शनिबार, साउन १२, २०८१

आनलाइन गेम को क्रेज र युवाहरुमा परेको दुष्प्रभाव

 

खिमराज चालिसे

एकाइसौँ शताब्दीलाई हामीले प्रविधिको रुपमा बुझ्दै आएका छौं । समयको फेरोसँगै विज्ञान र प्रविधिले संसारमा नयाँ नयाँ उपब्धिहरु गर्दै गर्दै गइरहेको छ । मानव समाजले यो यहाँसँम पुग्न कैयन दार्शनिक, वुद्धिजीवी, वैज्ञानिक र विभिन्न विधाका विज्ञहरुको आ–आफ्नो बुद्धी विवेक, क्षमता र परिश्रमले नै संसारमा कैयन प्रविधी तथा वैज्ञानिक उपलव्धि प्राप्त गर्न सकिएको हो । त्यही प्रविधिमाथि उभिएर समाजले कैयन सकारात्मक त कैयन नकारात्मक प्रभावहरु पनि झेलिरहेको अवस्था छ ।

भनिन्छ, जहाँ प्रकाश हुन्छ, त्यहाँ छायां पनि हुन्छ । त्यसरी नै प्रत्येक फाइदा भित्र बेफाइदा पनि लुकेको हुन्छ । यो भनाइलाई चरितार्थ गरिरहेको छ, अहिलेको आनलाइन (इन्टरनेट) गेमले । विगत लामो समयदेखि अनलाइन गेमहरुका सकारात्मक प्रभावहरु भन्दा नकारात्मक प्रभावहरु खासगरी युवा पुस्ता तथा बालबालिकाहरुमा परिरहेको छ । युवा पुस्ता र बालबालिकाहरुमा साइबर आक्रमणको रुपमा कैयन गुणा बढेर गएका छन् । प्रस्तुत लेखमा मैले आजको युवा पुस्तामा अत्यन्तै दूर्तगतिमा फैलिएको अनलाइन गेमहरुको क्रेज र त्यसका दुष्प्रभावबारे संक्षेपमा प्रकाश पार्ने प्रयास गर्ने छु । जसले गर्दा सुन्दर भविष्यका निर्माता युवा पुस्ता तथा भविष्यका कर्णधार बालबालिकाहरुलाई सही र सुन्दर बाटो देखाउन सकियोस् ।

अनलाइन गेम के हो ?

संसारको कुनै पनि ठाउँमा बसेर इन्टरनेटको माध्यमबाट खेल्न सकिने खेलहरुलाई आनलाइन खेल (गेम) भनिन्छ । अनलाइन गेम अलग अलग देश वा स्थानहरुबाट धेरै जना जोडिएर खेल्न सकिने खेल हो । अनलाइन गेममा धेरैजसो युवा तथा बच्चाहरुले पैसा हालेर भेल्यु बढाउने र खेल्ने गर्दछन् त्यसले बच्चाहरुमा एकप्रकारको जुवाको बानी पार्ने गरेको हुन्छ । अहिलेको युवा पुस्ता तथा बाल बालिकाहरुमा तेजीपूर्वक फैलिएको अनलाइन खेलहरुमा चाइनिज तकनिकीद्धारा विकसित पप्जी गेम, फ्रि फायर, इन्डियन तकनिकीमा विकसित गेम बीजीएमआई, कल अफ ड्युटी, त्यस्तै अत्यन्तै महंगा गेमको रुपमा मानिएको फोर्टनाइट, एपेक्स लेजेन्ट, फलगाइज पर्दछन् । उपर्युक्त गेमहरुका आ–आफ्नै नियम, पद्धती, क्षमता छन् । त्यस तर्फ चर्चा गरिरहनु पर्ने खासै नहोला । हामीले उपरोक्त अनलाइन गेमहरुबाट हुने क्षतिको बारेमा संक्षेपमा चर्चा गरौँ ।

इन्टरनेट गेमहरुको सबैभन्दा घातक नोक्सान धनको क्षति र समयको नोक्सान हो । केही समय पहिला भारतको पञ्जाबमा एक बालकले आफ्नो बुबाको खाताबाट १६ लाख भारु खर्च गरेको समाचार सार्वजनिक भएको थियो भने मुम्बईमा पनि त्यसै प्रकारको घटनाको समाचार सार्वजनिक भएको थियो । त्यसैगरी महाराष्ट्रको नाशिकमा रेलवे लाइनमा बसेर घण्टौँ पप्जी खेलिरहेका दुईजना युवाहरुलाई हैदराबाद एक्सप्रेसले कुल्चेर मृत्यु भएको घटनाले इन्टरनेट गेमहरुको सबैभन्दा घातक पक्ष समयको बर्वादी र धनको नुक्सान रहेको पुष्टि गर्छ । यसरी अनलाइन गेमबाट उपरोक्त बाहेक पनि कैयन् क्षतिहरु हुने गरेका समाचारहरु आउने गरेका छन् । कतीको आर्थिक नोक्सान साथ कैयनले ज्यान गुमाएका घटनाहरु पनि छन् ।

