मङ्लबार, जेष्ठ १९, २०८३

औद्योगिक क्रान्ति नेपालको लागि आबस्यक्ता

औद्योगिक क्षेत्रमा आएको परिवर्तन नै औद्योगिक क्रान्ति हो। यसको थालनी England बाट सन् १७७० मा र अन्त्य सन् १८३० मा भएको मानिन्छ । यस कालमा धेरै मेसिनहरुको आबिस्कार भयो । मानिसको उद्योग चलाउने र काम गर्ने तरिकामा नयाँपनको बिकास भयो। यसैपनि नयाँ प्रबिधिको प्रयोगले समाज आफैले बिकासको गति लिन्छ । औद्योगिक क्रान्तिले समाज बिकासमा सहयोग गर्द्छ। नेपालमा त यस्को बिशेष महत्त्व छ ।
नेपाल कृषि प्रधान देश हो। आर्थिक बर्ष २०७६/७७ को तथ्यांक अनुसार कुल ग्राहर्स्थ उत्पादनमा कृषिको योगदान २६.९% रहेको छ । त्यसैगरि यहाका ६०.४% मानिस कृषिमा आबद्ध छन् । तर कृषि क्षेत्रमा प्रयोग गर्ने औजारहरु पुरानै प्रकारका छन् । नेपाली अर्थतन्त्रको मुख्य आधार भनेको नै उद्योग हो। यस क्षेत्रको नेपाली अर्थतन्त्रमा १ बर्षमा ६-८% योगदान रहेको छ । नेपालमा बि .स. २०७८ सम्मको तथ्यांकलाई हेर्दा औद्योगिक क्षेत्रबाट करिब ६ लाख १५ हजार मानिसलाई रोजगार मिलेको छ ।
नेपाल बिश्वको एउटा उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको छ । लाखौ बिदेशीहरु हरेक बर्स नेपालको भ्रमणमा आउने गर्छन् ।यसबाट धेरै युवाहरूलाई रोजगार मिलेको छ । तर अहिले चरम औद्योगिक ब्यब्साय्क अतिक्रमणले समाज पछाडि जादै छ । घुम्न आएका पर्यटकको हत्या ,चोरी र अनैतिक काम गरेको समाचार सूनिन्छ ।
नेपाललाई सम्मुनत र बिकसित गर्न औद्योगिक क्रान्ति गर्नु आजको आब्श्यक्ता हो। किसानहरुलाइ उन्नत जातका बिउपल , नयाँ कृषि औजार , बेलाबेलामा तालिम प्रदान गर्नुपर्छ । कृषिको महत्त्वबारे समाजको अगाडि ल्याउनुपर्छ। बिदेश जाने युवाहरूलाई आफ्नो देशमा रोजगार दिनको लागि विभिन्न उद्योग कलकारखाना संचालन गर्नुपर्छ। उद्योग संचालकलाई समाज रुपान्तरणको काममा सहयोग गर्न उत्साह प्रदान गर्नुपर्छ । बिदेशबाट सामाग्री आयत कम र निर्यात बढी गर्नुपर्छ । बिश्वसामु प्रतिसप्रधात्मक बजार तय गर्नको लागि औद्योगिक क्रान्ति हुनु आबस्यक छ।
त्यसैले सम्मुनत नेपाल र बिकशीत नेपाल निर्माण गर्न सम्पूर्ण प्रदेशी भुमिमा जिबनयापन गर्न जिबनसंग पैठेजोरि खेल्ने सम्पुर्णमा अब आफ्नो भुमिमा फर्की औद्योगिक क्रान्तिको बाटोमा सरिक हुनुपर्छ भन्ने आह्वान गर्न चाहन्छु।
लेखक
अनिल थापा क्षेत्री
झिम्रुक २ प्युठान
रचनाकार तथा युवा पत्रकार

null

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal