आइतवार, कार्तिक २५, २०८१ | Sunday 10th November 2024
मेरा विवाह वा प्रेमसम्बन्धी संस्मरणहरू
झिमरुक पोस्ट
सोमवार, असार २५, २०८०
मोहनविक्रम सिंह
मेरा विवाह वा प्रेमसम्बन्धी संस्मरणहरू करिब एक दर्जनजति छन् वा सायद त्योभन्दा बढी पनि हुन सक्दछन् ।
मेरो विवाहको प्रसङ्ग म गर्भावस्थामा भएको बेलादेखि सुरु भयो ।
काठमाडौँमा पिताजीका एक जना मित्र हुनुहुन्थ्यो । उहाँको मित्रकी पत्नी र मेरी आमा एकैसाथ गर्भवती हुनुभएछ । त्यसपछि उहाँहरू दुवै जनाले उहाँहरूका पत्नीबाट छोरी जन्मेमा दुवैका बिचमा सैना लगाउने, छोराहरू जन्मेमा मित लगाउने र छोरा र छोरी जन्मेमा विवाह गरिदिने सल्लाह गर्नुभएछ (मैले पिताजीको मित्रको नाम दिएको छैन र यसपछि पनि अन्य कैयौँ नामको उल्लेख गर्ने छैन) । पछि मेरी आमाबाट म जन्मे भने उहाँको साथीको पत्नीबाट छोरी जन्मिछन् ।
म सानै हुँदादेखि नै पिताजीले त्यो कुराको चर्चा गर्ने गर्नुहुन्थ्यो । मैले त्यसलाई कहिल्यै पनि गम्भीर रूपमा लिइनँ किनभने मलाई त्यो कुरा एउटा कथा जस्तो मात्र लाग्दथ्यो ।
म केही ठुलो भएपछि—म कम्युनिस्ट पार्टीमा लागिसकेपछि पनि—उहाँको मित्रले मलाई हेर्न खोज्नुभएछ र बुबाले एकपल्ट मलाई त्यो घरमा लैजानुभयो । ती कन्याले चिया ल्याएर दिइन् र त्यसरी हाम्रो देखाभेट भयो । घरमा आएपछि बुबाले मलाई सोध्नु भयो : ‘केटी कस्तो लाग्यो ?’
मैले भने : ‘राम्री छन्’ ।
पार्टीमा लागेपछि म होलटाइमर भएको थिएँ र ती केटी उच्च कक्षामा पढ्थिन् ।
बुबाले भन्नुभयो : ‘विवाहको कुरा टुङ्गाऊँ ?’
मैले विवाहको कुरा स्वीकार गरिनँ किनभने उनी उच्च र सम्पन्न घरकी थिइन् । मलाई लाग्यो, एउटा उच्च र सम्पन्न घरकी युवतीले पार्टीमा राम्ररी काम गर्न सक्दिनन् । त्यसैले मैले विवाहको त्यो कुरालाई स्वीकार गरिनँ र त्यो कुरा त्यसै हरायो । त्यसपछि उनको विषयमा कहिल्यै कुरा चल्ने र उनका विषयमा मलाई केही थाहा पनि भएन । उनको कुनै उच्च घरानामा विवाह भइसकेको होला । अब उनी म जस्तै वृद्ध भइसकेकी होलिन् । मैले कामना गर्दछु, उनी अझै जीवित होलिन् र सुखी होलिन् ।
पिताजीले म सानो भएको बेलादेखि नै मेरो विवाहको विषयमा कैयौं स्थानमा कुरा गर्दै हिँड्नुहुन्थ्यो । उहाँले जुन घर वा परिवारसित कुरा गर्नुहुन्थ्यो, ती सधैँ नै उच्च र सम्पन्न घरका केटीहरू नै हुन्थे । म जब खालि ८–९ वर्षको थिएँ, उहाँले आफ्नो एउटा नातेदारकी ५–६ वर्षकी छोरीसँग ठुलो भएपछि विवाह गरिदिने भनेर कुरा टुङ्गाउनुभयो । म पछि काठमाडौँमा पढ्न गएँ र त्यो प्रसङ्ग त्यसै हरायो । उनको कतै विवाह भयो तर यो थाहा पाएर मलाई धेरै दु:ख लाग्यो कि उनको आफ्नै मान्छेद्वारा निर्मम प्रकारले हत्या गरिएको थियो ।
म एकपल्ट काठमाडौँबाट घर आउँदा उहाँले पुँजाकी एउटी युवतीसित मेरो विवाह टुङ्गाउनुभएको मात्र थिएन, त्यसका लागि दहीठेकी पनि गरिसक्नु भएको थियो । घर आउनेबित्तिकै उहाँले मसित विवाह गर्ने कुरा गर्नुभयो, मैले उहाँको कुरा सुने मात्र । उहाँले जुन घर वा परिवारमा मेरो विवाहको कुरा टुङ्गाउनु भएको थियो, त्यो पनि एउटा सम्पन्न परिवार नै थियो । निश्चय नै त्यो विवाहलाई मैले स्वीकार गर्न सक्दैनथेँ । मैले त्यो जवाफ दिँदा उहाँलाई राम्रो लाग्दैनथ्यो वा उहाँ धेरै नै रिसाउने सम्भावना पनि थियो । त्यसैले केही दिनपछि मैले विवाह नगर्ने विचार गरेको कुरा लेखेर एउटा चिठी घरमा छाडिदिएँ र उहाँलाई केही नभनिकन एक दिन म घरबाट भागेर हिँडे ।
पछि बुबाले हाम्रो ठुल्दाजीसित ती युवतीको विवाह गरिदिनुभयो र उहाँ मेरी भाउजू बन्नुभयो । अब मेरो दाजी र भाउजू दुवैको मृत्यु भइसकेको छ । उहाँहरूका तीन भाइ छोरा छन् ।
काठमाडौँमा पढ्दा हामी जुन घरमा डेरा गरेर बसेका थियौँ, त्यसका घरबेटी एउटा उच्चपदस्थ व्यक्ति हुनुहुन्थ्यो । बुबाले उहाँकी छोरीसित मेरो विवाह गरिदिने कुरा गर्नुभयो तर अन्य कतिपय प्रसङ्ग जस्तै त्यो पनि पछि कतै हरायो । ती युवतीलाई मसित विवाह गरिदिने कुरा गरेको याद रहेछ । पछि उनको भैरहवामा विवाह भएको थियो र उनका पतिको मृत्यु भइसकेको थियो ।
उनले पछि कतैबाट मेरो कुरा सुनिछन् र मलाई भेट्न खोजिछन् । करिब ५०–६० वर्षपछि मेरो उनीसित भेट भयो । उनको मप्रतिको व्यवहार अत्यन्त हार्दिक थियो । केही समयपछि उनको पनि मृत्यु भयो ।
एक पल्ट हाम्रा साथीहरूकी एउटी बहिनीले मलाई प्रेमपत्र पठाइन् । उनले एक जना केटाका हात मलाई चिठी पठाउने गर्दथिन् । उनको पार्टीको काममा कुनै उत्साह वा सक्रिय भए जस्तो लागेको थिएन । उनले लगातार सातआठओटा पत्र पठाइसकेपछि मैले प्रेम र विवाहको कुरालाई अस्वीकार गरेर चिठी पठाइदिए । त्यसपछि उनका चिठी आउन बन्द भयो । त्यसको केही समयपछि म जेलमा परेँ ।
जेलबाट छुटेपछि मैले थाहा पाएँ, उनको विवाह भइसकेको थियो र सर्पले टोकेर उनको मृत्यु भएको थियो । त्यो कुरा थाहा पाएर मलाई धेरै दु:ख लाग्यो । उनकी दिदी अलि टाढैको गाउँमा बस्दथिन् । म उनलाई भेट्न गएँ तर मैले उनको घर फेला पार्न सकिनँ । उनकी दिदीलाई भेट्न खोज्नुका पछाडि जुन युवतीले मलाई प्रेम गर्न खोजेकी थिइन्, उनीप्रतिको मेरो समवेदनाले नै काम गरेको हुन्थ्यो ।
एउटा परिवार थियो, जसको पूरै परिवारले पार्टीलाई समर्थन गर्दथ्यो र उनीहरू पार्टीका काममा धेरै सक्रिय पनि थिए । त्यो घरमा एउटी करिब १४ वर्षकी बालिका थिइन् । उनको पनि पार्टीप्रतिको उत्साह देखेर म धेरै नै प्रभावित भएको थिएँ । उनी पार्टीका कार्यक्रममा पनि सामेल हुने गर्दथिन् । त्यो देखेर मलाई लाग्न थालेको थियो उनी भविष्यमा पार्टीकी एउटा राम्री कार्यकर्ता बन्ने छन् । उनका घरका परिवारले पनि प्रायश: प्रत्यक्ष रूपले नभए पनि अप्रत्यक्ष रूपले उनको मसित विवाह गरिदिने मनसाय भएको कुराको सङ्केत गर्दथे । मलाई लाग्दथ्यो, ती किसोरीले पनि मलाई मन पराउँदथिन् तर उनको उमेर कम थियो । त्यसैले मैले उनीसित विवाहको कुरा चलाइनँ । त्यति कम उमेर भएकी बालिकासित विवाहको कुरा गर्नु उचित हुँदैनथ्यो ।
केही समयपछि म जेलमा परेँ र ९ वर्षभन्दा केही बढी समय जेलमा नै बसेँ तर ती किसोरीलाई मैले मनमनै प्रेम गरिरहेँ । मैले हिसाब गर्दथेँ, अब उनी जवान भइन् होला । सायद म जेलबाट छुट्दासम्म उनको विवाह पनि भइसकेको हुन्थ्यो होला । त्यसैले मैले उनलाई तुरुन्तै चिठी लेखेर उनीप्रतिको आफ्नो प्रेम प्रकट गर्न ढिलो गर्न नहुने विचार गरेँ अनि मैले बहिनी श्यामकुमारीको हात एउटा चिठी लेखेर उनलाई पठाएँ । त्यो चिठी अहिले पनि मसित सुरक्षित छ ।
मैले आफ्नो सबै चिठीपत्रलाई सामेल गरेर एउटा पुस्तक निकाल्ने पनि योजना बनाएको छु । त्यो पुस्तकमा उनको नाम उल्लेख नगरिकन त्यो चिठी पनि प्रकाशित गर्ने मेरो विचार छ ।
म जेलबाट छुट्दासम्म उनको विवाह भएको थिएन । उनले पढ्दै थिइन् । मैले उनका दाइलाई भेटेर उनीसित विवाहको कुरा चलाएँ । उहाँले सहस्र मेरो कुरालाई मन्जुर गर्नुभयो र हामी दुवै जना उहाँको परिवारसित कुरा गरेर त्यो विवाहको कुरा टुङ्गाउन हिँड्यौँ ।
त्यो बेला बर्खाको समय थियो । बाटोमा पर्ने खोलामा ठुलो बाढी आएको थियो । खोलामा पुल थिएन । त्यसैले हामीले खोला तर्न सकेनौँ र हाम्रो विवाहको कुरा टुङ्गाउन जाने कुरा बिचैमा अड्कियो ।
पछि म त्यो घरमा गएर ती युवतीसित मैले पहिले पठाएको चिठीको उल्लेख गर्दै उनीसित विवाहको प्रस्ताव राखेँ । उनले मलाई दिएको जवाफ छोटो थियो : ‘बाबासित कुरा गर्नुहोस्, उहाँले जे भन्नुहुन्छ’ ।
केही समयपछि मैले उनका बाबासित पनि विवाहको कुरा गरेँ । उहाँले मलाई छोटो जवाफ दिनुभयो : तपाईं पञ्चायती व्यवस्थामा सामेल भए राम्रो हुन्थ्यो ।’
उहाँको कुराबाट मलाई यो अनुमान गर्न मुस्किल परेन कि उहाँले मलाई पञ्चायती व्यवस्थामा सामेल भएको हेर्न चाहनुहुन्थ्यो । त्यसरी उहाँले म पञ्चायती व्यवस्थाअन्तर्गत मन्त्री वा कुनै उच्च पदमा पुगेको देख्न चाहनुहुन्थ्यो अन्यथा उहाँ आफ्नी छोरीको मसित विवाह गर्न तयार हुनुहुन्नथ्यो भन्ने आसय पनि मैले बुझेँ । त्यो कुरा मैले स्वीकार गर्न सक्ने कुरा थिएन । त्यसैले उहाँसित बिदा भएर म बाहिर निस्केँ र फेरि कहिल्यैं फर्केर त्यो घरमा गइनँ ।
जुन युवतीलाई मैले जेलमा बसेको सम्पूर्ण कालमा त्यति धेरै माया गरेको थिएँ, त्यो मायाका बिचमा पञ्चायती व्यवस्था आएको थियो । त्यसरी आफ्नो प्रेम वा विवाहका लागि पञ्चायती व्यवस्थामा सामेल हुने कुरा मेरा लागि अकल्पनीय थियो ।
म जेलबाट छुटेपछि मेरी बहिनी श्यामकुमारीले मलाई शान्ताको विषयमा धेरै कुरा बताइन् । उनले भनिन् कि उनी एकदम क्रान्तिकारी छिन् र पार्टीमा पनि काम गर्दछिन् । उनले त्यो बेला पी.एल. समूहमा काम गर्दथिन् ।
उनलाई हेर्नका लागि म लुङ गएँ । मैले उनीसित १०–१५ मिनेट एकान्तमा कुरा गरेँ । मैले उनलाई बताएँ : ‘मेरो साथमा धेरै सम्पत्ति छैन । मैले पूरै नै पार्टीमा काम गर्दछु । तिमी पनि पार्टीमा काम गर्न कति तयार हुन्छ्यौं ?’
मेरो कुरा सुनेपछि उनले तुरुन्त जवाफ दिइन् : ‘मलाई सम्पत्तिको लोभ छैन । तपाईंले पार्टीको जुन काम गर्नुहुन्छ, त्यसमा पूरा समर्थन रहने छ । म पनि सक्रिय भएर पार्टीमा काम गर्न तयार छु ।’
उनको त्यो कुरा सुनेर मलाई धेरै खुसी लाग्यो र त्यही साँझ हाम्रो विवाह पनि भयो ।
जेलमा बस्दा मैले ‘बरु मरुँला…’ भन्ने एउटा कविता लेखेको थिएँ । त्यसका केही पङ्क्ति तल लेखिएअनुसार थिए :
घरभित्र गमलामा फुल्ने चमेली ठुला घरका नाची खेल्ने सुन्दरी छैन मलाई कसैको रहर, बरु टिपुँला खरानीको अँगार ।
शान्तालाई पाएपछि मलाई लागेको थियो, उनी मैले लामो समयदेखि खोज्दै आएकी युवती नै थिइन् । उनी सर्वहारा नै नभए पनि उनको आर्थिक स्थिति अत्यन्त विपन्न थियो । उनी आफ्नी आमासित एक्लै बस्दथिन् । पी.एल. को समूहसित हाम्रा धेरै मतभेद थिए तैपनि जे जस्तो भए पनि उनले एउटा कम्युनिस्ट पार्टीमा काम गर्दथिन् । त्यो सकारात्मक पक्ष थियो । अर्का शब्दमा उनी ‘खरानीकी अँगार’ नै थिइन् । त्यसैले मैले सहस्र उनीसित विवाह गरेँ ।
मैले उनीमाथि कहिल्यै कुनै आक्षेप लगाएको छैन र अहिले पनि लगाउँदिन तर मलाई सुस्त सुस्त के महसुस हुँदै गयो भने उनले मसित एकान्तमा भेट्दा जुन प्रकारको तत्परता र प्रतिबद्धता प्रकट गरेकी थिइन्, त्यसअनुसार उनी थिइनन् । त्यसले मेरा मनमा धेरै वर्षसम्म तनाव भइरह्यो । त्यसको परिणामस्वरूप हामी दुवै जना एकअर्काबाट अलग पनि हुनुपर्यो । त्यसका लागि आज पनि मलाई धेरै दु:ख छ तैपनि यसका लागि मेरा मनमा उनीप्रति आदर छ कि उनले हाम्रा दुवै छोराछोरीलाई हुर्काइन् र पालनपोषण गरिन् ।
शान्तासित विवाह भएको लगत्तैपछि कामरेड चित्रबहादुर केसी बागलुङबाट प्युठान मलाई भेट्न आउनुभयो । उहाँले बागलुङमा एक ठाउँमा मेरो विवाहको कुरा टुङ्गाएर आउनुभएको रहेछ तर मेरो विवाह भइसकेकाले त्यो विवाह गर्ने कुरा भएन ।
उहाँले जुन युवतीसित मेरो विवाहको कुरा टुङ्गाउनुभएको थियो, धेरै वर्षपछि मेरो काठमाडौँमा उनीसित भेट भएको थियो । उहाँले एक दिन मलाई बोलाएर खाना पनि खुवाउनुभएको थियो । सायद उहाँले अहिले कुनै उच्च पदमा काम गरिरहनुभएको छ र उहाँको एउटा सुखी र सम्पन्न परिवार छ ।
म एकपल्ट वीरगञ्ज गएको थिएँ । त्यहाँ हाम्रो पार्टीका एक जना साथी नारायणमानसित भेट भयो । उहाँले मलाई जलजलाबारे बताउनुभयो । उनी धेरै नै साहसी र लडाकु पनि भएको कुरा उहाँले मलाई बताउनुभएको थियो । उनले त्यो बेला वीरगञ्जको कुनै कलेजमा पढ्दै थिइन् । एउटा आन्दोलनको सिलसिलामा उनी जेलमा पनि परेकी थिइन् । मेरो विवाह भइसकेको थियो तैपनि नारायणमानको कुरा सुनेर म उनीप्रति आकर्षित भएको थिएँ ।
पछि बनारसको एउटा प्रशिक्षणको कार्यक्रमको सिलसिलामा हामीले उनलाई पनि बोलाएका थियौं । कामरेड खम्बासिंह काजीले उनलाई ल्याएर आउनुभएको थियो । त्यो क्लास करिब एक हप्ताजति चलेको थियो । उनको विचार, व्यवहार, उत्साह र कार्यशैली देखेर मलाई लागेको थियो कि उनी साँच्चिकै एउटा लडाकु र क्रान्तिकारी कार्यकर्ता थिइन् । पछि उनी कुनै आपत्ति नगरिकन एउटा दूरवर्ती गाउँ रोल्पाको थवाङमा जान तयार भएको कुराबाट पनि मेरो उनीप्रतिको आकर्षण बढ्दै गयो । त्यो आकर्षण कसरी प्रेममा बदलियो र त्यसका लागि पार्टीले ममाथि कारबाही पनि गर्यो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यसैले त्यसबारे थप चर्चाको आवश्यकता छैन ।
जलजलाको मृत्युपछि मलाई ठुलो चोट पुग्यो । जलजलाको मृत्युपछि मलाई यस्तो लाग्न थाल्यो कि उनको अभावमा मलाई उत्साहपूर्वक पार्टीको काम गर्न पनि अप्ठ्यारो पर्दथ्यो । मैले आफूलाई एक्लो महसुस गर्न थालेँ । मैले पुन: जलजलालाई नै खोज्न थालेँ । मैले महसुस गर्न थालेँ : जलजलाको मेरा लागि ठुलो आवश्यकता छ । उनको अभावमा मैले राम्ररी काम गर्न सक्दिनँ ।
जलजलालाई भेट्याउनका लागि मैले धेरै कोसिस गर्नुपर्यो । मेरो पहिलो ध्यान उनकी बहिनीहरूप्रति गयो तर मलाई लाग्यो, उनीहरूमध्ये कसैले पनि जलजलाको स्थान लिन सक्दैनथे । त्यसैले उनीहरूबाट मैले ध्यान हटाएँ । त्यसपछि मेरो ध्यान पार्टीका कतिपय सक्रिय महिला कार्यकर्ताहरूप्रति गयो तर उनीहरूको बिचमा पनि मैले जलजलालाई फेला पार्न सकिनँ । त्यस प्रकारको पृष्ठभूमिमा मेरो दुर्गासित सम्पर्क भयो ।
उनी कपिलवस्तुकी एक जना सक्रिय कार्यकर्ता थिइन् । भारतको सोहरतगढको प्रशिक्षण कार्यक्रममा मेरो उनीसित पहिलो पल्ट भेट भयो । पहिलो पल्ट भेट हुँदा नै मलाई यस्तो महसुस भयो उनी बेग्लै प्रकारकी महिला कार्यकर्ता थिइन् । उनले सानै उमेरदेखि नै जिल्लाका विद्यार्थी, महिला वा अन्य कतिपय आन्दोलनका कार्यक्रममा पनि सक्रियतापूर्वक भाग लिने गरेकी थिइन् । त्यस सिलसिलामा उनी एक पल्ट कपिलवस्तुको जेलमा पनि परेकी थिइन् ।
हामीले भारतको कुशीनगरमा महिलाको एउटा प्रशिक्षण कार्यक्रम राखेका थियौँ । त्यो प्रशिक्षण कार्यक्रममा आउने बेलामा कैयौं महिलालाई भन्सारबाट फर्काइएको थियो तर उनी जसरीतसरी प्रशिक्षण कार्यक्रममा आइपुगेकी थिइन् । त्यो प्रशिक्षण कार्यक्रममा पनि उनले जुन प्रकारको उत्साहको प्रदर्शन गरेकी थिइन्, त्यसपछि मलाई लाग्न थाल्यो, उनी जलजला नै हुने छिन् ।
त्यो बेला हामीले सबै महिलालाई एउटा प्रश्न सोधेका थियौँ : ‘तपाईंहरूमध्ये को पेसेवर कार्यकर्ता बन्न सक्नुहुन्छ ?’