तनावग्रस्त र हिंस्रक बन्दै युवाहरुः भविष्यका कर्णधार बालबालिका तथा युवाहरुमा इन्टरनेट गेमहरुको अर्को ठूलो असर हो अटेर हुनु । स–साना विषयमा अवसाद तथा तनावको माहौल सृजना गर्नु र कतिपय अवस्थामा आफूलाई भने झैँ नभए हिंस्रक रुपमा प्रस्तुत हुनु र आत्महत्यासम्म गर्ने हदसम्मको स्थितीमा पुग्नु ।

शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभावः आज इन्टरनेट गेमहरुले युवाहरुलाई अर्को साइवर आक्रमणको रुपमा शिक्षा तथा स्वास्थ्यमा नै नकारात्मक प्रभाव पारिरहेको छ । गेम खेल्नेहरु यती बिजी हुन्छन् कि उनीलाई समयमा खानपिनको समेत कोई मतलब हुँदैन र आफूले अध्ययन गर्नु पर्ने सेलेवसमा पनि ध्यान जाँदैन । जसले गर्दा उनीहरु बिमार पर्ने अवसाद वा मानसिक रोगको शिकार हुने वातावरण स्वतः निर्माण हुने गर्दछ ।

निदको समस्या- आनलाइन गेम खेल्नेहरुलाई सबैभन्दा घातक रोग हो निद नलाग्ने रोग लाग्नु । उनीहरुको यो समस्या बढ्दै जाँदा अन्तत उनीहरु निदको लागि विभिन्न औषधि खाने वा नसाको प्रयोग गर्नेसम्म गरेको पाइएको छ । यसरी युवाहरुलाई नसाको कुलततिर डोहोर्याउने साइबर आक्रमण अनलाइन गेमद्वारा भइरहेको छ ।

परिवार तथा आफन्तसँग दूरीः इन्टरनेट गेमका खेलाडीहरुको गेममा यती धेरै लगाव हुन्छ कि उनीहरु आफ्नो त्यो गेमको सामु सबै नाता रिस्ता आफन्त र परिवारलाई समेत नजिक देख्न सक्दैनन् । दुःख सुख पिरमर्का सेयर गर्न त टाढै जाओस् दुःख बिमारीमा पनि साथ दिन सक्दैनन् र उनीहरु ढिलो ढिलो परिवार र छिमेकबाटै धेरै दूरी बनाउन पुग्छन् ।

काठमाडौंमा एउटै डेरामा बस्ने युवतीहरु बिच पप्जी गेमको विषयमा आपसमै झगडा हुँदा हत्या भएको घटना । दिल्लीको कश्मीरीगेटबाट मेट्रोमा चढेर ओखला जाँदै गरेको एक युवक पप्जी खेल्दै जाँदा फरीदावादको बल्लबगढसम्म २–३ पटक ओहोर दोहोर गर्दा समयसिमा सकिएकोसम्म थाहा नपाएर गिरफ्तार भई जेल चलान भएको घटना । नेपालबाट अनलाइन गेमकै चक्करमा पर्वतकी एक युवती पढ्दा पढ्दै हिमाञ्चलको युवकसँग एकलै हिमाञ्चल पुगी अलपत्र परेको घटना यी सबै प्रतिनिधि घटनाहरु हुन् ।

त्यस्तै अनलाईन गेमहरुले इगो, तनाव अनिद्रा, झगडा र कैयन् समयमा आत्महत्यासम्म भएका घटनाहरु एकदुई नुक्सानीका सामान्य उदाहरणले नै थप स्पष्ट पार्ने छ । अनलाइन गेम कति खतरनाक साइबर आक्रमण हो भन्ने त्यसबारे सबैले समयमै बुझ्नु पर्ने आवश्यक छ ।

यस बारे कैयन देशहरुले प्रतिवन्ध लगाउने गरेता पनि उनीहरुले आफ्नै देशको तकनिकीको उपयोग गरेर नयाँ नयाँ गेमहरुको पुनः सञ्चालन गर्नुले युवा पुस्तमा पर्ने असर रोक्नु भन्दा पनि प्रोहत्साही गर्ने गरेको देखिन्छ । जस्तै : चाइनिज तकनिकीद्धारा विकसित पप्जी गेमलाई भारतमा प्रतिबन्ध लगाइयो तर त्यसको स्थानमा भारतीय तकनिकीमा बीजीएमआई बन्यो । खेल रोकिएन, फेरियो तकनिकी मात्रै । यस्तै कैयन देशहरुमा पनि भइरहको छन् । यसरी अरुको तकनिकीलाई रोक लगाईसके पछि आफ्नो तकनिकीको उपयोग गर्ने कार्यलाई पनि सहि भन्न सकिंदैन । राज्य व्यवस्थाले नै युवा पुस्ता र बालबालिकाहरुलाई एक वा अर्को मध्यमबाट अध्यारो भविष्य तर्फ धकेल्ने कार्य गरिरहेको छ ।

मुल रुपमा अनलाइन गेम भनेको युवा तथा बालबालिकाहरुको भविष्यलाई अन्धकार तर्फ धकेलेर अस्वस्थ, अवसादपूर्ण भयावह युक्त समाज निर्माण गर्ने साइबर आक्रमणको रुपमा बुझ्नु जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal