विचार/लेख

नीति तथा कार्यक्रममा टिप्पणी

यस पटकको सरकारको नीती तथा कार्यक्रम पनि सपनाको महल हुने दखिन्छ।२१७ वटा दफामा रंगिएका सुगन्ध हीन फूलहरूको बगैचामा न राग छ न रस।धेरै जसो बिगतका दफाहरूको कपि पेष्ट गरिएको छ र एऊटै बिषयलाई धेरै...

पुरा पढ्नुहोस
प्रदेश जानैपर्ने युवाहरुकाे वाध्यता

  बिश्वास एम सि प्रदेश जानैपर्ने युवाहरुकाे वाध्यता छ ,प्रदेशीदै, उसको अब वालापन सकिएछ।उ अव युवा भैसकेछ ।किनकी त्यो हिजको वालक आज को युवा विदेश जाने तयारीमा छ।बृद्धअबश्था का आमावुवा को एउटै मात्र साहारा, उ घर को...

पुरा पढ्नुहोस
एकीकरण, विलय वा आत्मसमर्पण

मोहनविक्रम सिंह क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र कामरेड सन्तबहादुर नेपालीको समूहका बिचमा पार्टी एकता भएको छ । त्यस सन्दर्भमा सर्वप्रथम यो कुराको उल्लेख गर्नु अप्रासांगिक हुने छैन : हाम्रो पार्टीबाट फुटेर जाने करिब करिब सबै...

पुरा पढ्नुहोस
भारतीय आम चुनाव

मोहन बिक्रम सिंह । भारतमा आम चुनाव सुरु भएको छ । त्यसमा भाजपा र विपक्ष मध्ये कसको जीत हुनेछ ? त्यसले नेपालका लागि पनि ठूलो राजनैतिक महत्व राख्दछ । भाजपाको जीत भयो भने नेपालको गणतन्त्र...

पुरा पढ्नुहोस
पहिलो समाजवादी सत्ता पेरिस कम्युन

दुर्गानाथ खरेल फ्रान्समाथि शासन गर्ने क्षमता बुर्जुवा वर्गले गुमाई सकेको र मजदुर वर्गले प्राप्त गरी नसकेको तथा नवजात मध्यम वर्गीय समाजले सामन्तवादबाट आफ्नो मुक्तिको साधनको रूपमा हुर्काउन थाले पनि परिपक्व बुर्जुवा समाजले पूँजीद्वारा श्रमको दासत्वको...

पुरा पढ्नुहोस
रूसी अक्टोबर क्रान्ति र शैक्षिक विकास

अनिल किशोर घिमिरे रूसमा अक्टोबर समाजवादी क्रान्ति भएको एक सय वर्ष पुगेको सन्दर्भमा संसारभरि शतवार्षिकी कार्यक्रमहरू चली रहेका छन् । वास्तवमा विश्व समाजवादी आन्दोलनमा एउटा उच्च स्तरको परिवर्तनकारी उपलब्धिको रूपमा उक्त क्रान्तिलाई लिइन्छ । महान्...

पुरा पढ्नुहोस
जेलभित्र आन्दोलन बिद्रोह र कुटपिट

  मोहनविक्रम सिंह दरभङ्गा प्लेनममा करिब एक महिनाको तीव्र सङ्घर्षपछि संविधान सभा र अन्तरिम सरकारको मेरो प्रस्ताव अत्यधिक बहुमतले पारित भयो । मेरो प्रस्तावको पक्षमा करिब २८ मतजति आए भने पुष्पलालको विघटित संसद् पुर्नस्थापनको पक्षमा ८...

पुरा पढ्नुहोस
रामायण र राम कति सत्य, कति मिथ्या ?

मोहन विक्रम सिंह   कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँलेअध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ ।उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमाउहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनिविस्तृत रूपले चिरफार गर्नुभएको छ । का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धीमान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला र कथित शूद्र माथिकाउत्पीडनहरू र वर्तमानकालमा पनि भएगरेका मिथ्या चेतनाको रूपहरूबारे विस्तृत रूपले प्रकाश हाल्नुभएकोछ । उहाँले गरेको त्यस प्रकारको व्याख्याबाट अध्यात्मवाद कति मिथ्या चेतनामाथि आधारित छ र त्यसकोस्वरूप पनि कति धेरै समाज विरोधी छ ? त्यो कुरामा कुनै शंका रहन्न । उहाँले ईश्वरसम्बन्धी मिथ्या धारणाको चर्चा गर्दै अवतारवादको पनि चर्चा गर्नुभएको छ । उहाँलेईश्वरसम्बन्धी मान्यताको चर्चा गर्दै त्यो मान्यता राजाको उत्पत्तिसित जोडिएको बताउनुभएको छ । त्यसबारेव्याख्या गर्दै त्यो अवधारणा पत्रमा लेखिएछ “समाजमा परमेश्वरसम्बन्धी मान्यताको उत्पत्ति र विकासमुख्यतया आदिमकालीन सङ्घको सामुदायिक जीवन या ‘यज्ञाग्नि’ आधारित सामाजिक जीवन विघटितभएर जब व्यक्तिगत सम्पत्तिमा आधारित ‘गुह्याग्नि’ को जीवन प्रारम्भ भयो । यस अवस्थामा सो व्यक्तिगतसम्पत्तिको प्रचलनलाई सुदृढ पार्न राज्य संस्थाको उत्पत्ति भयो । सोही राज्य संस्थाको प्रमुखलाई सबैकोरक्षकका रूपमा स्थापित गरियो। सोही राज्य प्रमुख जसले विघटित सङ्घीय जीवनको औचित्य रव्यक्तिगत प्रभुत्वमा आधारित व्यक्तिवादी विचारलाई प्रमुख रूपमा स्थापित गर्न सक्यो । त्यसलाईदेवत्वका रूपमा स्थापित गरियो । देवता भनेको सर्वसाधारणभन्दा अलि माथि उठेको व्यक्तिलाई मानिन्छ ।सुरुको मानिस देवता जब राज्यसत्ताको प्रमुख बन्यो सो देवता सामन्तवादी उत्पादन पद्धतिको विकास भएकोअवस्थामा परमेश्वर (ईश्वर) का रूपमा स्थापित भयो। यसरी राज्यसत्ताको प्रमुख भएपछि त्यसलेजोसुकैलाई कृपा प्रदान गर्न सक्ने भयो । त्यसलाई लाभ पु¥याउन सक्ने भयो र आफ्ना विरोधीहरू र मननपरेकाहरूलाई घोर रूपमा दण्ड दिन सक्ने भयो, कसैलाई यातनागृह (नरकहरू) मा लगेर यातना दिनेभएपछि त्यसले ईश्वरको रूपधारण गर्न पुग्यो । यसै प्रकारको ईश्वरलाई अझै प्रबल स्वरूप प्रदान गर्नकालागि अवतारवादको जन्म भयो । यसै अवतारवादलाई संपुष्ट गर्नका लागि अनेकौँ पौराणिकसाहित्यकारहरूको लेखन, श्रवण र प्रचार भयो ।” भारतका धर्मग्रन्थहरूमा विष्णुका दशवटा अवतारहरूको चर्चा गरिएको छ । तिनीहरूमध्ये अहिलेसम्म नौवटा अवतारहरू भइसकेको र दशौं कल्की अवतार हुन बाँकी रहेको बताइन्छ । यहाँ हामीले ती दशअवतारहरूको चर्चा नगरेर विष्णुको सातौं अवतार बताइएको राम अवतारको मात्र चर्चा  गर्दछौँ । गोपीरमणजीले आफ्नो अवधारणापत्रमा भौतिकवाद र अध्यात्मबारे जुन प्रश्नहरू उठाउनुभएको छ रामकाविषयमा पनि जुन चर्चा गर्नु भएको छ । विस्तृत र गहन अध्ययनको विषय हो । संसारका विभिन्न भाषामात्यसबारे हजारौँ ग्रन्थहरू लेखिएका छन । त्यसबारे विभिन्न प्रकारका मतमतान्तर पनि छन् । संसारभरि नैत्यसबारे विस्तृत रूपमा छलफल मात्र चल्दै आएको छैन, त्यसका आधारमा विश्वभरि नै ठूलठूला आन्दोलन, क्रान्ति र प्रतिक्रान्ति वा विश्वव्यापी उथलपुथल पनि हुँदै आएका छन् । भारतीय दर्शनमा पनि त्यससम्बन्धीधेरै सामग्रीहरू छन् र त्यसबारे शताब्दियौँदेखि धेरै विवादहरू चल्दै आएका छन् । तर यो सानो लेखमातिनीहरूको एउटा अंश राम र रामायणबारे मात्र केही प्रकाश हाल्ने प्रयत्न गरिने छ । त्यसबाट पनि हिन्दूदर्शन वा अध्यात्मवाद कति मिथ्या र अवैज्ञानिक धारणाहरूमाथि आधारित छ ? त्यो बुझ्न केही मद्दत पुग्नेछ। विष्णुका दश अवतारहरूमध्ये रामको नै सबैभन्दा बढी महत्त्व रहेको छ भने पनि फरक पर्ने छैन। जनमानसमा, भारतमा मात्र होइन, संसारका धेरै भागहरूमा रामको जति धेरै प्रचार भएको छ, त्यति अन्य कुनै अवतारकोभएको छैन। त्यसरी राम भारतीय दर्शन वा धर्मका आधारशिला नै बनेका छन् भने पनि फरक पर्ने छैन । रामलाई प्रतिष्ठापित गर्ने कार्य मुख्य रूपमा वाल्मीकिको रामायणद्वारा नै भएको छ । संसारका विभिन्नभाषाहरूमा धेरै महाकाव्यहरू लेखिएका छन् । तर यस अर्थमा रामायण संसारका अन्य महाकाव्यहरूभन्दाबेग्लै छ, भारत र हिन्द चीनका देशहरूसमेत गरेर करिब १ हजार रामायणहरू लेखिएको बताइन्छ । कतिपयलेखकहरूले तिब्बत र मंगोलियासम्ममा रामायण लेखिएको बताएका छन् । यहाँ उल्लेखनीय कुरा यो छ किती बेग्लाबेग्लै रामायणहरू खालि वाल्मीकि रामायणका अनुवाद वा बेग्लाबेग्लै भाषाका संस्करणहरू मात्रैहोइनन् । ती बेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी कथाहरू पनि कैयौँ रूपहरूमा बेग्लाबेग्लै छन् । सायदसंसारको अन्य कुनै महाकाव्यको यति व्यापक र विविध रूपमा प्रचार भएको छैन । रामायणका विषयमा विश्वका धेरै विश्वविद्यालयहरूमा अध्ययन वा अनुसन्धान पनि हुने गरेको वापीएचडीका सोधपत्रहरू पनि लेख्ने गरिएका छन् । रामायणको विषयमा भारतबाहेक हिन्द चीनकादेशहरूमा कैयौँ मेला वा सांस्कृतिक पर्वहरू पनि प्रचलित छन् । त्यसप्रकारको पृष्ठभूमिमा रामायणसम्बन्धीएउटा अन्तर्राष्ट्रिय सङ्ग्रहालय नै स्थापना गरियो भने त्यो संस्कृतिक, साहित्यिक वा ऐतिहासिकदृष्टिकोणले समेत अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय कार्य हुनेछ । त्यसमा संसारका सबै भाषाहरूमा प्रकाशितरामायणहरू, तिनीहरूका पाण्डुलिपिहरू संसारका विभिन्न देशहरूमा विभिन्न रूपले सम्पन्न हुनेरामलीलाका कार्यक्रमहरूका भिडियोहरू, प्रदर्शन कक्ष, अध्ययन र अनुसन्धान कक्षहरू आदि राख्नसकिनेछ । रामायणद्वारा रामको विश्वव्यापी रूपमा प्रचार भयो । किनभने त्यो एउटा महान् संस्कृतिक कृति हो रत्यससँग जोडिएका अन्तर्राष्ट्रिय स्तरका संस्कृतिक पक्षहरूले कैयौँ दृष्टिकोणले महत्त्वपूर्ण स्थान राख्दछ ।ती सबैको अध्ययन वा जानकारीका लागि रामायणसम्बन्धी अन्तर्राष्ट्रिय सङ्ग्रहालयले महत्त्वपूर्ण योगदानदिन सक्नेछ । तर त्यसप्रकारको सङ्ग्रहालय कहाँ, कसरी र कसले स्थापित गर्ने वा त्यसप्रकारको कार्यसम्पन्न गर्नु सम्भव छ वा छैन ? त्यो, यो लेखको विषय होइन । यो लेखले त खालि रामायणसित जोडिएकोसांस्कृतिक महत्त्वमाथि नै प्रकाश हाल्ने प्रयत्न गरेको छ । कुनै साहित्यिक कृति इतिहास हुँदैन, यद्यपि इतिहाससम्बन्धी कैयौँ विषयहरूको त्यसमा समावेश भएको हुनसक्दछ । त्यसमा लेखकका कल्पनाहरू पनि जोडिएका हुन सक्दछन् वा जोडिन्छन् नै । तर कल्पनाहरूजोडिएको हुनाले नै कुनै साहित्य कृतिलाई गलत भन्न सकिन्न । किनभने कल्पनाहरू कुनै साहित्य कृतिकासधैँ नै महत्त्वपूर्ण अंशहरू हुन्छन् । तर कुनै साहित्य कृतिमा जोडिएका कल्पनाहरूलाई साहित्यिक रूपमा नैलिनुपर्दछ, यद्यपि, तिनीहरूलाई सत्य मान्ने सोचाइहरू पनि आमरूपमा पाइन्छन् । युनानकामहाकाव्यहरूमा समावेस गरिएका कैयौँ कल्पनाहरूलाई त्यहाँ सत्य मान्ने गरिन्छ वा ती महाकाव्यहरूमाउल्लेख गरिएका देवीदेवताहरूलाई पनि सत्य मान्ने गरिन्छ । त्यसप्रकारका अवधारणाहरू अन्य कैयौँदेशहरूमा पनि पाइन्छन् । त्यही कुरा रामायणका सन्दर्भमा पनि सत्य हो। रामायण कुनै ऐतिहासिक कृतिनभएर साहित्यिक कृति हो । त्यसैले रामायणमा पनि कैयौँ कल्पनाहरूको समावेश गरिएको छन् । त्यो एउटासाहित्यिक कृति भएको हुनाले र त्यसमा कैयौँ कल्पनाहरूको समावेश गरिएको हुनाले अन्य लेखकहरूलेपनि आफ्ना बेग्लाबेग्लै कल्पनाहरू समावेश गरेर बेग्लाबेग्लै रामायणहरू लेख्ने गरेका छन् । त्यसैलेरामायणहरूको सङ्ख्या १ हजारभन्दा बढी पुग्न गएको हो । सर्वप्रथम रामको कालबारे नै विचार गरौं। त्यसमाथि विचार गर्दा रामसम्बन्धी मूल धारणा सम्पूर्ण रूपलेमिथ्या भएको कुरामा कुनै शंका रहन्न । हिन्दू ग्रन्थहरूमा रामको काल त्रेता युगको अन्त्यतिर भएको बताइएको छ। त्रेता युगको सम्पूर्ण काल १२लाख ९६ हजार बताइएको छ । त्रेता युग पछि द्वापर युगको काल ८ लाख ६४ हजार र कलियुगको ४ लाख३२ हजार बताइएको छ, जसमध्ये अहिलेसम्म करिब ५ हजार वर्षभन्दा केही बढी समय बितेको बताइन्छ ।त्यसरी हिसाब गर्दा रामको काल करिब २४÷२५ लाख पहिलेको हुन जान्छ । यो ढुङ्गे युगको काल थियो, ढुङ्गे युगको पनि पुरानो ढुङ्गे युगको काल । त्यसैले त्यो बेला गाउँ, शहर, भाषा, लिपि आदिको निर्माण नै भएको थिएन् । पशुपालन र कृषि युगकोप्रारम्भ करिब १० देखि १५ हजार वर्ष पहिले मात्र भएको थियो । त्यसैले जुन काललाई रामको काल भनिन्छ, त्यो बेला घुमन्ते युग थियो र, त्यसैले, त्यो बेला अयोध्या, जनकपुर, लङ्का आदि जस्ता शहरहरू अस्तित्वमानै आएका थिएनन् । कतिपय मानिसहरूले नेपालको चितवनमा अयोध्या र त्यसका नजिकै वाल्मीकिकोआश्रम भएको कुरा पनि प्रमाणित गर्ने प्रयत्न गरिरहेका छन् । जस्तोकि पहिले पनि भनियो, त्यो कालढङ्गेकालीन भएको हुनाले विश्वमा कतै पनि गाउँ वा शहर बनेका थिएनन् वा अयोध्या, जनकपुर, लङ्काजस्ता शहरहरू कतै पनि अस्तित्वमा आएका थिएनन् भने नेपालको चितवनमा अयोध्या भएको र त्यहाँरामको जन्म भएको कल्पनाको नै आधार नभएको कुरा प्रस्ट छ । जेहोस्, त्यो बेला राम, सीता वा रावणको जन्म हुनु वा वाल्मीकिले रामायण लेख्नु सम्भव नै थिएन । तैपनिवाल्मीकिले रामायण महाकाव्य लेखेको कुरा सत्य हो। तर वाल्मीकिले रामायण कहिले लेखेका हुन् ? त्यसबारे धेरै नै विवाद छ । त्यसबारे सबैभन्दा बढी विवाद बौद्धमार्गीहरूसित छ । बौद्ध मार्गीहरूको यो दावी छ कि रामायणको रचना सिद्धार्थ गौतमको कालभन्दा पछि भएको थियो ।बौद्धमार्गीहरूले दशरथ जातक कथामा रामको कथाको वर्णन गरेका छन् । वाल्मीकि कृत रामायणमा गौतमबुद्धको उल्लेख मात्र गरिएको छैन, उनको धेरै आलोचना पनि गरिएको छ । वाल्मीकि रामायणमा रामकोआलोचना गरिएको कुराबाट रामायणको रचना आधुनिक कालमा र सिद्धार्थ गौतमको कालभन्दा पछिगरिएको हो भन्ने कुरा थाहा हुन्छ । वाल्मीकि रामायणमा गौतम बुद्धलाई चोर, राक्षस आदि जस्ता तल्लोस्तरका शब्दावलीद्वारा गाली गरिएको छ। त्यसमा यो पनि लेखिएको छ, जसरी चोर दण्डनीय हुन्छ, त्यहीप्रकारले बुद्धलाई पनि सजाय गर्नुपर्दछ । हिन्दू धर्म ग्रन्थहरूमा वेद वा हिन्दू धर्मलाई नमान्ने जातिहरूलाई यक्ष, राक्षस, शूद्र आदि शब्दहरूद्वारा भत्र्सनागर्ने गरिएको छ । त्यसअनुसार खस, किन्नर आदिलाई पनि यक्ष, राक्षस, शूद्र आदि भनेर आलोचना गरिएकोछ । त्यही दृष्ट्रिकोणअनुसार गौतम बुद्धले पनि ईश्वर, देवी–देवता, हिन्दू धर्म आदि नमान्ने भएको हुनाले उनीमाथि पनि त्यही प्रकारको आक्षेप लगाउने गरिएको छ । पछि हिन्दूहरूले उनलाई हिन्दुकरण गरेर उनलाई(गौतम बुद्धलाई) विष्णुका नवौं अवतार बताएर प्रतिष्ठापित गरेका छन् । गैरवैदिक धर्मावलम्बीहरूलाईवैदिकीकरण गर्ने हिन्दूहरूको त्यो दृष्ट्रिकोण शिवबारे पनि अपनाएको बताइन्छ । कतिपय शोधकर्ताहरूलेयो बताएका छन् कि शिव किरातहरूका देवता थिए। त्यसैले उनको नाम किरातेस्वर रहेको थियो ।हिन्दूहरूले किरातहरूलाई राक्षस, यक्ष आदि भनेर आलोचना गरेको हुनाले उनीहरू (हिन्दूहरू) का लागिमहादेव पनि अवैदिक देवता थिए। तर पछि उनीहरूले महादेवलाई विष्णु,  व्रस्ना सरह प्रतिष्ठापित गरेकाथिए । जुन बेला रामायण लेखियो, त्यो बेला हिन्दू र बौद्धहरूको बीचमा ठूलो सङ्घर्ष चलिरहेको थियो । त्यसैलेउनीहरूले गौतम बुद्धलाई चोर, राक्षस जस्ता शब्दहरूले सम्बोधन गरेका थिए। उनीहरूले बौद्धमार्गीहरूलाईराक्षस बताएका थिए । त्यसरी हिन्दूहरूको बौद्धमार्गीहरूसितको तीव्र सङ्घर्षको कालमा नै रामायणकोरचना गरिएको थियो र त्यसको मुख्य उद्देश्य राक्षसहरूमाथि प्रहार नै थियो । रामायण महाकाव्यको कथाको सार रामद्वारा लङ्कामाथि आक्रमण र रावणको वध नै हो। त्यो बेलालङ्कामा बौद्ध धर्मको धेरै नै प्रभाव थियो र अहिले पनि त्यो प्रभाव छ । लङ्कामा बौद्धमार्गीहरूको प्रभावभएको हुनाले नै त्यहाँका बासिन्दालाई राक्षस बताइएको थियो र रामायणलाई राक्षसको राजा। बौद्धग्रन्थहरूमा रावणलाई बौद्ध भिक्षु र लोकप्रिय राजा बताइएको छ । भारत वर्षमा जहाँ बौद्ध भिक्षुहरूका बस्तीहरू थिए, त्यहाँका बौद्ध भिक्षुहरूलाई पनि राक्षस बताएर रामद्वारा तिनीहरूको संहार गरिएको थियो । रामायणमा गौतम बुद्धको आलोचना गरिएका कुराहरूबाट दशरथ जातक कथाभन्दा पछि नै रामायणलेखिएको कुरा ता प्रस्ट नै हुन्छ । वाल्मीकिले रामायण लेखेको कुरा सत्य हो। उनले कतिपय किंवदन्ती, दन्त्य कथा वा कुनै ऐतिहासिक घटना र कथनका आधारमा त्यो महाकाव्यको रचना गरेका हुन सक्दछन् ।बौद्धमार्गीहरूले दावी गरे जस्तै दशरथ जातक कथाबाट पनि उनले रामसम्बन्धी प्रसङ्गहरू लिएका हुनसक्दछन् । प्राचीनकालका वा आदिमकालका पनि कैयौँ साहित्यिक कृतिहरूमा त्यसप्रकारका विधिहरूकोप्रयोग गरिएको हुन्छ । त्यही कुरा रामायणका सन्दर्भमा पनि सत्य हो । रामायणमा उल्लेख गरेका विभिन्न शहरहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण शहर अयोध्या नै हो। तर, प्रथमतः जुनत्रेता युगमा अयोध्या शहर भएको बताइन्छ, त्यो बेला ढुङ्गेयुगीनकाल भएको हुनाले कुनै शहर नै बनेकाथिएनन् । त्योबाहेक जुन ठाउँमा अहिले अयोध्या शहर छ, त्यो शहरको अयोध्या नाम पनि धेरै पछि रहेको हो। अहिले जुन ठाउँमा अयोध्या शहर छ, त्यसको नाम पहिले साकेत थियो । त्यसैले श्रीमद्भागवत, स्कन्दपुराण र मत्स्यपुराण आदि ग्रन्थहरूमा प्राचीन तीर्थहरूको नामको उल्लेख गर्दा अयोध्याको कतैउल्लेख गरिएको छैन । कतिपय इतिहासकारहरूले बताए अनुसार इसाको पाँचौँ शताब्दीमा स्कन्द गुप्तलेसाकेतको नाम अयोध्या राखे र त्यसलाई आफ्नो राजधानी बनाएका थिए । त्यसबाट पनि पहिलेको साकेतशहरको नाम अयोध्या राखिएपछि नै रामायण लेखिएको कुरामा कुनै शंका  रहन्न । रामायणका राम पूरै काल्पनिक पात्र हुन् । तर गौतम बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुन् । तर उनका पिताकोराजधानी कहाँ थियो वा उनको जन्म कहाँ भएको थियो ? त्यसबारे कैयौँ विवादहरू पाइन्छन् । कुनैमहत्त्वपूर्ण व्यक्ति आफ्नो इलाकामा जन्मेको भनेर दावी गर्ने प्रवृत्तिहरू धेरैतिर पाइन्छन् । त्यही कुरा गौतमबुद्धबारे पनि सत्य हुन सक्दछ । भारतका कैयौँ स्थानहरूलाई तिलौराकोट वा लुम्बिनी भनेर दावी गर्ने पनिगरिएको छ । एउटा शोधकर्ताले उडिसाको भुवनेश्वरमा नै तिलौराकोट र लुम्बिनी भएको भनेर पिएचडीकोएउटा शोधपत्र पनि लेखेका छन् । तैपनि ऐतिहासिक, पुराताŒिवक अध्ययन वा अनुसन्धानद्वारा त्यसबारेसही निष्कर्ष निकाल्न सकिन्छ । त्यस प्रकारको अध्ययन र अनुसन्धानका आधारमा तिलौराकोट उनकोपिताको राजधानी भएको र लुम्बिनीमा उनको जन्म भएको कुरा प्रमाणित भइसकेको छ । तर रामकोजन्मभूमि अयोध्या भएको कुराको कुनै ऐतिहासिक वा पुराताŒिवक प्रमाण पाइन्न । उनको कालमा कुनैगाउँ वा शहरहरू नै बनेका थिएनन् भने उनको जन्म वा अस्तित्वसित सम्बन्धित कुनै ऐतिहासिक वापुराताŒिवक प्रकारको अध्ययन वा अनुसन्धान हुन सक्ने कुरा नै भएन । रामसम्बन्धी कतिपय मूर्ति वास्मारकहरू पाइए पनि ती २०–२५ लाख वर्ष पहिलेका होइनन् ती धेरै पछिका हुन सक्दछन् । राम एउटा काल्पनिक पात्र हुन् तर त्यसको अर्थ उनी सम्पूर्ण रूपले काल्पनिक पात्र हुन भन्ने होइन । कुनै पनिसाहित्यका काल्पनिक पात्रमा यथार्थताको पनि ठूलो अंश रहेको हुन्छ । कुनै पनि साहित्यमा कुनै खासबेलाको समाजको असर परेको हुन्छ । निश्चय नै त्यो कुरालाई हामीले यान्त्रिक रूपले लिनु हुँदैन। समाजमाकैयौँ प्रकारका विचार वा अन्तर्विरोधहरू हुन्छन् । लेखकहरूका पनि बेग्लाबेग्लै प्रकारका विचार वामान्यताहरू हुन्छन् । बेग्लाबेग्लै देश, काल वा लेखकहरूका बेग्लाबेग्लै विचारहरूको असर साहित्यिककृतिहरूमा पनि पर्दछ । त्यही प्रकारले वाल्मीकिले जुन कालमा रामायण लेखे वा उनका जुन प्रकारकाविश्वास वा मान्यताहरू थिए, ती सबैको असर उनको कृति वा उनका पात्रहरूमा पनि परेको छ । कुनै पनिसाहित्यकारले रचना गरेका पात्रहरू स्वतन्त्र हुँदैनन् । उनीहरूका गतिविधिहरू लेखकका इच्छा वाविचारहरूअनुसार नै सञ्चालित हुन्छन् । त्यस अर्थमा नै कुनै साहित्यिक रचना, त्यसका पात्रहरू वाउनीहरूका गतिविधिहरूमा यथार्थता हुन्छ भनिएको हो । त्यही कुरा रामायण तथा त्यसका पात्रहरू राम, सीता वा रावणहरूबारे समेत सत्य हो । वाल्मीकि रामायणमा रामलाई पुरुषोत्तम रामका रूपमा चित्रण गरिएको छ । उनलाई त्यस रूपमा चित्रणगर्नुको अर्थ त्यो बेलाका हिन्दू आदर्शहरूको रूपमा नै उनलाई चित्रण गर्नु हो। कुनै व्यक्तिलाई आदर्शव्यक्तिका रूपमा चित्रण त्यो बेलाका आदर्श मान्यताहरूका आधारमा नै गरिन्छ । त्यो बेलाका हिन्दू धर्मकाश्रेष्ठ गुणहरूका आधारमा नै उनलाई पुरुषोत्तम भनिएको हो । बेग्लाबेग्लै समाज वा धर्मका आदर्श वामान्यताहरू बेग्लाबेग्लै प्रकारका हुन्छन् । हिन्दू धर्मका मान्यताहरूका आधारमा रामलाई पुरुषोत्तम बताइयो। तर बौद्ध धार्मिक मान्यताहरूका आधारमा रावण आदर्श व्यक्ति थिए । कम्युनिस्टहरूका लागि माक्र्स, एंगेल्स आदर्श व्यक्तिहरू हुन् तर त्यही कुरा पुँजीपतिहरूका लागि स्वीकार्य हुँदैन । एउटै पात्रलाई पनिबैग्लाबेग्लै राजनीतिक, सामाजिक वा सांस्कृतिक मान्यताअनुसार बेग्लाबेग्लै प्रकारले प्रशंसा वा निन्दागरिएको हुन सक्दछ । रामायणमा रामलाई पुरुषोत्तम बताइएको भए पनि सबै समाज वा धर्मका लागि उनीआदर्श व्यक्ति हुन सक्दैनन् । हिन्दूहरूका लागि रावण राक्षस थिए। तर बौद्धहरूका लागि उनी एउटा बौद्धभिक्षु र जैनहरूका लागि जैन दिगम्बर थिए । राम एउटा काल्पनिक पात्र थिए भन्ने कुरा उनको त्रेता युगमा जन्म भएको, भनेर लेखिएको कुराबाट नै प्रस्टहुन्छ । तर गौतम बुद्ध एउटा ऐतिहासिक र लौकिक व्यक्ति थिए । तैपनि उनका विषयमा कैयौँ कल्पनाहरूजोडिएका छन् र उनको दैवीकरण पनि गरिएको छ । त्यो दैवीकरणको प्रक्रिया यो हदसम्म अगाडि बढेको छकि कुनै बेला हिन्दूहरूद्वारा चोर, राक्षस वा यक्ष भनेर निन्दा गरिएको व्यक्तिलाई विष्णुको नवौं अवतारसम्म बताइएको छ । गौतम बुद्धबारे त्यस प्रकारका एदम विपरीत र काल्पनिकविचारहरू खालि हिन्दूहरूले मात्र प्रकट गरेका छन् भन्ने होइन, प्रथमतः हिन्दूहरूको अवतारवादकोदृष्टिकोणको अनुसरण गर्दै गौतम बुद्धभन्दा पहिले कैयौँ बुद्धहरूको अवतार भएको बताइएको छ । उनकोजन्मको समयमा ब्रह्माले हात थापेको, उनी जन्मनेबित्तिकै सात पाइला हिँडेको र उनले टेकेका पाइलाहरूमाकमलका फूलहरू फुलेका जस्ता कुराहरू पनि बताइएको छ। गौतम बुद्धले ईश्वर, देवी–देवता आदिलाईमान्दैनथे । तर पछि उनका शिष्यहरूले नै उनलाई ईश्वरका रूपमा प्रतिष्ठापित गरे । हिन्दू धार्मिक ग्रन्थहरूमा सीताको जन्मबारे बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । उनका बारेमा सबैभन्दा बढीप्रचलित कथा एउटा यज्ञको सिलसिलामा राजा जनकले भूमिपूजाका लागि जमिन खन्दा सीता फेला परेकोभन्ने छ । एउटा रामायणमा रावणकी जेठी पत्नीबाट सीताको जन्म भएको बताइएको छ । त्यसपछि एउटाज्योतिषीले त्यही छोरीका कारणले उनको मृत्यु हुने भविष्यवाणी गरेपछि रावणले सीतालाई एउटा बाकसमाहालेर समुद्रमा बगाइदिएको बताइएको छ । त्यो वाकस बग्दै–बग्दै जनकपुर पुग्यो र त्यहाँ जमिन खन्दाजनक राजाले सीतालाई फेला पारेका थिए । लङ्कामा समुद्रमा फालिएकी सीता बग्दै बग्दै जनकपुरमा पुग्नुअत्यन्त काल्पनिक र भौगोलिक दृष्ट्रिकोणले सम्भव नै नहुने कुरा हो । अद्भुत रामायणमा रावणले ऋषिहरूलाई मारेपछि उनीहरूको रगत एउटा घडामा हालेर श्रीलङ्कामा लगेकोबताइन्छ । उनले त्यो घडामा विष छ भनेर आफ्नी पत्नी मन्दोदरीलाई राख्न दिएका थिए । एक पल्टभ्रमणमा गएको रावण लामो समयसम्म नफर्के पछि मन्दोदोरीले आत्महत्या गर्नका लागि त्यो विष पिएकीथिइन् र त्यसबाट उनलाई गर्भ रह्यो । आफ्नो पति घरमा नभएको बेलामा गर्भ रहेको थाहाँ पाएपछि उनलाईठूलो पीर प¥यो । त्यसपछि उनले त्यो भ्रूणलाई जमिनमा गाड्न पठाइन् । पछि जनकले जमिन खन्दा त्यहीभ्रूणबाट जन्मेकी सीतालाई फेला पारेका थिए । जनक राजाकी कुनै छोरी नभए पछि उनले आकाशतिरफर्केर छोरीको कामना गरेका थिए । त्यसपछि मेनका उनकी छोरी सीता भएर जन्मेकी थिइन् भन्ने पनि एउटाकथन छ । यो कुराको माथि नै उल्लेख भैसकेको छ कि भारत र हिन्द चीन समेत गरेर १ हजारभन्दा बढीरामायणहरू लेखिएका छन् । ती रामायणहरूमा काक भुसुण्डी रामायण, अद्भुत रामायण, अध्यात्मरामायण, आनन्द रामायण, रामचरित्र मानस, हनुमान्् पुराण भानुभक्त रामायण आदि आउँछन् । तीबेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी बेग्लाबेग्लै कथाहरू बताइएका छन् । जैन धर्मग्रन्थमा रामलाई जैनअवतार बताइएको छ । त्यसैले उनी अहिंसावादी भएको हुनाले रावणको वध रामले नगरेर लक्ष्मणले गरेकोबताइएको छ । बौद्ध ग्रन्थमा सीतालाई रामलक्ष्मणकी बहिनी बताइएको छ । त्यसमा राम, लक्ष्मण र सीतावनवास जाँदा श्रीलङ्का नगएर हिमालय तिर गएको बताइएको छ । त्यसमा राम, रावण युद्ध जस्तो कुनैकुराको पनि उल्लेख छैन् । त्यसमा वनवासबाट अयोध्या फर्केपछि रामले सीतासित विवाह गरेको बताइएकोछ । लाओसको रामायणमा छेपाराहरूले लङ्का जाने पुल बनाइदिएको बताइएको छ । थाइल्यान्डको रामायण(रामकृति) मा रावणको आत्मा उनको गुरु कहाँ रहेको र हनुमान््ले कुशलतापूर्वक त्यो आत्मालाईल्याएपछि नै रामले रावणलाई मार्न सकेको बताइएको छ । श्रीलङ्कामा पनि राम कथा निकै लोकप्रिय छतर त्यसमा रामको सट्टा रावणलाई नायकका रूपमा देखाइएको छ । मलायाको रामायणमा मुख्य भूमिकालक्ष्मणको भएको बताइएको छ । त्यसमा हनुमान्् ब्रह्मचारी नभएको कुरा पनि बताइएको छ । रामले सीतालाई परित्याग गरेको विषयमा पनि बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । थाइल्यान्डकोरामायणमा अयोध्या फर्केपछि सीताले रावणको एउटा चित्र बनाएको हुनाले रामले उनलाई परित्याग गरेकोबताइएको छ । पद्म पुराणमा त्यसबारे बेग्लै प्रसङ्गको चर्चा गरिएको छ । त्यसमा लेखिएको छ, आफ्नोबाल्यकालमा सीताले दुइटा भाले–पोथी सुगाहरू समातेकी थिइन् । पोथी सुगाको गर्भमा बच्चा थियो पछिउनले भाले सुगालाई छाडिदिइन्, तर पोथी सुगालाई छाडिदिइनन् । पत्नीसितको वियोगको कारणले भालेसुगाले प्राणत्याग गऱ्यो। आफ्नो प्राणत्याग गर्ने बेलामा त्यो सुगाले सीतालाई यो श्राप दिएको थियो ः’तिम्लाई पनि गर्भवती भएको बेलामा तिम्रा पतिले त्यागिदिनेछन् ।’ रामद्वारा सीतालाई परित्याग गरेको विषयमा सबैभन्दा प्रचलित कथन यो छ रावणले अपहरण गरेर लगेकीपत्नीलाई फेरि ल्याएर राखेको भनेर जनताले उनीमाथि आक्षेप लगाएका थिए । त्यसैले रामले सीतालाईपरित्याग गरेका थिए । अद्भुत रामायणमा सीतालाई कालीका रूपमा चर्चा गरिएको छ । त्यसमा रावणको हजार शिर भएको रत्यसले युद्धमा राम, लक्ष्मण, हनुमान््सहित सबै वानर सेनालाई मूर्छित बनाइदिएको कुराको उल्लेखगरिएको छ । त्यसपछि सीताले कालीको रूप धारण गरेर रावणसहित त्यसका सबै सेनालाई मारिदिएकीथिइन् र आफ्ना मूर्छित भएका सबै व्यक्तिहरूलाई ब्यूँताइदिएकी  थिइन् । अद्भुत रामायणको सीतासम्बन्धी त्यो कथा वाल्मीकि रामायणको भन्दा बेग्लै छ । तर त्यो अद्भुत रामायणपनि वाल्मीकिले नै लेखेको बताइन्छ । वाल्मीकिले आफूले लेखेको सबै रामायण सीतालाई सुनाएपछि उनीधेरै नै प्रसन्न भइन् तर उनले आफूलाई सामान्य नारीका रूपमा प्रस्तुत गरिएकोमा असन्तोष प्रस्तुत गरेकीथिइन् । त्यसपछि सीतालाई खुशी पार्न वाल्मीकिले अद्भुत रामायण लेखेको बताइन्छ । अद्भुत रामायण र सीतासम्बन्धी त्यो प्रसङ्गबाट रामायणको रचना कुनै तथ्यगत आधारमा होइन, लेखककोकल्पनाको आधारमा नै लेख्ने गरिएको देखिन्छ । त्यसैले राम, सीता, लक्ष्मण आदिबारे बेग्लाबेग्लैकल्पनाहरू गरेर रामायणको रचना गरिएको बताइन्छ । रामायणमा अरू पनि कैयौँ अविश्वसनीय र काल्पनिक प्रसङ्गहरू जोडिएका छन्, जस्तै कि हनुमान्लेहत्केलामा द्रोणागिरी पर्वत राखेर ल्याएको रावणका दश वा हजार शिर भएको, वादरको सेना भएको, लङ्कामा जाने ढुङ्गाको पुल बनाएको, रामले अयोध्यामा दश हजार वर्षसम्म शासन गरेको आदि । जुन बेला वाल्मीकिले रामायणको रचना गरे त्यो बेला उनलाई दक्षिण भारत वा श्रीलङ्काको समेतभौगालिक अवस्थाबारे कुनै ज्ञान नभएको कुरा स्वयं रामायणका कतिपय कथनहरूबाट प्रस्ट हुन्छ । त्यसैलेउनले दक्षिण भारत वा श्रीलङ्काको भौगोलिक स्थितीबारे सही विवरण दिन सकेका छैनन् । रामेश्वरबाटश्रीलङ्कासम्म १०० योजन लामो पुल बनाएको बताइएको छ, तर रामेश्वरबाट श्रीलङ्कासम्मको दूरी खालिअठार माइल मात्र छ । रामायणमा वानर सेनाले सालका रुखहरू उखेलेर राक्षसहरूमाथि हमला गरेकोबताइएको छ। तर श्रीलङ्कामा सालका रुखहरू नै हुन्नन् । त्यसकारण सालका रुख उखेलेरराक्षसहरूमाथि हमला गरिएको भनाइ पनि असत्य र काल्पनिक नै हो । रामायणमा अग्नि प्रवेशसम्बन्धी पनि कैयौँ प्रसङ्गहरूको उल्लेख गरिएको छ । त्यसमध्ये एउटा प्रसङ्गरामले सीतालाई लङ्काबाट मुक्त गरेर ल्याएपछिको अग्नि प्रवेशको प्रसङ्ग हो । सीताले अग्निमा प्रवेशगरेर आफ्नो चरित्र शुद्ध भएको प्रमाण दिएकी थिइन् । सीताको अग्नि प्रवेशको सन्दर्भमा कूर्मपुराणमा एउटाअर्को कथन पनि लेखिएको छ । रामले वनवास जाँदा सीतालाई अग्निमा प्रवेश गराएका थिए र उनले आफ्नासाथमा जुन सीता लगेका थिए, ती नक्कली सीता नै थिइन् । लङ्का विजयपछि ती नक्कली सीताले नैअग्निमा प्रवेश गरेकी थिइन् र अग्निबाट पहिलेकी सक्कली सीता नै निस्केकी थिइन् । नक्कली सीताकोविवरण वाल्मीकि रामायणमा छैन र पछि कूर्मपुराणमा नै त्यो कथा थपिएको थियो । अग्नि प्रवेशको सन्दर्भमा एउटा अर्को कथा पनि प्रचलित छ। स्वर्गको राजा इन्द्रकी छोरी लक्ष्मणप्रति धेरै नैआसक्त भएर एउटी युवतीको भेषमा राति लक्ष्मणकहाँ सुत्न गएकी थिइन् । तर लक्ष्मण उनीसित सुत्न तयारभएका थिएनन् । तैपनि राति एउटी युवती लक्ष्मणकहाँ गएको कुरा थाहा पाएर सीताले त्यो कुरा रामलाईबताइदिएकी थिइन् । आफू्माथि त्यसप्रकारको आक्षेप लागेपछि आफ्नो चरित्र शुद्ध भएको प्रमाणित गर्नलक्ष्मणले अग्नि प्रवेश गरेका थिए । रामायणको सिलसिलामा यो पनि भन्ने गरिन्छ मूल रामायणमाउत्तरकाण्ड थिएन । मूल रामायण युद्धकाण्डमा नै समाप्त भएको थियो । त्यसमा पछि उत्तरकाण्ड थपिएकोथियो । त्यो भनाइअनुसार रामले सीतालाई परित्याग गरेको तथा शम्बूकवधको कथा पनि मूल रामायणमानभएको र पछि थपिएको भन्ने गरिन्छ। रामायणका सन्दर्भमा यो पनि भन्ने गरिन्छ, प्रारम्भमा त्यसका १००श्लोकहरू मात्र थिए । तर पछि ती श्लोकहरू थप्दै गएर रामायण २४००० श्लोकको ग्रन्थ बनेको थियो ।वास्तवमा विभिन्न कविहरूले नयाँ–नयाँ कल्पना गरेर नयाँ–नयाँ रामायणहरू लेख्ने तथा रामसम्बन्धी नयाँ–नयाँ कथाहरू लेख्दै जाने मात्र गरेका थिएनन्, उनीहरूले वाल्मीकि रामायणमा नै श्लोकहरू थप्दै गएका थिए। समाजमा धार्मिक वा सांस्कृतिक मान्यताहरू बदलिँदै गएपछि त्यसअनुसार नयाँ–नयाँ रामायणहरू लेख्नेवा त्यसमा वृद्धि गर्ने काम पनि हुँदै गएको थियो । वाल्मीकि रामायणपछि सबैभन्दा प्रसिद्ध रामायण रामचरित्रमानस वा तुल्सीकृत रामायण नै हो । वाल्मीकिरामायण संस्कृत भाषामा नै लेखिएको थियो । त्यसैले त्यसलाई पढ्नु जनसाधारणका लागि सजिलो थिएन। तर तुलसीदासको रामायण साधारण हिन्दी भाषामा लेखिएको हुनाले जनसाधारणका लागि त्यसलाईपढ्न धेरै सजिलो भयो र जनसाधारणमा त्यो धेरै लोकप्रिय पनि भयो । त्यो बेला एकातिर हिन्दू धर्म रअर्कातिर इस्लाम धर्मको प्रचारका कारणले हिन्दू धर्मको प्रभाव कम हुँदै गएको थियो वा हिन्दू धर्मका विरुद्धकैयौँ विचारहरू पनि देखा पर्न थालेका थिए । महिला र दलितहरूमा पनि उनी माथि गरिने सामाजिकबन्देजहरूका विरुद्ध आवाजहरू उठ्न थालेका थिए । त्यसैले हिन्दू धर्मप्रति जनताको आस्था बढाउन तथामहिला वा दलितहरूमा उठ्न थालेको विरोधको स्वरमाथि नियन्त्रण गर्न पनि तुल्सीकृत रामायणको रचनागरिएको थियो । त्यो रामायणका तलका भनाइहरूबाट त्यो कुरा प्रस्ट हुन्छ । नारी वा महिलाहरूप्रति राममानस रामायणको दृष्टिकोण कुन प्रकारको छ ? त्यो कुरा त्यसमा लेखिएकोएउटा श्लोकको यो भनाइबाट प्रस्ट हुन्छ “ढोल गँवार शूद्र पशुनारी, से सव ताडना के अधिकारी ।” त्यसमानारीहरूका सन्दर्भमा यो पनि भनिएको छ । ‘उनीहरू मूर्ख र ज्ञानहीन हुन्छन् र उनीहरूको युद्ध ओठमा हुन्छ, उनीहरूको चरित्र जानिसक्नु हुन्न, उनीहरूको स्वरूप सबै प्रकारका कपट, पाप र अवगुणहरूको खानी हुन्छउनीहरूले वृद्ध, रोगी, मूर्ख, गरिब, अन्धा, बहिरा, झोकी, अत्यन्तहीन पतिको पनि अपमान गर्न हुन्न, स्त्रीकोएउटा मात्र धर्म शरीर, मन र वचनले पतिको सेवा गर्नु हो । आदि । त्यो रामायणमा एउटा श्लोकमा दलितहरूलाई सम्बोधन गर्दै लेखिएको छ– ‘हामी पनि ब्राह्मणहरूभन्दा कहाँकम छौँ ? भन्दै ब्राह्मणहरूलाई आँखा देखाउन थालेका छन् ।’ त्यो भनाइले त्यो बेला दलितहरूमा बढ्दैगएको असन्तोष र विरोधलाई बताउँछ । त्यसैले दलितहरूमाथि पनि कडा प्रहार गर्न थालेको हुन सक्दछ । यो कुराको अनुमान गर्न सकिन्छ कि त्यो बेलाको त्यसप्रकारको सामाजिक र सांस्कृतिक वातावरणमा नैवाल्मीकि रामायणमा पनि उत्तरकाण्ड थपिएको थियो र तपस्या गर्न थालेको आरोपमा रामले एउटा दलितशम्बूकको हत्या गरेका थिए र गर्भवती सीतालाई पनि परित्याग गरेका थिए । संसारका धेरै देशहरूमारामायणको त्यति धेरै प्रसार हुनुको कारण के थियो ? त्यो बेला धेरैजसो देशहरूमा राजतन्त्र थियो रत्यसप्रति जनतामा असान्तोष बढ्दै गैरहेको थियो । त्यसैले रामायणद्वारा आदर्श र जनप्रिय राजाको चित्रणगर्दा जनताको राजतन्त्रप्रतिको आस्था बढाउन सकिन्थ्यो । त्यसैले धेरै देशका राजाहरूमा रामायणउनीहरूको सत्ताप्रति जनताको विश्वास प्राप्त गर्न रामायण एउटा साधन बन्न सक्दथ्यो । त्यसैले धेरै देशकाशासकहरूले रामायणलाई आफ्नो देशहरूमा प्रचार–प्रसार गर्ने गरेका थिए । सोही पृष्ठभूमिमा नै नेपालका राणाशासकहरूले पनि भानुभक्तको रामायणलाई प्रोत्साहित गर्ने नीति अपनाएका थिए र त्यसद्वाराजनतामा शासकवर्गप्रति आदर सम्मानको भाव उत्पन्न गर्न चाहन्थे । अन्तमा रामायणको मुख्य विषयवस्तुभनेको राजाहरूप्रति जनताको विश्वास जोगाउनु नै थियो । समाजमा कैयौँ किंवदन्ती, लोककथाहरू प्रचलित हुन्छन् । त्यसप्रकारका किंवदन्ती, लोककथा वा कतिपयऐतिहासिक घटनाहरूका आधारमा दशरथ जातक कथा रामायण वा महाभारत बनाएर वाल्मीकिले रामायणवा व्यासले महाभारतको रचना गरेको हुन सक्दछ । रामायणको कथासार यत्ति मात्र हो एउटा राजाले आफ्नीजेठी पत्नीका जेठा छोरालाई गद्दी दिन खोजेका थिए । तर राजाकी एउटी सौतेनी पत्नीले आफ्ना छोरालाईराजा बनाउन र जेठा छोरालाई वनमा पठाउन खोजिन् र राजाले त्यसै गरे । वनमा गएको बेलामा लङ्काकाराजा रावणले सीतालाई अपहरण गरे । पछि रामले युद्ध गरेर आफ्नी पत्नीलाई फर्काएर ल्याए र अयोध्याकाराजा बने । त्यही कथामा कैयौँ कल्पनाहरू जोडेर वाल्मीकिले रामायण लेखे । रामायणका पात्रहरूलाईविभिन्न देवताहरूको अवतारका रूपमा पनि वर्णन गरिएको छ र रामले दश हजार वर्षसम्म अयोध्याको राजाभएर राज्य गरेको बताइएको छ । युनान वा अन्य कैयौँ देशहरूमा पनि त्यही प्रकारले महाकाव्यहरूको रचनागर्ने गरिएको छ । त्यसो गर्दा कुनै किंवदन्ती, लोककथा वा कुनै ऐतिहासिक कथनलाई आधार बनाएरमहाकाव्यहरूको रचना गर्ने कार्य गरिएको छ । नोटः– कामरेड पुष्पलाल श्रेष्ठको सताब्दी जन्म जयन्तीको अवरमा २०८० साल चैत्र ९ गते दर्शन सम्बन्धीपुस्तकको विचार गोष्ठीमा प्रस्तुत । स्पष्टिकरण का.गोपिरमण उपाध्याद्धारा लिखित दर्शन विचार पुस्तक परिचर्चा कार्यक्रममा आयोजित यो विचारगोष्ठीको ठूलो महत्व छ । उहाँको कार्यपत्र…………………… । दर्शनबारे हाम्रो देशमा यसप्रकारकाकार्यक्रमहरु कम नै आयोजित हुने गरेका छन् । त्यो विचार गोष्ठिले विशेष महत्व राख्दछ । संसारका सवैदेशहरुमा प्राचिनकाल देखि नै दर्शनलाई ज्ञान विज्ञान वा कलाको मुख्य केन्द्रको रुपमा स्विकार गरिएको छ। दर्शनले ज्ञान विज्ञानका सवै Ôेत्रहरुलाई निर्देशित मात्रै गर्दैन् । मानव जीवन र समाजको सम्पूर्ण चिन्तनप्रणालीलाई पनि निर्धारित गर्ने गरेको हुन्छ । दर्शनको त्यति धेरै महत्व भएपनि हाम्रो देशमा त्यसकोअध्ययनबारे कम ध्यान दिने गरिएको छ ।त्यसप्रकारको पृष्ठभुमिमा दर्शन सम्बन्धी यो विचार गोष्ठीकोआयोजना गरेकोमा मैले का. गोपिरमण र आयोजकहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । का. गोपिरमणलेप्रस्तुत गरेको कार्यपत्र मुख्य रुपले भौतिकवादी दृष्टिकोणद्धारा प्रेरित छ । भौतिकवादले दर्शनलाई हवाई वाकाल्पनिक क्षेत्रबाट उतारेर वास्तविक जगतमा स्थापित गर्दछ । दर्शनको क्षेत्रमा भौतिकबादी दृष्टिकोण प्राचिनकाल देखि नै देखा पर्दै आएको छ । त्यहि पनि आधुनिकयुगमा भौतिकबादलाई ठोस र वैज्ञानिक रुपमा दिने काम माक्र्सवादले नै गरेको छ । खास गरेरभौतिकवादलाई द्धन्द्धात्मक भौतिकवादको रुपमा परिमार्जित गरेपछि भौतिकवाद ठोस वैज्ञानिक धरातलमास्थापित हुन गएको छ । गोपिरमणजीले भौतिकवादी दर्शनलाई त्यहि द्धन्द्धात्मक र वैज्ञानिक अर्थमा लिनुभएको छ । उहाँले आफ्नो कार्यपत्रमा अवतार सम्बन्धी विषय पनि उठाउनु भएको छ । हिन्दु धर्ममा विष्णुका दशवटा अवतारहरुको चर्चा गरिएको छ, तिनीहरु मध्ये रामको स्थान सर्वपरि छ । मैलेउहाको कार्यपत्रमा आफ्ना विचारहरु राख्ने क्रममा मुख्य रुपले रामको अवतार र रामायण बारे प्रकाश गर्नेप्रयन्त गरेको छु । उहाँको कार्यपत्रमा विभिन्न वत्ता, टिप्पणीकारहरुले विद्धतापूर्ण विचारहरु प्रकट गर्नु भएकोछ । त्यसबाट कार्यपत्रमा उठाइएका दर्शन सम्बन्धी विषयहरुमा गहन चिन्तन र छलफल हुन सकेको छ ।त्यस सन्दर्भमा कतिपय टिप्पणीकारहरुले राम र रामायण सम्बन्धी मेरा विचारहरुबारे पनि टिप्पणी गर्नुभएको छ । त्यसैले मैले त्यसबारे नै केहि स्पष्टीकरण गर्न चाहन्छु । उक्त विषयमा सर्वप्रथम एउटा वाक्यमा आफ्नो विचार यसरी राख्न चाहन्छु । रामायण सत्य हो, तर त्यसमाउल्लेखित रामको कथा काल्पनिक हो । रामायणलाई भारतको मात्र होइन् । संसारको नै एउटा महानमहाकाव्यको रुपमा लिन सकिन्छ । संसारका अन्य महाकाव्यहरु भन्दा त्यसको महत्व यो कुरामा पनि छ कीभारत र दक्ष्णि पूर्वि एसिया समेतका कैयन देशहरुमा गरेर करिव १ हजार रामायण लेखिएका छन् ।संसारका अन्य महाकाव्यहरुको पनि विभिन्न देशहरुमा अनुवाद वा प्रचार हुने गरेको छ । तिनिहरुको भन्दारामायणको महत्व यस अर्थमा बेग्लै छ की विभिन्न देशमा लेखेका रामायणहरु खाली बालमिकिकृतरामायणका अनुवाद मात्र नभएर तिनीहरुलाई बेग्ला बेग्लै प्रकारले लेख्ने पनि गरिएको छ । त्यसरीतिनीहरुमा मुल बालमिकी रामायणमा भन्दा बेग्लै कथा र प्रसंगहरु पनि रहेका छन् । रामायणको त्यसप्रकारको अन्तराष्टिय महत्वमाथि ध्यान दिदै मैले आफ्नो लेखमा अन्तराष्ट्रिय रामायण संग्रहालयकोस्थापना गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छु । त्यसो भएमा रामायणसँग सम्बन्धित साम्रगीहरुलाईएकैठाँउमा संग्रह गरि अवलोकन तथा अध्ययन अनुसन्धानको कार्यलाई पनि बृहत रुपले अगाडि बढाउनसकिन्थ्यो । निश्चियनै त्यसप्रकारको कार्य सम्पन्न गर्न खाली भारतमा नै सम्भव हुन सक्दछ । भारतमाकहिले र कुनबेला कुन सरकारले त्यो कार्य सम्पन्न गर्नेछ र त्यसका लागि हामीले कति समयसम्म पर्खनुपर्नेछ । त्यो भविश्यले नै बताउन सक्ने कुरा हो । जे भएपनि त्यो कार्य सम्पन्न भएमा त्यो एउटा महानअन्तराष्टिय महत्वको सास्कृतिक कार्य हुनेछ । रामलाई विष्णुको अवतार मानिएको छ । भगवानको अस्तित्व छ की छैन् । त्यो संसारको नै एउटा ठूलोविवादको विषय हो । जहासम्म माक्र्सवादको प्रश्न छ, त्यसले ईश्वरमा कुनै दैवी शक्तिको अस्तित्वलाईदृढतापूर्बक अस्विकार गर्दछ । त्यहि प्रकारले विष्णु, शिव, वर्मा, इन्द्र आदीको अस्तित्वलाई पनि हामीलेअस्विकार गर्दर्छौै । त्यो अवस्थामा विष्णुको कुनै अवतारको अवधारणा पनि एउटा काल्पनिक विषय नै हो। त्यसरी विष्णुको सतौं अवतारको रुपमा रामको कल्पना पनि एउटा काल्पनिक विषय नै हुन जान्छ । त्योबाहेक समय र कालक्रमका  दृष्टिकोण विचार गर्दापनि राम सम्बन्धी धारणा आधारभुत रुपमा नै असत्य रकाल्पनिक भएको कुरा कुनै शंका रहदैन् । हिन्दु धार्मिक मान्यता अनुसार रामको अवतार त्रेतायुगको अन्तिमचरणमा भएको मानिएको छ । त्यसको अर्थ हुन्छ आज भन्दा करिव नौ दशलाख वर्ष पहिला रामको अवतारभएको थियो । त्यो काल ढुंगे युग मध्यपनि पुरानो ढुंगेयुगिन काल थियो । त्यो बेला पशुपालन वा कृर्षियुगको समेत प्रारम्भ भएको थिएन् । न भाषा लिपीको विकास भएको थियो, न गाउ र सहरहरु नै बनेको थिए। त्यसरी त्यो बेला लंका, जनकपुर आदि जस्ता सहरहरुको विकास नभएको कुरा