सोमवार, बैशाख ३१, २०८१

देशको आर्थिक अवस्था र भ्रष्टाचार

ढुण्डिराज सर्मा

हाम्रो देशमा आर्थिक संकटको मुख्य जिम्मेवार भ्राष्टाचार नै हो।राज्य,कर्मचारीर विचौलिया यी तिनै कुतत्वहरूको nexus(मिलेमतो)वाट भ्रष्टाचारले चरम रूप लिएको हो।

विचौलियाहरूको अन्तक्राष्ट्रिय ठगहरू स्ंग पनि सम्वन्ध जोडिएको हुन्छ।चुनावको वेला आईसी र डलरको खेती गरेर आफ्ना दलालहरूलाई ऊठाउछन,जिताऊॅछन,आॅफै पनि ऊठ्छन र पैसाको बलमा चुनाव जित्छन।देशको वागडोर सम्हाल्ने,नियम कानुन वनाउने थलो संसद दलाल विचैलियाहरूको अखडा बन्न पुग्दछ र आपसमा Nexus कायम गरेर ठूला ठूला भ्रष्टाचारहरू,अपराधिक कृयाकलापहरू गर्दछन।”आफै वोक्सी आफै झाक्री””आफ्नैहात जगन्नाथ”आफ्नो गोजी भर्ने,देश डुवाउने ,देशमा बसेर विदेशीको हितको लागी मात्र काम गर्ने।

”राजनितीको भ्रष्टिकरण,भ्रष्टाचारको अपराधीकरण,अपराधको राजनितीकरण”देशको मुख्य समस्या यही हो।ऊदाहरणको रूपमा मोहम्मद अफ्ताफ आलम जस्ले अनेकौ अपराध गरे।२५ जना मान्छेलाई एऊटै ईटा भट्टाको आगोमा हालेर खरानी बनाए,तर ऊनी राजनैतिक संरक्षण पाएर पटक पटक सांसद वने,कैयौ पटक मंत्री बने।वाईटवडी काण्ड,सुडान घोटाला काण्ड,ऐले आएर नक्कली भुटानी सरणार्थी प्रकरण यस्को ज्वलन्त ऊदाहरण हो।

सेटिडवाट हुने यस्ता कैयौ दृष्य,अदृष्य घोटाला काण्डहरूले देश अक्रान्त छ ,थला परेको छ।भ्रष्टाचार यति मौलाएको छ कि भ्रष्टाचार गर्नु धर्म हो,कर्तव्य हो।सींहदरवार देखि गांऊपालीका सम्म सवै अंगहरू,न्यायपालीका,कार्यपालीका,व्यवस्थापिका सवै भ्रष्टाचारको जालोमा मुछिएका छन।न्याय बिकेको छ।पुलीस प्रसासन.कर्मचारी विकेका छन।राज्य पुरै सेटिडमा चलेको छ।महॅगीले आकास छोएकोछ,भ्रषटाचारले सीमा नाघेको छ।पेशा व्यवसाय प्राय बन्द अवस्थामा छन।देश झण्डै असफल राष्ट्रमा परीणत भैसकेको अवस्था छ।

हाम्रो देश कृषि प्रधान,झण्डै ६५ %जनता कृषीमा आधारित छन।निर्वाहमूखी खेती गर्ने ६०%जनताको उत्पादनले वर्ष भरी खान नपुगी आयात गरी खानु पर्ने स्थिति छ।नेपालमा खेती योग्य जमिन ,झण्डै ४१ लाख हेक्टर छ।१० लाख हेक्टर (२५%)जमिन बाॅझै रहेको छ।कुल ग्राहस्त उत्पादनको ३३% जिडिपी कृषीवाट मात्र प्राप्त हुन्छ।नेपालमा करीव ५०%किसान निरपेक्ष गरीवीमा छन।नेपालमा कुल घर परिवार ५४२३२९७ देखिन्छ भनेत्यस मध्य ७४%(४०१३२४०)किसान परिवार रहेको छ।वास्तविकता के छ भने ५३%किसान परिवारले कुल कृषी योग्य जमिनको १८%भूमि उपयोग गर्छन जवकि ठूला किसान ४% ले २२%जमिन ओगटेको देखिन्छ।भू उपयोगको सही नीति नहुॅदा देश झन परनिर्भरता तर्फ धकेलिएको छ।परनिर्भरताको तस्वीर यस्तो देखिन्छ।गत वर्षको झण्डै आयात २१खर्व,निर्यात झण्डै २खर्व,व्यापार घाटा १९ खर्व।कृषी क्षत्रमा मात्रै झण्डै ३खर्व।

धान चामल-५०अर्व,हरियो तरकारी-३९ अर्व,तेलहन-८३ अर्व,फलफूल-२१ अर्व,मकै-१६अर्व,कागति-४अर्व,आलु वदाम-९अर्वआदि ।अन्य वस्तुहरूको समेत आयात जोड्दा भारतसंग मात्र परनिर्भरता व्यापार ५८%देखिन्छ।आर्को तिर
देशको मुद्रा संचिती ५० खर्व रहेकोमा झण्डै ३० खर्व १०० जना धनाड्य त्यसमा पनि खासमा २०जना (बिनोद चौधरी,पशुपति मुरारका)जस्ता घरानिया विचौलियाहरूले गरीव नेपालीहरूको निक्षेप रकम कव्जा गरेका छन र श्रीलडका,अफ्रीकी मुलुकहरू लगाएत अन्य मुलुकमा लगानी बढाएर देशलाई टाट पल्टाऊने खेलमा छन।देशको पैसा विदेशमा ओसारेर उतै पलायन हुने सम्भावना देखिएको हुॅदा भोलीका दिनमा अर्थतन्त्र झनै चौपट हुने देखिन्छ।

