण बजेटमा भएका राम्रा पक्ष पनि नदेख्ने सांसदहरू पनि बग्रेल्ती छन् । प्रतिपक्षी हुनासाथ सरकारका राम्रा कामलाई पनि नराम्रै देख्नुपर्ने दृष्टिदोषको कारण पनि सत्ता नै हो । यी दुुवैथरी विचारको सन्तुलनबाट मात्र लोकतान्त्रिक अभ्यास बलियो हुन जान्छ भन्ने कुरा हाम्रा राजनीतिक दलले कहिले बुुझ्ने होलान् ?

दल नयाँ आदत उस्तै
अन्य राजनीतिक दलभन्दा आफू पृथक भएको र तीन बा खासगरी केपी बा, देउवा बा र नानीका बा (प्रधानमन्त्री पुुष्पकमल दाहल लक्षित व्यंग्य)लाई राजनीतिबाट बिदा गर्नैपर्ने भन्दै चर्को स्वरमा कराएर चितवनबाट चुनाव जितेका रवि लामिछाने सांसद भएसँगै मुलुकको उपप्रधानसहित गृहमन्त्री बन्ने पुुगे । अन्य सांसदहरूलाई भने यो पदमा पुुग्न दशकांैको राजनीतिक लगानी गर्नुुपथ्र्याे । यद्यपि, यिनी आफ्नै गैरकानुनी हर्कतले छिटै सत्ताबाहिर हुन पुुुुगे । मंसिर ४ को चुनाव सकिएलगत्तै राष्ट्रपतिले सरकार निर्माणका लागि सूचना जारी गर्दा नगर्दै नयाँ सरकारमा जाने आत्तुरता उनमा पलायो । यसैको कारण तीन बाको विरोध गर्दै चुनाव जितेका लामिछाने एक बा (ओली बा)को शरणमा पुुगे । दोस्रा बा नानीका बाको नेतृत्वको सरकारमा गए । यसअघि परम्परावादी दलभन्दा पृथक पहिचान दिन्छौं भनेका उनले सरकारमा बसेर पनि पनि प्रतिपक्षीका काम गर्ने अपरिपक्व अभिव्यक्ति दिए ।

दोहोरो नागरिकताको मुद्दाका कारण सर्वोच्चबाट सांसद पद खारेजीको आदेशससँगै उनको गृहमन्त्री पदसमेत गयो । दुःख पाइस मंगले आफ्नै ढंगलेको उक्ति उनको आफ्नै कारणले चरितार्थ भयो । तर, उनी भालुको रिस खनियामाथि पोखे । गल्ती गर्ने आफू गल्ती औंल्याइदिने राज्यको चौथो अंग सञ्चार जगत्माथि आक्रोश पोखे ।

आज सो विवादास्पद नागरिकता प्रकरण सुल्झिसकेको छ । राहदानीलगायतका विषयमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी थान्कोमा राखेको छ । रवि लामिछाने पुनः चिवनबाटै चुनाव लडेर विजयी भई संसदमा छन् । जुनबेला उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्ट्राचारका विषयमा आफ्नो पार्टी अघि बढ्ने बतायो, त्यति नै बेला वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै हाइ प्रोफाइललाई धमाधम समातेर मुद्दा दायर गर्न लाग्दाकै समयमा सरकारलाई दिएको समर्थन फिर्ता ग¥यो । सत्तापक्षबाट आफू अलग्गियो । यो घटनाले सो पार्टीको कस्तो भ्रष्टाचारविरोधी अभियान रहेछ आमनागरिमा सन्देह पैदा गरायो ।

सिद्धान्त, नीति, कार्यक्रमलाई थाँती राखेर सत्तारोहणको एक मात्र अभीप्सा आजको राजनीतिको विकृत पक्ष हो

एक समय प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘राजनीतिमा हर कुरा सम्भव हुन्छ र राजनीति सिधा रेखामा मात्र हिँडदैन’ । राष्ट्रपतिको निर्वाचनमा गत फागुन २५ गते मतदान गरेर फर्कंदै गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिमा केही पनि सम्भव छैन, हर कुरा सम्भव छ’ भनेर प्रतिक्रिया दिएका थिए । नेपाली कांग्रेससँग गठबन्धन गरी सरकारमा जाने प्रसंगमा पत्रकारको जिज्ञासाको प्रतिउत्तरमा उनले ‘कांग्रेससँग नमिल्ने भनेर कसम खाएको छैन क्यारे’ भनेर सटिक जवाफ दिएका थिए ।

आमनिर्वाचनमा पराजित भई बाहिरिनुपरेकाले होला, अघिल्लो साता नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खलालले आफूहरू नेकपा एमालेमा जाँदै नजाने कसम नखाएको बताएका थिए । उता एमालेसँग मोहभंग भई अनौपचारिक रूपमा अलगिएका वामदेव गौतम आफूले गतिलो जिम्मेवारी पाए एमालेमा नै गएर बस्ने सार्वजनिक गरिसकेका छन् । यसका पछाडि हाम्रा नेतृत्वमा वैचारिकता कम र सत्तास्वार्थ बढी छ भन्ने प्रस्टै देखिन्छ । हिजो के कारणले अलगिएको ? आज के चमत्कार भयो र मिलनका लागि आत्तुरता देखियो ? यसको जवाफ कसैसँग पनि छैन । उनीहरूल नबोले पनि आमनागरिकले एउटै कुरा बझ्छन् र त्यो हो सत्तास्वार्थ ।

विगतका दिनलाई हेर्दा नेपाली राजनीतिमा साँचो अर्थमा भन्दा इमान हराएको देखिन्छ । यी दुई पात्रकै बोलीमा छलकपट मिश्रण देखिन्छ । सिद्धान्त, नीति, कार्यक्रम सबैलाई थाँती राखेर सत्तारोहणको एक मात्र अभीप्सा आजको राजनीतिको विकृत पक्ष हो । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार सञ्चालन गर्दा अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निकै सान्दर्भिक र आवश्यक नारा थियो । यसको प्राप्तितर्फ आमराजनीतिक दल लाग्नुपर्ने थियो । तर, सबै राजनीतिक दलको एउटै उद्देश्य कसरी सत्तामा जाने र लामो समयसम्म कसरी टिक्ने भन्ने मात्र देखिन्छ ।

यसले गर्दा जनताको जीवनस्तर, सुशासन, सुखी नेपाली आदि सबै अवधारणा ओझेलमा परेका छन् । राजनीतिक गठबन्धनका अहोरात्र बस्नै कुनै पनि बैठक यस्ता छैनन्, जसमा जनताको समस्या एजेन्डा बनून । देश विकासको मोडल एजेन्डा बनून् । उनीहरूका बैठक त सत्तासमीकरण कसरी गर्ने ? सत्ताको भागबन्डा कसरी गर्ने ? मालदार मन्त्रालयमा को जाने ? भन्ने विषयमा नै सीमित देखिन्छ । पञ्चायतका पाला एउटा नारा थियो, ‘मिलीजुली बसौं, बाँडीचुँडी खाऔं !’ आज हाम्रा राजनीतिक दलको उद्देश्य ठीक यस्तै छ । राजाधानी दनैक बाट ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?