शुक्रबार, मंसिर १५, २०८०

ठुला पार्टिका मान्छे र साना पार्टिका मान्छे

इस्वरी भण्डारी

आज हामिले ठुला राजनितिक पार्टिमा लागेका मान्छे
र साना राजनितिक पार्टिमा लागेका मान्छेहरु
का अन्तरका बारेमा चर्चा गर्ने छौं।
गाउँ शहरमा प्राय जसाे के भन्ने गरिन्छ भने”ठुलाे रुखकाे छाहारिमा बसेपछि एक झर पानी ओत्छ”।आम जनताका बीचमा राजनितिक पार्टिहरुका बारेमा छलफल चल्दा,कसैले भन्छ,म त काँग्रेश,कसैले भन्छ,म त एमाले,कसैले भन्छ,म त माओवादी,साना पार्टिकाे त कसैले नामै लिन्न।यसरी आफू ठुलाे पार्टिमा लागेकाे ठुलाे मान्छे भनेर स गौरव डिङ्ग हांक्छन्।र घिरौंला जत्रा नाक फुलाउंछन्।अर्काेतिर साना पार्टि जस्तै राष्ट्रिय जनमाेर्चा जस्ता पार्टिकाे खिल्लि उडाउंछन्।भन्छन्-सरकार चलाउंने हुतिकार छैन,सरकारमा कहिले पुग्ने हाेइन,सधैं उस्ताकाे उस्तै।ठुलाे पार्टि हुने हाेइन,उहीँ बिराेध गरेकाे गरइ,दिक्क मान्दै भन्छन्।
आम मान्छेहरुले याे साेच्दैनन् ,देशका जल्दा-बल्दा समस्याहरुकाे उठान कुन पार्टिले उठाउंदै आएकाे छ,ती तमाम समस्याहरु हामिहरुले झेल्नु परिरहेकाे छ कि छैन।अथवा भविश्यमा हामी सबैका लागि घातक हुन्छन् ,हुंदैनन् ,यसका बारेमा साेच बिचार गर्दै गर्दैनन्।जस्तै ठुला पार्टिहरुले गरेकाे राष्ट्रघात,भ्रष्ट्रचार,कुशासन र अनेमियतता हेर्दै हेर्दैनन्।ठुला पार्टिहरुले गरेका बदमासि वा अपराधिक कार्यकाे व्यापक बिराेध हुन थाल्याे भने आत्तिएर लाज पचाउन”सबै पार्टिहरु उस्तै हुन् “भनेर पन्छिन खाेज्छन्।
ठुला पार्टिहरुले पारित गरेका राष्ट्रघाति नागरिक्ता बिधेयक,राष्ट्रघाति अमेरिकि परियाेजना m.c.c.का कारण बिदेशीहरुकाे बाहुल्य भयाे भने,देश पराधिन बन्याे भने त्यस अवश्थामा नेपालीहरु माथि हुने दमन र सास्ति के साना पार्टिमा लागेकाले मात्रै झेल्नु पर्छ?ठुला पार्टिहरुले गरेका भ्रष्ट्रचारका कारण,जबर्जस्ति संघीयता भित्राएका कारण देश आर्थिक रुपमा चौपट अवश्थामा छ।महङ्गि आक्काशियकाे छ।के यस्काे असर साना पार्टिहरुलाइ मात्र परेकाे छ? साना पार्टिमा लागेकाले मात्र महङ्गिकाे मार खेप्नु परेकाे हाे? के ठुला पार्टिमा लागेकाले एक सय रुपैया किलाे चीनि किन्दा साना पार्टिमा लागेकाले एकसय पचास रुपैया तिर्नु पर्छ?वा साना पार्टिमा लागेकाले एक सय रुपैयामा चीनि किन्दा ठुला पार्टिमा लागेकाले अस्सि रुपैया किलाे चीनि पाउँछन् ?साना पार्टिमा लागेका मान्छेहरुका छाेरा छाेरीले मात्र देश भित्र राेजगारि न पायर बिदेश जानुपरेकाे छ या ठुला पार्टिमा लागेका मान्छेहरुका छाेरा छाेरी बिदेश जान परेकाे छैन? साना पार्टिमा लागेका मान्छेहरुले मात्र भाेक,राेग,गरिबी,अशिक्षा र बेराेजगारी ब्यहाेर्नु परेकाे छ? ठुला पार्टिमा लागेकाहरुलाइ यी तमाम समस्या झेल्नु पर्दैन? के ठुला पार्टिमा लागेका सबै सम्पन्न छन? उनिहरुलाइ सुतेर खान लाउन पुग्छ? साना पार्टिमा लागेकाले मात्र आफुहरु बाँच्नका लागि मेहनत परिश्रम गर्नु पर्छ?
माथि उल्लेखित अन्तर छ भने त ठुला पार्टिहरुमा लागेकाले बुध्दि पुरायछन् भन्ने हुन्छ,हैन भने कुनै अन्तर छैन भने बिन मतलवका डिङ्ग हाँक्दै किन हिड्नु पर्याे? राष्ट्रघाति,भ्रष्ट्रचारी,तस्करि रजनघातिहरुका पछाडि किन गाडि छुट्ला जस्ताे गरि दगुर्नु पर्याे? वास्तवमा आम नेपालीहरुले अब यी प्रष्नहरुकाे उत्तर खाेज्नु जरुरि हुन्छ।कहिले सम्म हामी भ्रष्ट्रहरुका दास बनिरहने? साेच्न ढिला भइसकेकाे छ।यदि हामी सबैले सहि र सत्यताकाे आधारमा नीति सिध्दान्त अङ्गालेका राजनितिक पार्टिलाइ राेज्यौं भने भाेलि निर्णायक शक्ति बन्न सक्छ।जनताले चाहे जस्ताे राज्य सत्ता स्थापना हुन सक्छ।यदि त्यसाे न भएमा यी जन बिराेधि राष्ट्रघातिहरुले देश पूर्णरुपमा असफल बनाउने छन् र त्यस अवश्थामा कुनै साम्राज्यवादी शक्ति या दरबारलाइ नेपालकाे सार्बभौम सत्ता भेटि चढायर कुलेलम ठाेक्ने छन् ,अब ढिलाे गर्दा परिणाम दुखद न आउला भन्न सकिन्न।२०८०/५/६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?