शनिबार, अशोज १९, २०८१

“चुनौती र समस्या छ र त हामीले क्रान्तिको बाटो रोजेका छौं।”

 

-बिन बहादुर रेग्मी, सुरत

संगठनमा काम गर्ने मान्छेको आ आफ्नो व्यक्तिगत पारिवारिक सामाजिक समस्या र चुनौती हुन्छन। समस्या र चुनौती के हों भन्ने कुरा त्यो मान्छे कस्तो प्रकारको संगठनमा काम गर्छ त्यसमा भर पर्छ। मठ मन्दिर धार्मिक संगठन, निश्चित उद्देश्य नीति सिदान्त बोकेका प्रजातान्त्रिक संगठन, आमूल परिवर्तनको लागी क्रान्तिकारी विचार बोकेका बामपन्थी संगठन।सबै प्रकारका संगठनमा काम गर्दा आर्थीक समस्या देखा पर्ने हुन्छ। मठ मन्दिर धार्मिक संगठनमा आस्थाको आधारमा स्वर्ग जाने आशामा पैंसा जम्मा गर्न सजिलो हुन्छ त्यसकारणले धार्मिक संगठन चलाउनेहरू सुकिला मुकिला मोटा हुन्छन्। सुखी र खुशी देखिन्छन्। तिनीहरू यही दुनियामा रमाई रमाई मोज मस्ति गरिरहेका हुन्छन्।उनीहरूलाई गरिबी भोकमरी बेरोजगारी संग कुनै मतलब हुदैन।साँच्चिकै भन्ने हो भने समाजको आमूल परिवर्तनको लागि धार्मिक संगठन बाधक हुन्छन्।
निश्चित उद्देश्य पूरा गर्न बनेका प्रजातान्त्रिक संगठनका कार्यकर्ता चुनावी अभियानलाई केन्द्र बनाएर काम गर्छन्, कुरा गरिबी भोकमरी बेरोजगारीका गर्छन् तर समस्या समाधानको उपाय बताउँदैनन्। चुनाव जित्ने उदेश्य प्रमूख हुन्छ। त्यस्ता संगठनमा लागेका कार्यकर्ता अवसरवादी खालका हुन्छन्। गाडीमा हाल्ने तेल, मुखमा हाल्ने मसला, पेटमा हाल्ने गुदो र जेबमा हाल्ने कौडी (धन) को समस्या पर्दैन। धनी पुँजीपति ब्यापारी वर्गको ठूलो लगानी हुन्छ।कार्यकर्ताकाे जिवन निर्वाह राम्रै चलेको हुन्छ तसर्थ: त्यहाँ जिम्मेवारीबाट हटने, राजीनामा दिने भन्ने कुरा नै आउँदैन। उनीहरू पुँजीपतिको दास बनेर काम गरिरहेका हुन्छन्। वर्गीय मुक्ति आन्दोलनका दुस्मन बनिसकेका हुन्छन्।
जहाँ सम्म प्रगतिशील संगठनमा आबद्ध कार्यकर्ताको सन्दर्भको कुरा हो त्यहाँ समस्या र चुनौती जटिल एवं भयावह छन। गरिब दुःखी मजदुर किसान नै प्रगतिशील संगठनका कार्यकर्ता हुन्छन्। उनीहरूलाई न्याय समानता मुक्तिको कुराले प्रेरित गरेको हुन्छ र कम्युनिस्ट नैतिकता बाट खारेर बाैद्धिक व्यक्तित्व तयार पारिन्छ। त्यो क्रममा ठूलो चुनौती जटिल समस्या देखा पर्छ। अर्को तरिकाले बुझ्नु पर्दा त्यो कार्यकर्ता परीक्षण कालबाट गुज्रिरहेको हुन्छ।
उदाहरणको लागि मानौं एउटा मजदुर आफनो नोकरीमा महिनामा तीस दिन नोकरी गर्छ र महिनाको तलब निश्चित रकम यती आउँछ भन्ने हिसाबमा घर खर्च, लेनदेन व्यवहार मिलाउने गरेको हुन्छ, त्यति बेला सम्म उसको दैनिकी गुजारा राम्रै चलेको हुन्छ। सिदासादा मजदुरको लागि तो दैनिकी जिवन सामान्यतः सुखमय मानिन्छ तर आर्थिक समस्या घरको ऋण सकिएको हुदैन झन झन बढदै थपिँदै गएको हुन्छ। उसलाई समानता मुक्तिको कुराले आकर्षित गर्छ र प्रगतिशील संगठनमा आबद्ध भएको हुन्छ। सुरु सुरुमा नेता हुने रहरमा छुट्टी गर्ने, चिया नास्ता खर्च पानीमा मन ठूलो बनाएर अगाडि सर्ने, जानी नजानी भाषण गर्ने, सेल्फी फोटो अपलोड गरेर सामाजिक सञ्जालमा रमाएको देख्न सकिन्छ। केहि समय पछि उसले घर परिवार संसारमा आफनो हिसाब किताब हेर्छ मानौँ ठूलो नोक्सानी भएको महसूस गर्छ। ऊ माथि संगठनले विश्वास गरेर दिएको जिम्मेवारी बोझ लाग्न थाल्छ। सुरु सुरुमा त विरोध गर्न सक्दैन तर ऊ निष्क्रिय भइसकेको हुन्छ। एउटा निष्क्रिय कार्यकर्ताले सकारात्मक उर्जाशील सोच राख्ने कुरै हुदैन त्यतिबेला वर्गिय मायाले लछप्प भिजेका आदर्णिय अग्रज कमरेडहरुको हरेक हाउभाउ बोली वचन निर्देशन उसलाई मन पर्दैन। कुनै न कुनै बहाना बनाएर म जिम्मेवारि बाट हट्छु,राजीनामा दिन्छु,म बर्बाद भएँ येस्तै यस्तै प्रतिक्रिया दिन थाल्छ। त्यस्तो अवस्थामा केहि समय त्यो साथीलाई एक्लै सोच्ने मौका दिनु सबैभन्दा उत्तम उपाय हो। किनकि साथी काचो छ। राजनैतिक सैदान्तिक ज्ञानको अभाव छ। उसले लिने फैसला उसलाई गलत बाटोमा लैजान सक्छ।
हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्राे संगठनमा हामी मजदुर किसान मात्रै छौँ, हामीले हाम्राे हक अधिकार र मुक्तिको कुरा गरेका छौ।संगठनमा हाम्राे आर्थीक समस्या हामीले नै टार्नु छ। धार्मिक संगठन र प्रजातान्त्रिक संगठनमा जस्तो आर्थीक सहयोग जुटाउन हामीलाई सम्भव छैन। साथीले के बुझ्न सक्नुपर्छ भन्दा मेरो कमाइले हिजो पनि घरको ऋण तिरेर सकिएको थिएन आज पनि त्यस्तै छ बरु मलाई पार्टीले विश्वास गरेर जिम्मेवारि सुम्पेको छ, म सडकको मान्छेलाई सदनमा बोल्ने अवसर दिएको छ, मलाई आत्मनिर्भर वन्नु पर्छ भनेर साथ सपोर्ट मिलेको छ। महिनामा पाँच सात दिन छुट्टी भयाे तनखा काटियो याे त बाँच्दा सम्म यस्तै हाे घर गाको बेला बिरामी भाको बेला, कोही मोर्दा पर्दा छुट्टी लिनै पर्छ त, त्यो नोक्सानी मलाई विश्वास गर्ने संगठनले गर्दा हो भन्न कसरी सकिन्छ र? याे मेरो सैदान्तिक ज्ञानको कमजोरी हो भन्ने बुझ्न जरुरी छ। संगठनले त रक्सी नखाउ जुवातास नखेल रण्डीबाजी नगर भनेको छ त तिमी त महिनामा तनाखा थोरै आएको,संगठनमा लागेर बर्बाद भएको कुरा रक्सी खाएर गर्दै छौ त। संगठनले सिकाएको नीति सिदान्त बुझ्नु पर्दैन र? मानौं तिमीले मेशमा पैंसा दियौ खाना पनि आफै खायौं त। मलामी गयौ, बिरामीलाई चन्दा दियौं,हस्पिटलमा कुर्न बस्यौं, यत्ति त मानवीय नाताले संगठनमा नबसेको भए पनि गर्नु पर्ने होइन र? त्यसकारणले संगठनमा लागेर नोक्सान हुदैन तपाईं अति राम्रो मान्छे बन्दै हुनुहुन्छ। केवल सैदान्तिक ज्ञानको अभाव छ। तपाईंलाई संगठनले धेरैं भन्दा धेरै जिम्मेवारि थोपरेको छ त्यो तपाईंले पुरा गर्न सक्नुहुन्छ भनेर होइन तपाईंलाई राजनैतिक सैदान्तिक व्यवहारिक रूपमा निपूर्ण बनाउन रापिलो भट्टीबाट खारेर बाैद्धिक व्यक्तित्व तयार पार्दैछ भन्ने हों।
अब तपाईं के बुझ्नु भयो? के तपाईंले जिम्मेवारि बाट हटेर उम्किन मन छ?राजीनामा तपाँईको समस्याको समाधान हो त? अवस्य होइन। जिम्मेवारी बाट हटेर तपाईँको समस्या हल हुदैन। याे पूँजीवादी व्यवस्था रहुन्जेल गरीब दुखीको समस्या झन झन जर्जर र भयावह जटिल बन्दै जान्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?