अशाेक शर्मा
यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन राजनीतिक कार्यदिशाकाे दृष्टिकोणले मुलत: दुई कित्तामा ध्रुवीकृत हुदै गइरहेको छ। एउटा संशोधनवादी कित्ता र अर्काे क्रान्तिकारी कित्ता । संशोधनवादी कित्ता पुराका पूरा संसदवादमा पतन भएकाे छ भने क्रान्तिकारीहरु संसदवादकाे विरुद्धमा खडा हुदै आइरहेका छन। संसदवादी बाटाेमा पतन भएपछि संशोधनवादी कित्तामा उभिएका समुहहरुले नयाँ जनवादी क्रान्तिकाे राजनीतिक कार्यदिशा परित्याग गरे। याे उनीहरूकाे रहर नभएर बाध्यता थियाे। किन कि नयाँ जनवाद र संसदवाद विपरीत राजनीतिक ध्रुव भएकाे स्थितिमा संसदवादीहरुले लामाे समय नयाँ जनवाद र नयाँ जनवादी क्रान्तिकाे भ्रम छरिरहन संभव थिएन । अन्ततः उनीहरुले नयाँ जनवादी क्रान्तिकाे कार्यदिशा नै परित्याग गर्न पुगे। यहाँ बुझ्नुपर्ने कुरा के छ भने संशोधनवादका पक्षधरहरुले संसदीय प्रक्रिया अनुरुप समाजवाद स्थापना गर्ने बताउदै आइरहेका छन भने नयाँ जनवादी क्रान्तिका पक्षधरहरुले नयाँ जनवादी क्रान्तिकाे प्रक्रिया (नयाँ जनवादी व्यवस्था) पूरा गरेर मात्र समाजवादमा जान सकिने बताउदै आएका छन।
संसदवादीहरुले समाजवादलाई न्युनतम कार्यक्रमकाे रुपमा ल्याएका छन र अवकाे क्रान्ति समाजवादी क्रान्ति हुने बताएका छन। नेपालमा सामन्तवाद समाप्त भएर पुजिवाद आइसकेकाे कारण अब नयाँ जनवादी क्रान्तिकाे चरण समाप्त भएकाे कारण त्यसका केही बाँकी कार्यभार पूरा गर्दै यथास्थितिकाे जग( संसदीय प्रक्रिया) भित्रैवाट समाजवादमा जान सकिन्छ भन्ने रहेकाे पाइन्छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने संसदवादी दलहरू शासन सत्तामा दलाल पुजिपति वर्गकाे प्रतिनिधिकाे रुपमा खडा छन भने नाेकरशाह र सामन्तहरुले उनीहरुलाई राज्यसत्ताका स्थायी संयन्त्र अन्तर्गत फनफनी घुमाइरहेका छन। दस बर्षकाे महान जनयुद्ध र १९ दिने लगायत विभिन्न जनआन्दोलनहरुकाे परिणामस्वरूप राजतन्त्र ढलेपछि तुलनात्मक रुपमा केही कमजोर भएपनि सामन्तवाद ढलेकाे छैन। सामन्तवर्ग, दलाल पुजिपति वर्ग र नाेकरशाही पुजिपति वर्गकाे हातमा राज्यसत्ता हिजो देखि आजसम्म कायमै रहेकाे छ भने क्रान्ति र आन्दोलनको बलमा सामन्तवर्गकाे हातमा रहेकाे शासन सत्ता दलाल पुजिपति वर्गकाे हातमा आएकाे छ। राजनीतिमा राज्य सत्ता मुल विषय हाे भने शासन सत्ता सहायक कुरा हुन्छ । राज्यसत्ता क्रान्तिकाे विजयवाटमात्र प्राप्त हुन्छ भने शासन सत्ता राजनीतिक आन्दोलनको जगमा हुने सम्झौतावाट पनि टुंगो लाग्न सक्छ। दस वर्षकाे महान जनयुद्ध र त्यसकाे जगमा भएकाे २०६२/०६३ सालकाे १९ दिने ऐतिहासिक जनआन्दोलन लगायतका सबैजनविद्रोह, क्रान्ति र आन्दोलनहरु सम्झौतामा टुंगिएको कारण यहाँ राज्यसत्ता यथावत रहेर केवल शासन सत्ता मात्र बदलिन पुग्याे। जस्काे परिणामस्वरूप नेपालकाे उत्पादक शक्ति र उत्पादन सम्बन्धमा केही फेरबदल आएपनि यहाँकाे राज्यसत्ताको आधारभूत चरित्र (अर्ध-सामन्ती र अर्ध/ नव अाैपनिबेशीक) मा कुनै बदलाब भएन। अर्थात नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नभएसम्म वर्तमान राज्यसत्ताको आधारभूत चरित्र बदलिने सम्भावना देखिदैन ।
नेपाली समाजको उपराेक्त चरित्र बदल्नकाे लागि नयाँ जनवादी क्रान्ति आवश्यक पर्न जान्छ। राज्यसत्तामा सामन्त, दलाल र नाेकरशाही पुजिपति वर्गकाे बर्चस्व रहदासम्म नेपालकाे अर्ध- सामन्ती र अर्ध/ नव अाैपनिबेशीक राज्यसत्ता कायमै रहन्छ र राष्ट्रिय स्वाधीनता र स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्रकाे विकास संभव हुदैन । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको विकास नहुनुमा सत्तसीन वर्गकाे उत्पीडनमा पर्दै आएकाे राष्ट्रिय पुजिपति वर्ग समेत उत्पिडनमा पर्नु र उनीहरुले प्राप्त गर्नुपर्ने उत्पादनका साधन श्राेतहरुमाथि दलाल पुजिपति वर्गकाे कब्जामा रहनु हाे। तसर्थ सामन्त, दलाल तथा नाेकरशाह पुजिपति वर्गकाे राज्यसत्ताको उत्पीडनमा पर्दै आइरहेका मजदुर, किसान, आदिवासी जनजाति, तराईवासी मधेसी, दलित महिला, मुस्लिम लगायत स्वयं राष्ट्रिय पुजिपति वर्गसमेत एकताबद्ध भएर संघर्षमा सामेल हुन जरुरी छ। सामन्तवाद र साम्राज्यवाद विरुद्ध लड्न र त्याे लडाइँमा विजय प्राप्त गरिसकेपछि समाजवादी क्रान्तिकाे चरणमा समाजलाई नेतृत्व गर्न आजकाे पुजिपति वर्ग असक्षम भएकाे कारण नयाँ जनवादी क्रान्तिकाे नेतृत्व स्वयं समाजवादी क्रान्तिकाे समेत चालक शक्ति (संघर्ष, विद्रोह र क्रान्तिकाे दीर्घकालीन शक्ति) मजदुर वर्गले गर्नु पर्ने हुन्छ र नयाँ जनवादी क्रान्ति सम्पन्न भइसके पछि मजदुर वर्गकाे नेतृत्वमा मजदुर किसान वर्गकाे एकताकाे आधारमा राष्ट्रिय पुजिपति वर्ग समेत( सामन्त, दलाल र नाेकरशाही पुजिपति वर्ग बाहेक) मिलेर जनताकाे संयुक्त जनवादी अधिनायकत्व ( नयाँ जनवादी राज्यसत्ता ) स्थापना हुन्छ। उक्त राज्य सत्ता पुजिवाद र समाजवाद विचकाे संक्रमणकालीन व्यवस्था हुने भएकाे कारण याे नयाँ खालकाे पुजीवादी जनवादी क्रान्ति र व्यवस्थाकाे रुपमा रहन्छ । जुन व्यवस्थाले राज्यसत्तामा शाेषण गर्दै आइरहेकाे सामन्तवर्ग, दलाल तथा नाेकरशाही पुजीपति वर्गकाे सत्ताका सम्पूर्ण आधार र उपरिसंरचनाहरुलाई दार्शनिक, सैद्धान्तिक, बैचारिक, आर्थिक सामाजिक तथा सांस्कृतिक रुपले पूर्णरूपमा ध्वस्त बनाएर नेपाली समाजलाई समाजवादी क्रान्तिकाे चरणमा प्रबेश गराउने कार्यभार पूरा गर्दछ। त्यसैले समाजवादी क्रान्तिकाे आधार तयार पार्न सम्पूर्ण प्रगतिशील, देशभक्त, वामपन्थी तथा जनवाद र समाजवादका पक्षधर सच्चा मालेमावादी कम्युनिस्ट क्रान्तिकारीहरु नयाँ जनवादी क्रान्तिमा सामेल हुनुपर्दछ । तर संशोधनवादकाे दलदलमा फसेका संसदवादी दलहरु मालेमावादी क्रान्तिकाे याे श्रृङखला( नयाँ जनवाद, बैज्ञानिक समाजवाद हुदै समतामूलक साम्यवादकाे बाटाे) मा सामेल हुन सक्दैन ।
कम्युनिस्ट आन्दोलन भित्र रहेका संशोधनवादीहरु द्वारा केही समय पहिले निर्माण गरिएकाे भनिएको कथित समाजवादी माेर्चा कुनै क्रान्तिकारी माेर्चा नभएर संसदवादी माेर्चा हाे। यसले सामन्तवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गर्न सक्दैन बरु आत्मसमर्पणकाे नियमित प्रक्रियालाई थप अगाडि बढाउने मात्र गर्नेछ। तसर्थ वर्तमान संसदीय व्यवस्थाका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा निर्माण भएकाे भनिएको कथित समाजवादी माेर्चाकाे विकल्पमा नयाँ जनवादी क्रान्तिका पक्षधरहरुकाे विचमा नयाँ जनवादी माेर्चा निर्माण आजकाे क्रान्ति र क्रान्तिकारी आन्दोलन वा वर्गसंघर्षकाे वस्तुगत तथा अनिवार्य आवश्यकता हाे र भएकाे छ। उक्त आवश्यकता पूरा गर्न हामीले नयाँ जनवादी माेर्चा, नेपालकाे बैचारिक बहस प्रारम्भ गर्नुका साथै त्यस विचारलाई संगठनको भाैतिक शक्तिमा बदल्ने प्रक्रियामा अगाडि बढिरहेका छाै। हामीले याे माेर्चा निर्माण कुनै अमुक पार्टीको विरोध आलोचना र संघर्षमा कम र नयाँ जनवादी क्रान्तिका पक्षधरहरुविचकाे एकता र ध्रुवीकरण र संघर्षमा बढी जाेड दिदै जानेछाैं। निकट भविष्यमा नै हामीले निर्माण गर्न गइरहेको नयाँ जनवादी माेर्चाकाे राष्ट्रिय भेला आयाेजक समिति मार्फत संस्थागत ढंगले नै हामी उक्त प्रक्रियामा प्रवेश गर्ने छाैं । याे माेर्चामा नयाँ जनवादी क्रान्तिकाे साथसाथै बैज्ञानिक समाजवादी क्रान्तिका पक्षधरहरु पनि सामेल हुन सक्नेछन र यी दुबै पक्ष मिलेर नयाँ जनवादी क्रान्ति मार्फत नयाँ जनवादी व्यवस्था स्थापना गरिने छ र समाजवादी क्रान्तिकाे चरणमा समाजलाई प्रवेश गराई राजनीति क्रान्तिकाे नेतृत्व बैज्ञानिक समाजवादी क्रान्तिका पक्षधर शक्तिकाे हातमा हस्तान्तरण गरिने छ।
यतिबेला हामीले उक्त महान क्रान्तिकाे प्रक्रियाकाे इतिहास निर्माणकाे आजको वस्तुगत आवश्यकताकाे नेतृत्वकाे प्रारम्भ गरेका छाै। हामीलाई के विश्वास छ भने ढिलाेचाँडाे नयाँ जनवादी क्रान्तिका पक्षधर सम्पूर्ण शक्ति वा समुहहरु हामीले प्रारम्भ गरेकाे बैचारिक छातामुनि नआइ सुुखै छैन। याे अहिलेकाे वस्तुगत आवश्यकता हाे। याे ऐतिहासिक आवश्यकता पूरा गर्नैपर्ने इतिहासले नेपाली जनता र समाजमाथि सुम्पेको जिम्मेवारी पूरा गर्न देशका सम्पूर्ण प्रगतिशील, देशभक्त, वामपन्थी शक्ति, संगठन तथा समुहका अतिरिक्त मजदुर, किसान, राष्ट्रिय पुजिपति तथ उद्योगपति, उत्पीडित जाति वर्ग क्षेत्र लिङ्ग र आम जनसमुदाय एकताबद्ध बन्न जरुरी छ । उल्लेखित जनसमुदायकाे विशाल हिस्साकाे सहभागिताले मात्र देशकाे विद्यमान सामन्त, दलाल र नाेकरशाही पुजिपति वर्गकाे राज्यसत्ता अन्तर्गतको वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था ध्वस्त परि जनताकाे नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सकिने छ र अर्ध समन्ति र अर्ध/ नव अाैपनिबेशीक सामाजिक संरचना बदलेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न संभव हुनेछ। जसको परिणामस्वरूप साँचो अर्थमा देशका राष्ट्रियता, जनतन्त्र र जनजिविकाका आधारभूत समस्यहरु समाधान हुनेछन।