मजबुत पार्टी निमार्णको प्रश्न अत्यन्तै पेचिलो र अहम् महत्त्वको विषय हो । एउटा शक्तिशाली र अनुशासित पार्टीबिना परिवर्तन असम्भव छ ।
परिर्वतनको लक्ष्य राख्ने पार्टीले सर्वप्रथम सही विचार, राजनीति र सिद्धान्त निश्चित गर्नु आवश्यक हुन्छ । सिद्धान्त निश्चित भइसकेपछि त्यसको कार्यान्वयनको पक्ष प्रबल बनेर आउछ । जुन बेलासम्म सिद्धान्त र राजनीति निश्चित भइसकेको हुँदैन, त्यति बेला पहिलो स्थानमा सिद्धान्त, दोस्रो स्थानमा राजनीति र सङ्गठनात्मक पक्ष तेस्रो स्थानमा रहन्छ । जब सिद्धान्त राजनीति निश्चित हुन्छ, त्यसपछि सङ्गठनात्मक पक्षले पहिलो स्थान ग्रहण गर्दछ किनकि राजनीति र सिद्धान्त सङ्गठनको माध्यमबाट कार्यान्वयनमा जाने हो ।
त्यसकारण सङ्गठन निर्माणको प्रश्नले हाम्रा लागि सबैभन्दा बढी महत्त्व राख्दछ ।
सङ्गठन निर्माणको प्रश्नलाई गम्भीरताका साथ नलिने हो भने एउटा मजबुत, मिलिट्यान्ट र अनुशासित पार्टी कल्पना मात्र हुने छ । सङ्गठन निर्माणको कार्यलाई बहुपक्षीय र सन्तुलित रूपमा अगाडि बढाउन जोड दिनुपर्दछ ।
नेकपा (मसाल) को छैटौँ महाधिवेशनले हाम्रो राजनीति र सङ्गठनको बिचमा रहेको असन्तुलनलाई औल्याएको थियो । सिद्धान्त र सङ्गठनको बिचमा रहेको अन्तरविरोधलाई हल नगरिकन सङ्गठनात्मक समस्या हल नहुने निष्कर्ष निकालेको थियो । त्यो स्थिति अहिले पनि पार्टीमा कायम छ । अहिलेको अवस्थामा सुधारका लागि आम पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकको सकारात्मक पहल हुन आवश्यक छ ।

सर्वप्रथम हरेक पार्टीसदस्य पार्टीले निर्धारण गरेको नीतिबारे स्पस्ट हुनुपर्दछ । प्रकाशित सबै प्रकारका पार्टी दस्तावेजको गहन अध्ययन व्यक्तिगत तथा सामूहिक रूपमा गर्नुपर्दछ र कार्यान्वयन गर्न हरसम्भव उपाय अपनाउनुपर्दछ ।
पार्टी कस्तो बनाउने ? यो चिन्ता हुनु क्रान्तिकारी पार्टीको सदस्यका लागि गौरवको विषय हो । आमूल परिर्वतनकारी पार्टी कसरी बनाउने ? पार्टीका अन्र्तविरोधलाई कसरी हल गर्ने ? पार्टीलाई जनताको बिचमा कसरी स्थापित गर्ने ? समग्रमा जनताको मुहार फेर्न कस्तो पार्टी बनाउने भन्ने चिन्ताका साथ काम गरियो भने निश्चित रूपमा परिर्वतन सम्भव हुन्छ ।
पार्टी बनाउने जिम्मा हामी सबैको हो । आफै पार्टी बन्छ भनी सोच्नु मूर्खता हुने छ । पार्टी आफै बन्दैन, हामीले बनाउने हो भन्ने कुरा आत्मसात गर्नुपर्दछ । कतिपय सदस्यले पार्टी निर्माणको काम केन्द्रीय समिति वा केन्द्रीय नेताको हो भन्ने सोचाइ राखेको पाइन्छ । त्यो सोचाइले वास्तविकतासँग मेल खाँदैन ।
परिर्वतनको महान् उद्देश्यलाई अगाडि राखेर व्यवस्थित र योजनाबद्ध रूपमा पार्टीलाई अगाडि बढाउन, नेता तथा कार्यकर्ता निर्माण गर्न, कमिटी निर्माण र परिचालन आदि यावत् विषयमा अत्यन्तै कुशलतापूर्वक काम गरेर मात्र पार्टी बलियो र भरपर्दो हुन सक्छ । कमजोर सङ्गठन छ भने जनताको बिचमा पार्टीलाई स्थापित गराउन सकिन्न ।

सङ्गठनात्मक प्रश्नसित क्रान्तिकारी मनोबल र जुझारु स्प्रिटको प्रश्न पनि जोडिएर आउछ । विश्व र स्वयम् नेपालको कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी संशोधनवादी हावा तीव्र वेगका साथ बगिरहेका बेला त्यसको असर कुनै न कुनै रूपमा क्रान्तिकारी पार्टीभित्र पनि देखा पदर्छ, जसको कारण हाम्रा कैयौँ कार्यकर्ता र नेता हीन भावनाले ग्रसित हुन्छन् । आफूलाई कमजोर र प्रतिक्रियावादी शक्तिलाई शक्तिशाली देख्न पुग्दछन् । उच्च क्रान्तिकारी मनोबल र जुझारु स्प्रिटले नै सबै प्रकारका संशोधनवादी र प्रतिक्रियावादी शक्तिहरू जतिसुकै बलवान् भएता पनि दृढतापूर्वक र सम्झौताहीन प्रकारले जुध्न र सङ्घर्ष गर्ने साहस उत्पन्न हुन्छ ।
माओले सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन भनेर त्यसै भनेका होइनन् ।
कार्यकर्ता निर्माणको प्रश्न सुदृढ पार्टी निर्माणका लागि अर्को महत्त्वपूर्ण पक्ष हो । पार्टीका जिम्मवारी पूरा गर्न ठुलो सङ्ख्यामा पूर्णकालीन कार्यकर्ताको आवश्यकता पर्दछ । पार्टीका पूर्णकालीन कार्यकर्ताले नै राजनीतिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई आम जनताको बिचमा लैजान सक्दछन् । कार्यकर्ताको अभावमा उक्त जिम्मेवारी पूरा गर्नु सम्भव हुन्न ।
पार्टीभित्र उत्पन्न हुने भ्रम र गलत सोचाइका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्ने प्रश्न तेस्रो महत्त्वपूर्ण प्रश्न हो । पार्टीभित्र उत्पन्न हुने हरेक अन्तरसङ्घर्षलाई स्वस्थ र मैत्रिपूर्ण तरिकाले हल गर्न सिपालु भएमा आधा समस्या हल भएको ठान्नुपर्दछ ।
आज विश्व र नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न खाले भडकावको सिकार भइरहेको छ । त्यसमाथि पार्टीभित्र उत्पन्न हुने आन्तरिक नयाँ नयाँ भ्रम र गलत सोचाइले पनि पार्टीजीवनमा असामान्य अवस्था सिर्जना गर्ने गरेका उदाहरण प्रशस्त छन् । यी सबै समस्याको समाधानबिना पार्टीले गति लिन सक्दैन । अत: सबै प्रकारका समस्याका विरुद्ध सैद्धान्तिक र वैचारिक सङ्घर्षलाई तीव्र गतिमा अगाडि बढाउन माक्र्सवादी–लेनिनवादी सिद्धान्तले लैस हुनुको विकल्प छैन् ।
कम्युनिस्ट पार्टीको सदस्य विचार, सङ्गठन र अनुशासनको मातहतमा रहनुपर्दछ । कम्युनिस्ट पार्टीभित्र गलत विचारका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्दछ अन्यथा कम्युनिस्ट पार्टी क्रान्तिकारी रहन सक्दैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको इतिहास अध्ययन गर्ने हो भने पनि जुन बेलासम्म पार्टीभित्र गलत विचारका विरुद्ध अन्तरसङ्घर्ष तीव्र रूपमा चलाइएको थियो, ती पार्टीहरू क्रान्तिकारी पार्टीको रूपमा जीवित रहेका थिए । जब अन्तरसङ्घर्ष भुत्ते बन्दै गयो, तब पार्टीहरू क्रान्तिकारी पार्टीको रूपमा रहन सकेनन् ।
नेपालको सन्दर्भमा पनि त्यही कुरा सत्य हो ।
विचार र दृष्टिकोणमा स्पष्टता, आचरणमा शुद्धता, सिद्धान्त र व्यवहारबिचमा तालमेल, अनुशासित जीवनशैली र निर्णयप्रति जवाफदेहिता कम्युनिस्ट कार्यकर्ताका नभई नहुने गुण हुन । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले छलफलमा स्वतन्त्रता कार्यमा एकताको माग गर्दछ । कार्यमा एकता भनेको कार्यान्वयनमा एकरूपता हो ।
पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न आचरण र कार्यशैलीमा सुधार गर्न आवश्यक छ । अहिलेको कार्यशैलीले पार्टीलाई स्थापित गराउन र व्यवस्थित बनाउन सम्भव हुन्न । विचार र दृष्टिकोणमा स्पष्टता, आचरणमा शुद्धता, सिद्धान्त र व्यवहारबिचमा तालमेल, अनुशासित जीवनशैली र निर्णयप्रति जवाफदेहिता कम्युनिस्ट कार्यकर्ताका नभई नहुने गुण हुन । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले छलफलमा स्वतन्त्रता कार्यमा एकताको माग गर्दछ । कार्यमा एकता भनेको कार्यान्वयनमा एकरूपता हो ।
निर्णय कार्यान्वयनमा हामी अत्यन्त फितला छौँ । कार्यक्रम पनि व्यावहारिक कम धेरै औपचारिक प्रकारका हुन्छन् । पार्टीको महत्त्वपूर्ण स्थानमा रहेका कामरेड पनि बैठक, भेला, सभा, सम्मेलनमा उपस्थित नहुने, भइहाले पनि एक छिनपछि उठेर जाने, पार्टीको कामलाई भन्दा अन्य सङ्घसंस्थाको कामलाई महत्त्व दिने प्रवृति देखिन्छन् । निश्चित गरिएको समयलाई पनि ख्याल गरेकोे पाइँदैन । समग्रमा निर्णय कार्यान्वयन पक्ष उपेक्षित छ भन्दा फरक नपर्ला । यस्तो प्रकारको कार्यशैली नबदल्दासम्म पार्टीको क्रान्तिकारी रूपान्तरण सम्भव हुन्न ।
पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नका लागि नयाँ पिँढीलाई पार्टीमा भर्ना गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले महत्त्व राख्छ ।
युवाहरू मुलुकका सक्रिय, रचनात्मक र भरोसायोग्य शक्ति हुन् । उनीहरू देशको भविष्य पनि हुन् । नेपालको जनगणना २०७८ अनुसार नेपालमा सोह्रदेखि चालिस वर्ष उमेरसमूहको जनसङ्ख्या एक करोड चौबिस लाखभन्दा बढी छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ४१.५० प्रतिशत हो । कुल जनसङ्ख्याको झन्डै आधा जनशक्ति युवा हुनु सुखद पक्ष हो । यस्तो जनसाङ्ख्यिक लाभ विश्वका अन्य देशमा विरलै पाइन्छ । ती मध्य करिब १६ लाख युवा विदेशमा छन् । देशमा रोजगारीको ग्यारेन्टी गरेर उनीहरूको ऊर्जाशील श्रमशक्ति देशहितको लागि प्रयोग गर्न ढिलो भइसकेको छ ।
हाम्रा कतिपय नेताहरू जीवनको उतराद्र्धमा पनि युवा जस्ता छन् । उनीहरूको काम गर्ने तौरतरिका, जोसजाँगर, सक्रियता साच्चिकै लोभलाग्दो छ । जीवनको आखिरीसम्म पनि नौजवान देखिनुको रहस्य के हो ? त्यसको एउटा मात्र सत्य उनीहरूमा सच्चा सर्वहारावादी दृष्टिकोणको विकास हुनु हो ।
कम्युनिस्ट आन्दोलनको मुख्य ध्येय वर्गीय मुक्ति भएको हुँदा वर्गीयमैत्री भावनाको विकास युवाहरूमा जागृत बनाउन जोड दिनु आवश्यक छ । यो काम त्यति बेला मात्र सम्भव हुन्छ, जति बेला उनीहरूलाई सङ्गठित गरेर माक्र्सवादी–लेनिनवादी सिद्धान्तले प्रशिक्षित गरिन्छ । यदि सर्वहारा विश्वदृष्टिकोणबाट लैस छैन भने त्यो युवा भएर पनि युवा हुन सक्दैन ।

कम्युनिस्टका लागि व्यक्तिगत दु:खकष्ट गौण विषय हुन्छन् । हामीले माक्र्सलाई मात्र पढ्यौँ भने पनि पुग्छ । उनका लागि जीवनका कष्टकर क्षण कति महत्त्वहीन थिए । उनले गरिबी र अभावलाई कतिसम्म झेलेका थिए भन्ने कुरा केही उदाहरणबाट पुष्टि हुन्छ । घरका फर्निचर, गरगहना लत्ताकपडा, यहाँसम्म कि जाडोमा लगाउने ओभरकोटसम्म बेच्नुपरेको घटना कम पीडादायी छैनन् । बिरामी हुँदा औषधी किन्न नसकेको र आफ्ना सन्तानको मृत्युपश्चात् कात्रो किन्न नसक्ने अवस्थामा पनि त्यसलाई सहजै झेल्न सक्ने ताकत माक्र्समा थियो । त्यति मात्र कहाँ हो र ? विश्वविद्यालयबाट निकालिनु, उनी आबद्व पत्रिका बन्द गरिनु, जर्मन, फ्रान्स, ब्रसेल्स आदि देशबाट निकालिनु जस्ता घटना त सामान्य जस्ता थिए उनका लागि । यदि उनमा सही सर्वहारा विश्वदृष्टिकोको विकास नभएको हुन्थ्यो भने त्यस्तो प्रतिकूल अवस्थामा पनि संसारभरिका श्रमिकलाई क्रान्तिकारी आन्दोलनमा सरिक हुन उत्प्रेरित र उद्वेलित गराउन सम्भव हुने थिएन ।
पार्टी मजबुत बनाउने कार्यलाई सामान्य रूपमा लिने गल्ती गर्नु हुँदैन । विशेष गरेर विचार निर्माण, दृष्टिकोण निर्माण, अनुशासन र जनआधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर सबै तहका पार्टीसदस्य, सर्मथक र शुभचिन्तकले काम गरेमा आमूल परिर्वतनकारी कम्युनिस्ट पार्टी निर्माणमा योगदान पुग्ने छ ।
पार्टी जसरी सैद्धान्तिक, वैचारिक र सङ्गठनात्मक रूपमा सुदृढ र व्यवस्थित हुन आवश्यक छ, त्यसैगरी आर्थिक रूपमा सबल, सक्षम र आत्मनिर्भर हुन जरुरी छ । आर्थिक रूपले आत्मनिर्भर पार्टीले मात्र पार्टीका नियमित र दैनिक काम सञ्चालन गर्न सक्छ । आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि आर्थिक श्रोतको पहिचान गरी कार्यान्वयनमा ध्यान दिनुपर्दछ । आर्थिक श्रोत नियमित र व्यवस्थित नहुँदा प्रचार प्रसार, आन्दोलन, सङ्घर्ष, सङ्गठन विस्तार, जनवर्गीय सङ्गठनको परिचालन, कार्यालय सञ्चालन, दस्तावेजको प्रकाशन र विक्रीवितरण, कार्यकर्ताको खटनपटन, रेखदेख, पारिवारिक सहयोग, उपचार सहयोग, घरभाडा, सञ्चार खर्च, यायायात खर्च, गोष्ठी, सभा, सम्मेलन जस्ता अत्यावश्यक कार्यहरू सम्पन्न गर्न कठिनाइ हुन्छ । खर्चका माध्यम दिनानुदिन बढ्दै गइरहेका हुन्छन ।
आवश्यकताको तुलनामा न्यून आयमा पार्टीको खर्च चलाउनुपर्ने बाध्यात्मक अवस्था तोडेर आम्दानीका श्रोत बढाउन सबै पार्टीसदस्य, सर्मथक र शुभचिन्तकले पहलकदमी लिनुपर्दछ । आर्थिक योजना बनाउन सो क्षेत्रका जानकारको टिम बनाई जिम्मा दिनुपर्दछ ।
योजनाकारहरूले आर्थिक पक्षलाई सबल बनाउन नियमित र आवधिक, आन्तरिक र बाह्य, स्थायी र अस्थायी श्रोतको पहिचान गर्नुपर्दछ । तयार भएको योजना सफल पार्न हरेक तहका पार्टी समिति र त्यस मातहतका पार्टीसदस्यले हरसम्भव प्रयत्न गर्नुपर्दछ ।
विशेष गरेर विचार निर्माण, दृष्टिकोण निर्माण, अनुशासन र जनआधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर सबै तहका पार्टीसदस्य, सर्मथक र शुभचिन्तकले काम गरेमा आमूल परिर्वतनकारी कम्युनिस्ट पार्टी निर्माणमा योगदान पुग्ने छ ।
पार्टीलाई नियमित, व्यवस्थित र मजबुत बनाउने महत्त्वपूर्ण पक्ष कार्यालय व्यवस्थापन पनि हो । पार्टीका काम नियमित र व्यवस्थित रूपमा कार्यालयमार्फत् सञ्चालन हुन्छन । जनवर्गको परिचालन पनि कार्यालयबाटै गर्नुपर्ने हुन्छ । पार्टीका माथिदेखि तलसम्मका तहगत संरचनालाई आपसमा अन्तरसम्बन्धित गर्ने मुख्य कडी कार्यालय हो । पार्टीलाई प्रविधिमैत्री गराउन र कुशलतापूर्वक दैनिन्दिन सूचना सम्प्रेषण गर्न कार्यालयको अहम् भूमिका हुन्छ । पार्टीकाममा नेता तथा कार्यकर्ताको नियमित खटनपटन, आन्दोलन परिचालन, कार्यक्रम निर्धारण, कार्यकर्ताको अवश्यक खर्च व्यवस्थापन पार्टी काममा खटिएका देशैभरिका कार्यकर्ता परिचालन, रेखदेख, बिरामी पर्दा उपचार, पारिवारिक सहयोग, आर्थिक उपार्जनका लागि आवश्यक निर्देशन पनि कार्यालयबाट नै गर्नुपर्दछ । पार्टीको सम्पत्ति संरक्षणको दायित्व पनि कार्यालयको हो । कार्यालय जति धेरै व्यवस्थित हुन्छ, त्यति नै धेरै काम कुशलतापूर्वक सम्पादन भएको बुझिन्छ ।
माथि पार्टी मजबुतीकरणका लागि नभई नहुने प्राथमिक महत्त्वका प्रश्नका बारेमा सङ्क्षिप्तमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । पार्टी मजबुत बनाउने प्रश्नसँग अन्य कैयौँ पक्ष जोडिएका हुन्छन् । सबै पक्षलाई सन्तुलित प्रकारले विचार गरेर मात्र यो कार्य पूरा गर्न सकिने छ ।
पार्टी मजबुत बनाउने कार्यलाई सामान्य रूपमा लिने गल्ती गर्नु हुँदैन । विशेष गरेर विचार निर्माण, दृष्टिकोण निर्माण, अनुशासन र जनआधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर सबै तहका पार्टीसदस्य, सर्मथक र शुभचिन्तकले काम गरेमा आमूल परिर्वतनकारी कम्युनिस्ट पार्टी निर्माणमा योगदान पुग्ने छ ।
चेतनाथ आचार्य