– [ ] आर्कोतिरदेशको आम्दामी(राजस्व)ले चालु खर्च पनि धान्न सक्ने स्थिति छैन।राजस्व ९ खर्व उठ्छ,नेपालमा १०लाख मान्छेले तलव खान्छन,साढे १० खर्व खर्च हुन्छ।साधारण चालु खर्च धान्न पनि १खर्व ५० अर्व नपुग छ भने अव देश विकासको कुरा कसरी सम्भव होला?आन्तरिक र बाह्य ऋण रअनुदानको भरमा देश कैलेसम्म चल्न सक्ला?अझ विकासे ढ्वाड फुकेर ठूला भनाऊॅदा पार्टीका ठेकेदारहरू गरीव जनतालाई भ्रममा पारेर भोटको राजनिती गर्छन,अनेक प्रलोभन देखाऊॅछन,भ्रषटाचार गरेर थुपारेका पैसा फिटेर चुनाव जित्छन।”न रहे बॅास,न बजे बॅासुरी”न देशका अपार प्राकृतिक स्रोतहरू रहे,न देशको विकास!नेपाली टोपी लगाएर विदेशीहरूको लागी मात्र काम गर्ने यी हली गोठालाहरू विदेशीका खसी वोका चराएर जीविका चलाएका छन।

एउटा सुखद कुरा (१५देखि५९वर्ष)को उर्जाशील युवा उमेर समूह झण्डै ५७%…,, हुनु खुशीको कुरा हो।यो संयोग विश्वमा कमै देशमा प्राप्त हुछ,त्यो नेपालमा प्राप्त छ,लाई देशमको विकास योजनामा प्रयोग गर्न सके देशको स्थितिमा कायापलट हुने सम्भावना उत्तिकै देखिन्छ।तर पचासौ लाख युवा जन शक्ति देशमा रोजगारी नपाएर विदेशमका गल्लीमा भौतारिनु परेको छ।तिनै युवाहरूले पठाएको रेमिटेन्सले वॅाच्नु पर्या अवस्था छ।

के हाम्रो देशमा स्रोत नभएर युवाहरू विदेश पलायन हुन पर्याहो त?।विश्वमै सर्वोच्च शिखर सगरनाथा नेपालमा,वीर भूमि ,शान्तिभूमि लुम्विनी नेपालमा,विश्व प्रसिद्ध शुद्ध पानी नेपालमा,युरेनियम जस्को मुल्य किलोको २८ करोड भन्दा बढी रूपयाॅ पर्छ,मुस्ताढमा रहेको यो युरेनियम संसारकै उत्कृष्टयानिन्छ,नेपालमा,के छैन नेपालमा?वन,जंगल,जडीवुटीमा धनी नेपाल,हिमालय सृडखलाहरू संसारमै वढी भएको देश नेपाल,विविध भाषा,संस्कृतिमा धनी नेपाल,सुन्दर शान्त देश नेपाल।

झण्डै ८३००० मेगावाट जल विद्युत क्षमता भएको देश,चुना खानी,फलाम खानी आदि धेरै खानीहरू गर्भमा बोकेर बसेको देश नेपाल।प्रकृतिले नेपाललाई सुनको थाली उपहारदिएकोछ।लाचार नेताहरू त्यही सुनको थालीमा भिख माग्दै छन।

 

हामी भने भाग्यलाई दोष दिएर वसिरहेका हुन्छौ।
गरे के हुन्न?एउटा उदाहरण पेस गर्न चाहान्छु।ईजरायल नेपाल भन्दा ७गुना सानोछ।त्यहॅाको ६०% जमिन मरूभूमि छ।पानी वर्षमा १/२ पटक पनि पर्दैन।राजनीतिमा पनि उतार चडाव भैरहने देशहो।यहॅाको कुल जनसंख्याको १.७%अर्थात७२ हजार जनता कृषीमा आवद्ध छन।त्यो मुलुकले प्रयाप्त फलफूल,तरकारी उत्पादन गरी २१ भन्दा बढी मुलुकमानिर्यात गरेर वैदेशिक मुद्रा आर्जन गरेर देशलाई समृद्ध
बनाउन सफल भएको छ॥तर हाम्रो देशको जनसंख्याको६५% (१ करोड८० लाख)जनता कृषी पेशा अप्नाएर झण्डै ३२ लाख हेक्टरमा खेती गर्दrपनि खर्वौं रूपयॅाको खाद्यपदार्थ आयात गरेर बॅाच्नु पर्ने स्थिति छ।

अब यस्लाई बदल्नै पर्छ।देश बदल्न,आर्थिक समृद्धी ल्याऊन,भ्रष्टाचार निर्मूल गरी देशमा सुसासन कायम गर्न,परनिर्भरतालाई तोडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नको लागी सेन्डिकेट कायम गरेर राज्यका सवै अंगहरू क्षत विक्षत वनाई अस्थिरतामा खेलीरहेका देशी बिदेशी प्रतिकृयाशक्तिका विरूद्ध निर्मम संघर्षको आॅधीवेहरी ल्याऊनु आजको प्रमूख आवश्यकता हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?