त्यसको जवाफमा दुईओटा युवतीहरूले पेसेवर कार्यकर्ता बन्ने कुरा बताएका थिए । उनीहरूमध्ये कपिलवस्तु कुश्माकी अर्की एउटी बहिनी थिइन् । ती बहिनी त अहिले कहाँ छन् ? केही थाहा छैन तर दुर्गा त्यो बेलादेखि नै लगातार सक्रिय छिन् ।
उनको जुन कुराले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो, त्यो कुरा थियो : उनीमा भएको उच्च प्रकारको साहस तथा प्रतिकूल परिस्थिति वा विरोधको सामना गर्न सक्ने दृढता । त्यही गुण मेरो पिताजी खिमविक्रम र जलजलामा पनि धेरै नै थियो । त्यही प्रकारको गुण उनमा देखेर म उनीप्रति धेरै नै आकर्षित भएँ र मैले उनलाई प्रेम गर्न थालेँ । अन्तमा हाम्रो विवाह पनि भयो ।
मेरो प्रेम र विवाहका अन्य कतिपय प्रसङ्ग भए पनि प्रत्यक्ष रूपले मेरो तीन जनासित नजिकको सम्बन्ध रह्यो : शान्ता, जलजला र दुर्गा । उनीहरूसितको सम्बन्धमा केही भिन्नता पनि रहेका छन् । शान्तिसित मेरो विवाह भयो तर उनलाई मैले प्रेम गर्न सकिनँ । जलजलासित प्रेम भयो तर उनीसित मेरो विवाह भएन । दुर्गासित मेरो प्रेम र विवाह दुवै भयो ।
मसितको प्रेमका कारणले जलजलामाथि चौतर्फी आक्रमण भएको थियो तर यो देखेर मलाई सन्तोष छ कि उनी त्यस प्रकारको आक्रमणबाट कहिल्यै पनि विचलित भइनन् र मृत्युका दिनसम्म पनि उनले मलाई प्रेम गरिरहिन् ।
मसितको प्रेम र विवाहका कारणले दुर्गामाथि पनि धेरै नै आक्रमण भएको थियो तर त्यो उनमा पिताजी खिमविक्रम र जलजलामा भए जस्तै उच्च प्रकारको साहसको नै परिणाम थियो कि उनी कहिल्यै पनि त्यो आक्रमणका कारणले विचलित र हतोत्सायी भइनन् र अत्यन्त प्रतिकूल परिस्थितिमा पनि उनले मलाई प्रेम गरिरहिन् । मसित विवाह भएपछि उनको माइती जिल्ला कपिलवस्तुकै एउटा भेलामा उनीमाथि धेरै आक्रमण भएको थियो तर उनले एक्लै त्यो विरोधको सामना गरेकी थिइन् । त्यसैले मैले भन्दछु : मलाई धेरै नै माया गर्ने तीनओटै व्यक्तिहरू बुबा, जलजला र दुर्गा एकै प्रकारको धातुले बनेका व्यक्ति हुन् र त्यो कारणले पनि मैले उहाँहरूलाई धेरै नै माया गर्दछु । युगदर्शन बाट

घरभित्र गमलामा फुल्ने चमेली
ठुला घरका नाची खेल्ने सुन्दरी
छैन मलाई कसैको रहर,
बरु टिपुँला खरानीको अँगार ।
शान्तालाई पाएपछि मलाई लागेको थियो, उनी मैले लामो समयदेखि खोज्दै आएकी युवती नै थिइन् । उनी सर्वहारा नै नभए पनि उनको आर्थिक स्थिति अत्यन्त विपन्न थियो । उनी आफ्नी आमासित एक्लै बस्दथिन् । पी.एल. को समूहसित हाम्रा धेरै मतभेद थिए तैपनि जे जस्तो भए पनि उनले एउटा कम्युनिस्ट पार्टीमा काम गर्दथिन् । त्यो सकारात्मक पक्ष थियो । अर्का शब्दमा उनी ‘खरानीकी अँगार’ नै थिइन् । त्यसैले मैले सहस्र उनीसित विवाह गरेँ ।
मैले उनीमाथि कहिल्यै कुनै आक्षेप लगाएको छैन र अहिले पनि लगाउँदिन तर मलाई सुस्त सुस्त के महसुस हुँदै गयो भने उनले मसित एकान्तमा भेट्दा जुन प्रकारको तत्परता र प्रतिबद्धता प्रकट गरेकी थिइन्, त्यसअनुसार उनी थिइनन् । त्यसले मेरा मनमा धेरै वर्षसम्म तनाव भइरह्यो । त्यसको परिणामस्वरूप हामी दुवै जना एकअर्काबाट अलग पनि हुनुपर्यो । त्यसका लागि आज पनि मलाई धेरै दु:ख छ तैपनि यसका लागि मेरा मनमा उनीप्रति आदर छ कि उनले हाम्रा दुवै छोराछोरीलाई हुर्काइन् र पालनपोषण गरिन् ।
शान्तासित विवाह भएको लगत्तैपछि कामरेड चित्रबहादुर केसी बागलुङबाट प्युठान मलाई भेट्न आउनुभयो । उहाँले बागलुङमा एक ठाउँमा मेरो विवाहको कुरा टुङ्गाएर आउनुभएको रहेछ तर मेरो विवाह भइसकेकाले त्यो विवाह गर्ने कुरा भएन ।
उहाँले जुन युवतीसित मेरो विवाहको कुरा टुङ्गाउनुभएको थियो, धेरै वर्षपछि मेरो काठमाडौँमा उनीसित भेट भएको थियो । उहाँले एक दिन मलाई बोलाएर खाना पनि खुवाउनुभएको थियो । सायद उहाँले अहिले कुनै उच्च पदमा काम गरिरहनुभएको छ र उहाँको एउटा सुखी र सम्पन्न परिवार छ ।
म एकपल्ट वीरगञ्ज गएको थिएँ । त्यहाँ हाम्रो पार्टीका एक जना साथी नारायणमानसित भेट भयो । उहाँले मलाई जलजलाबारे बताउनुभयो । उनी धेरै नै साहसी र लडाकु पनि भएको कुरा उहाँले मलाई बताउनुभएको थियो । उनले त्यो बेला वीरगञ्जको कुनै कलेजमा पढ्दै थिइन् । एउटा आन्दोलनको सिलसिलामा उनी जेलमा पनि परेकी थिइन् । मेरो विवाह भइसकेको थियो तैपनि नारायणमानको कुरा सुनेर म उनीप्रति आकर्षित भएको थिएँ ।
पछि बनारसको एउटा प्रशिक्षणको कार्यक्रमको सिलसिलामा हामीले उनलाई पनि बोलाएका थियौं । कामरेड खम्बासिंह काजीले उनलाई ल्याएर आउनुभएको थियो । त्यो क्लास करिब एक हप्ताजति चलेको थियो । उनको विचार, व्यवहार, उत्साह र कार्यशैली देखेर मलाई लागेको थियो कि उनी साँच्चिकै एउटा लडाकु र क्रान्तिकारी कार्यकर्ता थिइन् । पछि उनी कुनै आपत्ति नगरिकन एउटा दूरवर्ती गाउँ रोल्पाको थवाङमा जान तयार भएको कुराबाट पनि मेरो उनीप्रतिको आकर्षण बढ्दै गयो । त्यो आकर्षण कसरी प्रेममा बदलियो र त्यसका लागि पार्टीले ममाथि कारबाही पनि गर्यो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यसैले त्यसबारे थप चर्चाको आवश्यकता छैन ।
जलजलाको मृत्युपछि मलाई ठुलो चोट पुग्यो । जलजलाको मृत्युपछि मलाई यस्तो लाग्न थाल्यो कि उनको अभावमा मलाई उत्साहपूर्वक पार्टीको काम गर्न पनि अप्ठ्यारो पर्दथ्यो । मैले आफूलाई एक्लो महसुस गर्न थालेँ । मैले पुन: जलजलालाई नै खोज्न थालेँ । मैले महसुस गर्न थालेँ : जलजलाको मेरा लागि ठुलो आवश्यकता छ । उनको अभावमा मैले राम्ररी काम गर्न सक्दिनँ ।
जलजलालाई भेट्याउनका लागि मैले धेरै कोसिस गर्नुपर्यो । मेरो पहिलो ध्यान उनकी बहिनीहरूप्रति गयो तर मलाई लाग्यो, उनीहरूमध्ये कसैले पनि जलजलाको स्थान लिन सक्दैनथे । त्यसैले उनीहरूबाट मैले ध्यान हटाएँ । त्यसपछि मेरो ध्यान पार्टीका कतिपय सक्रिय महिला कार्यकर्ताहरूप्रति गयो तर उनीहरूको बिचमा पनि मैले जलजलालाई फेला पार्न सकिनँ । त्यस प्रकारको पृष्ठभूमिमा मेरो दुर्गासित सम्पर्क भयो ।
उनी कपिलवस्तुकी एक जना सक्रिय कार्यकर्ता थिइन् । भारतको सोहरतगढको प्रशिक्षण कार्यक्रममा मेरो उनीसित पहिलो पल्ट भेट भयो । पहिलो पल्ट भेट हुँदा नै मलाई यस्तो महसुस भयो उनी बेग्लै प्रकारकी महिला कार्यकर्ता थिइन् । उनले सानै उमेरदेखि नै जिल्लाका विद्यार्थी, महिला वा अन्य कतिपय आन्दोलनका कार्यक्रममा पनि सक्रियतापूर्वक भाग लिने गरेकी थिइन् । त्यस सिलसिलामा उनी एक पल्ट कपिलवस्तुको जेलमा पनि परेकी थिइन् ।
हामीले भारतको कुशीनगरमा महिलाको एउटा प्रशिक्षण कार्यक्रम राखेका थियौँ । त्यो प्रशिक्षण कार्यक्रममा आउने बेलामा कैयौं महिलालाई भन्सारबाट फर्काइएको थियो तर उनी जसरीतसरी प्रशिक्षण कार्यक्रममा आइपुगेकी थिइन् । त्यो प्रशिक्षण कार्यक्रममा पनि उनले जुन प्रकारको उत्साहको प्रदर्शन गरेकी थिइन्, त्यसपछि मलाई लाग्न थाल्यो, उनी जलजला नै हुने छिन् ।
त्यो बेला हामीले सबै महिलालाई एउटा प्रश्न सोधेका थियौँ : ‘तपाईंहरूमध्ये को पेसेवर कार्यकर्ता बन्न सक्नुहुन्छ ?’
त्यसको जवाफमा दुईओटा युवतीहरूले पेसेवर कार्यकर्ता बन्ने कुरा बताएका थिए । उनीहरूमध्ये कपिलवस्तु कुश्माकी अर्की एउटी बहिनी थिइन् । ती बहिनी त अहिले कहाँ छन् ? केही थाहा छैन तर दुर्गा त्यो बेलादेखि नै लगातार सक्रिय छिन् ।
उनको जुन कुराले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो, त्यो कुरा थियो : उनीमा भएको उच्च प्रकारको साहस तथा प्रतिकूल परिस्थिति वा विरोधको सामना गर्न सक्ने दृढता । त्यही गुण मेरो पिताजी खिमविक्रम र जलजलामा पनि धेरै नै थियो । त्यही प्रकारको गुण उनमा देखेर म उनीप्रति धेरै नै आकर्षित भएँ र मैले उनलाई प्रेम गर्न थालेँ । अन्तमा हाम्रो विवाह पनि भयो ।
मेरो प्रेम र विवाहका अन्य कतिपय प्रसङ्ग भए पनि प्रत्यक्ष रूपले मेरो तीन जनासित नजिकको सम्बन्ध रह्यो : शान्ता, जलजला र दुर्गा । उनीहरूसितको सम्बन्धमा केही भिन्नता पनि रहेका छन् । शान्तिसित मेरो विवाह भयो तर उनलाई मैले प्रेम गर्न सकिनँ । जलजलासित प्रेम भयो तर उनीसित मेरो विवाह भएन । दुर्गासित मेरो प्रेम र विवाह दुवै भयो ।
मसितको प्रेमका कारणले जलजलामाथि चौतर्फी आक्रमण भएको थियो तर यो देखेर मलाई सन्तोष छ कि उनी त्यस प्रकारको आक्रमणबाट कहिल्यै पनि विचलित भइनन् र मृत्युका दिनसम्म पनि उनले मलाई प्रेम गरिरहिन् ।
मसितको प्रेम र विवाहका कारणले दुर्गामाथि पनि धेरै नै आक्रमण भएको थियो तर त्यो उनमा पिताजी खिमविक्रम र जलजलामा भए जस्तै उच्च प्रकारको साहसको नै परिणाम थियो कि उनी कहिल्यै पनि त्यो आक्रमणका कारणले विचलित र हतोत्सायी भइनन् र अत्यन्त प्रतिकूल परिस्थितिमा पनि उनले मलाई प्रेम गरिरहिन् । मसित विवाह भएपछि उनको माइती जिल्ला कपिलवस्तुकै एउटा भेलामा उनीमाथि धेरै आक्रमण भएको थियो तर उनले एक्लै त्यो विरोधको सामना गरेकी थिइन् । त्यसैले मैले भन्दछु : मलाई धेरै नै माया गर्ने तीनओटै व्यक्तिहरू बुबा, जलजला र दुर्गा एकै प्रकारको धातुले बनेका व्यक्ति हुन् र त्यो कारणले पनि मैले उहाँहरूलाई धेरै नै माया गर्दछु ।
युगदर्शन बाट