शनिबार, अशोज १९, २०८१

आ-आफ्नो बिचार!

सुरेशकुमार पान्डे।
हामीले भन्छौँ समाज बदल्नु पर्छ,देशमा आमुल परिवर्तन ल्याउँनु पर्छ।तर हामि मध्यका कतिले भन्छौ त आफुलाई बदल्न पर्छ?के यो समाज हामि बाट बनेको होईन?हामी समाज र देश भन्दा बेग्लै हौँ?समाजका अगुवा हरुको अबस्थामा क्रमिक सुधार छैन।उ आफै बिमारछ जस्ले समाजको उपचार गर्ने कुरा गर्छ।जति धाग लगाए पनि आफुले आफै भित्र थुप्रो मयल लिएर दुर्घन्ध फैलाउँदै हिँड्छ भने के त्यो ब्याक्तिले समाज बदल्छु भनेर मात्र पुग्छ ?यो नै महत्वपुर्ण कुराहो।
यि संसार बदल्न कमर कसेकाहरु सँग प्रश्न गरौँ उँहाहरुले कुनै पार्टीको झोला बोकेर हिँड्दैमा उँहा सुद्रिनु भयो त?कि झन बिग्रिनु भयकोछ?यसलाई बढी ध्यान दिनु पर्ने हुँन्छ।मेरो बिचारमा समाजका अगुवा ब्याक्तिहरुमा सुधार हुँन्छ भने देशका जनतामा पनि सुधार हुँन्छ।
हाम्रो समाजमा शुधार भयो भने आमुल परिवर्तन पनि अबस्य हुँन्छ भन्ने कुरा बुझ्नु पर्छ।
हामिले ब्याक्तिगत रुपमा धेरै कम्जोरीहरु बोकेर हिँडेका हुँन्छौँ जस्ले गर्दा हाम्रो आसपासको समाज दुर्घन्धित हुन्छ।कतिपय अबस्थामा जातिको नाउँमा धर्मको नाउँमा थुप्रै कुप्रथा हामिले सामाजिक रुपमै बोकेर हिँड्छौँ।त्यस्ले गर्दा हामिलाई त क्षाणिक सजिलो भयो किन कि त्यो समाज सँग बिद्रोह गर्न परेन तर सिङ्गो पार्टी लाई के असर पुग्यो। जो काम हामिले गय्रौ त्यो हामि बसेको पार्टीको अनुसाशन सिधान्तमा मेल खान्छ कि खाँदैन?त्यो जचाउँनु पर्छ।
म एक पटक आफ्नै बिभागको केही दिने प्रतिक्षाणामा पुँगे यद्मापी त्यो प्रतिकृयावादी समाजको एउटा अङ्ग हो तर त्यँहा केहि दिनको क्लासमा धेरै राम्रा बिचारहरु सिक्न पाईयो।उनिहरुले हामि अनुसाशित हुँनुपर्छ,जुन ठाउँमा आफुले फिल्ड वर्क गरिन्छ त्यँहाका जनता सँग राम्रो सम्बन्ध हुँनु पर्छ।उनिहरु सँग उधारा पैसा सर समान पनि लिनु हुँदैन आपसमा मिलेर बस्नु पर्छ एकले आर्काको मद्त गर्नु पर्छ आदी ईत्यादी बिचारहरु सिकाउँछन।प्रतिक्षाणमा बस्दा हामिहरु लाई यस्तो भय त आमुल परिवर्तन हुँन्छ भन्ने लाग्छ।काम्रेड माँओले भनेको झैँ जनता सँग बलजप्ति सियो पनि नलिने,अनुसाशनमा रहने,गोपनेतामा रहने जस्ता शिक्षा त प्रतिकृयावादीको निकाहले पनि त दिदारैछन।सवालता ब्यबहारको हो ब्यबहारमा कत्तिको उतार्ने गरे।जो जति सिकाए पनि बाहिर जब फिल्डमा जान्छन उनिहरु फेरी उस्तै जनतालाई ठग्ने भ्रष्टचार गर्ने र पैसा कमाउँने प्रयासमै लिप्त हुँन्छन।अब हामिले बुझ्ने कुरा यँहीछ।के त्यो प्रतिक्षाणको फाईदा भयो त?यदि ब्यबहार उस्तैछ भने बिचारले मात्रै समाज बदल्लिँदैन भन्ने कुरा पनि त बुझ्नु पर्छनी होईन र?हाम्रो समाजमा यस्ता कयौँ बिचार बोकेका हरु अब्यबाहारिक भएर नै झन संकट परेकोछ।लेनिनले भन्नु भयकोछ “सुस्त छोपेको भन्दा छोप्दै नछोपेको ठिक”वास्तबमा ठिक कुराहुँन कम्युनिष्टलाई सक्नु हुँन्छ बलिएरी छोप्नुश त्यो भनेको ब्यबहारमा लागु गर्न सक्नु हुँदैन भने चत्रक्कै छाड्दिनुश।किन भने ब्यबहारमा उतार्न नसकेपछि त्यसको परिणाम दुरागामी हुँन्छ।आफुलाई कम्युनिष्ट पनि भन्ने अनि कम्युनिष्ट बिचारधाराको उल्टो पनि गर्ने गरियो भने हामिले जान बुझेर कम्युनिष्टलाई बद्नाम गर्दैछम।त्यसकारण कम्युनिष्टको बिचारलाई ब्यबहारमा उतार्न नसक्ने हरुले ईमानदारी सँग कम्युनिष्ट पार्टीलाई छाडेपनि राम्रै हुन्छ त्यसबाट कम्युनिष्टलाई घाटा हुँदैन।बरु अन्तरराष्ट्रीय कम्युनिष्ट आन्दोलन झन दरिलो हुँदैजान्छ।कम्युनिष्ट हुँ पनि भन्ने रुढीवादी बिचारलाई छाड्न पनि नसक्ने जनतामा ठगि पनि गर्ने,पुँजि प्राप्तिका लागि अनेक तिक्डम गर्दै हिँड्ने गर्दा हाम्रो समाज दुषित भयो।एउटा बिध्यार्थिले शिक्षाको लागि भन्दा पेसाको लागि डिग्रि लिन पढ्छ,त्यस्तै प्रकारको अहिले कम्युनिष्टको सदस्य लिएपछि उस्लाई कम्युनिष्ट घोषणापत्र समेत पढ्नु पर्दैन उ कम्युनिष्टको पार्टी सदस्य बनि सक्यो।आजको अबस्था यस्तैछ।अनि हामिले भन्छौ कम्युनिष्टहरुले आमुल परिवर्तन गरेनन्।कसरी गरुन उनिहरु आफै कम्युनिष्ट बनेका छैनन्।त्यसैले मित्र कम्युनिष्ट बन्नको लागि सबै भन्दा पहिले आफुमा भयको मयल लाई सफा गरौँ मेरो बिचारमा।कुनै पनि समाजले गन्दगि बोकेर हिँड्छ भने त्यसले अरुलाई पनि दुषित गराउँछ।..

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?