पनि प्रष्ट छ । त्योअवस्थामा रामको अवधारणा वा त्यो बेला नै रामायणको रचना भएको कुरामा कुनै सत्यता नभएको कुराप्रष्ट छ । यो कुरा आम रुपमा मानिन्छकी रामायणको रचना वालमिकीले गरेका थिए तर त्यसको रचनाकार कुन थियोत्यसबारे धेरैनै विवाद छ । ऐतिहासिक तथ्यहरुबाट थाहा हुन्छ की रामायणको रचनाबौद्धकाल भन्दा पछि नैभएको थियो । तर, बेग्लै त्यसप्रकारको सामाजिक स्थिति वा सास्कृतिक धरातल अनुसार रामायणकोस्वरुपमा परिवर्तन हुदै आएको छ । बौद्धहरुको दृष्टिकोणमा राम, सिता वा रामायणको जसरी चित्रणगरिएको छ, त्यो भन्दा बालमिकीको रामायणमा उनिहरुको बेग्लै प्रकारले चित्रण गरिएको छ । दक्ष्णि भारत, लंका दक्ष्णि एसियाका विभिन्न देशहरुमा पनि  त्यहाका स्थिती अनुसार रामायणको कथा वा त्यसका बेग्लाबेग्लै पाटाहरुको बेग्ला बेग्लै प्रकारले चित्रण गरिएको छ । बालमिकी रामायणमा बालमिकिले रामलाईमर्यादा पुरुर्षोतमको रुपमा चित्रण गरेका छन् । तर उनले रामलाई त्यो बेलाको हिन्दु सांस्कृतिक मुल्य रमान्यताको धरातलमा नै उनलाई पुरुर्षोतमका रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेका थिए । बौद्ध ग्रन्थहरुमारामलाई बौद्ध भिछुको रुपमा चित्रण गरिएको छ । तिनीहरुमा रामले सिताको अपहरण नगरेको वा रामलेरामायणको हत्या नगरेको तथा रामायण बौद्ध भिछु भएको समेतको चर्चा गरिएको छ । रामायण एउटा श्रेष्ठ प्रकारको साहित्यिक कृति भएपनि अन्नत एउटा काल्पनिक रचना नै हो । कुनैपनिसाहित्यिक कृतिमा लेखकलाई विभिन्न प्रकारको कल्पना गर्ने स्वतन्त्रता हुन्छ । विभिन्न लेखकको दृष्टिकोणवा मान्यता अनुसार उनिहरुले आफ्ना कृतिहरुमा विभिन्न प्रकारका कल्पनाहरु गरेका हुन्छन् । त्यहि प्रकारलेत्यो बेलाका धार्मिक मान्यता अनुसार बालमिकीले पनि रामायणमा कैयन दैवी वा अलौकिक प्रकारकाकल्पनाहरु समावेश गरेका छन् । हामीले अन्य देशहरुका प्राचिन, मध्युगिन वा आधुनिककालका विभिन्नसाहित्यिक रचनाहरुमा पनि त्यसप्रकारका कल्पनाहरु गरेको पाउछौ । रामायण वा महाभारतहरु प्नि त्योनियमबाट अपवाद छैनन् । तर, धार्मिक अन्धविश्वासका कारणले मानिसहरुले त्यसप्रकारकाकल्पनाहरुलाई सत्य पनि मान्य गर्दछन् । त्यहि कुरा रामायण र रामको कथा बारे पनि सत्य हो । त्यो बाहेकसवै मानिसहरुमा बस्तुगत सत्यता भन्दा धेरै माथि उठेर कल्पना गर्ने अदभुत शक्ति हुन्छ । दैनिक जीवनमापनि त्यसप्रकारका थुर्पै उदाहरणहरु पाइन्छन् । त्यहि कुरा रामायणमा पनि प्रकट हुन गएको छ । संसारकाअन्य कतिपय महान खण्डकाब्यहरुमा भन्दा बेग्लै रामायणमा एकप्रकारको गतिशिलता वा प्रभाव पाइन्छ । त्यो गतिशिलता वा प्रभाव यो अर्थमा कि विभिन्न देश वा कालमा त्यसको कथा मात्र होइन्, रुपहरुमा पनिविकास हुदै आएको छ र एउटै कथाबस्तुका आधारमा सयकडौ प्रकारले रामायणहरु लेख्ने गरिएको छ ।यहाँसम्मकी रामायणका कतिपय बेग्लाबेग्लै कथाहरुलाई स्वयं बाल्मिकिकृत भनेर बताउने गरिएको छ, जस्तैकी अदभुत रामायण, त्यसको कथा बस्तु बाल्मिकिकृत रामायणको भन्दा बिल्कुल बेग्लै छ । त्यसमाशाक्तमतको बढी प्रभाव परेको पाइन्छ । त्यसलाई पनि बालमिकीले नै लेखेको बताउने गरिन्छ । हिन्दु धर्ममात्यो कुनै नयाँ कुरा होइन् । कैयन धार्मिक कृतिहरुलाई आफ्नो रचनाको महत्व बढाउनको लागि शिव उबाच, नारद उबाच, गणेश उबाच आदी भनेर लेख्ने गरेको पाइन्छ । त्यहि प्रकारले बाल्मिकीको नाममा पनि कैयनबेग्ला बेग्लै रामायणहरु लेखिएका छन् । त्यहि प्रकारले रामायणको उत्तर काण्डलाई पनि बाल्मिकिलेलेखेको भन्ने गरिन्छ । तर स्वयं हिन्दु धर्मालम्बीहरुमा पनि त्यसबारे ठुलो विवाद रहेको छ । कैयन हिन्दुधर्मालम्बीहरुले पनि यो दावी गर्ने गरेका छन् की मुल बालमिकिकृत रामायणमा उत्तर काण्ड थिएन् र त्यसमाउल्लेखित रामद्धारा सिताको परित्याग वा सम्बुक बधका प्रसंगहरुपनि बालमिकिकृत रामायणमा थिएनन् ।(हालका दिनहरुमा भारतमा बहुप्रचारित कुमार विश्वासले पनि उत्तारर्थ काण्ड मुल रामायणमा नभएको कुराजोडदार प्रकारले उठाउने गरेका छन्) कुनै महाकाब्य वा साहित्यिक कृतिहरुमा जुन पात्रहरुको सिर्जना गरिएको हुन्छ, तिनीको बेग्लै स्वतन्त्रअस्तित्व हुदैन् र उनिहरु कुनै लेखक वा साहित्यकारका रचनाहरु हुन्छन् र उनिहरुका इच्छा अनुसार तीपात्रहरुका क्रियाकलापहरु निर्धारित हुन्छन् । त्यहि कुरा रामायणका पात्रहरु राम, सिता, ल मण र रावणआदिबारे पनि सत्य हो । त्यसरी बालमिकीको रामायणमा रामले रामायणको हत्या गर्दछन् भने बुद्धकोरामायणमा राम बौद्ध भि हुन्छन् र कसैको हत्या गर्दैनन् । अन्य विभिन्न रामायणहरुमा पनि त्यसका विभिन्नपात्रहरुको क्रियाकलापमा कैयन प्रकारका भिन्नताहरु पाइन्छन् । अन्त्यमा जे भएपनि रामायण एउटा महान साहित्यिक कृति हो र संसारका कैयन देशहरुमा त्यसको प्रचारभएको छ । त्यस सम्बन्धी विभिन्न प्रकारका सांस्कृतिक मेलाहरु पनि विभिन्न देशहरुमा प्रचलित छन् ।रामायण बारे संसारका धेरै विश्व विश्वविद्यालयकहरुमा अनुसन्धान भएका छन् र ठुलो संख्यामा शोधपत्रहरुपनि लेखिएका छन् । रामायणको त्यसप्रकारको अन्तराष्टिय महत्व माथि ध्यान दिदै एउटा अन्तराष्टियसुविधा सम्पन्न अन्तरराष्टिय रामायण संग्राहलयको स्थापना ऐतिहासिक महत्वको सांस्कृतिक आवश्यकताहो । कहाँ र कहिले त्यो कार्य सम्पन्न हुनेछ । त्यसका लागि हामीले भविश्यलाई पर्खेर बस्नु पर्नेछ ।   ...

पुरा पढ्नुहोस
अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु

– विशाल दर्लामी पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहा की १८ बर्षीया पदमा विक (सुनार) को यहि चैत्र १३ गते हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । यो घटनाले त्यो गाउँ त्रसित मात्रै होइन भयवित...

पुरा पढ्नुहोस
शिक्षाले महिला मुक्तिमा पारेको प्रभाव

  नरमति सिँजाली  व्यक्ति वा समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षा नै संस्कृति र सभ्यताको जननी हो । जङ्गली युगदेखि मानव विभिन्न चरण पार गर्दै विज्ञान र प्रविधिको विकास भएको युगसम्म ल्याउनुमा शिक्षाको...

पुरा पढ्नुहोस