शनिबार, साउन १२, २०८१

बिदेश पलायन हुँदै युवा

 

आशिष आचार्य

युवा भनेको देश लाई एक हिसाबले समृद्ध तर्फ लग्ने मुख्य हतियार हो । तर हाम्रो बिडम्बमा युबा शक्ति लाई दिन प्रतिदिन वैदेशिक यात्रा मा पठाइ आफै कम्जोर हुँदै छौ । प्रती दिन नेपाल देखि वैदेशिक रोजगारी मा जाने युबा हरु ३००० देखि ४००० का दर ले युबा बिदेश पलायन हुँदै छन ।आखिर यो परिस्थिति कसरी आयो त । नेपाल मा अहिले जति पढेलेखेका भय पनि केही गर्न को लागि अहिलेको अबस्थामा मुख्य हतियार भनेको राजनीति ( POWER ) बनेको छ ।

राजनीतिक पहुँच भयन भने अहिले सामान्य कार्यलय सहयोगि को जागिर खान पनि गारो हुने अबस्था आइसकेको छ । नेपाल मै केही गरौ भनेपनी याहा भने रोजगार को सम्भावना कतै पनि देखि दैन कृषि गरौ नेपाली उत्पादन ले बजार पाउदैन फर्म सन्चालन गरौ राजनीतिक पहुँच नभै अनुदान र सहयोग पाउन सकिँदैन । केही काम गर्नु अगाडी बरिस्ठ जि हरु आइ भाइ को राजनीति के हो नि ???? अनि हजुर को आस्था के मा छ होला भन्ने जस्ता कुरा विभिन्न ठाउमा आउने गरेका पनि छन । त्यसो त पाटिगत तरिका ले गयता पनि राजनीति यति सम्म लाग्न थाल्यो कि यदि बिपरित पाटी को ब्याक्ती ले केही फर्म सन्चालन ,कृषि ,औद्योगिकरण केही गर्दै छ भने त्यस ब्याक्ती लाई हौसला दिनु को सट्टामा उसैलाइ लडायर रोड मा ल्याउनु पर्छ भन्ने हाम्रो राजनीतिक संस्कार छ भन्ने मलाइ लाग्छ यस्ता लडायका उदाहरण हरु धेरै छन । नेपाल सरकारले रोजगारी को ब्याबस्थापन गर्न न सक्नु भनेको हामी नेपाली लाई दैनिक ३००० देखि ४५०० ब्याक्ती रोजगार का लागि वैदेशिक यात्रा मा जानू हो । यदि नेपाल ले औद्योगिकरण मा ध्यान दिई लगानी लगाउने हो भने नेपाल औद्योगिकारण मा लगानी गरेको १० देखि २० बर्ष भित्र मा एक सफल राज्य को रुप मा स्थापित हुन सक्छ । नेपाल मा रहेका विभिन्न किसिम का ट्यालेन्ट,कला,बैज्ञानिक क्षेत्रमा कार्यरत ब्याक्ती लाई सरकारले सहयोग गरि विभिन्न ठाउँमा सहकार्य पनि गर्नु पर्दछ । यसो गरे कसो सफल हुन न सकियला र ( उदाहरण का लागि
१, डा सन्दुक रुइत
२, डा गोबिन्द के सि
३, डा महाबिर पुन
जस्ता ब्याक्तित्व लाई नेपाल सरकार ले न चिन्नु भनेको रास्ट्र अझै पछाडी पर्दै जानू हो )

 

तर अहिले को अबस्थामा भने राज्य ले पनि युबा शक्ति लाई नेपाल मै रोक्न सक्ने बाताबरण बनाउन सकेको छैन हुन त राज्य नै रेमिटेन्स को भर मा वैदेशिक यात्रा मा गयका दाजु भाइ तथा दिदिबहिनी हरु ले चलाइराख्नु भयको च । एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ त्यो हो विदेश पलायन ।

युवा विदेश पलायनका कारण
भनिन्छ युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । घाइते अनि पाको उमेरका बा आमालाई त आफ्ना बुढेसकालको सहारा छोरा छोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हुन्छ । जसले आफ्नो बालापन देखि पठनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविष्यको आशमा बसेको हुन्छ उस्लाइ देस छाडेर जाने रहर त काहा हुन्छ र तर हाम्रो भाग्य नै तेस्तै छ ।किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला पहिरिएर चांडै फर्किने आशमा आंखा भरि आंशु पारेर वृद्ध बा आमालाई छाडेर परदेसिन वाध्य हुन्छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०२२/२३ (साउन २०२२ देखि २०२३ असार) सम्ममा ७ लाख ७१ हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढेको हो । ती युवाहरूमध्ये अधिकांश मलेसिया (२५०,०००), कतार (१००,०००), साउदी अरब (७०,०००) र संयुक्त अरब इमिरेट्स (६०,०००) गएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानेहरुका अलावा अध्ययनका लागि विदेश जाने नेपाली युवाहरुको पनि उल्लेख्य संख्या रहेको छ । शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२२/२३ मा कुल १ लाख १० हजार २ सय १७ नेपाली विद्यार्थीले विदेश पढ्न एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएका छन् । नेपाली विद्यार्थीका लागि सबैभन्दा लोकप्रिय गन्तव्य अष्ट्रेलिया (४०,७५२), जापान (१८,४३६), भारत (१३,५७४), र संयुक्त राज्य अमेरिका (१२,६६०) हुन्।
पछिल्ला वर्षहरूमा नेपालमा विश्वविद्यालयहरूबाट स्नातक गर्ने युवाहरूको संख्या घट्दै गएको छ। आर्थिक वर्ष 2021-2022 मा विश्वविद्यालयहरूबाट 460,826 विद्यार्थीहरू स्नातक थिए, जुन अघिल्लो वर्षको 471,000 भन्दा कम थियो। यो गिरावट कोभिड-१९ महामारीका कारण आएको आर्थिक मन्दी, शिक्षाको बढ्दो लागत र स्नातकोत्तरका लागि रोजगारीका अवसरहरूको अभाव लगायतका धेरै कारणले भएको हो।
विश्वविद्यालय अनुदान आयोग (युजीसी) का अनुसार आगामी वर्षहरूमा नेपालका विश्वविद्यालयहरूबाट स्नातक गर्ने विद्यार्थीको संख्या निरन्तर घट्ने अनुमान गरिएको छ। UGC ले आर्थिक वर्ष 2023-2024 मा 430,000 र आर्थिक वर्ष 2024-2025 मा 400,000 पुग्ने अनुमान गरेको छ।
हाम्रो शिक्षा प्रणाली र हाम्रो देस को अबस्था मा आखिर कुनै परिबर्तन आउला त आखिर कहिले सम्म त नेपाली बिदेश पलायन हुने लाखौं विद्यार्थीहरूले अध्ययन गर्ने विश्वविद्यालयको अवस्था अहिले दयनीय छ। पाठ्यक्रम निर्माण, रिजल्ट प्रकाशन, विभिन्न प्रशासनिक झन्झट, अव्यवस्थित नीति निर्माण र राजनीतिक भागबण्डाद्वारा त्रिभुवन विश्वविद्यालय लगायत एस बिद्यालय को मान्यता प्राप्त बिधालय ध्वस्त पारिएको छ ।शैक्षिक क्षेत्रहरूलाई नेपालका राजनीतिक दलले आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएका छन्। जसले गर्दा विश्वविद्यालयले बनाउने विभिन्न कार्यक्रम र नीति निर्माणमा प्रत्यक्ष असर परेको छ। ती कार्यक्रम र नीतिहरूलाई स्वतन्त्रपूर्वक लागु गर्न सकिएको छैन जस्को मुख्य जरो भनेको बिधालय मा गरिने राजनीति हो । यस्लाइ अनत्य गर्नु पर्छ र बल्ल हामी अगाडि बढ्न सक्छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal